December 22, 2008

गजल - सबको मनमा बसिदिने रैछौ तिमी दौतरी

आचार्य प्रभा

सबको मनमा बसिदिने रैछौ तिमी दौतरी
आकाश,धर्ती जोडीदिने भैछौ तिमी दौतरी।

भावनालाई बल्छी थापी सबलाई खुराक पुर्‍याउने
एकमात्र छरितो हल्कारा रहेछौ तिमी दौतरी।

संसारभरी फैलिएर सबलाई खुशी बनाउने
मनोरन्जनको प्रतिक झैछौ तिमी दौतरी।

जब खोल्छु तिम्रो पन्ना मनै प्रफुल्ल हुन्छ
पुर्णिमाको चन्द्र जस्तै हँसिली नैछौ तिमी दौतरी।

(अमेरिका)
(दौतरीको उत्त्रोत्तर कामना साहित उसैमा समर्पित गजल)



December 21, 2008

हबल्दार !, मास्टर !, र हुट्टीट्याउँहरु !

हवल्दार!, तिमि हवल्दार थियौ
हवल्दारै रहेको भए ठीकै हुन्थ्यो
देशै चलाउँछु भनेर तम्सियौ
पटक पटक मौका पायौ, तर
न त देश नै चलाउन जान्यौ
न आफूलाई नै अयोग्य ठान्यौ

शकुनिका पासा फ्याक्यौं
छिमेकका झाँक्रि डाक्यौ
भष्माशुरको बुई चढी
तिम्ले ईन्द्रासन ताक्यौ

अब तिमि मात्रै हैन देशै डुबाएर छाड्यौ
हबल्दार!
तिमि हवल्दारै भएको भए
कमदेकम देश त डुब्दैन थियो

***         ***          ***
मास्टर!, तिमि मास्टर थियौ ।
मास्टरै रहेको भए राम्रो हुन्थ्यो
कुण्ठाको आवेगमा
दुई-चार लट्ठी हान्न पाएकै थियौ
देशै युद्धभुमी बनायौ

पाठशाला र कक्षा चलाउन नसक्ने
मुलुकै हाँक्न निस्कियौ
सय जना पढने स्कुल र
अढाई करोड जनातको मुलुक
कसरी यौटै हुन्थ्यो?

यो जान्नै सकेनौ!
त्यो धान्नै सकेनौ!
उधारो नीति, सापटीको ज्ञान!
तिमि मात्रै बगेको भए
कुनै रुनु थिएन
तिमिले त लहडमै देशै बगाएर छाड्यौ ।

हबल्दार! मास्टर! र हुट्टीट्याउँहरु

देश तिम्रा बुताले चल्दैनन।
हबल्दार हबल्दारी मै,
मास्टर, पाठशाला मै
र, हुट्टीट्याउँ बाँसको टोडकामै
ठिक थिए, छन र रहने छन।



पूर्वराजा ज्ञानेन्द्र र हामी

शेखर ढुंगेल
क्यालिफोर्निया

नेपालको दशक लामो जनयुध्दले ल्याएको राजनीतिक उतारचढाव परिवर्तनको अभ्यास गर्दै आजको अवस्थासम्म आइपग्दा हामी नेपाली एकदमै स्वार्थी, हतारमा निर्णय गरी फुर्सदमा पछुताउने अनि जता पात हल्लियो त्यसै कुदीहाल्ने प्रवृत्तिमा पर्दछौं । जुन समाजशास्त्री एवं मनोविदहरुको बिश्लेषणमा अपरिपक्व मानसिकताको चरम लक्ष्यण हो । यस्तो प्रवृत्तिलाई मानवशास्त्रीहरु अध्ययनको कमी अशिक्षा एवं अभावको उपज पनि भन्दछन् ।

यो पंक्तिकार यस्तै प्रवृत्तिको शिकार भई १२ वर्ष अगाडि निक्कै लज्जित अनुभव गर्न पुगेको थियो । भएको के थियो भने १९९५-९६ तिर जापानको टोकियोमा एकजना नेपाली व्दारा जापानी नागरिकको बिभत्स हत्या भनी पत्रपत्रिका टीभीमा समाचार प्रचारमा आएको थियो । गैह्रकानुनी रुपमा बसेका नेपालीहरुको बीचमा एक स्वरले अभियुक्तको बिरोधमा कुरा काट्दै थिए अपराधीले नेपालीको बदनाम गरायो । उसलाई खोज्ने क्रममा सबै नेपालीले दुःख पाउने भए आदि आदि । यसै आशयको कुरो मैले जापानिज मित्र सामु राखें उनले भने- तिमीहरु त्यसो नभन घटना घट्यो पत्रिकाले लेख्यो त्यो असत्य पनि त हुनसक्छ । प्रहरीको अनुसन्धान र अदालतको निर्णय नआउन्जेल कुनै धारणा बनाउनु बुध्दिमानी हुन्न ।

यही प्रसङ्गमा पूर्व राजा श्री ५ ज्ञानेन्द्रले शान्तिपूर्वक बहिर्गमन रोजेपछि उनकै आफन्त, उनका भजन मण्डली बनी सडकबाट करोडपति बनेकाहरु नै पूर्वराजालाई लान्छना आरोपका विषबमन गर्न थालेका छन् । उनी शक्तिमा हुँदा हुण्डी खाने, भजन गाउने दर्शन पाउन चप्पल छाडेर दौडने, उनको नाम बेचेर ठगी खानेहरु आज उनलाई बदनाम गर्न अग्रपंक्तिमा देखिएका छन् । असफलताको दोष एक्लो पूर्वराजा ज्ञानेन्द्रको काँधमा थोपर्ने दुस्साहस तिनै व्यक्तिहरु गरिरहेका छन् । जुन कटु यथार्थ पचाउन गाह्रो विषय बनेको छ ।
पूर्वराजाको असफलता सँगसँगै उनको नाममा लुटेर खानेहरु कोही विदेश भागे त कोही पानीमाथि ओभानो बन्न उनकै गल्ती देख्न थालेका छन् । १९ हजार निर्दोष नागरिकको हत्याका योजनाकारलाई आफ्ना भाग्यबिधाता देख्न थालेका छन् । स्वार्थी मानसिकताका यस्ता व्यक्तिहरु आफुलाई समय चिन्नसक्ने र आफ्ना पूर्व अन्नदाता राजालाई समय चिन्न नसक्ने भनी आरोप लगाउन हिच्किचाउँदैनन् ।

यस्तै बतासे लांछनाको भारी बोकी बसेका पूर्वराजा ज्ञानेन्द्रको कदमको पृष्ठभूमितर्फ फर्केर हेरौं । सानाठूला, गरीव-धनी कसैको ज्यानको सुरक्षा थिएन । सरकार शान्तिसुरक्षा दिन असफल थियो । सरकार चारैतिरबाट असफलताको चक्रव्यूहमा फसेको थियो । जताततै आतंकको साम्राज्य फैलिएको थियो । त्यति नै बेला सरकार प्रमुख तत्कालीन प्रम शेरवहादुर देउवालाई हटाउने सिफारिस गर्न पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दरबार जानु भयो । वहाँकै सल्लाहमा पूर्व राजा ज्ञानेन्द्रबाट देउवालाई हटाउने काम भएको हो । तत्कालीन संविधानतः संसद सदस्यहरुको बैधानिकता समाप्त भैसकेको थियो । त्यसैले दलहरुको समर्थन लिई सरकारको नेतृत्व गर्न आव्हान गर्दा दलहरुले सरकार प्रमुखको नाम सिफारिस गर्न नसकी दुईहप्तासम्म देश सरकारबिहीन हुनपुग्यो । यो दलहरुकै जिम्मेवारी थियो । अन्तमाः बाध्य भएर कदम चाल्नुको बिकल्प थिएन । पूर्व प्रम चन्दको राजनीमापछि परिस्थिति संकटपूर्ण बन्यो ।

प्रतिगामी नन्दीभृङ्गीहरुको चंगूलमा परी पूर्व राजा ज्ञानेन्द्र कस्सिए । तत्कालीन अवस्थाको मुख्य शत्रु राजाबाहेक अरुसित कुरा नगर्ने भन्ने माओवादीको रणनीतिले पनि उनलाई उक्सायो । साँच्चिकै वार्तामा आई समस्या समाधानमा साथ देलान् माओवादीले देशको शान्तिसुरक्षा जनताको सुखदुःखमा साथ दिई जस पाउने उनको लालच अनि विश्वासमा तुषारापात भयो- जसरी कोइराला गलत पात्रहरुका कारण असफल भए त्यसै गरी पूर्व राजा श्री ५ ज्ञानेन्द्र पनि असफल भएका हुन् ।

तर पूर्व राजा ज्ञानेन्द्रलई जे जति आरोप-लांछनाको भारी बोकाए पनि वास्तवमा त्यो सबै मिथ्या रहेछ भन्ने साबित गरेर देखाई दियो समयले । मानिसहरु भन्दथे यी साह्रै घमण्डी छन् जिद्दी छन् यिनले सजिलै सत्ता किन छाड्लान् माओवादीले सत्ता पाउन जनयुध्द र रक्तपात मच्चाउनु पर्‍यो। गिरिजाले सत्ता टिकाउन रुकुम रोल्पाका सैयौं घरभित्र सैयौं निर्दोष नागरिकलाई जिउँदै जलाए तर तत्कालीन सेनाका परमाधिपति भएका राजाले १९ दिने जनआन्दोलनकै भरमा सत्ता छाडिदिए सुम्पिदिए । के प्रचण्ड र गिरिजाले त्यसरी त्याग गर्न सके ?।

पूर्व राजाले आफैव्दारा पुर्नस्थापित गरिएको संसदले जबर्जस्ती गणतन्त्रमा जाने भनी गरेको निर्णयमा एक शव्द बोलेनन् । आफुप्रति भइरहेको एकतर्फी अन्यायलाई चुपचाप सहेर बसे । कतै कुनै गुनासो गरेनन् । नेपालीहरुको एकता शान्ति र स्थायित्वको कामना गरिरहेका छन् अद्यापि । जनताको आदेश शिरोपर गर्दै मर्नै परे पनि नेपाली भएरै यही भूमिमा मर्ने प्रण गरेर एक सच्चा देशभक्त इमान्दार नागरिकको स्थान लिन सफल भएका छन् पूर्वराजा । समयलाई चिन्ने उनी बाहेक अर्को व्यक्ति को देखियो आज।

संविधानसभा निर्वाचन अगाडि नै टिके सांसदहरुले संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने असंवैधानिक निर्णय गरिसकेको थियो । तर पनि पूर्वराजा ज्ञानेन्द्रले कुनै त्यस्तो हरकत गरेनन् जसले संविधानसभा निर्वाचन बिथोलियोस् । उल्टो उनले सबैको धारणा बिपरित यस्तो महान प्रजातान्त्रिक अभ्यासमा शान्तिपूर्वक सहभागी बनी संविधानसभाको निर्वाचन सफल पार्न जनतालाई आह्वान गरे ।

नेपालका अरु नेताहरुले नबुझे पनि पूर्वराजा ज्ञानेन्द्रले बुझेको एउटै सत्य के देखियो भने हाम्रो देशको राजनीति नेपालीको हातमा रहेन उनको सबैभन्दा ठूलो चिन्ता नै सार्वभौम नेपालको अधिकार अस्तित्वमाथि कसैले धावा बोल्न नपाओस् नेपालको स्वतन्त्र बर्चस्व समाप्त नहोस् नेपाली बिभक्त नहुन् राष्ट्रिय एकता र अस्मिताको रक्षा होस् भन्ने देखिन्छ । बास्तवमा यी कुराको परिपूर्ति बिना न त हाम्रो देश रहन्छ न त प्रजातन्त्र नै ।

इमान्दारिताका साथ भन्ने हो भने हज्जारौं गलत नियतका नन्दीभृङ्गीहरुका उक्साहट बिलौना यातनाकाबीचबाट सरक्क माथि उठी जसरी पूर्वराजाबाट दरवार त्यागेर जंगलतिर उकालो लाग्ने काम भयो उनलाई आधुनिक बुध्द भन्दा फरक पर्दैन । जसरी तत्कालीन राजकुमार शिध्दार्थ शाक्य विश्व मानवजातिको शान्तिको खोजीमा राजकाज त्यागी तपस्यामा लीन भएका थिए त्यसैगरी जनतामा अशान्ति अराजकता अस्थिरताको बीउ म भन्ने भ्रम नपरोस् मेरो बिना देशमा सुखशान्ति छाउँछ भने म बाधक बन्दिन भनी हाँसी हाँसी कुनै गुनासो नपोखी दरवार त्याग्ने पूर्व राजा ज्ञानेन्द्रलाई नेपालको आधुनिक बुध्द भन्दा फरक पर्दैन । तर पूर्वाग्रहीहरुमा यति उदारता कहाँ पाउनु।

बास्तवमा उनले समय नचिनेको बुध्दि नपुर् याएको भए जे पनि हुनसक्थ्यो । शैनिक विद्रोह रक्तपात शैनिक शासन माओवादी जनगणतन्त्र वा विदेशी हस्तक्षेप जे पनि । तर पूर्वराजाकै बुध्दिमत्तापूर्ण सुझबुझमा नेपाली जनताले आज प्रजातान्त्रिक अभ्यासको अभिलाषा पुरा गर्ने मौका पाएका छन् । नेपालको २४० वर्षे इतिहास एवं नेपाली संस्कृतिको एउटा पाटो बनिसकेको राजसंस्था यति सजिलै र शान्तिपूर्वक हट्ने कसैले सोचेका थिएनन् । पूर्व राजाले एक्लै गरेको यो बुध्दिमानी कामले नेपाली जनतामात्रै होइन नेपाल र नेपालीको भलो चाहने सबै राजाप्रति कृतज्ञ भएका छन् । समय र जनमतको कदर गर्ने नेपाली राजाहरुको परम्परामा यो अर्को कडी परिनिर्माण थियो पूर्वराजाको शान्तिपूर्ण तरिकाले राजकाज परित्याग ।

आफु अमुक राजावादी भनाउनेहरु कथित बरिष्ठ पत्रकारहरु पूर्व राजाले हाम्रो सल्लाह बुझें बुझें मात्र भने तर सुनेनन् भनी राजालाई धारेहात लगाई हिडेको सन्दर्भमा पूर्व राजाले धेरै अगाडिको सम्भाव्य परिस्थिति बुझिसकेका रहेछन् भन्ने कुरो हाल आएर प्रमाणित भएको छ । सबैको एउटै भनाई थियो : राजा प्रजातान्त्रिक शक्ति अर्थात् तत्कालीन दलसित मिलेर जानुपथ्र्यो । तर पूर्व राजालाई थाहा थियो: दलहरु कै कारण प्रजातन्त्र राष्ट्रियता र राजसंस्था दाउमा गइसकेको थियो । उनीहरुबाट हत्यािहंसाको अन्त गराई शान्तिसुव्यवस्था कायम हुनसक्ने थिएन । आफ्नो नामको जुवा अरुलाई खेल्न दिनुभन्दा स्वयम् किन नखेल्ने हार्नु जित्नु त आज या भोली पक्कै छ उनलाई स्पष्ट थियो कि दलहरुले उनको रक्षा गर्न सक्दैनन् । उनीहरुको मार्फत राजसंस्था सिकंदा धेरै ढिला र अपि्रय स्थिति आउनेमा शंका थिएन ।

गद्दीहीन बनी शान्तिपूर्वक अध्ययनमा तल्लीन पूर्व राजाले देश र जनताको हित बाहेक केही सोचेका रहेनछन् । उनलाई लगाइएको महत्वकांक्षी भन्ने आरोप पनि मिथ्या साबित भएको छ आज । पूर्व अधिराजकुमार हुँदा कम बोल्ने र कमै जनसम्पर्कमा हुँदा बुध्दिमानी छन् रे भन्ने सुनिन्थ्यो । दरवार काण्डपछि असहज परिस्थितिमा राजा बन्न पुगेका पूर्व राजा ज्ञानेन्द्र लांछना र आरोपका थुप्रै पीडादायी भारी बोक्न बिबश भए । उनीमा साँच्चिकै त्यस्तो महत्वाकांक्षा र गलत नियत थियो भने बोकीसकेको त्यत्रो राजकाजको भारी सजिलै बिसाएर किन हिंड्थै सहजै अनुमान गर्नसकिन्छ कि पीडित पूर्व राजाले जीवनमा ठूलै उतारचढावको अनुभवबाट खारिएरै होला अन्तिम समयमा जुन साहसिक स्वयम् धैर्यतापूर्वक निर्णय गरी एक्लै अगाडि बढी दल र जनताको लागि राजनीतिक मार्ग खुला गरिदिए त्यसको लागि पूर्व राजा ज्ञानेन्द्रको हामी नेपालीले प्रशंसा एवम् आभार व्यक्त गर्न कन्जुस्याईं गर्नु हुन्न । संभवतः विवेक र उदारता भनेको यही हुनेछ ।



December 20, 2008

आफु र आफनोलाई चिनाऔ

बिजय कुमार श्रेष्ठ हाल ईराक

समयको पहिचानलाई कसैले नभुलौ
भोली भन्ने बानी कहिले कसैले नराखौ
नयाँ खोज र सृर्जनालाई प्रोत्साहन दिन नभुलौ
कसैलाई झुटो प्रलोभनको आशामा नझुलाऔ ॥
उतार चडाबको परिवेशमा रम्ने बानि नलिऔ
जीवनको अर्थ बुजेर राम्रोसँग गोटि चाल्ने गरौ
केही सिक्ने र सिकाउने रचनाकारी बन्न सिकौ
सन्सारीक यात्रिको परिचय दिनलाई ज्ञान सिकौ ॥ ॥
मायाले जेलिएको सन्सारमा माया बाढ्न सिकौ
सस्कार र सस्कृतिलाई जगेर्ना गर्ने बानि लिऔ
आफनो पुर्खाले रचेको रचनालाई सजाउने मन्त्र लिऔ
सुन्दर शान्त देशको नाम सधै उच्च राख्ने बाचा दिऔ ॥ ॥ ॥
निडर र पौरखि हातलाई सृर्जनाको बाटोमा अघि बडाऔ
चार जात छत्तिस वर्ण हामी सबै एउटै हौ भन्ने बानी बसाऔ
चन्द्र सुर्य ध्वजा हामीले विश्वमा फहराउने अठोट राखौ
नेपाली हौ भनेर विश्वमा चिनाउने छु भन्ने अठोट सधै लिऔ ॥ ॥ ॥ ॥



एक छिन हासौंन - ७

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
कुकुरको इमान्दारिताको कुरा त शायद मान्छेले पनि उनिहरुलाई त्यही प्रकारको माया,अनुशासन दिएर,सिकाएर हुन सक्ला त्यसरी नै हामीले पनि गर्न सके त हाम्रा देशका भुस्याहा कुकुरहरु पनि त्यस्तै हुने थिए होलान। तर समय र परिस्थितीले गर्दा हामी नै त्यस्तै भुस्याहा कुकुरमा नै झन्डै परिणत भै सकेका छौ अनी बिचरा त्यो निरिह पशुहरुको त के कुरा? आफ्नो देशमा मान्छेको नै गाँस,बास हराइसकेकोबेला कुकुरलाइ कहाँ बाट मान्छेको जस्तै सहुलियत र आराम? । हुन त हाम्रो देशमा पनि त्यसरी सधाएका र त्यसरी पालेका कुकुरहरु होलान जुन हामीजस्ता सर्व साधारणले देख्न असमर्थ पनि छौ।

अहो म त कुकुरको कुरा गर्दा गर्दै यसैमा हराउन थालिछु। जे होस् यहाँ कुकुरहरु इमान्दार भए जत्तिकै हामी पनि आफ्नो देशमा इमान्दार बन्ने कोशीश सबैले गरेमा शायद हाम्रो देश पनि अलिकती सुध्रिनेथियो होला। यस्को अर्थ हाम्रो देश नराम्रो छ भन्नु खोजेको चाँही होइन। हाम्रो देश को कला सस्कृती र सभ्यता सँग अरु देश दाँज्ने हो भने हाम्रो देश अत्ती नै धनी छ, तर हाम्रो मानसिक्ता मात्र अलिकती कम्जोर र स्वार्थी भएकोले हामी अरु देश भन्दा अलिकती पछाडि छौ कि भन्ने महसुश भएको हो। हुनत हामीबिचमा पनि सोचाइ को गरीबी छ, मान्छेलाई हेर्ने दृष्‍टिमा फरक छ अनी कहाबाट अरु देशको तुलनामा हाम्रो देश आओस त? । अब मेरो आफ्नो नै म उदाहरण दिउ न ,यहा मरी मरी १० घण्टा काम गर्दा पनि भएकै छ। यही काम नेपालमा गर्न मलाई लाज हुन्थ्यो। मेरै नजरमा शायद मान्छेमा भेद थियो होला। त र यहाँ आएर सोचाइ, कर्तब्य, मेहेनत, काममा भिन्नता आएको छ। यही आँखाले सबैलाई बराबराएर देख्न थालेको छ शायद यही सोचाइ र मेहेनत आफ्नो देशमा पनि भएको भए म जस्ता हज्जारौ मिलेर आफ्नो देशलाई पनि उन्नतिको मार्गमा लमकाउन सकेको भए हाम्रो देश पनि उन्नतिको मार्गमा लम्कनेथियो होला। त्यसैले त हामी अरु देश भन्दा पछाडि पर्न गएको हो। हुन त मैले कुकुरको कुरा सँग हामीलाई दाँजे यस्को अर्थ यो होइन कि हामी मान्छे कुकुर समान छौ तर यस्लाई सकारात्मक् अर्थमा हेर्ने हो भने अरु देशका पशु त यत्ती इमान्दार र होसियार छन भने हामी मान्छे भएर पनि किन यत्ती कमजोर र बेइमान ?। भन्न खोजेको मात्र हो। यदी कसैलाई अपाच्य हुन पनि सक्छ। यस्को निम्ती म यहाँहरुलाई मलाई सहि सल्ल्हा र सुजाव दिएर मेरो सोंच र लेखनमा अरु उर्जा थपिदिनु हुन बिन्ती चडाउदछु। ल त आजको मेरो अनुभव/अनुभुती पशुको कुरा देखी देश र हामी जनता सम्म पुगेर टुग्याउदैछु। अर्को अंकमा ।
क्रमश:



नेपालको राजनिति कहाँ पुगेर सहिबाटो लाग्ला ?

कान्छा लाल तामाङ्ग
हाल - ताजि ईराक

सायद यस्तो प्रश्न नर्गने मान्छे नेपालमा कमै भेटिन्छन होला किनकी, देश अहिले यस्तो अबस्थामा पुगेकोछ । जहाँ ८/१० जना जम्मा भयो कि त एउटा भुमिगत पार्टी खोलि हाल्छन । के त्यसो त नेपालको राजनितिले सहिमार्ग कहिल्यै नअपनाउलन त अबस्य त्यस्तो हुदैन एक न एक दिन त सहि मार्गमा आउनेछ भन्दै हामी दिन गन्दै बसौ । मलाई यस प्रंसंगमा एउटा कथाको याद आयो…
हामीलाई थाहा छ संसारमा धनि अनि गरिब दुबै थरीका मानिसहरु बस्छन् । मलाई माफ गर्नुहोला यदि यो कथाले कसैको जिवनमा आँच पुग्न गएमा ।

एक दिन आमा र छोरा संगै बसेर आफ्नो घरको सदस्यलाई पर्खिरहेको थिए । परिवारको सदस्य अरु कोही नभई आफ्नो श्रीमान यानेकि छोराको बुबा थियो । आफ्नो श्रीमान घरमा नभएको बेला त्यो नारीले आफ्नो छोरालाई यसो भन्दै सम्झाउथीन: “छोरा अहिले त हामी गरिब छौ तर एक दिन हामी पनि धनि हुने छौ अनि हामी पनि हाम्रो मनले चहेको गर्नेछौ” । त्यो कुरा छोराले मनमा लिई रहेको थियो । जब उस्को बल्याकाल बित्यो अनि जबान भयो, अझै उस्लाई आफ्नो आमाले भनेको कुरा दिमाग बाट हटेको छैन । उ मेहेनेत गर्दै छ र दिन बिताई रहेको छ । उस्ले बिवाह पनि गरे अनि उस्को नानि पनि भयो । तर सुखको सासे फेर्ने दिन भने आएको थिएन त्यस्तैमा आफ्नो आमा र बुबा पनि उस्ले गुमाउनु पर्‍यो। अझै पनि उस्को सुखको दिन भने अएनन् । अब उस्ले पनि आफ्नो छोरालाई त्यसै भन्न थाले छोरा अहिले त हामी गरीब छौ तर एक दिन हामी पनि धनिहुने छौ । एउटै कुरा याहाँ दोहोरी रहेको छ त्यो हो एक दिन हामी पनि धनि हुन्छौ तर दुई पुस्ता सम्म पनि उनिहरुले सुखको सास फेर्न पाएनन् अनि उनिहरुको धनि बन्ने सपना सपनामनै रहिरह्यो ।

हो त्यस्तै हाम्रो देशको राजनिति पनि त…॥ हुने होईन जबकी एउटा बर्ष गयो अव त राजनितिले सहि मार्ग लिन्छ होला नि भन्दा भन्दै कयौ पुस्ता त बित्ने होइन किन उठछन् त यस्तै खालको प्रश्न नेपालीहरुको दिमागमा। यस्को सजिलो उत्तर छ राजनितिले सहि मार्ग नलिनु । दश बर्षे जनयुद्ध गरेर सत्तामा रहेको माओवादीले पनि राजनितिलाई सहि दिशा दिन सकेनन् …।सकोस पनि कसरी जबकी अलि कति अर्का पार्टीले प्रेसर दिने बितिकै हामी फेरी बन्दक उठाउछौ भन्नेले । नेपाली जन्ताले माओवादीलाई भोट त्यतिकै दिएको हाईनन् किनकी दश बर्षे युद्ध काललाई हेरेर दिएका हुन तर स्वईच्छाले भने दिएका होइनन् भन्ने कुरा प्रधान मन्त्रीको शब्द बाट नै प्रस्ट हुन्छ । किनकी माओवादी पार्टीले अझै पनि सबैलाई धम्क्याएर अगाडी बड्न सक्छ भन्ने सोच बाट ग्रसित छन त्यसैले त सत्तामा बसेर पनि अझै जनतालाई धम्क्याउन छडेका छैनन् ।

नेपाली जनताले राणा शासन हेर्‍यो, पान्चायत ब्यवस्या पनि हेर्‍यो, बहुदल ब्यबस्था पनि हेरिसक्यो अबको ब्यबस्था जन्ताले हेर्न बाँकी छ । नेपाली जनताको चहाना अनुरुप दुई सय चालिस बर्ष पुरानो शाहा बंशिय सासनलाई तोडदै अहिले नेपालमा गणतन्त्रको उदयामान भसैके छ । त्यसैले अब जनता लाटो छैन, कुनै पनि पार्टीले अब पनि जन्ता लाई धम्क्यएर नै पार्टीको ईच्छा पुरा गर्छु भन्ने सोचेको छ भने अब त्यो सपना नदेख्दा नै भलो हुन्छ ।

हाल सम्मा नेपाली जन्ताले नेपाली कंग्रेसको सरकार हेर्‍यो, नेकपा एमाले को नौ महिने सरकार पनि हेर्‍यो, र अब माओवादीको सरकार पनि हेर्दै छन । त्यति मात्र नभै बिहारीहरुलाइ नेपाली नगरिता प्रदान गरेको कारणले अहिले अएर यिनै ब्यक्तिहरुले नेपालको तराईमा आगो बालि रहेको छ । त्यो बलेको आगोलाई कहिले पनि निभ्न दिएका छैनन् । एउटा भुमिगत पार्टी बल्ल बल्ल वार्तामा आउछन फेरी अर्को भुमिगत पार्टी जनमाउछन् । के यस्तै हो भने नेपालको राजनितिले सहि मार्ग लिन सकिन्छ त अहिले त नेपालमा एउट लहर नै अएको छ त्यो हो पार्टी खोल्ने अनि भुमिगत बस्ने र जन्तालाई धम्क्याउने, अपहरण गर्ने भनेको कुरा नपाए हत्या गर्ने ।

हाम्रो आखा अगाडी जन्तालाई शान्ति सुरक्षा दिन्छु भनि सत्तामा बसेका माओवादी सरकारले यस्तो कि्रयाकलाप लाई किन रोक्न सक्दैनन् त रोक्न सकोस पनि कसरी किनकी उनिहरु पनि त त्यसरी नै आएका हुन नि । यहा नेकपा माओवादी मात्र होईनन् अरु पार्टीहरु पनि छन जुन पार्टीले सरकारलाई प्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् । उनिहरुले पनि किन सोच्दैनन् सोच्ने बेला पनि कसरी पाओस एक अपासमा कुसिकोलागि खिचतानि गर्दैमा ठिकका छन् । नेपाली कंग्रेस भनेको पद पाएन भनेर सत्तामा नै गएनन् । त्यतिमात्र नभई अब फोरमका नेताले पनि सोच्नु पर्ने हो । अझै पनि फोरम ले एक प्रदेश एक मधेश भन्ने एजेन्डा छोडेका छैनन् । के पाउछन् यनिहरुले त्यो एक प्रदेश एक मधेश बनाएर कतै तराई जतिलाई एक प्रदेश एक मधेश बनाए पछि दोश्रो बिहार त हुने हाईन त्यसैले हामी आम नेपालीको जन-चाहान भनेको शान्ति र सुरक्षा हो । त्यो शान्ति र सुरक्षा तब सम्म हुदैन जब सम्म नेपालमा राजनितिले सहिमार्ग लिदैन । त्यसैले हे राजनितिक दल हो! आफ्नो स्वर्थ पूर्तिको लागि मात्र सत्तामा नबसि जनताको लागि काम गर्न सत्तामा जाउ र नेपालको राजनितिलाई सहिमार्गमा ल्याउ । आम नेपालीको जनचाहान माथि उल्लेखित कथा जस्तो नहोस् एक दिन त राजनितिले सहि मार्ग लिन्छ भन्दै कयौ पुस्ता नजाओस । त्यसको लागि अहिले नै सम्पुर्ण राजनितिक दलहरुले सोचौ र सम्पुण नेपालीको जन-चाहनालाई सम्मान गर्दै नेपाली राजनितिलाई सहि मार्ग दिलाउ ।



हाँस्न मनाहि छ!

हुन त यो पान्डा जी को सेक्सन हो, तर आज म पनि केहि चुटकिलाहरु टाँस्दै छु यहाँ:

मेरो अनुभवमा जोकलाई अरु कुनै भाषामा अनुवाद गर्दा त्यो मौलिक जत्तिकै रमाईलो हुदैन, त्यसैले मैले जुन जुन भाषामा पढें, त्यहि त्यहि भाषामा राख्दै छु :

Some Stupid Q/A

Q. Why did 19 Sardars went to watch a movie?

A. Because it was written outside the hall - "Under 18 not allowed".

---------------------

Q: Why are hurricanes normally named after women ?

A: When they come they're wild and wet, but when they go they take your house and car with them.

-----------------------

Waiter: Would you like your coffee black?

Customer: What other colors do you have?

--------------------------

In the bus: A fat girl wearing pointed high-heeled shoes steps on your feet

Stupid Question: Sorry, did that hurt?

Answer: No, not at all, I'm on local anesthesia.....

सपीङ मलमा सरदार:

सरदार: “अरे!, ईस तेलके साथ आनेवाला फ्री गिफ्ट भि देदो”

सेल्स म्यान: “मगर भाई साहब ईसके साथ कोहि गिफ्ट नहि आता है”

सरदार: “अरे मुझको बेबकूफ समझा हे क्या? तेलके बोतलके पिछे साफ लिखा है “कोलस्ट्रोल फ्री” ।

जँड्याको सोच:

A drunk was hauled into court. "Mister," the judge began, "You've been brought here for drinking."

"Great!...." the drunk exclaimed. "When do we get started?"

लोग्ने मान्छेको साथी र स्वास्नी मान्छेको साथी

A woman didn't come home one night. The next day she told her husband that she had slept over at a girlfriend's house. The man called his wife's 10 best friends. None of them knew anything about it.

A man didn't come home one night. The next day he told his wife that he had slept over at a buddy's house. The woman called her husband's 10 best friends. Eight of them confirmed that he had slept over, and two claimed that he was still there.

र अन्तमा यो पनि:

A man said his credit card was stolen but he decided not to report it, because the thief was spending less than his wife did.