December 18, 2008

एक छिन हासौंन - ६

IMG_0268[2]आचार्य प्रभा, अमेरीका

मैले छोराछोरिहरुको बिषयमा अगाडि कुरा बडाएकी थिए त र यस्को अर्थ यो होइन कि उमेर पुगेका हरु बाट चाँही हाम्रो नेपाली समाजमा आमा बाबुप्रती त्यस्तो अभद्र ब्यवहाँर नहोला। यहाँ त्यस्तो चाँही ५ देखी १० बर्ष सम्म पुगेका र उनिहरुका साथीहरु पनि यहीकै भएका हरुले आमा बाबुलाई त्यस्तो ब्यवहाँर गर्न सक्छन। शायद यहाँको रहन सहन अनुशरणको कारणले पनि होला त्यसैले हर बाबु,आमाले आफ्ना छोरा,छोरिहरुलाई आफ्नो भाषा र सँस्क्रीतिप्रति चाँही सचेत गराउन नै आवश्यक हुन्छ। नत्र त्यस्मा बच्चाहरुको पनि के नै दोष हुन्छ र ?
उनिहरुले त जस्तो परिवेश पायो त्यस्तैको त अनुसरण गर्ने हुन नि। आमा बाबुले पनि उनिहरुलाई त्यस्तै छत्रछाया दिनुपर्छ। काम र दाम मात्र हेरेर पनि हुन्न हुनत आवश्यकता र अभावको कारण पनि आमा,बाबुले परिस्थिती अनुसार चल्न पनि पर्छ नत्र यहाँको खर्च र काम बराबर नै हुन्छ ता पनि धेरै चाँही कामलाई मात्र पनि प्राथमिकता दिने पनि पाइन्छ। यसैले आफ्नो संसकारमा बच्चाहरुलाई ढाल्ने हो वा उनिहरुप्रती भविश्यको सुनौलो कल्पना पाल्ने हो भने आफ्ना छोरा,छोरिहरुलाई आफ्नै संस्कारमा हुर्काउन जरुरी छ नकी पछी पश्चताप गर्न नपरोस। अँ मैले यहाँको संस्कारमा कुकुर, बिरालोलाई माया गर्छन् र च्यापेर हिड्छन भन्ने कुरा समेत् उठाएकी थिए। हुन पनि हो कत्तिले मैले त्यसै गरेको देखेकी छु। आफुले जन्माएको बच्चालाई भन्दा आगर गरेर कुकुर बिरालोलाई चाटेर राखेको पनि देख्न पाइन्छ। मसँग त्यस्ता देखेका घट्नाहरु धेरै छन। जस्तै हामी एक दिन ठीक १० बजे रेस्टुराँ तर्फ आफ्नो कारमा गैरहेका थियौ। ठीक्क रेड लाइट भएको ठाउँमा सबलाई गाडी रोक्न कर लाग्यो। हामी देखी ठीक्क साइडमा यौटा कारमा अगाडि सिटमा यौटा गजबको कुकुर मान्छे झै ठाट्टिएर बसेको थियो। त्यो कुकुरलाई संगै बसेकी महिलाले सुम्सुम्याइ रहेकी थिइन। मानौ त्यो कुकुर पनि यौटा गजक्क परेको मान्छे झै लाग्दथ्यो। भनौ नै भने उस्तै अभिमानी मान्छे समान थियो। हामी त्यो कुकुरलाई देखेर दंग पर्यौ कारण ऊ पनि मान्छे झै सिग्नल पर्खेर बसे झै गरिरहेको थियो। अब सोचौ न हाम्रो समाज मा भने मान्छेलाई कारमा बस्न पूर्पुरोमा नै लेखेर आएको हुनु पर्छ। यहाँ भने कुकुरको त्यस्तो ठांट। अनी यिनिहरुलाई छोरा,छोरिको भन्दा जनावर प्रती नै माया र मोह कर्तब्य छ भन्ने बुझिदैन त ? हुन त आ -आफ्नो संस्कार रितीरिवाज हो यस्मा हामीले टाउको दुखाउन पर्ने त खास केही छैन मात्र यो पनि मेरो अनुभुतीभित्र परेर यहाँहरुलाई पोख्न खोजेकी हुँ। शायद यस्तै मायाको कारणले पनि होला कुकुर पनि मान्छे भन्दा इमान्दार भएर मालिकको सेवा गरेको मेरो अनुभव पनि म अर्को अंकमा समावेश गर्नेछु।
क्रमश:



क्रमभंग

(१. वसन्त गौतमजीको ब्लग र वहांबाट साझामा पोष्ट गरिएको यो सान्दर्भिक, मार्मिक र राम्रो व्यंग्य कविता यहा राखेको छु, वहांको ब्लगको लिंक दौतरीका सहयोगी ब्लगमा छ, २ नं को छोटो कविता राहुलभाइद्वारा लेखिएको हो र ३ नंको कविता शिवजीको हो । सबै साझाबाट लिइएको हो लेखकका अनुसार कपिराइट खुला छ रे!)

१.
कमरेडले गाईलाई गधा,
बाघलाई जरायो ,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो !

जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

२.

१० मारेको लाई १० पास,
१२ मारेको लाई १२ पास
त्यो भन्दा बढी मार्ने कामरेडलाई सिधै एम ए पास
कामरेड औठा छाप दङ्ग पर्नु भयो ,
कामरेडले 'क्रमभङ्ग " गर्नु भयो।

३.
प्रधानमन्त्री बनेर संसारै घुम्नु भो
मोज पनि गर्नु भो
क्रान्तिकारी हो कि प्रधानमन्त्री हो झुकिन्छु भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !

कैले स्वतन्त्र गणतन्त्रको
कैले एक तान्त्रिक कम्युनिष्ट शासन को नारा दिनु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !

कैले YCL को सैनिक संरचना भङ गर्ने भन्नु भो
कैले यो त पार्टी को आवश्यक अंग हो भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!

लुटेको सम्पत्ति फिर्ता गर्छु भन्नु भो
लुटेको सम्पत्ति सजिलै फिर्ता गर्न सकिदैन पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !

सर्बोचै पदमा बसेर बिरोध भो भन्नु भो
जनता समछ बसेर जनता समक्ष जान्छु पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!

अरु ले जनता लाई झुक्याएर चुसे
वहाँ ले त जनता लाई तर्साएर चुस्नु भो कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

राजा ले झैं वहाँले पनि बन्दुक तेर्साउनु भो
धेरै मारिए अब कती मर्ने हुन सबै तर्सियए कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

गरीब लाई राहत दिन्छु भन्नु भो
सबै कुराको कर बडाउनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

स्वतन्त्र अर्थतन्त्रको नारा दिनु भो
मज्दुर बिबाद उठाएर उद्योग धन्दा बन्द गर्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हामी चमत्कार गर्छौ भन्नु भो
सबै ठेक्का YCL लाई मात्रै सुम्पनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

सहकार्य नभयए हामीलाई भगवानले पनि बाचाउन सक्दैनन भन्नु भो
लगतै भगवानलाई म मान्दिन भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

धम्की र हत्या आम् भयो
उन्नतीको नाममा जे गरे पनि भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

loadshedding अब देखी हट्छ भन्नु भयो
त्यसो भनेको भोली पल्टै loadshedding बडाउनु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

धर्म र संस्क्रिती रुढिबादी परम्परा भन्नु भो
हाम्रो सँस्क्रिती हाम्रै हो भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हामी बाहेक सबै देशका दुश्मन हुन भन्नु भो
हामीलाई अर्को राष्ट्रले नै ट्रैनिङ्, सहयोग तथा संरक्षण दिए भन्नु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हाम्रो बिचारका बीरोधि हाम्रो दुश्मन हुन मास्नु पर्छ भन्नु भो
प्रजातन्त्रिक गणतन्त्र का हामी पक्षधर हौं भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!


December 17, 2008

कायरता किन बनि दियौं

बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)


परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौं
१२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौं
एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौं
शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ॥
कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौं
नयाँ सृजना त कता हो कता, भएका पनि भत्काई दियौ
त्रास र भयको वातावरण बनाएर जनतालाई दु ख दियौ
परिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ॥ ॥
शान्ति छाउने आशा गर्दै देशको उच्च पदभार ग्रहण गरि लियौ
पदभारको ग्रहण पछि बमको छर्राको आवाज सरि गर्जिएका थियौं
बन्दुकको तसा्रईमा चलाएको शासन सरि थर्काई लिएका थियौं
देशलाई सिङ्गापुर बनाएर देखाई दिन्छु भन्ने बाचा दिएका थियौं ॥ ॥
गर्जाई र गराईको फरक बिचमा भएको ठुलो अन्तर अहिले पायौं
आफुले दिएको बाचा पुरा गर्न नसकी छिट्टै हतास किन भयौं
आफुसँग भएको वनवासी तपस्याको आट साहास कता गुमाई दियौं
अत्तालिएर सत्ता नै छाडि दिन्छु भनि कायर लाचारी किन देखाई दियौं ॥ ॥
फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौं
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौं
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दियौं
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दियौं ॥ ॥



सहमति !

शिव प्रकाश

सहमति !
सहमतिका लागि
सहमतिबाट सहमति शुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ ।
सहमति !
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो !
सहमति !
सरकार बनाउन चाहिन्छ
सरकार चलाउन चाहिन्छ
सरकार बचाउन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ ।
सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ ।
सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ ।
सहमति !
नेता-नेताबीच हुन्छ
वेश्या-वेश्याबीच हुन्छ
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।
सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ ।
चलेको छ -
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पूर्ण सहमतिमा !

(हरैंचा, मोरङ । हाल - बोस्टन, अमेरिका)




December 16, 2008

यता उताबाट

चिकन सेन्टर कि हट बाथ सेन्टर !

क्यलिफोर्नियाको केन्टकी चिकन सेन्टरमा काम गर्ने दुई युवतीहरुले किचनको सिङ्कमा “हट बाथ” गरेर त्यसको फोटो इन्टरनेटमा “माइस्पेस” मा राखिदिएछन र लोकल पत्रिका मार्फत बोसलाई सो कुराको जानाकारी भएपछि उनिहरुलाइ के एफ सीबाट निकालिएछ ।

लिटल बम्जन पछि नेपालमा राम सीताको अवतार

बाराको “राम कहानी” पछि मोरङको बराहक्षेत्रमा एक युगल जोडीले आंफुलाई राम र सीताको अवतार बताउंदै जंगलमा ध्यान गरेर बसेका छन रे । टाइम्स अफ इन्डियाका अनुसार सुनसरीका राम घिसिङ र उदयपुरकी सृजना राइ (मानविकीमा स्नातक) १४ महीनासम्मको तपस्या र बनबासको लागि उनीहरु त्यसो गर्दैछन रे । बच्चा देखि नै अध्यात्मिक रुची भएका दुवैजनामा पहिले सृजनाले तपस्या शुरु गरेकी र पछि रामले साथ दिएका हुन रे । अहिले भक्तजनले बनाइदिएको कुटीमा राम सीताको वास छ रे ।
धन्य छ हाम्रो देश अझै पनि भगवानको अवतार र हजारौं भक्तजनहरुको कुनै कमी छैन ।

बुश माथि जुत्ता प्रहार गर्ने पत्रकारको हालत

इराक भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बुशलाई जुत्ता प्रहार गर्ने इराकी पत्रकार मुन्ताजर जैदीलाई सुरक्षा बलले निर्मम तरीकाले कुटपिट गरी करङ र पाखुराको हाडहरु भांचिदिएका छन् । सुरक्षा बलले तत्कालै लडाएर घिसार्दै लग्दा कार्पेटमा रगतको दागको लर्को देखिएको भन्ने कुरा त्यति नै बेला बाहिर आइसकेको थियो । सी एन एन हेर्दा हेर्दैको तत्कालिक दृश्यमा पनि "अमेरिकी मोडलको इराकी प्रजातन्त्रमा" मानवधिकारको हविगत कस्तो होला र ती पत्रकारलाई कस्तो व्यवहार गरिएला भन्ने कौतुहलता त्यतिबेलै मनमा जागेको थियो ।

बुशले मन्द मुस्कान साथ जुत्ताको साइज बताउंदै त्यस्तो घटनालाई सामान्य देखाउन थपथाप कुरा गरे पनि हस्ताक्षर गर्ने बेलामा उनको मुहारमा प्रष्ट रुपमा त्यो घटनाको "फेसियल एक्सप्रेसन“ देख्न सकिन्थ्यो । मानवअधिकारको रक्षा गर्न केहि वर्ष अगाडि इराक पसेका बुशले अब त्यो पत्रकारको रक्षा कसरी गर्लान र मालिक रिझाउन इराकी लठैतहरुले उनका कतिवटासम्म करङ भाच्लान हेर्न बांकी छ ।

तर लेवनानी टेलिभिजन एन टी भीले भने उनलाई पहिलो जुत्ता प्रहार गरेको क्षण देखि आफ्नो संस्थामा नियुक्त गरेको र उनको सम्पुर्ण कानुनी खर्च बेहोरिदिने घोषणा गरेको छ ।



गजल - घुस र अख्तियार

सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )


घरै जान्न म जहिलेपनि श्रीमतिको गनगनी
बोल्छे झर्की हेर्छे तर्कि रिसले घुम्छे भनभनी

मेरोपनि त्यस्तै हून्थ्यो अहिले भाएको छ शान्त
चुपचाप हुन्छिन उनी जब गन्छु दाम खनखनी ।

दिन दिनै गन्ने दाम कहा पाउछ तिमीले
मन्त्रालयमा बसेर घुस खान्छौ कि त दनदनी ।

खान्न भन्दापनि आजभोली सुखै पाइदैन हेर साथी
बोकी ल्याउछन दिन भनि झोलामा खादि टनटनी ।

अख्तियारले घेरा हाल्ला जाला मान इज्जत पनि
दिए भन्दै जनताले ननिल्नु नी घुस सनसनी ।

अख्तियार र घुसको सम्बन्ध निकै गहिरो बन्दैछ
घुस बजाउछ ताली अख्तियार नाच्छ फनफनी ।

भन्छन घुस दिने घुस खाने दुबै देशको शत्रु हुन
तर के गर्ने हजुर हो नेपाली जनता नै बेइ मानी …।


(सुमनभित्रको सुधा गजल सँग्रहबाट साभार)



एक छिन हासौंन - ५

IMG_0268[2]आचार्य प्रभा, अमेरीका

अब यस्ता भोगिएका र देखिएका धेरै कुराहरु हुन्छन। कत्ती त पोख्न मन लागेर पनि पोख्न सकिन्न। कत्ती चाँही भन्न नमिल्ने अर्थात अपाच्य पनि हुन्छन।

अब म यस्तै अर्को भोगाइको प्रसँग बद्लौ है त?भनौ न आफ्न छोरा छोरी अर्थात केटाकेटिको बारेमा कुरा गर्ने हो भने यहाँको अनुभव र हाम्रो देश समाजको भोगाइमा पनि भिन्न्ता पाइयो । हुन त यहाँ कानुन र नियम अधिकारलाई शिरोपर गर्ने देश हो। यहाँका मान्छेहरु कानुन बिपरित चल्न चाहदैनन। नियम कानुन मिच्न चाहदैनन तर हाम्रो भने कानुन र नियम कागजमा मात्र सिमित हुन्छ। नियम बिपरित गइयो भने पनि त्यस्लाई मल्हम लगाउने ओखती छदैछ। अनी के चाहियो र ? जस्ले जे गरेपनी ?भन्नु को तात्पर्य के हो भने यहाँ बाल अधिकार पनि प्रष्ट छ। जस्तै भनु न बार्ह बर्ष मुनिका बच्चाहरुलाई आमा बाबुले एक्लै छाड्न पाइन्न । कुट्न,पिट्न त परै जाओस ठुलो स्वरले कराउन पनि पाइन्न। अब यो राम्रो भनु वा नराम्रो ?हाम्रो मानसिकता के छ भने बच्चाहरुलाई धेरै छुट दिनु हुन्न। बेलै देखी अर्जाप्नु पर्छ नत्र पछी कामनलाग्ने छाडा हुन्छन,अटेर हुन्छन,बाबुआमालाई नटेर्ने हुन्छन इत्यादी हो पनि हाम्रो सँस्कार अनुसार त्यस्तै देखिएको भोगिएको पनि छ। तर यहाँ भने बेग्लै छ त र मेरो सोचाइमा यो पनि ठीक हो।

धेरै गाली गरेर सदाउछु भनेर पनि कहिले त त्यस्को नकारात्मक असर् पनि पर्छ। चाहिने लाड,प्यार र चाहिने अनुशासनमा राख्नु त ठीक हो त र यहाँ चाँही मैले के पनि सुने भने हाम्रै नेपाली दाजुभाइका बच्चाहरुले पनि आमाबाबाले अलिकती कराए भन्दैमा पुलिस बोलाउने, आमाबालाई नै थर्काउने जस्ता घटना हरु पनि भए रे वा हुन्छन रे। त्यो चाँही अलिक मलाई नपचेको जस्तो लाग्यो किन भने हाम्रो संस्कृतिमा आमा बाबुलाई मान्ने चलन छ। जत्ती नै छोरा,छोरी पढेर जान्ने बुझ्ने भए पनि आमा बाबु लाई इज्जत नै गर्छन तर यहा त उस्तै पर्‍यो भने ४। ५ बर्षका आफ्नै छोराछोरी हरुसङ पनि डराउनुपर्ने स्थिती रैछ कतै पुलिस बोलाउला कि भन्ने। त्यसैले पनि आफ्नो छोरा,छोरी भनेर अलिक अधिकार जमाएर कुरागर्नु पनि डर भए पछी यो भन्दा दुर्भाग्य के हो हाम्रो समाज,संस्कृतिको लागि। कि कसो ? गल्ती भएमा क्षमा याचना सहित् अर्को अंकमा ।

क्रमश: