December 4, 2008

लोकतन्त्रले उदाएका दिनहरु

बिजयकुमार श्रेष्ठ, ईराक


परिवर्तनको खोजिमा भौतारिएको ति हातहरुले आफनो गाउँ समाजलाई देखेर आफूमा नै विहल हुदै संघर्षको मैदानलाई अंगालेर परिवर्तनको पुर्नरसंरचना तिर लाग्नलाई आफनो ज्यानको सम्म परवाह नगरि आफना भुन्टे च्यान्टे लाला वालालाई समेत चटक्क छाडेर सँधर्षको मैदानमा उत्रिए । आफनो हक र अधिकारको लागि न त दिन नै भनेर बसे न त रातमा नै विसराम मारे । आटे र गरे के नै हुदैन भन्ने पुर्खौली उखानलाई साबित गराएर देखाउन सफल भए ति हाम्रा पौरखि हातहरु ठुलो त्याग र तपस्याको बलिदन पछि सफलता आफनो पोल्टामा भित्रयाउन सफल भए । हाम्रो नेपाली उखानले उख्याएको छ नि त ‘कुवाँको भ्यागुताले संसार भनेको नै त्यहि कुवाँलाई सोच्ने गर्दछ’, किन कि उ त्यो कुवाँ भन्दा बहिर गएको हुदैन यो उखानलाई लत्याएर होईन हामीले देशको मुहारलाई बदल्नु पर्छ र सामान्ति शासनको जालबाट पार गर्नु पर्छ भनेर आटिलो शाहस लिएर यो परिवर्तको हातलाई अगाडि बडाएका थिए ।

तिमी गाउँबाट एका एक हराए देखि गाउँमा धेरै विकासहरु भए । एक पछि अर्को गर्दै नयाँ नयाँ किर्तिमानहरु तोडिन र जोडिन थाले बहुदलिय प्रजातन्त्रको दमनकारीहरुको शिकार बन्न पुगेका ति कलिला हातहरुले लोकतन्त्रको बिगुल फुकेर देशमा लोकतन्त्रको पुर्नवहाली गर्न सफल भए । जब देशमा लोकतन्त्रको बहाली भयो धेरै कुरामा उथल पुथल हुन पुग्यो ।नयाँ र नौलो बिचारहरुको उत्पती हुन थाल्यो । कमरेड अब तिमीले पनि आफनो गाउँ फर्कने बेला आएको छ किन कि अब गाउँ घरमा धॆरै बिकासको लहर फिजि सकेको छ त्यसैले म पनि मेरो प्राण भन्दा प्यारो जन्मभुमिमा फर्कदै छु र अब हामीले हातमा हात मिलाएर गाउँलाई सिङ्गगार्नु पर्छ । कमरेड म कसरि वर्णन गरु यि विकासका अग्र गतिहरुलाई तैपनि मैले यति छिटै भएको एक्काइसौ शताब्दिको परिवर्तनलाई मान्नै पर्छ उजागर पार्नै पर्छ ।

कमरेड पहिलो विकास भनेको तिमी छदांका ति धाराका बिगि्रएका टुटीहरु खिईएका फाली कोदाँला हसियाँ र खुकुरीहरु लिलामीमा बिकि्र गरीदिए किन की तिनको मर्मत सम्मार गर्ने काईला मिजार पनि सभासद् भएछन् रे । त्यसैले गाउँमा पुराना फाली कोदालो हसियाँ अर्जाप्ने मान्छे नभएको कारणले आर्थिक बिकासका लागी बिक्री गर्नु नै उत्तम ठानेर बिकासमा लगानी गरि दिए । अब गाउँमा पुराना टालेका कपडाहरु पनि पाईन छाड्यो, किनकी ति कपडा सिदिने साईला सुनामहरु पनि शहर पसि सके । उनीहरु पनि संसद भवन तिर धाउन थालेरे । अनि गाउँमा टालटुल गर्ने मान्छे नभए पछि सबैले नयाँ लुगा लगाउन पाउने भए गाउँमा भट्टि पसल गर्ने ति लामा कान्छा दाई पनि उनिहरुको पछि लागेरे । त्यसैले गाउँमा रक्सी चुरोट र खैनी खान सबैले छाडि सके ।पल्ला घरे पण्डित बाजेलाई पनि मन्दिरबाट निकाली दिए खै कुन्नी कुन दलित भन्ने पुजारि आएका छन् रे । पुजारि बाजे पनि बसाई सरे पछि गाउँमा कर्म कि्रया गर्ने मान्छे नभए पछि गणतान्त्रिक लोकतन्त्रले तय गर्ने झमेला पनि हटाईदिने सम्भावना छ रे । गाउँका अलि अलि हुने खानेहरुलाई लुटी पुटि पारेर गाउँबाट निकालेर बस्न नदिएर निकाले पछि गाउँमा सरसापाट चो पैचो पनि लिन दिन छाडेको छ । सर सापट अैचो पैचो नपाए पछि आफैमा आत्म निर्भर बन्न पर्ने हुनाले त्यसलाई पनि बिकासको मुल आधार मानिएको छ । अर्को कुरा गाउँका ति पिडित पुजारिले मन्दिरका वरिपरि सुन्गुर र कुखुराको फाराम खोलेका छन् रे । त्यसबाट पनि आर्थिक विकास हुने नै भयो । ति पल्ला गाउँका मास्टर साहेब देशका सबैभन्दा ठुला मान्छे बनेका छन् रे । हिजो फालि कुट्ने दानबहादुर पनि कमाण्डर बनेर खै अब त देशलाई सुधार्ने र उन्नतिको बाटोमा लम्काउने रे अब के को कमि हुने भयो त अनि हामीले लोकतन्त्रबाट पाएको शान्ति सुरक्षा र अमनचयन यस किसिमबाट उपलब्धि हासिल गर्न सफल भयौ । यो परिवर्तन त सुरुवात मात्र हो हेर्दै जाउँ । सर्वहारा वर्गको परिवर्तनले सर्वहाराको उजागर गरेर नौलो नयाँ रुप धारण गर्दछ कि उतार चडापको चपेटामा पानी बिनाको माछो बनाउने हो त्यो त समयले नै बताउने छ ।




अतीतका पानाबाट

सायद दश कक्षातिर पढथें होला। म प्राय: अघिल्लो बेन्चमा नै बसेको हुन्थें। हाम्रो कक्षा कोठाको ढोका प्राय खुलै हुन्थ्यो र म ढोकातिरकै छेउमा पर्दो रहेछु वा त्यहि नै मेरो रोजाइ थियो, थाहा भएन तर एउटी केटीले ढोका बाहिरको खम्बामा आड लगाएर मलाई हेरिरहने गरेको आभाष हुन थाल्यो। तिनी कतैबाट केही महिनामात्र हाम्रो स्कूलमा आएकी थिईन र उनको गाउँ पनि मेरो गाउँबाट नजिकै थियो। मलाई यति सामान्य जानकारी भने जरूर थियो।

तिनको त्यो ढोका बाहिर आएर हेर्ने क्रम जारी रहन थाल्यो र मलाई पनि कता कता रमाइलो लाग्न थाल्यो र कुनै दिन तिनी आईनन भने के के नभएको जस्तो, आजकलको भाषामा भन्ने हो भने, मैले तिनीलाई मिस् (miss) गर्न थालें।

हाम्रो पालामा सेन्ट अप टेस्ट हुन्थ्यो, सायद अहिले पनि हुन्छ। सेन्ट अप् टेस्ट नजिकै आईरहेको थियो र मेरो शिक्षकहरुको म प्रति केही आशा थियो, जिल्लामा बोर्ड फर्स्ट ल्याउछ कि भन्ने। मैले अन्य कुराहरुमा नअल्झि पढाइमा ध्यान दिनु थियो। तिनले मेरो ध्यान खिच्न थालेको जस्तो लागेपछि, मैले ढोका बन्द राख्न खोजें तर कोठा अंध्यारो भएकोले शिक्षकहरुले खोलिदिन्थे र सायद म पनि तिनी ढोका नजिक आऊन भन्ने चाहन थालिसकेको थिएँ।

यो क्रम चलिरह्यो। हाम्रो पालामा केटीहरुसंग बोल्न, संगै उभिन, हिंडनु ठूलो साहसको कुरो थियो। अहिले पनि म सम्झिन्छु, कक्षाका केही केटी सहपाठीहरुसंग कहिल्यै बोली मिसिएन। तै पनि सुनिन्थ्यो फलानाको फलानासंग, फलानाको फलानासंग प्रेम छ आदि आदि कुराहरु। त्यसले जरुर केही प्रभाव पार्थ्यो र मेरो पनि "कोही" सँग "त्यस्तै केही" भएहुन्थ्यो भन्ने कता कता लाग्थ्यो तर त्यस्को लागि कसैको पछि लागिएन, वा केही प्रयास् गरिएन। नजिकमा केही केटीहरु थिए तर तिनीहरुको सम्बन्ध कि दिदी कि बहिनीको हुन्थ्यो।

क्रमश:



December 3, 2008

भन राजा तिम्रो माया

सुमन बगाले,
आबुँ खैरेनी ५ तनहु (हाल इराक)


भन राजा तिम्रो माया कति
देवी देवताको शरणमा तिम्रो गाए भजन भक्ति
मठ मन्दीर बाकी छैनन् नबालेका मैले बत्ति
कयौ दिन कयौ रात अन्धाकारमा बिताइसके
कति कुराइ राख्छौ मलाइ अब भयो अत्ति
कि माया मारीसक्यौ कि त अन्तै डेरा सार्यौ
लाग्नै छोडीसक्यो मलाइ बिश्वास भर रत्ति
आजसम्म कुरेकी छु कुरी रहने छु पछिपनि
अझै देउ देवी देवता मलाइ धैर्यधारण शक्ति
मलाइ मात्र यस्तो हो कि ज्यानलाइ पनि हुन्छ
मेरो माया सय हो भन राजा तिम्रो कत्ति



गीत - नेपाल आमा


राकेश कार्की, लस् एन्जेलस्

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी

दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ बिदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

रातभरी सम्झे आमा मैले दिन भरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।।


December 2, 2008

कबिता -मेरो अपिल पाठकलाई

आचार्य प्रभा
मेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन
यदी उसो हो भने पनि,
म पक्कै नकारात्मक सोँचहरु त
बाँड्न चाहन्न,
तर ---हुन सक्छन
भावनाहरु कसैको पनि
बिचार सँग मेल नखान सक्छ
वा ---अर्थको अनर्थ हुन सक्छ
साँचै त्यस्तै तारतम्य मिल्न गएमा
मेरो श्रीजना यदी कसैले
अद्ध्यन गर्छ भने
सबै मेरो बिचार सँग सहमत् हुन जरुरी छैन /
पक्कै पनि 'ऊ'मेरालागी
असल समिक्षक बन्न सक्छ
जस्ले ---मेरो बिचार को कमिलाई
असल भावनाको कसी लगाएर
पुर्णता गरिदिन्छ
अनी ---जस्ले मेरो श्रीजनाको कमीकम्जोरिलाई
औल्याएर सहि न्याय दिन सक्छ
हो त्यस्तै पाठकको पर्खाइमा
मेरा श्रीजनाहरु प्रतिक्षित छन
हो त्यसतै कम्जोरिको ढाड भाँच्ने
समिक्षकको अभावमा मेरा भावनाहरु
अलपत्र छन
त्यसैले म अपिल गर्दछु
म प्रसङ्शाको भोको छुइन
सहि,सत्य गालीको आशामा छु
न कि ---श्रीजनाको अर्थ बुझ्ने प्रयास नगरि
बेअर्थको प्रतिक्रीया पाउने अभिलाषामा /
(अमेरिका )


December 1, 2008

पदीय गरिमाको उपहास

शेखर ढुंगेल
मानवले आफुले व्यवस्था गरेको नेतृत्वको अवधारणा ज्यादै महत्वपूर्ण संवेदनशील एवं गरिमामय मानिन्छ । नेतृत्व वर्ग भाषा व्यवहार चरित्र आहार आदिलाई अनुकरणको विषय मानिन्छ । त्यसैले बाइबल कुरान हिन्दू शास्त्रका नायकलाई आदर्शका रुपमा प्रस्तुत गरिएको हो यस कारणले कि ति नायक रुपि पात्रको अनुकरण गरुन र समाज स्वस्थ चरित्र एवं नैतिक वान भै शान्ति छाओस् ।

सबका साझा शत्रु तत्कालिन आठ दलको दिल्ली सम्झौतामार्फत राजसंस्था फ्याकियो । संविधानसभाको निर्वाचन गणतन्त्र घोषणा गरि सत्ताको नेतृत्व सम्हालि सकेपछि प्रम दाहालले कसलाई अब दुश्‍मन देखेको आफु इतरका दल र जनतालाई दुश्‍मन देखेको हो भने त्यो दाहालको अल्पबुद्धि मात्र हो । संविधानसभा निर्वाचनमा खसेको मत मध्ये २८ प्रतिशत मत मात्रै दाहालको पक्षमा छ बाँकी ६२ प्रतिशतलाई दुश्‍मन घोषणा गर्ने हो भने आपुनै खुट्टामा बन्चरो हान्ने काम मात्र हो । बाइबलमा एउटा उक्ति लेखिएको छ- ‘बहुमतले अल्पमत माथि अन्याय नगरोसू’, नेपालमा त अल्पमतले बहुमतमाथि अन्याय गर्दैछ यो कुन शास्त्रको नीति हो?, यो प्रवृत्तिले कतै जनआन्दोलनको पुनरावृत्ति नहोस् ।

सभ्य समाज र स्वस्थ राजनीतिमा धम्की एउटा सामाजिक अपराध हो जुन कानुनत बर्णित हुन्छ । अमेरिकाको कानुनको कुरा गर्ने हो भने सरकारी कर्मचारी मात्र होइन एक सामान्य नागरिकले पनि कसैलाई कुनै प्रकारको धम्की दियो भने सजायको भागी हुनुको विकल्प छैन ।

देशको प्रमले अरुलाई धम्काउन मिल्छ मिल्दैन हाम्रो देशको कानुन कानुनविद र सभ्य नागरिकलाई चासोको विषय नै होइन जस्तो देखिन्छ । देशका प्रम दाहालको हामी एक भै दुश्‍मनमाथि बर्जन्छौं भन्ने अभिव्यक्तिले सिङ्गो राष्ट्र र कुटनैतिक समूहको कान ठाडो भएको छ । यस अगि पनि प्रम दाहालले त्यस्तै विवादास्पद र व्यक्तित्वको गरिमा विपरीतको अभिव्यक्ति दिइ आलोच्य भैसकेका छन् । आत्म विश्वासको कमि र आवेगलाई संयम् गर्न सक्ने क्षमता नभएका यस्तै व्यक्तित्वबाट विवाद र विमतिका पर्खाल बन्ने गरेका छन् । दाहालको यो उद्घोष विचलित एवं पराजित मानसिकताको उपजको रुपमा नागरिक समाजले लिएको छ ।

नेपालमा आजको राजनीतिमा दुश्‍मनको र दाहाल को माथि वर्जने अहम् सवाल खडा भएको छ । राणा र पंचायती शासन प्रजातन्त्र विरोधी थियो बहुदलीय व्यवस्था दाहालको दुश्‍मन थियो रे, अब त तत्कालिन आठ दलको बाह्र बुँदे सम्झौतादेखि संविधानसभा निर्वाचनसम्मको यात्रा तय गरि प्रम बनेका दाहालको दुश्‍मनको संविधानसभा विरोधी मासिए राजतन्त्रवादी भास्सीए संसद्वादी पराजित भए वा आतमसमर्पण गरिसके यो अवस्थामा दाहालको दुश्‍मन को र को माथि बर्जने?

नागरिक समाज भन्दैछ दाहालको कमजोर आत्मविश्वास, कमजोर साङ्ठानिक क्षमता लोलुपता नै सबैभन्दा ठूला दुश्मन हुन् कि कार्यकर्ताबाट लुटाउने र राजश्वबाट क्षतिपूर्ति दिलाउने तपाईको सोच दुश्मन हुन। आलिशान राजशी शोख तपाईका दुश्मन हुन, दललाई विवाद मुक्त बनाएर लैजान नसक्ने तपाई स्वयम्को नेतृत्व क्षमता दुश्मन हुन। उल्लेखित तत्कालका दुश्मनसित विजय हासिल गर्न नसके स्वयम् माथि बर्जनुको विकल्प छैन । यो देशमा अरुमाथि बज्रनेको लामो फेहरिस्त छ राणा बज्रे, राजा बज्रे, गिरिजा बज्रे सबै पाखा लागे अब बज्रनि होइन सहमति र सद्भावको बाटो नखोजे स्वयम् बजारिनु पर्नेछ । अरु माथि बज्रीने क्रमभङ्ग गर्न ढिला गर्नु हुन्न । प्रतिपक्षमा बसेको कांग्रेसलाई दुश्‍मन बर्जन्छ भनेको हो भने झनै अन्याय हुन्छ किनकी ६० वर्षे आपुनो स्थापित नीति परित्याग गरि प्रचण्ड पथ मै आत्म सर्मपण गरिसकेको दल कसरी दुश्‍मन हुन्छ? । तत्कालिन राजा ज्ञानेन्द्रलाई सत्ता च्यूत गराई दाहाललाई सत्तासिन गराउने कोइरालालाई दुश्‍मन देख्ने हो भने झनै हास्यास्पद हुनेछ । यो त छोरी कुटेर बुहारी तह लगाउने उक्ती जस्तो अरुलाई दुश्‍मन देखाइ आपुनै दल भित्रकालाई किरण पक्ष धम्काएको झनक दिने आत्मविश्वास गुमाएको सिपाही जस्तो ताल यो भयो ।

दाहाल माओवादी मात्रका प्रम होइनन्, देशका प्रम हुन । उनले प्रत्येक शब्द र पाइलामा पदिय गरिमालाई ध्यानमा राखी संयमित अनि अनुशासित अभिव्यक्ति र आचरण देखाउनु पर्दछ । व्यक्तिगत शौख, र आलिशानी तृष्णा, देश र जनताका नाममा त्याग गर्नु पर्दछ अनि मात्र पदिय गरिमा कायम राख्न सकिन्छ । देशका प्रम आपुनै देशबासीलाई विपक्षी दललाई दुश्मन सम्झी बजि्रन्छ भन्दछन् ।नेपालीले यो विडम्बना विरुद्ध छाती पिटेर बिलौना पोख्नु बाहेक के गर्न सक्दछौं देश र जनताको हित एवं संरक्षण गर्न जिम्मा दिएको आफ्नै प्रम आफैमाथि बजि्रन्छ भनेको सुन्दा उनी स्वयम्लाई नै आफु देशको प्रम हुँ भन्ने विश्वास छैन रहेछ र जनयुद्धको हाङ्गओभर अझै नउत्रेको रहेछ भन्ने जनताले बुझेका छन् ।



November 30, 2008

विलिन व्यक्तिगत स्वतन्त्रता

किरण पौडेल,
कुबेत

हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला
बिलाएछन् स्वतन्त्रता माग्न जाने काँ पो होला

०७,१५,३६,४६ अझ कति कुर्ने होला
धेरै पटक भुंग्रो भईयो अझ कति जल्ने होला

कति मरे, कति परे कसैसंग गिन्ति छैन
शहिदको रगत पानी हुंदा चिन्ता लिने कोहि छैन

शाही शासन, राणाकालीन पंचायती र बहुदलवाद
प्रजातन्त्र जनगणतन्त्र लोकतान्त्रिक गणतन्त्रको विवाद

यात्रा लामो गर्दा धरी उपलव्धि शुन्य भयो
अन्यौल का जनतालाई कुरा बुझ्न गाह्रो भयो

यिनको चासो दुई छाक खाना एक टुक्रा कपडाको
गर्मी झरी हावा छेक्ने एक सानो झुपडीको

होईन ठूलो आशा यिनको पर्याप्तछन् योगदान
मातृभूमि जोगाउन धेरै नै दिए बलीदान

कहिले उत्तर कहिले दक्षिण सापट माग्ने हाम्रो बानी
संविधान त धेरै बने मर्म बुझ्ने कहिले हो नी

पुत्र नेपालकॊ जन्मी उद्दार गर्ने कैले होला
विलिन भाको स्वतन्त्रता भोग्न पाईने कैले होला