November 8, 2008

देबकोटालाई बिन्ती पत्र

देबकोटाको जन्मदिबस बिती सके पनि यहाँ कोलोराडोमा भने
आईतवार मनाउने भएकोले एउटा कबिता कोरेको छु ,

देबकोटालाई बिन्ती पत्र

आदर्णिय गुरु देबकोटा ,जदौ !
मनभरी देश दु:खी रैछ आराम छु भनु कसरी
छातीभरी माटो रोइ रहेछ आनन्द छु भनु कसरी
बरु ,
कट्कट्टिएको रगतको छिटामा
आंसुको थोपा घोली ,यो पत्र लेखी राछु
अनगिन्ती अनुउत्तरित प्रश्नहरु,
यो पत्रमा सोधि रहेछु
ब्रुजुकहरु उपबुज्रुक भएको ठाउँमा
अन्योल र संत्रास निबारणको ,उपाय मागी रहेछु
आशा छ मलाई न्याय गर्नु हुनेछ
दिल र जातको समायोजना हुन्छ कसरी ?
धन र मनको मिलन हुन्छ कसरी ?
हुलहुल टाउकाहरु बिचरामा बिचलन भ'का हुन कि
गूदी सकिएर रन्थनिएका हुन कि
जातिय भेदको नारामा भुल्लिन्छन टाउकाहरु
राजनीतिमा झुत्त्तिन्छन टाउकाहरु
हुलहरु मोर्चा भए ,हुलहरु संघ भए ,हुलहरु संघठन भए
हुलहरु तराइ भए ,हुलहरु पहाड भए ,हुलहरु शहर भए
हुलहरु जज्लपा भए ,सबेरो भए ,खै के के भए
तर
हुलहरु कहिले नेपाली भएनन किन ?
हुलहरु कहिले नेपाल भएनन किन?
शायद ,
बिचराकै अनिकाल परेको हो कि
सोचकै खडेरी परेको हो कि
बिखल्बन्धमा परेको छु म त
हजुर जस्तो ,
नोकोटिनको सर्कामा बिचारको मुस्लो उडाउन सकेन
चुरोटको बट्टा, भित्ता कतै, कसैले सोच खोप्न सकेन
बरु ,
जिलेटिनको धुँवामा बारुदको कथा लेखे
बुद्धको कांखमा बाँझलाई शरण दे
छटपटाएर शान्ती रुदा
फट्फटाएर परेबा रुदा
टाउका टाउकाहरु शर ताजको सतरंज खेले
किन ?
किन?
घरदेशका नंग्रा परदेशमा पलायन छन
आफ्नै घरगाउका बाटाहरु बिराना छन
सांध सिमानामा पनि चन्द्र सुर्य लत्रिएका छन
बांकी बचेँको सगरमाथाको टोपी पनि
लाजले झुकेर कोशीमा बगेको छ
स्वाभिमानको टाल्नै नसकिने भ्वाग परेको छ
किन ?
सबाल मात्र उठाउने म पनि लांछी छु शायद
यसैले उडी चन्द्र छुने लक्षय लिन सकिन
आफ्नै माटोलाई अन्याय गरी पसिना बेची रहेछु
आफ्नै टोपी लुकाएर आँफैलाई साटिरहेछु
थाहा छैन,भडकिएको हुँ कि भडकाईएको हुँ
आफ्यानऐ भेष भुषा भुलेर उधारोमा बाँचिरहेछु म
तेसैले ,
म जस्ता कायरहरुको बुद्धिको बिर्को खोल्न
भडकिएको टाउकोमा गिदी भर्न
हजुरलाई बिन्ती गर्छु
एक चोटि फेरी आँखा उघारी हेर्नु पर्‍यो
फेरी एउटा अर्को जन्म लिनु पर्‍यो
बरु सकिन्छ भने साथमा
हजारौं दुर्योधन र दुशासनलाई सुधार्न
एउटा बिदुर लिएर आउनु पर्‍यो
हजारौं राबण र कुम्भकर्णलाई बुँझ्याउन
एउटा राम लिएर आउनु पर्‍यो
किनकी ,
यहाँ धेरै रहरहरु बाँझो छ
र धेरै बिबेकको खाँचो छ
फेरी दिल र जातको समायोजन पनि त गर्नु छ
सांग र सिस्नोको आनन्दिको बयान पनि त कोर्नु छ
मन र पनलाई पनि त गाँस्नु छ
तेसैले मेरो बिन्ती ,.
एउटा मुनामदन फेरी कोर्न आउनोस
एउटा नयाँ सोच फेरी फोर्न आउनोस
जहाँ सुनको थैला भन्दा आनन्दी मनको आकार होस्
जहाँ मुर्ती र मन्दिर भन्दा श्रम र शिपको आधार होस
घात र प्रतिघातको हाट भन्दा सदभाबको चाँदर होस्
हजुरको आग्याकारी चेलो

बर्जस्वाँठ


समानुपातिक व्यवस्था र हाम्रा प्रधानमन्त्री

बिजय कुमार श्रेष्ठ
धादिङ्ग हाल ईराक
एक तन्त्रिय जहानिए निरंकुश राणा शासनको १०४ सालको दमन सहेर शसंकित र बेसहारा भएर बाच्न बाध्य भएका हामी नेपालीले २००७ सालमा निरंकुश शासनलाई अन्य गरि प्रजातन्त्रको पुर्नबहाली गरियो । यो प्रजातान्त्रिक शासनमा केहि हदसम्म नेपाली जनताले जहानिय शासनको भन्दा केहि फरक प्रकृयाको शासन उगभोग गर्न पाए । त्यति बेला पनि जनताले जे सोचेर आफुलाई बलिदान दिएको थियो । त्यस परिबर्तित शासकहरुले सारा कुराहरुमा एक तान्त्रिक बिचार धाराको सुत्रधारलाई अंगालेर एक दलिए तानाशाहि व्यवस्थालाई मान्यता दिएर केवल शासकलाई मात्र उच्च रुप दिन सफल भयो ।

पंचायत व्यवस्थाको बिजारोपण गरियो । यो पाचायती व्यवस्थाले ३० वर्षको लामो आयु लियो । सोझा सिधा नेपाली जनतालाई पिजडामा राखेर शासक वर्गले दमन र अत्यचारको सिमा नाघेर आफुले सके भरको अत्यचार र अन्याय गरेर जनतालाई कठपुतली जस्तो बनाएर द्धापर युगको लंकाको राजा रावणले जसरि शासन सत्ता चलाए । यो अत्याचारले पनि सिमा नाघेकोले हामी नेपालीले सहन नसकेर फेरि पनि न्यायको हात फिजाउन सुरु गरियो । त्यो थियो २०४६ सालको तानाशाहि पँचायती व्यवस्था ठुलो रक्तपात र बलिदानको सँघर्षको पश्चात फेरि अर्को परिवर्तन पाउन सफल भए ।

नेपाली जनताले त्यो हो बहुदलिय प्रजातान्त्रिक व्यवस्था । बहुदलिय व्यवस्थाको पुर्नबहाली गरियो देशमा सारा नेपालीको मुहारमा हर्ष उल्लासको सिमा रहेन । एक तन्त्रीय शासनको कठघरामा बसेर कठपुतलीको जस्तो शासन भोगि रहेको हामी नेपालीले स्वातन्त्रता भन्ने के हो भन्ने कुराको अनुभवसम्म गर्न पाएका थिएनौ । देशमा शासन सत्ता परिवर्तन भयो नयाँ सविधान बन्ने पक्का भयो । देशमा नयाँ र नौलो बिहानीको जस्तो कलीलो पारिलो बिहानीको पारिलो घाम तापेको अनुभवको महसुस गर्न थालीयो ।

अब आउने शासक कस्ता होला ।नयाँ सविधानमा लेखिने कानून कस्ता होला भन्ने विभिन्न नयाँ कौतुहलहरु हामी जनमानसको मानसपटलमा सलबलाउन थाल्यो । केहि महिनाको पर्खाई पछाडि नेपालको नयाँ सविधानको पुर्नजन्म हुन गयो । सबै नेपाली जनताले चाहेको नयाँ सविधान २०४७ तय गरियो । त्यस पछि नेपाली जनताले वाक स्वातन्त्रता पाउन थाले । पँचायती व्यवस्थाको सट्टा नेपाल सरकारको नामाकरण गरियो । नेपाली जनताले केही हदसम्मको परिवर्तनको महसुस गर्ने मौका पाएका थिए । धेरै दलहरुको शासन पद्धति र धेरै किसिमका शासकहरुको अनुभव हेर्ने मौका पाए त्यति बेला । केहि हदसम्म नेपाली जनताले परिवर्तनको स्वाद लिने मौका पाईसकेको थियो । हुन त हाम्रो नेपालीमा एउटा उखान छ नि त सायद यो उखान त प्राय नेपालीले आफनो आफनो भाषामा आफनो ठाउँमा प्रयोगमा ल्याई सकेका होलान् । कौवालाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै हामी नेपाली जनतालाई बहुदल भनेको कौवालाई पाकेको बेल भने जस्तै भयो र यो परिवर्तले पनि मुर्हत रुप लिन सकेन ।

बहुदलिय प्रजातन्त्रको पुर्नबहाली भएको केहि साल बित्न नपाउदै प्रजातन्त्रवादि भनौदा पार्टिहरुमा ठुलो सँघ्रामको बादविवादले सिमा नाग्न थाल्यो र एक आपसमा अवसरबादि हुन थालेर जनताले रगतको भेल बगाएर आफनो आहुतीको बलिदानलाई कोरा कागतको खेस्रा जस्तो सम्झेर आफुले जनता सामु खाएको कसम बाचाँहरुलाई नाघेर आफनो गोजीको समस्यालाई मध्य नजर राखेर सारा देशको ढुकुटीलाई पुखौली सम्पति बनाएर देश र देश बासी जनतालाई बिहान बेलुकीको छाक टार्न समेत धौ धौ पर्ने स्थितिमा पुर्‍याई दिए । परिवर्तन त भयो किन भएन जो व्यक्ति खाली खुट्टा हिड् डुल गर्थ्यो ति व्यक्तिहरुको खुट्टामा गरिव जनताले वर्ष भरि खान पुग्ने रकमको जुत्ता हुन् थाल्यो । अनि हामी गरिव निमुखा जनताले कसरि सहि बस्नु त ।

फेरि पनि जनतामा शासन लाद्न थाले ति देश बहाक शासकहरुले मुखले राम राम बगलीमा छुरा यो मन्त्रलाई मध्य नजर राखेर देशमा ति प्रजातन्त्रका मुकुन्डो लगाएका नेताहरुले देशको ढुकुटीमा रजाई गर्न थाले । नाताबाद र कृर्पाबादले पारदर्शी हुन थाल्यो देशमा । गरिव जनताको छोरा छोरीले समानान्तर पाउन सकेन । फेरि पनि हैकमबादको धाक धम्की रवाफ चल्न र चलाउन सुरु भयो देशमा अनि गरिव जनताले न्याय पाउन सकेन । केवल व्यवस्था मात्र परिवर्तन भएको थियो देशमा शासकहरु उहि नै थिए । माहुरिको चाकामा बसेर मह चुस्ने बानी परेकाहरुलाई सत्ता परिवर्तन भएर के भयो त । व्यक्ति त्यहि नै हो शासन गर्ने ठाउँ त्यहि नै हो र कानून त्यहि नै हो । त्यसै कारणले जनता अत्याचार र दमनले चरम सिमा नाधेर गएकोले जनतामा रक्तपात क्रान्तिको थालनी भयो ।
त्यो क्रान्तिको थालनी गर्ने पार्टि थियो नेपाल कम्युनिष्ट पार्टि माओवादि । भण्डाफोरको निती लिएर बहुदलिय व्यवस्थाको बिरोधमा भुमिगत भएर नौलो क्रान्तिको विगुल फुक्न थाले कम्युनिष्ट नेता माओसेतुङ्गको सिद्धन्तलाई अंगालेर । त्यो भण्डाफोरको थालनी थियो २०५२ साल । सारा देशबाशी जनताको मनमा शंका उपशंकाहरुले बास गर्न थाल्यो । भयानक बिध्वङसकारी बिस्फोटनहरुको उत्पति हुन थाल्यो । आम जनतामा त्रासको भाव सृजना हुन थाल्यो । गाउँका बस्तिहरु दिन दिनै उजाड बन्दै जान थाल्यो । गाउँमा उमेर पुगेका पुरुष महिलाहरुको बास हुन छाड्यो । कोहि माओवादको नारा लिएर हिड्न थाले भने कोहि जीवन र मरणको दोसाधमा पिल्यिर बाध्यताले आफनो प्यारो देश छाडेर मुङलानिया बन्न पुगे । बाकि रहे ति उमेर पाकेका बुढा बुढी केबल आफनो जीबनको भरोसा नभएका ति पाका वृद्ध बाबा आमालाई पनि शान्तिले कहाँ बाच्न दिएर ति बहुदलबादीहरुले र क्रान्तिकारीहरुले कोहि कसैको जिवनको भरोसा भएन जिउने र मर्नेको एक आपसमा ठुलो सङग्रामको वातावरणको सृजना गराई दिए । खान लागेको भात भन्न पाएन न त परिवार भनेर नै शान्तिले बाच्न पाए । कतिको सिउन्दो पुछियो कतिको बेघरबार भयो । कोहि कसैले पनि यो मेरो हो भनेर भन्न पाएनन् ।बिशाल यूद्ध भुमि बन्न गयो त्यो सुन्दर शान्त नेपाल । ति निमुखा जनता कहिले सरकारको चपेटा कहिले क्रान्तिकारिको चपेटामा आफना सारा समय कसरी बितायो भन्ने कुराको अनुभव हुन सकेन । यो युद्धको कमाण्डर हुनु हुन्थ्यो प्रचण्ड र बाबुराम भट्टराई उहाँहरुको त्याग र बलिदानले १२ वर्षसम्म चल्यो युद्ध ।

यो युद्धबाट ति सिधा साधा जनताले ठुलो सास्ती र दुर्दशाहरु भोग्नु पर्‍यो । गोला र बारुद नदेखेकाले त्यसलाई आफनो दैनिकीको विषयमा सुचि करण बनाएर हिड्न थाले । को आफनो को अर्का भन्ने कुराको परिचय समेत भुल्न बाध्य भए ति सिधा साधा जनताहरु आफनो हक र अधिकारको खाजि गर्नको लागि आफुसँग भएको सार्मथ्यले भ्याएसम्म न बास न गासको ठेगान समेतको प्रवाह नगरिकन जंगली जिवन बिताउन बाध्य भए । ति सारा नेपाली जनताको त्याग र बलिदानले गर्दा १२ वर्षको लामो कठोर सँघर्ष पछाडि देशमा फेरि नौलो बिहानीको पात पलाउन सुरु गर् यो । त्यो नौलो बिहानीको कलकलाउदो पात थियो जुन नेपाली जनताले धेरै पहिला देखी नै चाहेको चाहानाको कुरा थियो । जनताले मन बचन र कर्मलाई साछि राखेर देशमा लोक तन्त्रको बहाली गरायो । कैयौ दमनकारीको दमन र थिचो मिचोलाई सहेर देशमा नौलो बिहानीको पुर्नवहाली गरेर छाडे । नेपाली जनताले चाहेको लोकले चलाउने शासन लोकतन्त्र । समान हक र अधिकार भन्ने नाराको साथमा एउटै नारा रचेर ल्याएको थियो यो लोकतन्त्र ।

त्यो दिनको हामी नेपालीको ओठमा छाएको हासो हस्रउल्लासमयका दिनहरुलाई हामीले कहिले भुल्न सक्दैनौ । ठुलो आशाको नौलो किरण छाएको थियो नेपालीको मुहारमा लहरा तान्दा पहरा थर्के जसरी संसार भरि छरिएर बसेका नेपाल आमाका सन्तानको मनमा खुशियाली छाउन थाल्यो । परदेशमा आफुलाई परेको सारा दुःख बिसर्िएर लोकतन्त्रको पुर्नवहालीको हस्रउल्लास मनाउन तिर व्यास्त भयो ति परदेशी मनहरु । लोकतन्त्रको पुर्नवहाली पछि देशमा समानुपातिकको नारा गिुन्जन थाल्यो । सारा देशमा रहेका देशबाशीहरुको मुहारमा हर्षको आशु बग्न थाल्यो । सानो र ठुलो भन्ने शब्दावली शब्दकोषबाट नै फाल्ने अठोट गरियो । सामान्ति शासन र हलियाँ प्रथाको अन्त्य गर्ने नियम कानुनको प्रतिपादन गर्ने अठोट गरियो ।

देशमा पुर्ण रुपमा लोकतन्त्रको बहाली गरियो । ठूलो त्याग तपस्या र बलिदान पश्चात सघर्षशिल पाटिलाई जनताले आफनो अमुल्य मत दिएर देशमा सबै भन्दा ठुलो दलको नामले चिनाई दिए । त्यो थियो नेपाल कम्युनिष्ट पाटि माओवादि । सो पाटिको नेतृत्व गर्ने बौद्धिक बिचार धार भएका दुई हस्तिहरु थिए । त्यो नाम थियो प्रचण्ड र अर्का नेता बाबुराम भट्टराई । देश चलाउने जिम्मा माओवादि पाटिको काधमा आयो । सधर्षबाट आएको देश र जनताको बारेमा सम्पुर्ण अध्याय जानकारी भएको पाटिको काधमा गएको त्यो देशको डाढु पन्नियो भाग वण्डा त राम्रै नै लगाउला भन्ने आशा थियो जनतालाई त्यो आशाको दियो थियो देशको प्रधानमन्त्रि हुनु भएका माओवादिका हस्ति प्रचण्ड पुष्पकमल दाहाल सायद यो नाम सारा नेपाली जनतालाई थाहा थिएन होला । उहाँको जोस र जागर हाउँ भाउँ जनतालाई धेरै मन परेको थियो । आशा थियो उहाँको नेतृत्व समान र काचन होला भन्ने कुरा । नेपाललाई सिङापुर बनाउने सम्म बोल्नु भएको थियो कुनै दिनमा त्यो कुरा त उहाँलाई नै थाहा होला । अब पालो आएको छ नेपाललाई के बनाउने हो हामीले हेर्न बाकि छ ।

समानुपातिकको नाराले देशलाई नयाँ रुप दिने बाचाका साथ त्यो कुर्सीको हर्ता कर्ता बन्नु भएको छ । नाताबाद र कृपाबादको नारालाई पनि उहाले औला उठाउनु भएको थियो । उहाले समान भन्ने अर्थमा आफना स परिवारलाई राज्यकोषबाट तलब भत्ता पाउने गरि नियुक्ती दिनु भएको छ । केवल पत्निलाई बाहेक । आफनो छोरालाई कम्प्युटर अपरेटरको नाम दिदै आफु जता गयो साथमा नै लिएर जादै हुनु हुन्छ । के त्यति ठुलो पाटिमा अरु कोहि थिएन कम्प्युटर अपरेटर अरुले सिकेका थिएनन् होला कम्प्युटरको क यो पनि समान नै गर्नु भयो । अनि अरुको पार्टिबाट त राख्न सकेन हुदैन पनि थियो भत्ता खुवाउन तर आफना पाटि भित्र त त्यस्ता योग्य व्यक्ति थिएन होला आफनो श्रीमतिलाई उपनेताको पद दिलाउनु भएको होला । अब यसलाई कुन बादको सँज्ञा दिने होला त नयाँ नेपाल बनाउने सपना लिएर देशको प्रधानमन्त्रि बन्नु भएको प्रचण्ड जीको कार्यकालको थालनी हामीले परिवारबादबाट हेर्न पायौ ।

उहाँलाई पनि थाहा होला आफनो पारिवारिक घटनाहरु परिवारमा बिहान बेलुकाको छाक टार्न हम्मे हम्मे परेकोले उहाँको बुबाले आफनो जन्म स्थान छाड्नु परेको कथाहरु हामीले त उहाँको मुखबाट निस्कीएको लवज मात्र सुनेका हौ । परिवार धान्न गार् यो भएकोले र पहाडमा उब्जनी कम हुने भएकोले तराईको बसाई सर्नु भएको कथा आज पनि सुनाउदै आउनु भएको छ प्रचण्डका बुबाले नेपाली पत्र पत्रिकामा । आफनो र देशको परिस्थितिलाई उहाँ कसरि बुझनु भएको हो । नेपालीको छोरोले ५० रुपैयाँ मिटरमा पाउने दौरा र सुरुवाल समेत किन्नलाई धौ धौ परेको बेलामा उहाँ नयाँ नेपालमा नयाँ परिवर्तन भनेर तेती राम्रो दौरा र सुरुवाललाई चटक्क फालेर बेलायती पोशाकमा सजिनु भयो । आज उहाँ पनि राजनितिक गरेर त्यो ठाउँमा नपुग्नु भएको भए के उहाँलाई त्यो आफनो शिक्षक पेशाले ती महंगा सुट लगाउन सक्नु हुन्थ्यो होला त अनि आफुले चाहि नलगाउने आफु उपस्थित हुने समारोहमा कर्मचारीलाई उपस्थित हुन चाहि राष्ट्रिय पोशाक लगाउनु पर्ने यो पनि नयाँ नेपालको नयाँ सृजना होला ।

नयाँ नेपालमा हाम्रा प्रधानमन्त्रिले गर्नु भएका नयाँ समानुपतिक व्यवस्थाको सृजना यस्ता छन् ।

१। आफनो परिवारमा चार सदस्य सरकारी तलवी ।
२। राष्टिय पोशाक दौरा र सुरुवाललाई त्याग्नु भयो ।
३। कम्प्युटर अपरेटरमा आफनो छोरालाई नियुक्ति गरेर बिदेश भ्रमणको साथि बनाउनु भयो ।
४। भारतिय नागरिकता भएको आफनो छोरीलाई निजी सचिवालयको प्रमुखमा नियुक्ति गर्नु भयो ।
५ ।सत्ता हस्तान्तरणमा आफनो पत्नीलाई साक्षी राख्नु भयो ।



November 7, 2008

एक टुक्रा

:हस्त गौतम मृदुल

पत्ता फेरिए पनि डाली उही छ।
हात फेरिए पनि ताली उही छ।

ब्याक्ति फेरिए नी चाल उही छ।
अग्रगामी कदमको ताल उही छ।

नेताहरु फेरिए नी गती उही छ।
जनबादी नेत्रित्वको मति उही छ।



इतिहासको जन्म

आचार्य प्रभा
नयाँ इतिहास जन्म दिनेहरु हो
सारा संसारलाई चकित गरी
नयाँ जन्म लिएकाछौ ,
त्यसैले ---जन्मेको सारलाई
सार्थक गर्न तिमीहरुले
नयाँ पालुवाको श्रीजना
गर्नुपर्छ /
नयाँ बिहानिको ढोका
उघार्नु पर्छ
जुन बिहानिको प्रतिक्षामा
सारा मन ,मस्तिष्कहरु
अध्यारोमा काला रातहरु
भोगिरहेका थिए /
अब ---तिमिहरु संसारकै
पाले अनी रक्षक भएर
जन्मेकाछौ
त्यसैले उत्साहित बन
अध्यारो कोठामा उज्यालो छर्न
अनी ---दर्हिलो रक्षक बन्न
अनी मात्र ,
तिम्रो आगमनले प्रतिक्षित मनहरु
प्रफ्फुल्लित हुनेछन /
देखाइ देउ नयाँ इतिहासको
पानाहरुमा स्वर्ण अक्षरहरुले
इतिहास भनेको रङ,जाती,भेद ,
धनी,गरीब को संघर्ष मात्र होइन
समानता र सहजता को पनि
लेखिनु पर्छ /
संसारभरी शान्ती र सद्भभावनाको
दियो बल्नु पर्छ भनेर/
(अमेरिका )
(समर्पित जो ,जो नयाँ इतिहास कोर्न आगमन गरिरहेका छन उनिहरुमा )
रचना ११ -०४ -००८-( ८ बजे साँझ मंगलवार )



चाणक्य बाट

पुरुशोत्तम सुबेदी

सामर्थ्यवान साहसि ब्यक्तिको लागि जुन कुनै कार्य पनि कठिन हुँदैन । त्यस प्ररकार का मानिसहरुले चाहेअनुसार का राम्रा काम हरु गर्न सक्छन । ब्यवसाय गर्ने मानिसको लागि कुनै ठाउँ पनि टाढा हुँदैन । बिद्वान मानिस लाई बिदेस पनि टाढा लाग्दैन । आफ्नो बिदुताको कारणले सबै ठाउमा मित्र र अनुयायी बन्दछन । जो ब्यक्ती नम्र भएर बोल्छ व्यवहार पनि त्यस्तै छ - उसलाई कोही पनि पराइ लाग्दैन । जसले शत्रु लाई पनि आफ्नो बसमा ल्याउन सफल हुन्छ ।

जसले पुल, ईनार - कुवा -बाटा घाटा मन्दिर -मठ -स्कुल -अथवा सार्वजनीक कुरामा ध्यान दिन्छ, काम गर्छ -त्यही समाज सेवी हो। आफ्नो लागि मात्र दौड धुप गर्ने त्यो अवसर बादी र स्वार्थी हो । देस र समाज लाइ निकास तर्फ डोर्‍याउन समाज सेविले मात्र दिन सक्छन । अवसर बादिले होइन, सामाजिक कार्यमा जसले अभिरुची राख्छ त्यही ब्यक्ती नै राजनीतिज्ञ ठहर्छ । राजनितिको नाम बाट आफ्नो स्वार्थ पुरा गर्ने जुन मतलवी मान्छे हुन्छ त्यो चान्डाल सरह हो । त्यो समाज सेवी हुनै सक्दैन । स्मरण रहोस नास्तिक हरु नै सामाजिक कार्य बिरुद्ध लाग्ने गर्छन् र अपराधी हरु नै सस्कृती बिरोधि हुन ।



कबिता- सपना

बिजय कुमार श्रेष्ठ
(हाल ईराक)


हजारौं सपनाहरुको मेल
हाम्रो आर्दश
मैले उनेको सपना
बगैचाहरुमा छरेको सपना
त्यसै टुकि्रंदैन आमा
यस सपनासंग गाथा छ
तिमै्र आंशु रगत र पसिना छ
तिम्रै लाम्टो चुसेर ठड्याएको सपना
तिम्रो आशा र भरोसाकेन्द्र
यो सपना महान क्रान्ति सपना हो
रगतको सपना निलो शान्तिसंग सौदा गर्दैन
क्रान्तिकारी आर्दश ठुले बडेसंग सम्झौता गर्दैन
हो आमा सपनाले कहिलेकािहं कोल्टे फेर्छ
सिधा र सपाट सपना
अहं यो त कल्पना मात्र हो
यो त घुम्ती मोड हुंदै लक्ष्यमा पुग्छ
ज्युंदै छ सपना
यो चित्कारहरुको सपना
यो भरियाहरुको सपना
चौतारीभित्र बस्दा
न्याउलिहरुले दिएको सपना
हो आमा
हाम्रो बचनबद्धता खुकुलो छैन
कति त सपना मर्यो भनेर आत्तिन्छन अनि मातिन्छन
यो सुन्दर सपनाबिरोधी
कुनै भोजमा मस्त होलान
मात्र रुप फेरिएको हो
सपना कहां फेरिन्छ र
मुल्य मान्यता कहां टुकि्रन्छ र
चाउरी अनुहारले दिएको आशिक
टुहुराहरुको सपना
यो त संधै फुलिरहन्छ
हो आमा मैले गमलाहरुमा सजाइरहेकी छु
मलजल पनि त गरिरहेकी छु
यो सपना निभ्दैन
हुरी बताससंग म लडिरहेकी छु



November 4, 2008

बराक ओबामा संयुक्त राज्य अमेरीकाको राष्ट्रपतीमा बिजयी

ओबामा * 338
मेक केन * 163
(*जितेको या अग्रता हासिल गरेको)
538 जम्मा इलेक्टोर भोटमा राष्ट्रपती बन्न 270 इलेक्टोर भोट ल्याउनु पर्नेहुन्छ ।

- बराक ओबामा संयुक्त राज्य अमेरीकाको राष्ट्रपती ४४औं हुने पक्का तथा उनका प्रतीपक्षी जन मेककेनले उनलाइ फोनबाट वधाइ ज्ञापन ।
- बर्तमान राष्ट्रपती जर्ज बुसद्वारा बराक ओबामालाइ बधाइ तथा वाइट हाउसमा स्वागत।
- बराक ओबामाद्वारा सिकागोमा बिजयी भाषण
विश्वकै शक्तीसाली राष्ट्र अमेरीकामा चुनाबी गर्मी उत्कर्रसतमा पुगेको छ। नेपालमा हुंदा आफू यता, त्यसै भोट हाल्न पाइएन, आफू नेपाली नागरीक भएकोले याहा पनि भोट हाल्न पाइएन तर चुनाबी प्रक्रीया भने निकै नजिक बाट हेरें। चुनाबको पहिलो परिणाममा ओबामाले खाता खोलेका छन। New Hampshireको सानो गाउं Dixville Notch मा २१ भोटर छन जसमा १५ भोट ओबामाले पाए बने ६ भोट मेक केन ले पाए। त्यहा अघिल्लो पटक जर्ज बुसले जितेका थिए। पोलबाट ओबामाले जित्छन भने पनि भोट बाट अब ओबामाले जित्ने छनक देखिएको थियो।

पोलले २००४मा जन क्यारीले जित्छन भनेको थियो तर जित जर्ज बुसले। त्यसैले यस पटक सबै समाचार एजेन्सीले बढो साबधानी पुर्बक पोल बटुलेका थिए। चुनाबको नतिजा जे आए पनि इतिहास रचीने भएको छ। ओबामाले जिते सबै भन्दा कान्छो तथा प्रथम काला राष्ट्रपती बन्ने छन भने मेक केनले जिते प्रथम पटक जित्ने सबै भन्दा बुढा राष्ट्रपती बन्ने छन भने सेरा पेलीन पहिलो महिला उपराष्ट्रपती बन्नेछिन। चुनाबी मतगणना हेर्नेहो भने ओबामाले राष्रपतीको छाता ओड्ने पक्का छ।

United States को केही ऐतिहासकि तथ्य
- सन 1789 मा पहिलो राष्ट्रपती निर्वाचन ( सबै निर्बिरोध निर्बाचित)
- सन 1865 मा काला जातीले भोटहाल्ने अधिकार पाएका
- सन 1920 मा महिलाले भोटहाल्ने अधिकार पाएका
- भोट हाल्ने उमेर 18 बर्ष या माथी
- राष्ट्रपती उमेदवार हुने उमेर 35 बर्ष या माथी