October 14, 2008

ईराकमा एक नेपालीको मृत्यू

- राम प्रसाद पन्त र जिवन पौडेल
ईराक स्थित बलाद बेस क्यम्पमा कार्यरत एक नेपालीको ११ अक्टोबरका दिन बेलुकी मृत्यू भएको छ । कुलाक कम्पनि अन्र्तगत रहेर केबिआर कम्पनीको सुरक्षागार्डमा कार्यरत इलाम घर भई ´ापाको विर्तामोडमा बसोबास गर्दै आउनु भएको मोहन प्रसाद शर्माको ह्दयघात भई निधन भएको हो उहाँ करिब ४१ वर्षको हुनुहुन्थ्यो । २ वर्ष अगाडि पैसा कमाउने र आफ्नो सन्तानसँग सुखिमय जिन्दगी बिताउने आशामा बैदेशिक रोजगारका लागि ईराकको युद्ध भुमिमा आउनु भएको थियो । दशैको खुशीयालीमा रमाईरहेको बेसका नेपालीहरुलाई अकस्मात उहाँको निधन भएको खबरले मर्माहित र स्तब्ध तुल्याएको थियो । उहाँको पाथ्ार्िक शरीरलाई नेपाल पठाउने प्रकि्रया अगाडि बदाएको जानकारी कम्पनीका सम्बन्धित व्यक्तिले दिनु भयो । पार्थिक शरीरलाई अक्टोबर १४ तारिकका दिन ईराकबाट कुवेत पठाई सकेको र त्यहाँबाट नेपाल पुर् याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने स्रोतले जानकारी गरायो । उहाँलाई क्षतिपूर्ति स्वरुप प्ररम्भिक चरणमा ६ महिना बराबरको उहाँको पारिश्रमिक र सुरक्षागार्डमा कार्यरत सहकर्मीबाट कम्पनिमा कार्यरत नेपाली दाजुभाईबाट सहयोग उपलब्ध गराउने भन्ने प्रारम्भिक छलफल भईरहेको स्रोतले जानकारी गराएको छ । तर यसको बारेमा भने विस्तृत जानकारीे आउन बाँकी नै छ । उहाँको निधनमा बेसमा कार्यरत नेपालीहरुले अक्टोबर १४ तारिक बेलुकी श्रद्धाजली कार्यक्रमको आयोजना गरि आफ्नो सहकर्मी प्रति भावपूर्ण श्रद्धााजली अर्पण गरेका छन् । उहाँको चिर शान्तिको कामना सहित परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भागवानले प्रदान गरुन् हामी सबै यहि कामना गर्दछौं । प्राप्त जानकारी अनुसार उहाँको घरमा १ श्रीमती करिब २ वर्षका छोरा र १२ बर्षकी छोरी हुनुहुन्छ ।


यन आर यन बेल्जियम को साधारण सभा सम्पन्न

purushottam subedi
गत अक्टोवर १२ तारिख का दिन यन आर यन बेल्जियम को दोस्रो साधारण सभा निकै चर्का चर्कीका साथ संपन्न भयको छ । उक्त्त समारोहमा अतिथि ,प्रमुख अतिथ तथा विशिष्ट अतिथिहरूलाइ सस्थाका सदस्य माधव सापकोटाले गरेका थिए सो उद्धाटन समारोहमा इन्द्र धनुष क्लवका अध्यक्ष मिन गुरूङ, इनेपालका सम्पादक कृष्णप्रसाद रेग्मी , पासा पुचका रविन्द्रमान श्रेष्ठ,साग्रीला समाजका दिपेन्द्र केसी , NRN ICC का रविन्द्रमान श्रेष्ठ , एनडिफ वेल्जियमका तुलसी सुवेदी , नेपाली जनप्रगतिशिल मंचका विष्णु भूजेल ,शेर्पा किदुग वेल्जियमका पिजी शेर्पा लगायतका महानुभावहरूले सो साधरण सभाको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । भने नेपालवाट सो साधरण सभामा भाग लिन आउनु भएका संविधानसभाका सभासद आङ दावा शेर्पिनी तथा अर्का सभासद पासाङ शेर्पाले समेत साधरण सभाको सफलताको कामना गर्दै नेपालमा अव लेखिन गैरहेको भनिएको संविधानमा गैरआवासीय नेपालीहरूका मागहरूलाइ सम्वोधन गर्न आफ्नो तर्फवाट पहल गर्ने प्रतिवद्दता जाहेर गरेका थिए । साधरण सभाको पहिलो उद्धाटन समारोह सम्पन्न भए पछि शेर्पा किदुग वेल्जियमको प्रायोजनमा भएको दिवा भोजमा सयैा नेपालीहरूको सहभागीता रहेको थियो । शेर्पा समाज वेल्जियमका विभिन्न सदस्यहरू सो कार्यमा सक्रीय रूपमा खटेका थिए । त्यस पछि लगत्तै सूरू भएको साधरणा सभाको वन्द सत्रको संचालन सस्थाका सचिव तथा तत्कालिन निर्वाचन समितिका संयोजक वोधराज पैाडेल गरेका थिए भने सभापतित्व युवराज गुरूङले गरेका थिए । सो वन्द सत्रमा कोषाध्यक्ष वासुदेश खड्काले आथिक प्रतिवेदन तथा सन्तोष जोशीले NRN वेल्जियमको विगत २ वर्षे कार्यकालको प्रगति प्रतिवेदन पेश गरेका थिए । त्यसै गरी विधान शंशोधन मसैादा माधव सापकोटाले गरेका थिए । त्यस पछि वन्द सत्रको अध्यक्ष गरिरहेका गुरूङले तत्कालिन कार्यसमितिलाइ भंग गरी आ सी सी प्रतिनिधि रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डलको धोषणा गरेका थिए । श्रेष्ठको अध्यक्षता वसेको सो सभामा कोषाध्यक्ष , महासचिवले अनुमोदनका लागि पेश गरेका आथिक र प्रगति प्रतिवेदन साधरण सभाको वैठकले सामान्य सुझाव र प्रतिकृयाका साथमा सो अनुमोदन गरेका थिए । सस्थाको विधमान विधानलाइ आफु अनुकुल हुने गरी केही , जस्तै २१ सदस्यीय भएको कार्य समितिमा अध्यक्षले थप ४ जना स्वविवेकले थप्न पाउनु पर्ने , कार्यसमितिको वैठक अनुमोदन विपरित अध्यक्ष स्वयले गर्न थप्न पाउने नयाँ प्रावधान राखिएको शंशोधन प्रस्ताव ,निवर्तमान अध्यक्ष वेल्जियमको तर्फवाट NRN ICC सदस्यमा सिफारिस गरिने प्रकृयालाइ निरन्तरता दिदै यस पटक देखी विधानत सो व्यवस्था गर्ने भन्ने निर्वतमान कार्यसमितिका पदाधिकारीहरूको चलाखी पूर्ण विधान सम्शोधन प्रस्तावलाइ साधरण सभाका वहुमत सदस्यले अस्विकार गरी परिमार्रजन गर्न सफल भए । जस अनुसार अध्यक्षले मनोनयन गर्न आवस्यक देखीएको खण्डमा सो प्रस्तावलाइ कार्यसमितिको वहुमतवाट विभिन्न क्षेत्र वर्ग लिंग वा जात जनजाति वा अल्प सख्यक समुदाय वा विषय विशेज्ञलाइ मनोनयन गर्ने गरी संशोधन गरियको थियो ।


October 11, 2008

इराकमा नेपालीहरुलॆ धुमधामसँग दशै मनाए

- राम प्रसाद पन्त र जिवन पौडेल
हिन्दूहरुको महान् चाड बडादशैको महत्वपुर्ण मानिने टिकाको दिन इराकको बलादस्थित कुलाक कम्पनी र पिपिआईमा रहेका नेपाली दाजुभाइ अनि दिदीबहिनीहरुले आपुनो घरपरिवारलाई सम्झिदै धुमधाम सँग दशै मनाए । नेपालीहरु विश्वको कुनै पनि ठाँऊमा जे-जस्तो अवस्थामा रहेपनि उनिहरुले आफ्नो भाषा धर्म र संस्कृति अनि रितिरिवाजलाई भुलेका हुदैनन् भन्ने उदाहरण ईराकमा कार्यरत नेपालीहरुले पनि देखाएका छन् । विभिन्न क्षेत्रमा कार्यरत आफ्ना दाजुभाइहरु मिलेर उक्त कार्यक्रमको आयोजना गरीएको थियो । आफ्नो देश अथवा घरपरिवारबाट टाढा रहेपनि आफु भन्दा ठुला दाजुहरुबाट रातो टिका लगाउनेको पनि कार्यक्रममा ठुलो उपस्थिति रहेको थियो । त्यसै भिडमा केहि खाली निघारै भए पनि शुभकामनाहरु आदानप्रदान गर्नमा व्यस्त देखिन्थ्यो भने केहि संगतिको तालमा आफ्ना दुःखहरु विसर्िएर रमाउनमा नै व्यस्त देखिन्थ्यो । आफ्ना घर परिवार छोडेर पैसा कमाउने आशामा आएका नेपालीहरुले आपुनो परम्परालाई नबिसर्ी सबै नेपाली मिलि दशै मनाए । त्यस अवसरमा टिका कार्यक्रम तथा लोकगीतको नृत्य कायक्रमहरुको पनि आयोजना गरिएको थियो । करिब ७ः०० बाट शुरु भएको कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो । त्यस अवसरमा दुवै कम्पनीमा कार्यरत नेपालीहरुको दुवै कायक्रममा ठूलो मात्रामा उपस्थिीत रहेको थियो । यसरी ईराकमा कार्यरत नेपालीहरुले एक आपसमा आफ्ना दूःख र पिडा विसर्िएर आफ्नो बडादशैंलाई यो वर्षको लागि विदा गरे । ईराकमा रहेका नेपालीले मनाएको बडादशै देख्नेहरु सबै आफु नेपालमा नै रहेको र आफ्नै घर-परिवारसँग मनाई रहेको अभास गर्दै थिए एक अर्कामा ।


फरिया राम्रो हो कि जोबन राम्रो हो?

फरिया राम्रो हो कि जोबन राम्रो हो? प्राय: उत्तर आउंछ फरिया राम्रो त्यसै हुन्छ जोबन राम्रो हो। त्यसो भए टिका, चुरा, फुली, बुलाकी केही पनि होइनन् त ? यस्को उत्तर दिन भने गार्है पर्छ। कुनै पनि नारी यि सजिने कुरा समझ्दै मात्र पनि मुहार चम्किलो बनाउछन सजिए पछिको त कुरै छौडौं। तर पनि किन केही नारीहरु फरिया भन्दा जोबनकै पछि पर्छन त? समाज र आफ्नतको बिरोधको बाबजुत पनि जोबनको पछि लागेका प्रशस्त उदारण छन। त्यसो गर्दा धरातलबाट सिधै आसमानमा पुगिन्छ भन्ने धेरैको सोच छ र कतिपयलाइ केही क्षणको लागी भए पनि आकासमा पुगेको देखेका भोगेका छौं। हुन त यो फरिया र जोबन बिबादकै बिषय हो। त्यसैले नै सेन्सर भन्ने चिज उत्पन्न भएको होला। अनि फरिया र जोबन बिच रेखा खिचिन्छ, कति फरिया लगाउने र कती जोबन देखाउने। त्यही मिस नारीलाइ कसैले फरिया देखाउने खेल भन्छन त कती जोबन देखाउने ब्यबसाय भन्छन। नढाटी भन्नु पर्दा मिस नारीमा सुइमिगं सुट लगाएर बिरालो चालमा हिड्नु जोबनको प्रदर्शन होइन कस्ले भन्छ? त्यसो भए जोबनको पछाडी त सिगैं समाज पनि त रहेछ। त्यसै भएर त मिस नेपाल पक्ष र प्रतिपक्षकको बिबादले गर्दा सरेको सरै छ।


तपाइहरुले अनुभव गर्नु भएको होला नि त्यही नारी फरियामा सजिंदा कति सुन्दर दखिन्छे र जोबनमा प्रश्तुत हुदा त्यो सुन्दरता हराएर नग्नता मात्र देखिन्छ। नग्नता ले एक नजर त खिच्छ तर नजर उत्रे पछि नजरको न पनि पाउदैन। भनेपछि जती फरिया उती सुन्दरता हो त? कतै यही भावनाले मध्य एसियाको संस्कृति प्रभाबित भएको त होइन? होइन भने कालो बस्त्रले सिर देखी पाउ सम्म किन छोप्नु पर्यो त? हुन त जोबन जो कोही या जा कही देखाउने बिषय होइन भनेर वकालत गर्लान। तर यो जोबनको अर्को धुर्वमा उभ्भिएको एउटा शैली मात्र हो।


मानिसहरु जोबनको बिरोध गर्छन, नैतिकताको आदी इत्यादी कुरा गर्छन तर पनि जोबन देखाउने खेलमा नारी नै अगाडी छन भने समाज ताली बजाएर तिनीहरुको पछाडी उभिइरहेको हुन्छ मानौ उनिहरू हरेक नारीको जोबन पिउन लालायित छन।


यसै क्रममा जोबनको केही कुरा बांकी नराखेकी Brittney Spears को हिजै मात्र निस्किएको Womanizer भिडियो । जोबन राम्रो कि फरिया राम्रो हो तपाइ आफै निर्कोल गर्नुहोस।




गित - कस्तो होला छाती फोडी

Ram Babu Neupane
कस्तो होला छाती फोडी मुटु भित्र पस्न पाए?
आँफै लाई बिर्सिएर तिमी सँगै बस्न पाए?

गाजलु ति आँखा भरी छाल देख्छु पिरतीको
कस्तो होला ति नयन का सागर मा खस्न पाए?

उम्कन नै नसकिने जाल हो'रे माया-प्रिती
कस्तो होला तिमी सँगै मायाजाल मा फस्न पाए?

तिमी र म सँग-सँगै पिरती को डोरी बाटी
कस्तो होला त्यै डोरीले दुई मन लाई कस्न पाए?

थाहा छैन जीवन को रस-रंग कस्तो होला?
भंवरा ले फुल जस्तै तिमीलाई डस्न पाए?



October 10, 2008

शर्माएर संस्कार र संस्कृति जोगिदैन

पुरुशोत्तम सुबेदी –बेल्जियम


हिन्दू हरुको महान चाड बडा दसैं अब बिदेसमा पनि तिब्रताका साथ मनाइन थालिएको आभास भएको छ । सन १९९० देखी बिदेसमा छरिन पुगेका नेपाली हरु अब विश्वको जुन कुनै देसमा पनि आफ्नो धर्म र संस्कृतिलाई संसार सामु पहिचान गराउन सफल हुँदै छन । सन २००४ देखी हाल सम्म को बेल्जियम को सामान्य अन्दाज ले के देखाएको छ भने हिन्दू संस्कृति अगाडि बढाउन नेपाली नारी हरुको ठुलो हात रहेको देखिएको छ । बिगत केही बर्ष यता बेल्जियम मा थुप्रै नेपाली हरुले प्रामानेन्ट रेसिडेण्टी प्राप्त गरी आ आफ्ना परिवार समेत सेटल गरी सकेका छन ।

आखिर मानिस जहाँ गए पनि आफ्नो संस्कार र संस्कृति साथमै जादो रहेछ । बेल्जियम मा बस्ने नेपाली हरु पनि आफ्ना परिवार संग र आफ्ना आफन्तजन संग रमाउन आफ्नो संस्कार संस्कृतिसंग दांजिन थालेका छन । सन २००६ देखी बेल्जियम मा नेपाली महिला र बालबालिका को संख्या ह्वात्तै बढेको छ । बेल्जियम मा नेपालीहरुले स्थाइ बसोवास संगै अब नेपाली हरु आफ्नो संस्कार लाई पनि बढी जोड दिएको पुष्टी हुन्छ । किनकी हरेक बर्ष आउने चाड पर्वमा महिलाहरु को अग्रसरता बढी देखिन्छ । हरेक बर्ष चाड आफ्नै कोठामा मान्ने र बाहिर निस्कन नमान्ने गोरेहरु संग शर्माउने आदी कृयाकलाप हरु अब बिस्तार हट्दै गयको छ । खास गरी परिवार संगका नेपालीहरु दसैं वा जुन कुनै चाड मनाउन निर्धक्क अगाडि बढेका छन ।

अस्थाइ बसोवास हुँदा एक टोक्रा बियर संग दसैंको बेलामा कोठा भित्र रमाउने नेपाली आज ३-४ बाल बच्चाहरु संग खुल्लम खुल्ला टिका जमरा लगाइ बाहिर अन्य आफन्त जनकोमा गै टिका ग्रहण गरेका छन । यसले पनि के पुष्टी हुन्छ भने बिदेसमा नारी बिनाको एक्लो मानिस ले संस्कार र संस्कृति लाई पछ्याउन त्यती सफल हुँदैन । किनकी अझै पनि केही नेपाली पुरुष बिदेसमा पनि संस्कार बिहिन र बिकृति तिर नजिक देखिएको छ । फेरी पनि नेपाली नारी हरु आफ्ना लोग्ने हरुलाई सहि बाटो तर्फ डोरयाउदै आफ्ना चाड वाड बिदेसी भुमिमा खुशीका साथ मनाउन थालेका छन । बिगत ३ बर्ष यता बेल्जियम मा तिज, दसैं र तिहार निकै जांगर का साथ मनाईएको भान हुन्छ । पोहोर साल भन्दा अझै खुल्ला रुपमा यसपाली बेल्जियम शहरमा दशै मनाइएको छ । चाड पर्वका दिन आ आफ्नो घरमा मिस्ठान्न पारीकार त सबैको घरमा हुन्छ नै । तर यस पाली एक घर बाट अर्को घरमा आफ्ना मान्यजन को हातको टिका लगाउन जाने क्रम निकै तिब्र देखियको थियो।


छिट पुट मानिसहरु टिका लगाइ बाहिर जांदा आफ्नो निधारको टिका पुछेर बाहिर गएको र भित्र आएर पुन टिका लगायका प्रमाण पनि नदेखिएका होइनन । आखिर यसो किन त- किनकी नेपाली आफ्नो पछौटे पनलाई अझै पनि सुधार्न सकेका छैनन भन्ने प्रमाण हो । आफ्नो संस्कार बिनाको कुनै पनि मानिस अधुरो हुन्छ । जब मानिस आफु संपन्न हुन्छ - तव उ कि त धार्मिक हुन्छ -या त उ पुरै नास्तिक हुन्छ । जे होस बेल्जियम मा हिन्दू संकार संखे किराको चाल् जस्तै धिमी गतिले अगाडि बढेको महसुस भएको छ ।