October 8, 2008

मेरो आंगनमा दसैं पर्व

पुरुशोत्तम सुबेदी -बेल्जियम
पहेंलपुर हुनै थाल्यो गैरी खेतको मनशुली धान हाम्रो ।
मैन खांवो नेरा फेरा मदुस मुनी राखेका जमरा कती राम्रो ।।

पोहोर साल झैं अहिले पनि हजुर बा को हातको टिका लाउने हो ।
पाखा बारीको लिंगे पिङ् मा साथी भाई संग टिका जमरा लगाइ रमाउने हो ।।

भाई गोरे पनि घरमा भय त रमाइ रमाइ खेलिन्थ्यो होला ।
बैरी ले बेपत्ता पारेकै ४ बर्ष भयो खबर दिय त काज किरिया गरिन्थ्यो होला ।।

न त गोरे ले कुनै प्रती उत्तर दिन सक्यो उसका आफन्त हामी लाई ।
बैरी ले शरम मान्यो बताउन यथार्थता साचियो काम मलामी लाई ।।

नौलो जनबादको कुरा गर्दै भाई गोरेले- थोत्रो बन्दुक मा तेल मुसार्दै भन्थ्यो ।
दसैं मा आउछु होला दाजु भर त छैन -जे होस् म नभयपनी मान्नु दसैं भन्थ्यो ।।


बहिनी पनि सिंह दरवार किल्ला भित्रै को माटामुनी- बाट सराप्दै छे होली पापी हरु लाई ।।
गल्ती के नै थियो र उसको अधिकार को लागि- आवाज बुलन्द गरेकी थीइ समाज लाई ।।

बैरी बैरी को भेट भयो- होला मिला पत्र पनि- आसा के नै गर्नु छ र बिकासको ।

चोरै चोरको रग रगी छ देसमा अहिले -चिट्टा पर्‍यो देस लाई बिनासको ।।

न भाई गोरे न बहिनी बाटुली काग लाई बेल झैं जन गणतन्त्र अधुरो हुने भयो ।
हरेक बर्ष आउने चाड बडा दसैमा भाई बहिनी संग रमाउने आसा अधुरो रह्यो ।।



October 7, 2008

बेल्जियममा खुल्ला भलिवल प्रतियोगिता भब्यताका साथ सम्पन्न

पुरुशोत्तम सुबेदी
गत अक्टोवर ५ तारिख मा बेल्जियमको लुवेन शहरमा ईन्द्रधनुस क्लबले राखेको खुल्ला भलिवल प्रतियोगिता भब्यतापुर्बक सम्पन्न भयको छ । उक्त्त भलिवल प्रतोयोगितामा इन्द्रधनुस टिम - फ्रितुर ग्रुप - बिस्व मगर समाज बेल्जियम- हिमालयन स्पोर्ट कमिटी -यन्टवेरपेन (ए) यन्टवेरपेन (बी) र ब्रसेल्सस टिम गरी ७ वटा टिमले भाग लियका थिय । कार्यक्रमको सुरुमा मुख्य अतिथी यन आर यन बेल्जियमका नवनिर्बाचित महासचिव नन्द राज घले ले शुभकामना मन्तब्य दिनु भयको थियो भने ईन्द्रधनुस क्लबका उपाध्यक्ष एबं कार्यक्रमका कोअर्डिनेटर सुर्यप्रसाद ढकाल ले नियमहरु पढेर सुनाउनु भयको थियो । साथै क्लबका अध्यक्ष मिन गुरुङ ले दुई वटा भलिवल पहिलो एम्पायर सुभास सुब्बा लाई हस्तान्तरण गरी खेलको सुरुवात भयको थियो ।
साथै क्लवका पदाधिकारीहरु अनन्ता गुरुङ -भोज जि सि-हरी भण्डारी -यसोदा(सुबेदी)थापा -राजन सिवाकोटी -राजु गुरुङ -कुसल घोताने -उमेस राज भण्डारी -सहदेव गौतम - अन्जन भटराइ -सुनिल मुनिकार - को साथै स्वयम सेवक तर्फ माधव सापकोटा -अमृत के सि -पुस्ता पाण्डे -रबी तमाङ लगायतका साथीहरुले यस भलिवल प्रतियोगिता लाई सघाउनु भयको थियो । दिनको १ बजे बाट सुरु भयको सो भलिवल प्रतियोगिता बेलुका ९ बजेर ३० मिनेट जांदा समापन भयको थियो ।
उक्त्त भलिवल प्रतियोगितामा झन्डै ३०० जना दर्सकले मादल -खाली बोतल -ताली- सिटी बजायर आ आफ्ना टिम लाई उत्साहित गराउने काम गरेका थिय । सबै टिम ससक्त भयको हुनाले समय लम्बियको थियो । साथै टिम कप्तान सुभास सुब्बा -आनन्द गुरुङ -खगेन्द्र पुन -सोतान तमाङ -सरोज गौचन - राजन सेरचन - राजु सेन रहनु भयको थियो भने एम्पायरमा सुभास सुब्बा -आनन्द गुरुङ-सिद्धार्थ श्रीठ -राजु सेन -रिम प्रशाद सन्यासी रहनु भयको थियो ।साथै यस भलिवल खेल प्रतियोगिता लाई आर्थिक तर्फ सहयोग पुर्याउने सहदेब गौतम-लाल काजी गुरुङ - नन्दराज घले -उमेस राज भण्डारी -प्रविण गौचन -अमृत के सि - अहमददिन मिया ले गर्नु भयको थियो भने चितवन सहायता कोस बेल्जियम बाट प्रथम हुने टिम लाई ९ -९ वटा टिसर्ट संस्थाका महासचिव टिका पौडेल ले दिनु भयको थियो । खेल को आखिर समयमा यन्टवेर्पेन (ए) र बिस्व मगर संघ का बिच कडा प्रतिस्पर्दा भयको थियो । पहिलो चरणमै दुई ग्याम हात परेको बिस्व मगर समाजले अन्तिम चरणमा लगातार तीन ग्यम मा पराजित भै दोस्रो स्थान हात पारेको थियो ।
अन्तमा एन्टवेरपेन (ए) ले कडा मेहनतका साथ प्रथम पुरस्कार ४०० युरो नगद र खसी उपहार प्राप्त गरेको थियो भने बिस्व मगर संघ बेल्जियम ले २०० युरो नगद को दोस्रो पुरस्कार हात पार्न सफल भयको थियो । साथै उक्त भलिवल प्रतियोगिता का खेलाडी हरु मध्य सबै भन्दा उत्क्रिस्ठ खेलाडी टेक पुन (मेन अफ द म्याच )ले १०१ युरो नगद पुरस्कार हात परेका थिय । स्मरण रहोस बेल्जियम मा (मेन अफ द म्यच)को यो अबसर उनको दोस्रो थियो ।
पुरस्कार बितरणको कार्यक्रममा नेपाल बाट पाल्नु भयका संबिधान सभाका सदस्य श्री पासांङ शेर्पा ज्युको प्रमुख अथित्यमा सम्पन्न गरियको उक्त कार्यक्रममा श्री पासांङ सेर्पा ज्युले प्रमाण पत्र प्रदान गर्नु भयको थियो भने क्लवका आध्यक्षले नगद पुरस्कार र उपाध्यक्ष अनन्ता गुरुङ ले खाता ओढाउनु भयको थियो । अन्तमा भबिस्यमा यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने क्लवका अध्यक्ष मिन गुरुङ र उपाध्यक्ष यबं कोअडिनेटर सुर्य ढकाल ले बताउनु भयो ।


October 6, 2008

शुभकामना बिजया दशमीको

शुभकामना बिजया दशमीको

मन भरीका रहर ओठ भरी डुलुन
बसन्तको सुबास वरि परी घुलुन

जमरा झै शान्ती मौलायोस अधरमा
आशाका कोपिला सुगन्ध छरी फूलुन

तेरो मेरोको घेरो अंधेरो,अतिसारो यो
सदभाबका ज्योति बिभेद तरी झूलुन

मैलोको थैलो दुर्गन्ध,यो दैलो न त्यो दैलो
बिकारका तुष सपनामै टरी भूलुन

आस्थाका देव देवी विश्वाशमा जागा छन
कुसल मंगल तिम्रा पोल्टा भरी हुलुन

आशिष थापी निधारमा आधारको टिका
बिजय श्री तिम्रो खुशी घरी घरी फूलून


आफ्नै कुरा ।

अघिल्लो हप्ता गुगलको google analytics मा एक नजर दौडाएको थिएं, जस अनुशार दौंतरीमा दैनिक सरदर करिव २०० भन्दा बढि पाठकहरुको आगमन हुंदो रहेछ ।

संसारभरी छरीएर रहेका नेपालीहरुको साझा ब्लग मात्रै नभई, दौंतरी कुनै पनि बाद, गुट वा विचारको समर्थन वा बिरोधको उद्देश्य नलीई केवल विचारको आदान-प्रदान गर्न शुरु गरीएको बल्ग हो यो । त्यसैले यो ब्लग वास्तबमै छोटो समयमै यौटा स्वस्थ र गालि-गलौज मुक्त ब्लग बनेर देखा पर्‍यो ।

घटना-दूर्घटना वा तोडफोडको समाचारलाई बढाई चढाई वा निहित स्वार्थ पूर्ती गर्न बङ्याई, टेङ्याई पस्केर गालि गलौजको भरपूर मसलाको छुट गरेर ट्राफीक बढाउने कार्य कहिल्यै गेर दौंतरीले—यो यौटा गौरवको बिषय लाग्छ मलाई ।

राजावादि देखि माओबादिसम्म सबैले आफ्नो विचार राख्‍न पाउन भनि शुरु गरीएको ब्लग भएकोले यसको स्वतन्त्रतामा कुनै शंका गर्नु वा यसलाई कुनै वादसंग समर्थीत भएको भनेर सोच्नु नितान्त गलत साबित हुनेछ ।

यो ब्लगर दौंतरीको शुरुवात देखी नै यसमा आफ्नो विचार र भावनाहरु राख्दै आईरहेको छ र यो कुरा पढ्दा सायद हाम्रा धेरै शुभचिन्तक पाठकहरुलाई अचम्म पनि लाग्न सक्छ कि यसमा लेख्‍ने हामिहरु मध्य धेरैको एक-अर्कासंग प्रतक्ष परिचय समेत छैन ।

विज्ञानको चमत्कारले कम पारीदिएको भौगोलिक दूरिका कारण यो सम्भब भएको छ, तर यहि यौटै तथ्यले पनि दौंतरी कुनै यौटा वादको पछाडि छैन भन्ने पनि पुष्टि गर्छ ।

त्यसो त अनलाईन आउने कमेण्ट र कहिले काहि परिचित मित्रहरुबाट पाईने ‘अफलाईन’ सल्लाह र सुझाबले हामिलाई आफ्नो कमी-कमाजोरी लाई न्यून गर्दै लान सहयोग पुर्‍याएको छ तर यसको अझ अधिक निरन्तरताको आशा गरेकाछौं हामिले ।

हुन त यसको हालको उपलब्धीमा रमाउन सकिने स्थिति आएको छैन तर सबै आ-आफ्ना पेशा र काममा लागेका र फुर्सदको समयमा आफ्नो मातृभूमि र भाषा –साहित्यको सम्झना र सेवामा लाग्ने र कोहि पनि प्रोफेशनल ब्लगर वा पत्रकार नरहेको यो चौतारीमा शुभ चिन्तक र पाठकहरुले देखाउनु भएको सदभावलाई हेर्दा र प्रतिदिन बढदै गएको आगन्तुक संख्याले हामिलाई निक्कै हौशला मिलेको छ ।

बल्गर र वर्डप्रेस जस्ता निशुल्क प्रदायकले सुलभ पारिदिएको अन्तर्जालका स्थान र नेपाली यूनिकोडको सरलिकरणले नेपाली ब्लगिङको दुनियामा पनि नौलो आयाम थपीदिएको छ र त्यहि हजारौं ब्लगको भिडमा दौंतरी आफ्नो अलग पहिचान सफल भएको छ । यसको लागी म दौंतरीको तर्फबाट सबै शुभचिन्तक पाठकहरु र ब्लगर साथिहरुलाई धन्यवाद दिन चाहन्छु र दौंतरीमा सबै क्षेत्रका व्यक्तिहरुको अझ शसक्त र सकृय भूमिकाको आशा गर्दछु।

कुरालाई छोटो पार्दा, आजका मितिबाट दौंतरी दोस्रो वर्षमा प्रवेष गरेको छ र यस अबधिमा दौंतरी सरदर एक हप्तामा ८ वटा भन्दा बढि ब्लग प्रस्तुत गर्दै विश्‍वभरि छरिएर रहेका धेरै नेपाली दाजुभाई र दिदी बहिनिहरुको माया पाउन पनि सफल भएको छ । यो सबै हाम्रा शुभ चीन्तक अन्य ब्लगर मित्रहरु र प्रबुद्ध पाठकका सल्लाह र सुझावले मात्रै सम्भव भएको छ। तसर्थ म दौंतरीका तर्फबाट समस्त बल्गर मित्रहरु र नियमीत सल्लाह सुझाव दिनुहुने सम्पूर्ण पाठकवर्गहरुमा कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

संसारभरि रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनिहरुमा विजया दशमीको हार्दिक मङगलमय शुभकामना सहित !



October 5, 2008

वैध-अवैधको सर्मनाक खेल

शेखर ढुङ्गेल
नेपालको एकमात्र जेठो र प्रजातन्त्र एवं मानवाधिकारको लागि संघर्ष गरेको राजनीतिक दल नेपाली कांग्रेस आफ्नो लक्ष्य हासिल गर्न सफल भए तापनि सदुपयोगिताको अपरिपक्वता हुँदा प्राप्त सफलता र स्थापित धरातलसमेत धराशायी हुन पुगेको छ । १७ साल अगाडिको दलभित्रकै गुटबन्दीले कमजोर बन्न पुगेको यथार्थतालाई कांग्रेसले शिक्षाको रुपमा लिन सकेन- २०४७ सालपश्चात् । दलभित्रकै गुटबन्दीले प्राप्त संविधान व्यवस्थाको अन्त्य हुनपुग्यो । स्थापनाको सैद्धान्तिक नीतिमा विचलन आयो र दलकै अस्तित्व रक्षाको लागि चिन्ता गर्नुपर्ने अवस्थ्थामा कांग्रेस आएको छ । जनताले ससम्मान उच्च स्थ्थानमा पुर् याएका हुन् देशको साँचो सुम्पिएका हुन् नेपाली कांग्रेसलाई । तर ऊ त्यसको सम्मान सदुपयोग गर्न असफल भयो- आन्तरिक चरम विवादमा फसेर । प्रसङ्ग विभिन्न् उद्देश्य र बहानामा विदेश पुगेका विषेश गरी अमेरिका र बेलायतमा कांग्रेस समर्थकहरुका नाममा भैराखेका कथित वैध र अवैधको स्तरहीन विवादको हो । यसको प्रचार-प्रसारले कांग्रे्रस मात्र नभै निस्वार्थ रुपमा यो दलको भलो र प्रगति चाहने नागरिकहरु लज्जित भएका छन् । श्रद्धेय नेता स्व। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि दासत्वबाट मुक्ति पाउन भनी उद्घोष गरी अलग्गिएपछि विभाजित मानसिकताको घाउ दिनानु दिन घट्नुको साटो बढ्दै गएर स्वदेशमा मात्र नभै त्यो सिथिल अस्वस्थ बनाउने रोगले विदेशमा पनि नराम्रोसित गाँजेको देखिएको छ र मपाईंको यो असाध्य रोगले सर्वपक्षीय अहित गरिरहेको छ । अस्थिरता अव्यवस्थ्था अनैतिकता अक्षमताको एउटा पाटो बनिसकेको नेपाली कांग्रेसको छविलाई प्रजातन्त्र र मानवाधिकारको आवरणले ढाक्न नसक्ने बातावरण यस्ता विवादित चर्तिकला बनाउँदै लगेका छन् । त्यस्तै वातावरणमा पिल्सिल्सएर दल देश व्यवस्थाले केही दिएन भनी चप्पल ठटाएर विदेशिएका कथित खाँटी कांग्रेस भनाउन चाहने युवाहरु भर्खर अलिअलि बाक्लिंदै गएको नेपाली समाजमा विभाजनको दूषित रेखा कोर्न तम्सिनु जायज एवं बुद्धिमानी हो कि होइन भनी छुट्याउन असफल देखिएका छन् । त्यसमा पनि म वैधानिक अवैधानिक देख्ने दृष्टिभ्रमको असाध्य रोगले विशेष गरी अमेरिका र बेलायतमा संक्रमणकै रुप लिएको प्रमाण स्वरुप पत्र-पत्रिकामा आरोप-प्रत्यारोपका श्रृंखलाको प्रकाषणबाट देखिन्छ । त्यसका साथै विभिन्न कार्यक्रमको बहानामा आ-आफ्ना पहुँचका नेता बोलाउने हनुमान बनी भक्ति देखाउने होडबाजी र विवाद नेताले आफ्ना कार्यकर्ता सहायक बनाई लेराई तत् तत् देशमा छोडिजाने अनैतिक पदीय गरिमा प्रतिकूलका कार्यका समाचारले त झनै बेइज्जत गराउँदै लगेको छ । बेलायतमा हालै दलका कार्यवाहक अध्यक्ष सुशील कोइरालालाई बोलाउँदा भएको खर्चका बारेमा अनियमिताको आरोप निलम्वनजस्ता सर्म्रनाक समाचार त्यसको खण्डनमा अर्को समाचारहरुले यस्ता कांग्रेस सम्पर्क समितिहरुको नियत पनि पर्दाफास भएको छ । सुशील कोइरालाको बारेमा अमेरिका भ्रमणका बेला प्रकाशित समाचार सुजाता कोइराला समेतले मानिससित पैसा लिई विदेश पठाउने गरेको भन्ने समाचार सम्प्रेषण गरेर स्वयं कांग्रेसहरु एकले अर्काको पोल खोल्दै नङ्ग्याउने गरिराखेका छन् । अझ एकले अर्कोको विरोधमा निकालेका व्यक्ति-व्यक्ति र समूहका प्रचारबाजीले यी दुबै पक्ष झट्केला सावित भएका छन् । स्मरण रहोस् झट्केलाले घरको इज्जत होइन आफ्नै स्वार्थ मात्र देख्दछ र खोज्दछ अनि त्यहाँ अशान्ति र मुद्दाहरु हुन्छन् । यिनीहरुका आरोप-प्रत्यारोप देख्दा भारतमा रेलको यात्रा गर्दाको दृश्य सम्झना आउँछ । के देखिन्छ भने खेतमा पुरुष हुन् कि महिला मुख छोपेका हुन्छन् तर तल नाङ्गै- त्यस्तै हाल छ यिनीहरुको विवादको । पार्टीको केन्द्रीय नेतृत्व त्यतिकै हास्यास्पद निर्णय गर्दछ- कसैलाई समर्थन र कसैलाई विरोध गरेर अमेरिकाको कानुनअनुसार विदेशको दलीय राजनीति यहाँ गर्न छुट छ कि छैन मलाई ज्ञान त छैन तर कुनै उद्देश्य राखी कानुनी दायरामा दर्ता भै राजनीतिक कि्रयाकलाप गर्न विदेशी राजनीतिक दलले उर्दी र निर्देशन जारी गर्नु कानुन संगत छ कि छैन गम्भीर सवालप्रति बेवास्ता गरिएको छ । नेपालको कानुनअनुसार दर्ता भएका राजनीतिक दलका समर्थकहरुले अमेरिकामा बेलायतमा राजनीति गर्न पाउँछन् कि पाउदैनन् स्पष्ट हुन जरुरी छ कि छैन कथम् कदाचित नेपालको राजनीतिक दल िहंसात्मक गतिविधिमा जातीयता क्षेत्रीयताका लडाईँमा संलग्न भए भने ती दलका समर्थनमा विदेशमा राजनीति गर्नेहरुलाई ती देशको कानुनले कस्तो हैसियतामा राख्ला ?आफ्नो घर-परिवार जन्मभूमि छोडी केही गर्ने उद्देश्य लिई आएका र यी देशका राजनीतिक वातावरण व्यवहार बुझिसके पछि पनि नेता बोलउने राजनीतिक गतिविधि गर्ने ती नेताबाट हुनुमानको प्रमाणपत्र लिने काम गर्नुभन्दा बरु त्यहाँ खर्च हुने बराबरको रकम देशका मुखभरी बाढी माओवादी पीडित आफ्नै दलसमर्थक गाउँ गाउँका दुःखीहरुलाई दिएमा के इज्जत घट्दछ आखिर श्रद्धेय नेता बी।पी। ले केही निर्णय गर्नुपर्दा देशको माटो र गरिब जनताको अनुहार सम्झनु भन्नु भएको थियो नि होइन र एक त सानो नेपालीको समूह त्यसमा पनि को कुन ग्रुपको कांग्रेस र अरु को को भन्ने खोजी गुटबन्दी र विवादले सानातिना नितान्त साँस्कृतिक सामाजिक र सामूहिक कार्यक्रममा समेत भाँजो हाल्ने काम यस्ता सम्पर्क समितिमार्फत् भैराखेको गुनासो सर्वत्र छाएको छ । आ-आफ्ना पक्षको मानिसको सिफारिस र छनौट गर्नेजस्ता निकृष्ट काम विदेशी भूमिमा आइपुगेर पनि नछोड्नु विडम्बना नै भएको छ । राजनीति गर्ने रहर भएकाहरु कि त स्वदेश जानु कि त सक्ने दक्षता योग्यता भएकाले जो जुन देशमा वा शहरमा छ त्यही देश र कानुनी दायरामा त्यही देशको राजनीति गरे त सबै नेपालीले सगौरब सहयोग पनि गर्दथे नेपालीको एकतामा पनि सहयोग पुग्ने थियो कि ?
अन्तमा यो लेख पढेर कांग्रेस समर्थकको नाममा खरानी घस्नेहरुको धमिलो आँखाले यो पक्तिकारलाई कुनै पदवी दर्जा नदिनु होला म एक मात्र प्रजातन्त्र स्थायित्व मानवाधिकार स्वतन्त्रताको लागि बिनाझण्डाको स्वतन्त्र नागरिक हुँ ।

दौंतरीमा १ बर्ष

सर्वप्रथम त शुरु भइसकेको दशैको लागी संपुर्ण मित्र बन्धू, दौंतरी शुभेछ्छुकहरुमाझ शुभकामना टुक्राउन चहान्छु। संयोग नै मान्नु पर्दछ, दौंतरी शुरू भएको पनि अक्टोबर ७, मंगलबार १ बर्ष पुग्दै छ। पोहोर साल दौंतरी शुरूहुदा खेरीका प्राय साथीहरु त अझै पनि सक्रिय हुनुहुन्छ। त्यसैले सक्रियनै हुनु भइरहेका साथीहरु र पछि जुट्नु भएका साथीहरु माझ दौंतरीमा आफ्नै गनथन बाढ्न चहान्छु।
दौंतरी साथिहरुकै उर्जाले खोलीएको र साथिहरुकै उर्जाले चलिरहेकोले दौंतरीलाइ सधै संपुर्ण मित्रहरुले आफ्नै ब्लग सम्झिनुहुन आग्रह गर्दछु। जब संचार जगतमा भक्तीभावको गिता मात्र पाठ भएको महशुस गरियो र स्पष्ट बिचार राख्नेको कलम खोसिएको महशुस भयो, तब स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ भनेर दौंतरीको उदय भयो। ब्लगको सुन्ना अनुभव भएको मैले दौंतरीको बागडोर समातेको थिएं। थुप्रै उत्तम नेपाली ब्लग तथा राम्रा नेपाली संचार वेवपेजहरु स्थापित भइसकेको अबस्थामा एक महिना जती निकै न्युन ब्यबस्थापनमा बल्ग चल्दा निकै हिनताबोध भएको थियो। पेजलाइ स्तरीय बनाउनु र स्तरीय बिचार प्रकाशन गर्नु चुनौती त छदैछ, वेब पेज ब्यबस्थापनको राम्रो ज्ञान नहुनुले निकै कठिन मोडमा पुर्याएको थियो भने ब्लग समाग्रीको कहिले कांही अभाव हुदा कनि कुथी म आफैले नि पान्ना भर्ने काम गरेको थिए। तर समग्रमा एक बर्षलाइ हेर्दा सबै दौंतरीले मित्रहरुको प्रशस्त माया पाएको छ भने स्तरिय लेख र रचनाहरु निरन्तर प्रकाशन भइरहेका छन तथा प्रावाधीक सहयोग पनि प्राप्त भइरहेको छ।
दौंतरी सबै माझ पुराउन जोड गर्दा थुप्रै मित्र तथा संस्था बाट निकै सहयोग मिलेको थियो भने कुनै साइटमा दौंतरी शब्द नै सेन्सर हुन पुगेको थियो। एक दुइ पटक त गालि भरिएका पत्रहरु र कमेन्ट पनि प्राप्त भएका थिए। नेगेटिभ बारे कुरा गर्दा केही मित्रहरुलाइ दौंतरीमा लेख्न हतोत्साहित पनि गरिएको मैले भेटाए। तर मलाइ लाग्दछ कलम कैले पनि तरवार संग झुक्दैन र स्पष्ट बिचार कहिले पनि कैद हुने छैनन। हुन त एउटै इभेन्टलाइ बिभिन्न कोणबाट हेर्नेहरु भेटीन्छन। हाल सालै भएको प्रचण्डको अमेरीका भ्रमणाइ कसैले पारिबारीक भ्रमण भने तथा कसैले इतिहासकै सानो र चुस्त टोलीको रुपमा चित्रित गरे। यो भ्रमण बिगतमा भएका भन्दा निकै उत्पादक भनेर ब्याख्या गरियो भने कसैले सयौं मुलुकका राष्ट्र प्रमुखको मेलामा प्रचण्डले पनि मेला भरेको स्पष्टाए। संयुक्त राष्ट्र संघको भ्रमणलाइ यसरी हेरीन्छ भने कतिपय महत्वपुर्ण कुराहरुलाइ सहि र खुला बिचारले सधै सप्ष्ट पारिनु नेपालीहरुको लागी सधै खांचोको कुरा पर्दछ।
जहिले पनि समुहको उर्जा समेटेर हिड्दा त्यो उर्जा समुहमै हराउने सम्भावना उत्तिकै हुन्छ। त्यो मलाइ सबैभन्दा ठुलो डरको बिषय थियो। केही मित्रहरुले त्यस्तै अनुभव सुनाउनु भएको थियो र बिचमा केही सक्रिय साथीहरु नपाउदा म पनि दौंतरीको त्यही नियती हुन्छ कि भनेर निकै अत्तालिएको थिए। तर केही मत्रहरुको निरन्तर सक्रियताले पुन साथिहरुका सहयोगी हात दौंतरीमा आइपुगे। मैले ब्होरेका १ बर्षका समस्टिगत अनुभव यिनै हुन। तपाइहरुका अनुभव, अपेक्षा आदी के छन त्यो पनि बाड्नुहोला। दौंतरी स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ सधै भइरहोस।


अलमलियको प्रदेसी

purushottam subedi
–beljiyam
चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र ।
संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।।

बढे जस्तो लाग्छ मलाई - नास्तिक को बाहुल्यता ।
आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।

धर्म संग आस्था राख्ने - हिन्दू भन्न शरम मान्ने ।
कस्ता धार्मिक भेटें मैले -चाड बाड पारी रक्सी तान्ने ।।

दसैं आउछ त्यसै जान्छ -थाहै छैन के हो दसैं ।
कर्कलुको पानी जस्तो -थाइ होकी आस्थाइ बसाइ ।।

नेता हुन दौडीरहेछन -संस्क्रिती र देस बिनाको ।
सबै पराइ जस्ता लाग्छन -छैन यहाँ मन चिनेको ।।

धनको धक्कु लाउदै हिंड्ने -समयको ख्याल न गर्ने ।
१२ जना को जमात भेटे -भाइटल पोस्टकै दाबी गर्ने ।।

समाज सेवा गर्छु भन्छन -अप्सर बादको पोको बोकी ।
सिद्धान्तका कुरा गर्छन् - बनी आफै साधु होकी ।।

नेपाल देखी पुजीबादको - पोको बोकी आका सबै ।
समयको बाढि छोपी -नेतै नेता भाछन सबै ।।

बिचार सबका हुन्छन आफ्नै -मानवताको आस्था संग ।
ब्यभिचारी बढ्न थाले -आस्था सबै भता भुंङग ।।

तिथी मिती बिर्सि सके - बिर्से सबले घरबार पनि ।
हिसाब किताव गर्नु पर्दा - भांच्छन औंला गनी गनी ।।

पढाई लेखाइ सुन्य डिग्री - सिस्नाको झ्यांङ हलो ।
मुर्ख को साथ पछी लाग्दा - कस्को होला भलो ।।