May 11, 2008

समान शिक्षा हैन, बिबिध शिक्षामा समान अवसर

"हामी सवैमा समान क्षमता छैन, तर हामी सवैले आफ्नो क्षमताको विकास गर्न समान अवसर पाउनु पर्छ":- जोन एफ. केनेडि

प्राकृतिक नियम वा अस्तित्वको बिबिधताका कारण कुनै एउटै कक्षा कोठाका बिद्यार्थी, कुनै समाज बिषेशका निवासी वा कुनै पनि निश्चीत स्थानका मानव सन्ततीको सामुहिक चेतनाको स्तर समान हुनु मुश्किलमात्रै हैन असम्भव नै छ ।

एउटै बाबु आमाबाट जन्मेका, यौटै पारिवारीक वातावरण, समान अर्थिक, सामाजिक र सास्कृतिक परिवेशमा हुर्केका जुम्ल्याहा केटाकेटीमा समेत शारीरीक शंरचना वा रुप रंग उस्तै भए पनि सोच्ने तरीका, ज्ञान आर्जन गर्ने क्षमता र बुद्धिको प्रचुरतामा आकाश पातालको भिन्नता हुन्छ भने कुनै यौटा उमेर समुहका सबै केटाकेटीलाई यौटै स्तरको शिक्षा दिनु वा दिन खोज्नु अवैज्ञानिक मात्रै हैन नितान्त अव्यवहारीक र असमझदारीको कार्य हुनसक्छ ।

हाल मुलुकमा बिभिन्न समुह र सरकारमा सामेल केहि पक्षले समेत शिक्षामा समानता ल्याउने र निजी स्कुलहरुलाई राष्ट्रियकरण गरी सबैलाई समान शिक्षा दिने जस्ता कुरा उठाउदैं आएको छ । बास्तबमा यो यौटा अपरिपक्क र हतारको निर्णय हुनेछ र व्यवहारीक रुपमा लागु भएका यो अफाप सिद्ध नै हुनेछ । मानव चेतनाको स्तर स्वभावैले भिन्न छ र भिन्न भिन्न वौद्धिक स्तरका बिद्यार्थीले फरक फरक वा आ-आफ्नो इच्छा र स्तर अनुशारको शिक्षा आर्जन गर्न पाउनु पर्छ ।

हाल नेपालमा साधारणतया दुइ प्रकारका शिक्षालय र दुइ कोटीका शिक्षा उपलब्ध छन् (सरकारी र नीजी) । आन्तरिक कारण र अन्य बिभिन्न बस्तु स्थितीलाई एकैछिन अलग राखेर हेर्दा गुणस्तरको हिसाबले यी दुइ थरी शिक्षालयमा अवश्य पनि प्रष्ट गुणात्मक भिन्नता छन र यसलाई हामीले स्विकार्नै पर्छ । अब प्रश्न उठ्छ अहिलेको समान शिक्षाको लक्ष्य के हो ? ।

यदि सबै बिद्यालय वा कक्षा कोठामा यौटै खालका र एकै गुणस्तरका पाठ्यसामाग्रीको प्रयोगमा जोड दिइने हो भने त्यो अवश्य पनि वैज्ञानिक चिन्तन होईन । किनकी माथी भनेझै सबैजनाको ज्ञान आर्जन गर्ने क्षमता र बुद्धिको प्रचुरतामा प्राकृतिक रुपमै भिन्नता बिद्यमान छन त्यसैले कुनै यौटा बिस जना बिद्यार्थी भएको कक्षा कोठामा शिक्षकले पढाएको कुरा सबैले एकैचोटि र उत्तिकै मात्रामा बुझ्छन् भन्ने कुनै निश्चीतता छैन र हुदैंन पनि । अनि सबैलाई एकै बिषय वा वृतिको शिक्षामा चाख लाग्छ भन्ने कुरा पनि गलत हो ।

यसको मतलव शिक्षामा बिभेद कायम रहनु पर्छ भन्ने चाहिँ पक्कै हौईन । वास्तवमा हाल ऐच्छिक बिषय र चहना अनुशारको बिधा चुन्ने स्वतन्त्र अवसर रहेझै कुनै पनि बिद्यार्थी वा अभिभावकले आ-आफ्ना क्षमता, चाहना र वौद्धिक स्तरको आधारमा भिन्न भिन्न शिक्षा प्रणालीको चुनाव गर्न पाउनु पर्छ र गुणात्मक वा प्रणालीगत भिन्नता भएका यी फरक शिक्षाको चुनावमा आर्थीक व्ययभार भने समान हुनुपर्छ । समष्टिमा प्रणालीगत भिन्नताको आधारमा कुनैपनि समुह वा व्यक्तिको ज्ञान आर्जन गर्ने क्षमता वा चाहनामा तगारो लाग्नु हुदैंन भने सबैले आ-आफ्नो स्तर र क्षमता अनुसार समान शुल्कमा आफ्नो विवेकको उच्चतम बिकासको समान अबसर पाउनुपर्छ ।

माथी बताएझै सरकारको प्रमुख दायित्व सरकारी स्कूलप्रति नभई बिद्यार्थी प्रति हुनुपर्छ त्यसैले सरकारी स्कूललाई मात्रै स्कुल ठान्ने हालको नितीको अन्त भने हुनै पर्छ। समष्टिमा बिद्यार्थी माथी गरीएको लगानीको प्रतिफल कालान्तरमा मुलुकले नै पाउँछ त्यसैले सरकारी स्कूलको लगानीलाई मात्रै उपलब्धीमूलक देख्ने परिपाटिमा आमूल परिवर्तन हुनैपर्छ । स्कूल बिशेषलाई मात्रै हैन समष्टिमा मुलुकका कुना कुनामा रहेका सम्पुर्ण बिद्यार्थीको समानुपातीक र समग्र उत्थानकोलागी राज्यले खर्च गर्नु पर्छ ।

सरकारी र निजि स्कुलको बिबिधता यस अर्थमा हटनु पर्छ की यी दुबैमा देशका कुनै पनि कुनामा रहेका र कुनैपनि आर्थीक स्थिती भएको व्यक्तिको प्रवेश एउटै, समान र न्यूनतम शुल्कमा हुनुपर्छ । तर समानताको नाममा सवैलाई एकै खाले शिक्षा मात्रै दिने सोच भने अवैज्ञानीक मात्रै नभई समाजकै सम्पुर्ण हितको पक्षमा छैन ।

अतः शिक्षामा बिबिधता आवश्यक छ तर सरकारी स्कुललाई मात्रै स्कुल ठानेर त्यसैलाई मात्रै सहयोग गर्ने सरकारी नीतिको अन्त्य हुनुपर्छ जसका कारण निजी स्तरमा खुलेका शिक्षालयले पनि गुणस्तरीय शिक्षा न्यूनतम शुल्कमा उपलब्ध गराउन सकुन ।

यस लेखको शुरुमा जोन एफ. केनेडिको बिचार दिईएको छ र वास्तवमा समानता अवसरकै हुनुपर्छ शिक्षा प्रणालीको हैन । शैक्षीक प्रणालीमा त जति बिबिधता भयो त्यति नै सकारात्मक परिणाम निस्कन सक्छन । तर समानताको कसिको रुपमा कसैले पनि आफूले रोजेको शैक्षीक प्रणालीबाट आफ्नो शिक्षा पुरा गर्न भने अवश्यनै पाउनु पर्छ ।



May 10, 2008

हप्ता हंगामा - बच्चै बच्चा

दौंतरी सुरु भए देखी यसको रुप पनि परिबर्तन हुदै गएको छ। सुरुमा राजनितिक बिश्लेषणले ठाउ ओगट्थे भने हिजो आज कबिता,गजलले पनि उत्तीकै स्थान लिएका छन। संबिधान चुनाबताका त चुनाबको नतिजा १०-१५ मिनेटको अन्तरमा अपडेट गरेर समाचार साइट जस्तो भएको थियो। समाग्री जे जस्ता प्रस्तुत भए पनि दौंतरीको भावना एउटै हो, सबैको बिचार समेटेर निसन्धेय अनन्तको यात्रा गर्दैरहने । पुष देखी माघको शुक्ल पुर्णिमा सम्म अडियो स्वस्थानी प्रस्तुत गरेर धर्म तथा संस्क्रितीको पहूच संसार भरी पुराएका थियौं।
बेला बेलामा चिया को समय भनेर रमाइला चुट्किला पनि प्रस्तुत गर्दै आएका छौं। मनोरन्जनलाइ एक पाइला अगाडी बढाउन यस हप्ता देखी हप्ता हंगामा लिएर प्रस्तुत हुने प्रयास गरेका छौं।

अंग्रेजी क्यालेनडरमा आउने आइतबार मदर्स डे हो भने नेपाली क्यालेनडरमा गइको सोमबार आमाको मुख हेर्ने दिन हो। जुन देशमा रहे पनि जे भाषा बोले पनि बर्षमा एक दिन त आमाको बारेमा मनाइदो रहेछ। तर कुरो याहा अर्कै छ।
अर्कानसास गणराज्यकी एक जना महिला यस पटक १८औं पटक आमा बन्दैछिन। नया सालकै दिनमा बच्चा पाउने आशा गरेको मिचेल डगरका प्राय बच्चा डिसेम्बर तथा जनवरीमा जन्मेका थिए। जेठोको उमेर २० बर्ष छ भने कान्छी चाही ९ महिने छन। सबैको स्कुल घर नै हो। लगातार ११ बर्ष देखी गर्बभती भइरेहेकी मिचेलका पती बब भन्छन," भगवानले दिए जती हात थाप्दै गएर परिवारमा खुशी बाड्न पाइराखियोस"। सबैको बच्चाको नाम "J" बाट सुरु हुन्छ र यो डगर प‍रिवारको आफ्नै वेब साइट http://www.duggarfamily.com/ पनि रहेको छ। अझै बच्चा पाएर डगर परिवारले कती हंगामा मच्चाउने हुन?
फोटो: एपी


ठुलो को हो ?


हुदैन ठुलो धाक पनि ।
ठुलो हुदैन धक्कु पनि ।।

माधब नेपाल का अगाडि -ठुला कहां हुन र झक्कु पनि ।।

कोहि समयमा ज्ञाने माथि -कहिले माथि गिर्जा ।
कुनै दिनमा मैया दाहल -कहिले मियां मिर्जा ।।

कहिले दाइजो गन्डक को- कहिले टनकपुर को ।
२५ बुंदे पछेउरि को-अल्झियछ फुर्को ।

पहिले मजा दहि खाने लाइ -अहिले गाइ खाने लाइ ।
मजै मजा नपाल का -सधैं माइ खाने लाइ ।।

ढेढु पनि बांदर रहेछ-चम्रि पनि गाइ ।
स्वार्थि पनि कति रहेछन -बि;पि; दाइ का भाइ ।।

पुरुशोत्तम सुबेदि-बेल्जियम


May 9, 2008

राष्टिय गीत - सून्दर देश बनाउछौ

-हस्त गौतम मृदूल

हे मात्रीभूमी जानकीगाथ अखण्ड बिशाल।
महिमा गाउछौं उठाइ मुन्डा जय जय नेपाल।
हे जन्मभूमीबूद्धको ज्योति प्रभाव अटल।
प्रर्णाम गछौं सर्वभौमिक भै जय जय नेपाल।

अध्यारो हटाइ बिहानी ल्यायौ नेपाली जातीमा।
कसैलाइ अब दिदैनौं टेक्न यो हाम्रो छातीमा।
स्वतन्त्रता कानूनी राज्य मानब अधिकार।
स्थापित गछौं लोकतन्त्रसंगै गरेर प्रतिकार।

मेची र काली तराइ पहाड सर्वच्चो हिमाल।
बन्धना गर्छौ स्वतन्त्र भै जय जय नेपाल।
हे कर्मभूमी प्रकति सून्दर संस्कृति अटल।
प्रणाम गछौं सर्वभौमिक भै जय जय नेपाल।

पूछेर आँशू मेटाइ दर्द मूहार फेर्ने छौं।
सूख र सान्ती समृद्धिशिल नेपाल हेर्ने छौं।
शहिदका सपना जनताको इक्षा साकार गर्ने छौं।
राष्टको शान अक्षूण राखी पौरखले भर्ने छौ।

अनेकता भित्र एक्ताको प्रतिक जातिय कमाल।
महिमा गाउछौं अग्रगामी भै जय जय नेपाल।
हे धर्मभूमी प्रगतीशिल वात्सल्या आँचल।
प्रणाम गछौं सर्वभौमिक भै जय जय नेपाल।


May 7, 2008

ओलम्पिक कांहा?

ओलम्पिक कांहा? चिनमा?? त्यसो भए किन त ओलम्पिकको लाइट सगरमाथामा? तिम्रो देश कता? नेपाल। कता पर्छ नेपाल? एभ्रेष्ट जांहा छ नि त्यहि हो हाम्रो देश। एभ्रेष्ट जता परे पनि नाम चाही सुनेको छु। त्यती मै चित्त बुझाउनु पर्ने हुन्छ नेपाली भएर बिदेशमा चिनीन। अली समाचार पढ्नेले भन्छ राज खानदानको हत्या भएको थियो नि त्यहीं होइन? टाउको निहुराएर भन्नु पर्छ हो त्यहीं हो। अली बाठाले त तिम्रोमा माओबादीको बहुमत आयो रे नि पनि भनिहाल्छन। संसारमै हराइसकेको कमिनियुष्ट हाम्रोमा फस्टाएको सुइकार्न करै लाग्छ। अब त एभ्रेष्ट भएको देश भन्दा नेपाल चिनको प्रान्त हो भनेर सोध्लान। अहिले सम्म धेरैले नेपाल भारतको प्रान्त हो भनेर दिक्कै पार्थे। एक जना अमेरीकी अधीकारी नेपाल तिब्बतसंग झुक्केको त खबरमा चारै तिर छाएकै हो। अब चिनमा हुन लागेको ओल्मपिकको टर्च सगरमाथैमा बालेपछी नेपाल तिब्बतमै पर्छ भनेर झुक्किन झन सजिलो हुन्छ। हुन त बु्द्दको देश,सगरमाथाको देश भन्दैमा हामीले दशकौं बितायो। देशको अर्थतन्त्र जरजर हुंदा पनि शान्त प्रिय देश भनेर आफुलाइ फुरकाउदै गरिबिमा रमिरहेऔं। बेला बेलमा बुद्द भारतमा जन्मेको भनेर दाबा गर्दै आए पनि अनेक प्रमाण जुटाएर अझ सम्म बुद्द नेपालमै जन्मेको भनेर संसारलाइ बुझाउन सफल भएका छौं। कतिपय भारती किताबले सगरमाथा भारतको उत्तरमा पर्छ भन्न पछि पर्दैनन। तर नेपाली किताबमा सगरमाथा नेपालमा पर्छ भनेर पढ्दै आएकोमा अल्ली बुझ्ने भएपछी सगरमाथाको उत्तरी मोहोडा चिनमा पर्छ भन्दा मन खिस्रिक्क भएको थियो। अब त चिनले हाका हाकी ओल्म्पिकको निहु पारेर ओल्मपिक टर्च सगरमाथाको शिरमा बाल्दा लाजले नेपालकै शिर निहुरिएको अनुभब भएको छ। बेला बेलामा भारतको थिचो मिचो बेहोर्दै आएको नेपाल र नेपालीले यस पटक चिनबाट मिचिए। के अब कुनै समयमा नेपालमा ओल्म्पिक भए ओल्मपिक टर्च धौलागिरीमा बाल्ने त?


May 6, 2008

खै ……कस्ती भईन् होली मेरी आमा

- राम प्रसाद पन्त
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी हो आमा आफुलाई ज्ान्म दिने आमा स्वर्ग भन्दा पनि प्यारो हुन्छ । तिमीले पनि मलाई जन्म दियौ हुर्कायौ अनि लायक के बनाएकी थियौ । आज म तिम्रो न्यानो काखबाट धेरै नै टाढा भौतारी रहेको छु । अनि तिमी आजकाल कस्ती छौ सुन्छु आजकाल तिमीले पनि लामो सास फेर्न पाएकी छौ रे । सुन्दै छु विद्रोही जस्ाले तिम्रो छातीमा पल-पल गहिरा चोट दिईरहेका थिए उनीहरु पनि आज भोली त सप्रेका छन् रे आमा सुन्दै थिए चैत्र २८ गते तिम्रो आगनमा संविधान सभा निर्वाचन पनि सम्पन्न भयो रे जनताको त्यसमा उत्साहपूर्वक सहभागीता जनाएका थिए रे जनताले नै आफैले चुनेर पठाएका रे आमा आफ्ना समस्यालाई हेर्ने नेतालाई तर आगामी दिनमा पनि पछिल्ला दिनहरुमा जस्ता नेताहरुलाई जनताले रोजेका त छैनन् होला नी सायद यो वर्ष भने सहि नेतालाई चुनेका होलान् जनताले तर माफ गर यसपाली तिम्रो आँगनमा भएको संविधान सभाको निर्वाचनमा सहभागीता जनाउन सकिन मेरो पनि जिन्दगीमा पहिलो पटक आएको संविधान सभाको निर्वाचनमा भोट हाल्ने रहर त थियो नि सायद समयले साथ दिएन । तर तिम्रौ आगनमा बसेर तिमीलाई नै कति खेर साँ´ पर्ला र यसलाई भोगुला भन्दै कुरिरहने नरपिचासहरुले पनि निर्वाचनमा विजय हासिल गरे रे । तिम्रो छातीमा लात मार्दै हिड्ने ति व्यक्तिहरुलाई आज तिमीले माफी दियौ रे । आज त तिम्रो मन यति कोमल भई सकेछ कि हिजोका सम्पूर्ण परि व्यथाहरुलाई लुकाएर आफ्नो सन्तानको खुशी अनि आफ्नो अस्मिता बचाउनको लागि तिमीले गरेर त्याग सुनौला अक्षरले इतिहासमा लेखिने छ । तिम्रो सपुतहरुले तिम्रो छातीमा कुनै विदेशी गिद्धहरुको नजर पनि लाग्न नदिईकन आज विश्वसामु नमुना संविधानसभा गराएर देखाई दिएका छन् तिम्रा आफ्नै सन्तान सक्षम छन् समस्या समाधान गर्नका लागि अरु कसैसंग हात फैलाएन् तिम्रा सन्तानले तिमीले पनि त थाहा पाए कि छौ होईन । दाजु र भाइहरु एक आपसमा कुटाकुट गर्दै हिड्थे एकले पाए अर्काेलाई मर्दै हिड्थे तिनीहरुलाई थाहा थिएन कि हामी दाजुभाइ लडेको खण्डमा हाम्री आमालाई कस्तो हुन्छ भनेर तर आज त ति दाजूभाइहरु एकआपसमा हातमा हात मिलाएर देश विकासमा जुटेका छन् अब चाहि देशमा शान्ति र विकासको आशा पलाएको मैले ठानेको छु आउँदा दिनमा कुनै पनि तिम्रा सन्तानले अहिलेको जस्तो अभाव असुरक्षा भोग्न नपरोस भन्ने कामना गर्दछु अनि तिमी पनि त खुशी छौ हौलीनी आमा आफ्ना सन्तानले गरेको प्रगति र उन्नति देखेर । तिनै दाजु भाइ मिलेर आज सरकार गठन गरेर देश नै चलाउन समेत कम्मर कसेर लागि परेका छन् उनीहरुलाई हामी सबैको सहयोगको आवश्यकता परेको छ तर सहयोग गर्ने इच्छा र चाहाना हुदा-हुदै पनि सहयोग गर्न पाईरहेको छैन यो दिनहरुमा तर उनीहरु लागि परेका छन् यसैमा खुशी छु अनि तिमीले ति सन्तानहरुलाई प्रगतिको शुभकामना दियौ त । खै सुन्दैछु तराई अ´ै पनि बलेको बलै छ रे तिम्रा सन्तानहरु अ´ै पनि लडिरहेका छन् अरे ति तिम्रा सन्तानहरु त आफ्नै दाजुभाइ बिचमा गोली हानाहान गरि नै रहेका छन् रे । किन हो आमा तिमीले तिनीहरुलाई सम्´ाई बु´ाई शान्ति प्रकि्रयामा ल्याउन सकिनै किन तिमी आज आफ्नै सन्तानका भावनाहरुलाई बु´्न सकिनै । ति पनि त तिम्रै आफ्नै सन्तानहरु हुन् के तिमी आफ्नै सन्तानहरु एक आपसमा लडेको हेरेर बस्न सक्छौ । के तिम्रोलाई ति सन्तान प्रति माया लान्दैन । तिमीले ति सन्तानहरुलाई पनि आफ्नो काखको न्यानो माया दिनेछौ भन्ने आशा गर्दछु । म तिम्रो छोरा आज तिमीबाट धेरै नै टाढा गाली बन्दुक अनि बमले तहस नहस भएको यो भुम्ािमा तिम्रै सम्´नामा बाँचिरहेको छु अनि तिम्रै आर्शिवादले होला आजका दिनसम्म आरामै छु ।
आमा ! खुकुरीको चोट त अचानोलाई मात्र थाहा हुन्छ खुकुरीलाई के थाहा त्यो चोटको बारेमा तिम्रो त्यो न्यायो काखबाट विछोडिदाको पिडाले कति दुखेको छ भन्ने कुरा त त्यसलाई सोध्नु जसले आफुलाई नौ महिना सम्म गर्वमा राखेर जन्म दिने आमालाई आफु जन्मेको केहि समयकाल पछि आमाको त्यो न्यानो काख त्याग गर्नु परेको होस् । त्यसलाई सोध्नु जसले आजसम्म पनि आमाको त्यो न्यानो काखको अनुभव नगरेको होस् । विदेशमा बस्नुको पिडा स्वदेशमा बस्नेलाई के थाहा । आमा म यो मरुभुमि पानीको अभाव बमले बनाएका क्षत विक्षत ठाँऊहरु द्धन्द्धले विचल्ली भएका मानिसहरु बारुदका गन्दहरु अनि बमबारुदका आवाजहरु सुन्न थालेको पनि त आज ४ महिना पो भएछ । यो ४ महिना ४ दशक वितिसकेको जस्तो लाग्दैछ । कति गाह्ोले विताए होला तिमीबाट टाढा रहेर कसरी विताए होला तिम्रो त्यो न्यान्ााे कोखबाट टाढा रहेर ति वितेका दिनहरु अहिले त ति दिनहरु स_िम्´दा त काहाली लागेर आउँछ आमा । म यहाँ केवल एक्लो भएको छु आमा केवल एक्लो । कम्प्युटरमा बस्छु सबैभन्दा पहिले मेरी आमा आज कस्ती छिन् भन्दै विभिन्न पत्रपत्रिकाहरु हेर्छु । कतै आफ्ना दाजुभाइ भेटे भने पनि तिम्रो नै कुराहरु गर्दछु । तिम्रो कोखमा थरीथरिका सन्तानले जन्म लिएका छन् आमा । ति सन्तानहरु यसरी फिजिएर बसेका छन् कि संसारको यस्तो कुनै कुना न होला जहाँ तिम्रो सन्तानले पाईला नटेका होलान् । आमा तिम्रो माया त तिमीबाट जति जति टाढा भयो त्यति नै लाग्दो रहेछ अनि तिम्रा सन्तानहरुसँग भेट हुदा त खुशीले सगरमाथा चुमे जस्तो । अनि आफ्ना दाजुभाई भएर होला आफ्नै राष्ट्रभाषामा बोल्ल थाल्छु यो विरानेा ठाँऊमा आमा । तिम्रा स्ान्तान भेट भएको समय होस् वा घर परिवार छर छिमेकमा फोनमा कुरा हुदाँ होस् अनि साथी भाइसँग इन्टरनेटमा कुरा हुदाँ होस् ती क्षणहरुमा पहिला त तिम्रौ प्रसँगका कुराहरुबाट शुभारम्भ हुन्छ आमा ।
आमा आफ्नै देशमा शान्ति सुरक्षा र रोजगारीको अवसर पाउने भए कोहि तिम्रा सन्तान रहरले विदेशीदैनन् होला । आफ्नो देशको माटो सबैलाई प्यारो लाग्छ तर तिम्रा सन्तानहरु विदेशीनुका पछाडी अनेक वाध्यताहरु छन् त्यसैले होला अहिले त ग्रामिण भेगमा कुनै पनि युवावर्गहरु छैनन् अनि यति वेला त महिला पनि वैदेशीक रोजगारमा प्रशस्त लागेका देखिन थालेको छु खाडी राष्ट्रहरु त हाम्रा चोलीहरुले भरिसकेका छन् खै कहिले त पत्रपत्रिकाबाट तिनीहरुले पाएको दुःख सुन्दा त आफुलाई नै सम्हाल्न सक्दिन त्यसैले होला तिम्रा यिनै सन्तानहरु तिम्रो न्यानो काखबाट बिाचत हुन पुगेका छन् । आज भोलि त संविधान सभाको निर्वाचन पछि भएको परिर्वतनका समाचारहरु अनि उनै दाजुभाइहरुले ल्याएका खबरहरु सुन्दा पनि आनन्दीत हुन्छौ अनि अब देश विकास र उन्नतीको बाटोमा अगाडी लागेको देख्दा त हामी अ´ै उत्साहित भएका छौ शान्ति र विकासका लागि टाढा बसेर भएपनि यहि नै कामना अनि यसैबाट भएपनि शुभकामना दिन सके आमा अहिले २० लाख भन्दा बढी तिम्रा सन्तानहरु तिम्रो न्यानो काखबाट बिाचत हुनु पुगेका छन् । ति सबैलाई तिम्रो माया र चिन्ताले सताउने गरेको छ आमा चाहे त्यो उमेर नपुगेको बालक होस् वा चाहे त्यो बृद्ध भई सकेका तिम्रा ति सन्तान होस् अनि सबैले तिम्रो सम्मान गर्ने गर्दछन् । आर्थिक विपन्नताले गर्दा जन्मभूमि छाडेर बाहिर काम गर्न हामी बाध्य छौ । घर परिवार देखि टाढा यसरी विदेशीएर काम गर्दा आई पर्ने विभिन्न प्रकारका कठिनाई अनि बाधा व्यवधानहरु पनि सहेर इमान्दार कर्तव्यनिष्ठ भएर कार्यहरु गरिनै रहेका छौ हामीले तिम्रो सगरमाथा जस्तो उच्च शिरलाई आजसम्म ´ुगाउने प्रयास गरेका छैनै । हामी तिम्रा सन्तान हुनुमा गर्व गर्दछौ अनि तिम्रो शिरलाई सगरमाथा जस्तै उच्च राख्ने बाचा गर्दछु तिम्रा सन्तान वीर अनि कर्तव्य पालक छन् अनि बाटो विगारेका लागि सहिबाटोमा ल्याउने ति सन्तानहरुको हेरचाह गर्ने जिम्मेदारी भने आज तिमीलाई सुम्पिदैछु आमा …………………………
हालः- इराक बलाद


May 4, 2008

कोपेर मुटु लडायौ

कोपेर मुटु लडायौ किन माया यो ढलेछ
खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ

दुई दिन्को सुख दैबले खोसी लगेछ कही
छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ

तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी
चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ

आफ्नो बिरानो भएछन बैरिको भिडमा खै
रोपेर फुल भएछ भुल कडा त्यही फलेछ

निरह थिए बिरह थियो साहरा थिएन
घोपेर छुरा पारी चिरा कुन हासो चलेछ