April 16, 2008

माओबादीको राजनीतिको मूलधार प्रबेश-एमालेको योगदान

अहिले माओबादीको अपत्यारिलो बिजयको जती चर्चा भैरहेको छ, लगभग त्यती नै चर्चा एमालेको पराजयको भैइरहेको छ। एमालेको पत्तासाफ, एमालेको दिन सकियो आदी इत्यादी शिर्षकमा लेख रचना टिप्पणीहरु आइरहेका छन। खुच्चिङ् गर्नेहरु पनि छन्।दुख मनाउ गर्नेहरु पनि छन्। तर समग्रमा देशले के चाहेको थियो भन्ने कुरा तिर मानिसहरुले ध्यान दिईरहेका छन्। सबै जना माओबादीको जित वा एमालेको हारको बिष्लेषण गर्न नै ब्यस्त छन्।मूल् मुद्धा कुनै पार्टी बिशेषको जित वा हारको होइन।मूल् मुद्धा देशमा शान्ति पुनर्श्थापनाको थियो, जसको लागि माओबादीलाई राजनीतिको मूलधारमा ल्याउनु थियो र कथंकदाचित माओबादीको हार भएको भए त्यो असम्भव जस्तै थियो। भलै यो चुनावमा कांग्रेस्-एमालेहरुको हार भएको छ, तर माओबादीहरु जंगल् जान बाट रोकिएका छन् र देशमा शान्ति पुनर्श्थापना हुने बलियो आशा जागेको छ।के यो ठूलो कुरो होइन?
एमालेको पराजयमा खुशियाली मनाउने वा खिसिट्यूरी गर्नेहरुले यो कुरा बिर्सिरहेका छन् कि एमालेले माओबादीलाई राजनीतिको मूलधारमा कत्तिको योगदान् दिएको थियो भनेर। नेपाली कांग्रेसले माओबादीलाई आतंककारी, उग्रबादी भनिरहदा एमालेले जहिले पनि उनीहरु राजनैतिक शक्ति हुन् भनेर प्रतिबाद गरिरह्यो। अनेक खतरा मोलेर सिलिगुढीमा माधव कुमार नेपाल माओबादीलाई भेट्न गए, पटनामा भेट्न गए। आतंककारीलाई भेट्न जानेहरुपनि आतंककारी नै हुन् भनियो।एमालेले हरतरहले माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन मिहेनत गर्यो। राजाले भित्तैमा पुर्याएर अचेड्न नखोजेका भए गिरिजा-देउवाहरु कहिले पनि माओबादीसंग सहकार्य गर्न राजी हुने थिएनन् होला।

लोकतंत्रको स्थापना पस्चात् पनि एमालेले माओबादीहरुलाई शान्तिप्रक्रियाबाट बिमुख् नहुन् भनेर हदै सम्म लचिलो बन्यो।कांग्रेस र माओबादीका अडानहरु बिच् आफ्नो अडानहरु छोड्दै गयो तर अबुझहरुले उल्टै एमालेलाई अडान नभएको ढुइमुले पार्टी भनेर भने।अब सत्ता हातमा आइहालियो, माओबादी भाडमा जाउन जस्तो गरेर कांग्रेसले ब्यबहार गर्यो तर एमालेले गणतन्त्र र समानुपातिक निर्वाचन् प्रणालीको मुद्धामा, जुन एमालेको पनि आफ्नो मुद्ध थियो, माओबादीलाई साथ दियो र माओबादीलाई संसद छोडेर जंगल जान बाट रोक्यो। यसमा पनि एमाले माओबादीको टांग मुनि छिर्यो भनेर हल्ला गरियो। तर एमालेले जे गर्यो माओबादीहरुलाई शान्ति प्रक्रियाबाट बिमुख नहुन भनेर गर्यो।
केही गल्तीहरु भएका छन्। केन्द्रीय राजनीतिमा अल्झिरहदा जनतासंग संबन्ध टुटेको छ र माओबादी दबदबाको कारणले एमालेको संगठन कमजोर रहेको छ। तर यो नै संसारको अन्त्य होइन। गणितीयरुपमा हेर्दा एमालेको पराजय भएको छ,तर माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन एमालेले दिएको योगदान् महत्वपुर्ण छ र यस मानेमा एमाले बिजयी भएको छ। देश र जनता भन्दा पार्टी ठूलो ठान्नेहरुको लागि मात्र यो एउटा हार हो। देश र जनताको लागि राजनीति गरेका हरु यो हारबाट बिचलित् हुंदैनन्।



तरंगको भोट र माओबादि जित

नेपालमा भएको संबिधान सभाका परिणामका बारेमा अब कुनै अडकलबाजि गरिरहनु परेन। अहिले सम्मकै स्थितिमात्र हेर्दा पनि अब बन्ने संबिधान माओबादिले जस्तो भन्छ करिव करिव त्यस्तै नबने पनि त्यसमा माओबादिको बर्चस्व रहनेमा भने कुनै शंका रहेन ।

यसरि सर्सती हेर्दा माओबादी आफ्नो बाटोमा सफल भएकै मान्नु पर्छ । हुन त प्रजातन्त्रमा कसैको हार हुदैन भनिन्छ तर त्यो सिद्धान्तमा जे भए पनि हार्नेको पिडा हार्नेलाईनै थाहा हुन्छ ।

प्रजातन्त्रमा कसैको हार नहुदों हो त, न त माकुने ले हडबडाएर राजिनामा दिनु पर्थ्यो, न त एमालेले सरकारमा नबस्ने निर्णय गर्नु पर्थ्यो । बास्तबमा सिद्धान्त र बोलीमा जे भए पनि राजनीति यस्तो ठाँउ हो जहाँ यौटाले नहारि आर्कोले जित्दै जित्दैन ।

दल र पार्टीगत रुपमा हेर्दा अबस्था यस्तो भए पनि सामान्य नागरिक, जो कुनै पनि दल वा गुट संग बिशेष झुकाव राख्दैन, उसलाई कुनै पनि दल वा गुटको भन्दा पनि समष्टीमा देश बिकासको वा अझ सिधै भन्दा जिवनस्तरको सुधारको दरोकार र आशा छ उसलाई सत्ता वा शक्तिमा कुनै पनि दल वा गुट हुनुसंग खासै कुनै सम्बन्ध हुदैंन । सरोकार हुन्छ त केवल आफ्नो चाहनाको पूर्ती को ।

तेस्रो विश्‍व र त्यसमा पनि दक्षीण एशियामा बेला बेलामा सत्तासिन दल सडकमा आउने र केहि समय अघी सम्म कसैले सोच्दै नसोचेको दल वा गुट शक्तिमा आउनुमा यहि कुनै पनि दल प्रति बेसरोकार वा अपक्षपाती जनमानसको भोटले काम गर्छ । यहि तटस्थ मतदाता जसलाई हामि कहिले काहि "Neutral Voter" पनि भन्छौं, ले संसारको राजनैतीक रंगमञ्चमा धेरैचोटी उथल‍-पुथल मचाएको छ ।

राजनितिमा खासै चाख नराख्‍ने तर व्यक्तिलाई भोट दिने एक जमात मतदाताहरु पनि यहि बर्गमा पर्छन । जसको भोट समय र परिस्थिति अनुशार हरेक चोटिको चुनावमा फरक फरक नेता वा दललाई जान सक्छ

कुनै दलसंग पूर्ण रुपमा आबद्ध भएका वा बोली चालिको हिसाबमा कुरा गर्दा "टिकट लिएका" भनिएका व्यक्ति पनि कहिले काहि आन्तरीक बिबाद वा कुनै नौलो विचार वा बादको प्रभावमा आएर र कहिले काही चाहि आफ्नो दल प्रतिको बितृष्णाले गर्दा पनि अरुलाई मत दिन तयार हुन्छन् ।

मलाई लाग्छ यसपालको चुनावमा बहुसंख्यक त्यहि तटस्थ मतदाताको भोटको कारण नेपालको चुनावी परिणाम हामिहरुले सोचे भन्दा फरक आयो । लोकतन्त्र, प्रजातन्त्र वा जे सुकै भने पनि माथि भने जस्तै चुनाव भए पछि हार जित त अवश्‍य नै हुन्छ तर यो चुनावि जितलाई कुनै "बाद" वा दलिय "सोच" को जितको रुपमा भने लिन सकिने स्थिति भने छदैं छैन । यो यौटा केवल whimवा तंरगको भोट हो यसलाई माओबादिले आफ्नो "pocket vote" वा पेवा सम्झेमा त्यो माओबादिको लागि टुलो भुल हुनेछ, किनकि हालको तंरग केहि समय पछि फितलो हुंदै जानेछ भने भविश्यमा त्यस्ता नया नया अरु तरंगहरु पनि पैदा हुन सक्नेछन् ।

हार्ने ठुला दलले भने यसपाला पक्कै पनि कसैलाई न्यून मुल्याकंन गर्न हुदैन भन्ने ज्ञान प्राप्त गरेकै हुनुपर्छ ।

तर स्थिति जे जस्तो भएपनि माओबादिलाई ईतिहासकै ठुलो मौका मिलेको छ आफूलाई प्रमाणित गरेर देखाउने, त्यसलाई उनिहरुले पक्कै पनि हलुका नलेलान् । हैन भने जसरि आज आफूलाई चरम मुल्याकंन गरेर कांग्रेस र एमालेले पराजय भोग्नु परेको छ त्यो भन्दा लज्जास्पद पराजय माओबादिले छिट्टै भोग्नु पर्छ ।

आशा गरौं जनताको अगाडी केहि लाग्दैन भन्ने बुझेर माओबादी सुबाटोमा हिडने छन् ।



April 15, 2008

संबिधान सभाको नतिजा

UPDATE 7:16 PM US central time
जित
माओबादी--->118
कांग्रेस ‍---->33
एमाले------>30
म. फोरम--->23
तराइ लो.मोर्चा->7
नेमकिपा--->2
सद्दभावना--->2
जनमोर्चा--->1
स्बतन्त्र --->1
बिजयी उमेदवार जिल्ला अनुसार
BAITADI
१: माओबादीका नारायण कुवर- 27130
BAJURA
१ - नेकाका देब राज जोशी
BANKE
१ : माओबादीका तिलक परियार -16085
३ : फोरमका सर्वदेब प्रशाद -14734
४ : माओबादीकी पुर्ण कुमारी सुबेदी -13192
BARDIYA
१ : माओबादीकी सरला रेग्मी-17995
२ : माओबादीका बिष्णु चौधरी-17815
३ : माओबादीका सन्तराम चौधरी-
४ : माओबादीका राम चरण चौधरी-24444
BHAKTAPUR
१: नेमकिपाका नारायणमान बिजुक्छे – 19972
२: नेमकिपाका सुनिल प्रजापति –
CHITWAN
१: माओबादीका लाल मणी चौधरी -
२: माओबादीका रामबहादुर थापा-
३: माओबादीका नारायण प्रशाद दाहाल - 17804
५: माओबादीका चित्र बहादुर श्रेष्ठ –
DADELDHURA
नेकांका शेर बहादुर देउवा- 20529
DANG
१: माओबादीका इन्द्र जित थारु
२: माओबादीकी दम कुमारी शर्मा - 20196
३: माओबादीका क्रिष्ण बहादुर महरा - 20492
४:माओबादीका शिव राज गौतम - 18854
५:माओबादीकी शुस्मा शर्मा - 17062
DHANKUTA
१: माओबादीका हेम बहादुर भण्डारी - 17996
२: माओबादीका हरी राज लिम्बु – 12299
DHADING
२: माओबादीकी कल्पना धमला- 20731
३: माओबादीका शालिक राम जम्मरकट्टेल-
DHANUSHA
7: एमालेका शतुर्रगन महतो
DOTI
१: एमालेका हर्क बहादुर सिहं -
२: माओबादीका खेम बहादुर बाम - 10159
GORKHA
१: माओबादीकी पार्बती थापा-18829
२: माओबादीकाबाबुराम भट्टराइ-46372
३: माओबादीका अम्बर बहादुर -
GULMI
१: माओबादीका सुदर्शन बराल –
२: एमालेका प्रदीप ज्ञावाली –
३: माओबादीका चित्र बहादुर थापा - 16138
HUMLA
१: माओबादीका कर्ण जित बुढा -
ILAM
१: एमालेका कुमारी मोक्तान –
२: एमालेका सुबाश नेमागं –
३: नेकांका कुल बहादुर गुरुगं-
JHAPA
१: माओबादीका धर्म घिमिरे – 15276
२: माओबादीका गौरी शंकर खड्का –
३: माओबादीका पुर्ण सिंह राजबन्शी-
६: एमालेका दिपक कार्की –
७: माओबादीका विस्व दिप लिंगदेन-
JUMLA
माओबादीका नेरश भण्डारी -
KAILALI
५: माओबादीका लेख राज भाट
KANCHANPUR
१: माओबादीका पुरन थारु-
२: माओबादीका देविलाल थारु-
KATHMANDU
१: नेकांका प्रकाशमान सिंह- 13452
२: माओबादिका झक्कु प्रसाद सुबेदी- 13878
३: नेकांका चक्र प्रशाद ठकुरी – 12989
४: नेकांका सुप्रभा घिमिरे – 13451
५: नेकांका नरहरी आचार्य-
६: माओबादिका हितमान शाक्य-
७: माओबादिकी हिसिला यामी-
८: नेकांका नविन्द्र राज जोशी- 11005
९: नेकांका द्यान गोबिन्द रन्जित-
१०: माओबादिका पुष्प कमल दाहाल-19972
KAPILVASTU
२: तराइ लो. मोर्चाका दान बहादुर चौधरी -8434
३: तराइ लो. मोर्चाका ब्रिज कुमार गुप्ता-
४: तराइ लो. मोर्चाका इश्स्वर दयाल मिस्रा-
५: फोरमका अभिशेक शाह -
KASKI
१: माओबादीका देव गुरुग –
२: माओबादीका राज कागी गुरुग-
३: एमालेका रबिन्द्र अधिकारी – 13388
४: माओबादीका दुर्गा कमारी बिक - 14866
KAVRE
१: माओबादीका सुर्य मान दोगं -
२: माओबादीका अक्कल बहादुर - 18207
३: एमालेका क्रिष्ण प्रसाद सापकोटा - 16595
LALITPUR
१: माओबादिका वर्सामान पुन –
२: माओबादिका राज कागी महर्जन – 16969
३: माओबादिकी पम्फा भुषाल - 11789
LAMJUNG
१: माओबादीका बुद्दी राज गुरुग
२: एमालेका प्रिथ्वी सुब्वा गुरुग
MAKWANPUR
१: माओबादीका दिल बहादुर घिसीगं –
२: माओबादीका प्रेम बहादुर पुलामी – 16976
३: माओबादीका प्रलाद लामीछाने
४: एमालेका झलनाथ खनाल - 14020
MANANG
माओबादीका देव प्रसाद गुरुग - 1652
MAHOTTARI
१: जनमोर्चाका गिरी राज पोखरेल - 10194
MORANG
१: नेकांका अमोद उपाध्य –
२: माओबादीका लाल बहादुर मगर –
७: फोरमका बिजय गच्छेदार – 18416
८: माओबादीका गोपी बहादुर अछामी – 14875
९: नगेन्द्र बहादुर धिमाल- 14930
MUSTANG
एमालेका चन्द्र बहादुर गुरुग - 2556
MUGU
माओबादीका नव राज धामी- 10103
MYAGDI
माओबादीका गोब्न्द पोडेल -
NAWALPARASI
१: नेकांका शासंक कोइराला -
४: माओबादीका चिनक कुर्मी - 10155
५: फोरमका राम बचन यादव-13641
६: तराइ लो. मोर्चाका ह्रदयश त्रिपाठी -
NUWAKOT
२: नेकांका राम शरण महत –
३: माओबादीका पोष्ट बहादुर बोगटी -
PALPA
१: एमालेका दल बहादुर राना- 19185
२: लिला सोमाइ – 12310
३: एमालेका कुल प्रसाद – 7800
PARBAT
१: नेकांका अरुण प्रसाद जोशी – 13258
PARSA
१: फोरमकी करीमा बेगम –
२: नेकांका अजय कुमार – 9530
३: नेकांका अजय चौरासिया - 14550
४: नाकांका प्रधुन्न प्रधान -
RASUWA
मओबादीका प्रेम बहादुर तामागं- 11147
RAUTAHAT
२: नेकांका मोहम्मद अफ्ताव आलम-
ROLPA
१: मओबादीका जयपुर घर्ती-
२: मओबादीका पुष्प कमल दाहाल-
RUPENDEHI
१: माओबादीका घनस्याम यादव -
२: एमालेका ओम प्रकाश यादव -
३: नेकांका बाल क्रिष्ण खांड –
४: एमालेका बिष्णु पौडेल –
५: एमालेका रामनाथ ढकाल –
६: फोरमका ओम प्रकाश यादव –
७: फोरमका मोहमम्मद भकिल -
SALYAN
१: माओबादीका टेक बहादुर बस्नेत-16550
२: माओबादीका उमकान्त शर्मा -
SANKUWASAVA
एमालेका डम्मबर खड्का-
SUNSARI
१: माओबादीका किरण जोशी -
SARLAHI
४: सद्दभावनाका राजेन्द्र महतो – 17235
५: फोरमका उपेन्द्र यादव- 23959
SINDUPALCHOK
१: माओबादीका राज कुमार श्रेष्ट
२: माओबादीका अग्नि सापकोटा
SYANJA
१: एमालेका हित काजी गुरुगं –
२: नेकांका गोपाल मान श्रेष्ठ –
३: नेकांका मोहन पण्डित - 18607
TAPLEJUNG
१: नेकांका सुर्यमान गुरुगं – 8719
२: एमालेका डम्मबर धोज -
TANAHUN
१: माओबादीका सुरेश आले मगर
२: नेकांका राम चन्द्र पौडेल – 18970
३: एमालेका किरण गुरुगं - 17486








श्र्रद्धाण्जली गीतकार इस्वर बल्लबलाइ

- हस्त गौतम मृदुल
एउटा तारा मुरुयो शोकाकुल पारी।
पाइदैन दर्शण कैलै गयो मायाँमारी।

जन्मनु र मर्नु पनि बिधिकै हो बिधान।
अजम्बरी भै बाँच्ने छैन कुनै निधान।
एउटा फुल मुरयो बोटै सून्यपारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।

दिवंगत आत्मालाइ मिलोस चीर शान्ती।
बाँचिरहोस ह्रदयमा सस्मृतिको कान्ती॥
एउटा दियो निभ्यो स्तब्ध नै पारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।



April 14, 2008

एमालेको आत्महत्या रणनिती

"अहिलेको बिषम घडिमा बिष नपिइ मर्नु भन्दा अघि खुट्टा तान्नु एमालेको लागि प्रतीपादक त छदैछ, मैलाउ, मैखाउ सबै पद मेरै सोच्ने नेपाली कांग्रेस पनि एक गतिलो प्रतीपक्ष हुन नसक्दा १५ बर्ष जनयुद्द छेडेर रुखिएको माओबादीलाइ संबिधान बनाउन हाली मुली चलाउन दिदा जनताको संबिधान कस्तो हुने हो, निकै सोचनीय भएको छ"
मान्छे जब निराश हुन्छ अनि सबै तिरबाट तिरस्क्रित हुन्छ उसले अन्तिम पटक पुन माथी आउन आत्महत्या गर्छ। उसलाइ थाहा हुदैन उ मेर्ने दिन मात्र चर्चामा आउछ। त्यसको भोली पल्ट उसको अस्थित्व यस संसारबाट हराइसक्छ। यस्ता खाले ठुला साना घटना सुन्ने गरिन्छ।
केही महिना अघी एक युवकले आफु चर्चामा आउन नेब्रस्काको ओमाहा शहरमा सपिगं सेन्टरमा गोलीले आफु लगाय कैयौंको हत्या गरेका थिए।यस्तै निराश बनेको छ एमाले।संबिधान सभाको चुनाबबाट आफ्नो आजात शत्रु माओबादीले लाज जोगाउने कपडा समेत हरेको हुंदा एमाले हतासमा चुनाबको परिणाम नसकिदै सबै सहमती तोडेर सरकार छोड्दैछ। निभ्न लागेको बत्ती जस्तै माओबादी दन्केको हो या आगोको मुस्लो भर्खर निस्कदा एमाले खरानी भएको हो, त्यो त भबिष्यले नै बताउला। तर यस पटक माओबादीले टुट,फुट र जुट भएको महा-कांग्रेसलाइ समेत खोलाले ढूगां बगाए जस्तै बालुवा मुनि पुरिदिएको छ।
दोस्रो स्थानको लागी एमाले संग कष्टपुर्वक भिड्दै गरेको कांग्रेस चुप चाप छ। गरिबको उत्थान गर्ने पार्टीबाट नेता बर्गको उत्थान गर्ने पार्टी बनेको नेपाली कांग्रेस सम्बभत एक पद पाए सम्म मन्त्री पदमा रहिरहने छ। सहमती बनाउनु र तोड्नु नै राष्ट्रीय पार्टिहरुको पेशा भएको हूंदा संबिधान बनाउने बिधायिका छानि सकिए पनि अब बन्ने काम चलाउ सरकारमा माओबादीको मुख्य भुमीका र कांग्रेसको सहायक भुमिका रहेनछ। परिस्थीत यस्तै रही रहे २०४७ सालमा १०० दिन भित्र कांग्रेसको एकमाना सरकार ढाल्न कस्सिएको एमाले यस पटक रेलीगं र टेलीफोन बुथमा ब्यस्त नहोला भन्न सकिन्न।
अहिलेको बिषम घडिमा बिष नपिइ मर्नु भन्दा अघि खुट्टा तान्नु एमालेको लागि प्रतीपादक त छदैछ, मैलाउ, मैखाउ सबै पद मेरै सोच्ने नेपाली कांग्रेस पनि एक गतिलो प्रतीपक्ष हुन नसक्दा १५ बर्ष जनयुद्द छेडेर रुखिएको माओबादीलाइ संबिधान बनाउन हाली मुली चलाउन दिदा जनताको संबिधान कस्तो हुने हो, निकै सोचनीय भएको छ।


April 13, 2008

बधाइ माओवादीहरूलाई !!!

म आँफू माओवादीको प्रशंसक वा समर्थक दुवै नभएको हुनाले र पनि सर्व-संलग्न लोकतन्त्रको पक्षमा बोल्न मन लाग्ने मान्छे भएको हुनाले बिगतमा गरिएका माओवादी व्यवहारको आलोचनाको सन्दर्भ उक्काएर कसैले दलबदलको आरोप पनि लगाउने सम्भावनाबाट म सर्वप्रथम अलग्गै उभिन चाहन्छु र कुरा त्यस्तो हैन भन्ने प्रष्ट पार्दै यो घन्थन शुरू गर्न चाहन्छु । माओवादीहरूले हिंसाको राजनीतिबाट चालेको यात्रा यति छिटो चुनाबी राजनीतिमा यति बिघ्न सफलताको उचाइमा पुग्ला भन्ने कल्पना पक्कै गरेका थिएनन् होला । तर निकट हिजो सम्मका सबै चुनाबी आँकलन , सर्वेक्षण र अनुमानहरू को र गणितलाई पूर्णतया गलत सिद्द गर्दै माओवादीले जनमत मार्फत आफ्नो सफलता देखाएर दुनियालाई तीन छक पारिदिएको छ भने चुनाबी राजनीति आफ्नो निजि पेवा सम्झेर आत्मरतिमा रमेका कांग्रेस र एमाले जस्ता माहिर खेलाडीलाई लोकतान्त्रिक राजनीतिक लडाईँको महिलो राउण्डमा तीन चित खुवाइदिएको छ । जनता प्रत्यक्ष संलग्न बनेर जुनसुकै परिस्थितिमा मतदान गरेको भए पनि सँधै जस्तो यो निर्वाचनका बेलामा भए गरेका केही ज्यादतिपूर्ण घटनाहरूलाई आधार मानेर निर्वाचनको वैधतामाथि औँला उठाउने परिस्थति पनि हरूवाहरूलाई अब हासिल हुन सक्दैन । अत: माओवादीहरूलाई बधाइ त दिनै पर्छ , एउटा लोकतन्त्र पक्षधरका नाताले । तर पनि केही कुरा कांग्रेस र एमालेका बारेमा त भन्नै पर्छ , उनीहरू यसरी किन चिल्लिए आफ्नै चुनाबी राजनितिका भरपर्दा कुशल खेलाडी आफ्नै home territory मा किनभने सबैको विचारमा यो क्षेत्र उनीहरूको आफ्नै थियो ।

यद्यपि, कांग्रेस र एमालेले के बुझ्न नसकेको प्रष्ट देखियो भने संविधानसभाको चुनाब पूर्व उनीहरूको पार्टीगत स्थिति सारा नेपालभरि कस्तो बिजोग हालतमा पुगिसकेको थियो । बिगत १३ -१५ वर्षमा बिरलै स्थानिय तहमा पुगेर जनतासंग सम्पर्क र सहलाप गर्न सकेका यि पार्टीहरूले , माओवादी बिद्रोहीहरू जसले कठिन भन्दा कठिन अवस्थामा ग्रामीण तहमा बसेर साम , दाम (? हैन होला, बरू लिए दिएनन ), दण्ड ( मृत्यु सम्म पनि ) , भेद, छल र कौशल सबै उपायले संगठनको बलियो आधारशिला बनाउन सकेका थिए र स्थापित दलहरूका संरचनालाई धमिरोले झैँ खाएर आफ्ना पक्षमा भत्काउन सकेका थिए, त्यो कुरासंग पूर्णरूपेण अनभिज्ञ रहेको देखियो । काठमाण्डुमा रहेर राजनिति गर्नु पर्ने तर ग्रामीण तहका कार्यकर्ता र मतदाताले हिंसाको स्थितिमा सामना गर्नु परेको ज्यादतिमा माओवादीसंग मिल्दा नै जाती हुने जनताको वाध्यात्मक मनोविज्ञानसंग अपरिचित दलहरूले यो कुरा बुझेनछन् कि कसरी कालान्तरमा त्यो वाध्यता नै आस्थाको रूपमा बदल्न जान पनि सक्दो रहेछ । तर एकपल्ट स्थानिय तहमा हासिल गरेको मत र बनाइएका कार्यकर्तहरू नेताहरूको स्वार्थलम्पट रवैयामा अनि नेताको चरम उपेक्षाका बावजूद पनि सँधै उनीहरूप्रति नै वफादार भएर रहनेछन् भन्ने आँकलनबाट चुनाबी राजनितिमा सफलताको मनको लड्डूमा रमाउन खोज्ने कांग्रेसी वा एमाले दम्भ र अभिमानको घैँटो पनि यिनै कारणले चकनाचुर हुन पुग्यो जस्तो देखिन्छ ।

एकातिर जनता राजतन्त्रसंग पूर्णत मोहभंगको स्थितिमा थिए भने , गएको देढ दशकको संसदीय प्रयोगको अस्थिरता र दिशाबिहीनता ,स्वेच्छाचारिता, भ्रष्टाचार र अकर्मण्यता र जनताप्रतिको चरम उत्तरदायित्वहीनताका कारण जनता कति रुष्ट थिए भन्ने कुराको प्रतिकृया स्वरूप निर्वाचनमा मतको वर्षा माओवादीका पक्षमा गएको पनि बुझ्न गाह्रो छैन । माओवादी हिंस्रक थियो र उसबाट ज्यादति भएका थिए भन्ने कुरा साँचो हुँदाहुँदै पनि उसले उठाएका राजनैतिक र देशिय मागहरू आकर्षक थिए भने कांग्रेस वा एमाले जस्ता दलहरूले त्यही माओवादी हिंसा र समस्यालाई भजाएर आफ्नो अकर्मण्यतामाथि खोल राख्दै आफ्नो स्वार्थको दूनो सोझ्याउने काममा लीन भएका यी दलहरूलाई जनताले चाहे भने कस्तो उथलपुथल वा कायपलट सिर्जना हुन सक्छ भन्ने कुराको पाठ पनि बन्न पुगेको छ यो निर्वाचन परिणामको तथ्यांक ।


अर्को कुरा गिरिजा प्रसाददेखि माधव नेपालसम्मले एउटै दम्भ पालेर रहनु र आफ्नै दलको स्थानिय राजनीतिमा कस्तो दयनिय नियति छ भन्ने कुरा बुझ्न नसकी निर्वाचन सम्पन्नताको विषयलाई आफ्नो व्यक्तिगत प्रतिष्ठासंग गाँसेर रहनु पनि उदेक लाग्दो परिणामको कारक रहेको छ । ‘म संविधानसभाको चुनाब नगरी मर्दिन’ भन्ने गिरिजा प्रसादले त्यो घटना पछिको जिम्मेवारी माओवादीलाई छोड्ने बारेमा मन बनाएका थिए भने त उनको ईच्छा पूरा भयो होला हैन भने उनले आफ्नो दलको बलिदानीमा माओवादी दलको राजनितिलाई उर्वर बन्न ढोका खलिदिएका छन् , असलमा यो परिणामको कारक उनी पनि हुन भन्दा फरक पर्दैन । किनभने विपक्षीदलका नेता र कार्यकर्ता जनतासंग मत माग्न निर्धक्कसंग गाउँघरमा पुग्न पनि नसक्ने स्थिति कायमै रहेको मुलुकमा निर्वाचनका लागि निर्भय परिस्थिति निर्माण गर्ने कुरालाई भन्दा निर्वाचन सम्पन्न गराउने काम सकेर निवृत्त हुन खोज्ने गिरिजा प्रसादले यो माओवादी विजयमा बेसरी खुशी हुन सक्नु पर्छ ।


अन्त्यमा के स्विकार्नै पर्छ भने नेपाल वामपन्थमय भएको छ । यदि माओवादी र एमालेको चुनाबी तालमेल भएको भए प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले त एउटा सिट पनि हासिल गर्न गाह्रै हुन्थ्यो होला । त्यतिबेला आफ्नो संविधानसभामा प्रतिनिधित्वको जस पनि कांग्रेसले मनमनै माओवादी कारणले बनेको समानुपातिक प्रतिनिधित्वको अन्तरिम संवैधानिक व्यवस्थालाई दिइरहेको हुन्थ्यो होला । तर जनताले यति बिघ्न कम्युनिष्ट विचारले नै आफ्नो र मुलुकको उद्दार गर्छ भन्ने सम्झिन्छन् भने उनीहरूको मतलाई सम्मान गर्नै पर्छ , भलै म त्यो विचारमा असहमति नै किन नराखूँ । तर २१ औँ शताव्दिमा यो surge of communist tidal wave देखेर बाँकि संसार विस्मित र विस्फारित आँखाले नेपालतर्फ हेर्दै गरे पनि निर्वाचनको वैध बाटोबाट माओवादीले यो सफलता लिएकोमा कुनै लोकतन्त्रवादी चिन्तित हुन पर्दैन किनभने यो अवस्यम्भावी थियो र नै हुन सम्भव भएको हो । अब बाँकि के हो भने, हाम्रो भोलि कस्तो होला .............



माओवादी चुनाबी प्रतिवद्दतापत्रका वर्षेनी १००० मेगावाट विद्युतशक्ति उत्पादन गर्ने मुलुकलाई २० वर्षमा सिंगापुर वा स्विट्जरल्याण्ड बनाउने बाटोमा केही पाहिला पनि माओवादीले स्पष्टसंग लिन सकेको खण्डमा , भोलि पनि उसको अनावश्यक आलोचना गर्न समय खर्चिरहन नपर्ने हुनसक्छ । किनभने आधुनिक नेपालको बिगत ५० वर्षमा ५०० मेगावाट बिजुलीको धिकिर धिकिर बत्ति बालेर दिनहूँ ६ देखि ८ घण्टे लोडसेडिङलाई तोकेर वर्षेनि १००० किलोवाट बिजुली निकालेर देखाइदिने पार्टीलाई सही ढंगले छनोट गरेर जनताले के चाहेका रैछन् देखाइदिएका छन। यो त केवल एउटा बूँदा हो प्रतिवद्दता पत्रको । तर माओवादी स्वयंलाई पूर्ण जिम्मेवारी दिएर मिलिट्याण्ट शक्तिको राजनैतिक कामकार्वाही छिटै हेर्न भने पाइने भएको छ । यथास्थितिवादी शक्ति विरुद्द क्रान्तिाकारी शक्तिको स्पिरिटले नै केही गर्ला भन्ने मतदाताको आशामा म पनि एकाकार हनै परेको छ अहिले ।

अब जबर्जस्ति वा स्वेच्छिक चन्दाका घटना हुने छैनन् होला वा हुँदै गरेका छन् वा छैनन, सेनाले सहयोग वा असहयोग के गरिरहेको छ, प्रहरी कता फर्केर के गरि'राछ , भारत , अमेरिका, सुरक्षा, सेना र दरबार महंगी , लोडसेडिङ वा असंख्य अरू विषयका बारेमा सिधा सरोकार माओवादी नेतृत्वको सरकारले गर्ने छ अबदेखि। यसो गर्दा कमसेकम हिजो समस्या देखाउने ठाउँमा रहेको माओवादीले समाधान दिन पर्ने ठाउँको जिम्मेवारीलाई कति क्रान्तिकारी स्पिरिटमा निभाउने छ त्यो हेर्न पाउनु अति रोचक , रोमाञ्चक र फाइदाजनक सबै हुनसक्नेछ । त्यतिबेला उसले अरूलाई दोष वा अवरोधक भएको कुराको दोष नथोपरी बिद्रोहीपन र विनम्रताको फ्युजन आफ्नो व्यवहार, काम र विचारमा कसरी गर्ला हेर्न धेरै दिन कुर्न पर्ने छैन । संविधानसभाले संविधान बनाउने र अनुमोदन गर्ने मुख्य काम गर्ने भएपनि अहिलेको गिरिजा नेतृत्व पछिको सरकारको नेतृत्व माओवादीको नै हुने बारेमा कसैको शंका पनि रहेन अब त । समस्या देखाउने ठाउँबाट समाधान दिने ठाउँमा एकाएक पुग्दा बाँकि जनतालाई आश्चर्य लागेपनि , आँफूलाई नया सत्ता मानेर पुरानो सत्ताको अस्तित्वलाई नकार्दै आएका माओवादीलाई ख्यालख्यालको सत्ताबाट वास्तविक सत्तामा स्थानान्तरित भएर अपनाउनु पर्ने जिम्मेवारीको वोध अवश्य नै होला र काम पनि त्यसै अनुरूप होला भन्ने अपेक्षा सिवाय अरू केही गर्न सकिने स्थिति नि छैन हामीसंग अहिले ।
जे होस् जनताले क्रान्तिकारी जोशलाई जिम्मेवारी दिँदै भनेका छन् “ लौ गर्ने भए गरेर देखाओ, सप्पै जिम्मेवारी दिएका छौँ” । हेरौँ यो गहनतम जिम्मेवारीले उनीहरू कर्तव्य र जिम्मेवारीमा कति विनम्र बन्ने हुन् र आशातित सफलताको यो खुशीमा उनीहरू कसरी सबै नेपालीहरूको सरकार बन्ने हुन् ।
त्यसैले मेरो पनि सहस्र बधाइ छ माओवादी पार्टीको नया राजनीतिक अवतरणको यो विशाल सफलतामा !!! बधाइ कामरेड प्रचण्डज्यू ,माओवादी पार्टी र मतदाताहरूलाई !!!