April 7, 2008

आचारसंहिताको उल्लंघन

आचारसंहिताको उल्लंघन
आधादर्जन उम्मेदवारसँग आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले पटकपटक आचारसंहिता पालना गर्न दिएको निर्देशन पालना नभएको भन्दै केही उम्मेदवारसँग स्पष्टीकरण माग गरेको छ । उम्मेदवारहरुलाई सम्बन्धित निर्वाचन कार्यालयमार्फत स्पष्टीकरण माग गरी पेश गर्न आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । आचारसंहिता विपरित कार्य गरेको उजुरी परेपछि आठजना उम्मेदवारलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

स्पष्टीकरण पेश गर्न भौतिक योजना तथा निर्माण मन्त्री एवं माओवादी उम्मेदवार हिसिला यमीले सरकारी साधनको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण माग गरेको छ । उता नाबालकलाई चुनावी सभामा प्रयोग गरेको उजुरी परेपछि एमाले केन्द्रीय कार्यालयमा पनि स्पष्टीकरण पेश गर्न पत्र पठाएको आयोग प्रवक्ता लक्ष्मण भट्टराईले बताउनुभयो । एमालेले राजधानीको सभामा रचना घिमिरेलाई चुनावी प्रचारमा प्रयोग गरेका थिए । त्यस्तैगरी आयोगका अनुसार कपिलवस्तु क्षेत्र नं। १ का उम्मेदवार दीपकुमार उपाध्यायलाई भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेकोमा स्पष्टीकरण लिएको छ ।
उता धादिङमा मतदान अधिकृतमाथि कुटपिट गरेको विषयलाई लिएर आयोगले धादिङ क्षेत्र नं। ३ का माओवादी उम्मेदवार शालिकराम जम्कट्टेलसँग पनि स्पष्टीकरण लिएको छ । उता तनहुँमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीले पिस्तोल लिएर हिँडेको भन्दै स्पष्टीकरण लिएको जनाएको छ । त्यसैगरी निर्वाचन आयोगले अन्य निर्वाचन क्षेत्रमा प्रवेश नगर्न मतदाताहरुलाई आग्रह गरेको छ ।



वाईसीएल न बुद्ध नै बन्छ न गान्धी नै

नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएल का सदस्यहरुलाई संविधानसभा निर्वाचनको अवधिभर ुगान्धीु बन्न अर्थात् अिहंसावादी बन्न दिएको निर्देशन व्यवहारमा लागू भएको छैन । अब भने आतंकपूर्ण व्यवहार गर्दै आएको माओवादीको भ्रातृ संगठन वाईसीएलले चार दिन आफ्नो गतिविधि रक्षात्मक हुने बताएको छ । भनाइमा एउटा र गराईमा ठीक विपरित गतिविधि गर्दै आएका वाईसीएलले
निर्वाचन सफलताका लागि सातबुँदे निर्णय गरेको जनाएको छ ।
राजधानीको फोहोर उठाउने रक्तचन्दन तस्करी रोक्ने लागूऔषध दुव्र्यसनीलाई कुलतबाट छुटाउनेलगायतका सामाजिक विकृतिलाई कम गर्न प्रभावकारी भूमिका खेलेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै गरेको भए पनि बेलाबखतमा देखाउने उदण्डकारी गतिविधिले पानीको फोका जस्तै एक निमेषमा खेर जाने गरेको छ । अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन नहुनुको अर्थ हो वाईसीएल गान्धी बन्न सकेन वा िहंसाको बाटो रोज्न चाहेन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि गठन भएको योङ कम्युनिस्ट लिग वाईसीएल एक प्रकारको अर्धसैनिक बलका रुपमा देखापरेको छ । सामाजिक गतिविधिमा सहयोगी हातहरु बढाएर सर्वसाधारणको वाहवाही पाएको वाईसीएलले आफ्नो प्रख्यातिलाई जोगाइराख्न सकेन ।विगतमा वाईसीएलले राम्रा र सह्रारानीय कार्य गरेको भए पनि यतिबेला उसले सर्वसाधारणको मन जित्न सकेको छैन । शान्ति र भयरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धाका साथ संविधानसभाको निर्वाचन सम्पन्न गराउनु सबैको दायित्व हो । तर अध्यक्ष प्रचण्डले कमसेकम एक साता शान्तसँग बस अरुका नेता तथा कार्यकर्ता नकुट चुनावी सभा नबिथोल पार्टीमाथि गम्भीर आक्षेप आइसकेको संकेत गर्दा पनि नसुधि्रनु भनेको गधालाई दूधले पखालेर गाई हुँदैन भन्ने उखानलाई चरितार्थ गर्नु हो । तर हिजो आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका अध्यक्ष गणेशमान पुन रश्मीले जनतालाई मतदानको सही उपयोग गर्न पहल गर्ने निर्वाचन शान्तिपूर्ण गराउने मतदान केन्द्र र गाउँवस्तीमा मतदाता सेवा गर्ने अशक्त मतदातालाई मतदान केन्द्रसम्म पुर् याउने र सुरक्षाकर्मीलाई सहयोग गर्ने जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले केही दिन वाईसीएललाई बुद्ध बन्न दिनुभएको निर्देशन अनुरुप सो निर्णय गरेको जनाएको छ । यद्यपि वाईसीएलले जे जे निर्णय गरे पनि जनता भने आतंकित हुन छाडेका छैनन् ।
यो के हो प्रचण्ड जी तपाई कै आफ्नै अर्धसैनिक वाईसिएल त १२ वर्ष कुकुरको पुच्छरलाई ढुङ्गा्रमा राखे पनि बाङ्गाबाङ्गौ भन्ने नेपाली उखानलाई बास्तविक रुप दिनको लागि लागि पो परेका छन् ।




आफैं परिचालित हुने रे सेना निर्वाचन समयमा

विगतको निर्वाचनमा परिचालित भएको सेना यसपल्ट चुपचाप बस्ने भनिए पनि आवश्यक सहयोगका लागि नेपाली सेना तम्तयार रहेको जनाएको छ । सरकारले यसपल्ट सेना परिचालन नगर्ने निर्णय गरेर विभिन्न व्यक्तिहरुले सेना परिचालनका विषयमा विभिन्न टिकाटिप्पणी गरिरहेका बेला संविधान सभा निर्वाचनमा सेना सकि्रय रहने भन्दै उसले आफैं मुख खोलेको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने हवाई साधनहरु उपलब्ध गराइने र आवश्यक सबैखाले
सहयोग गर्ने जनाएको छ । देशभर माओवादीबाट कुटपिट बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले सेना परिचालन गर्नुपर्नेमा जोड दिन थालेका छन् । माओवादीका अराजक गतिविधिका कारण सेना परिचालन आवश्यक रहेको दाबी गर्न थालेका छन् ।नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले शान्तिसुरक्षाको स्थिति गम्भीर बन्दै गएकाले सेना परिचालन अनिवार्य बनेको दाबी गर्नुभएको छ । उता माओवादी अध्यक्ष प्रचण्डले भने सेना परिचालनको कुनै आवश्यकता नभएको दाबी गरेका छन् । शान्तिसम्झौता विपरित सेना परिचालन गर्न नमिल्ने भन्दै आफ्ना कार्यकर्तामाथि दोसारोपण मात्रै गरेको दाबी गरे । माओवादी दिनानुदिन आक्रमण बढेपछि दलका नेताहरुले त्यस्तो अवस्थामा स्वतन्त्र निर्वाचन हुन नसक्ने भन्दै सेना परिचालन गर्नुपर्ने बताएका हुन् । विगतका निर्वाचनमा सेना परिचालन गरेको भन्दै यसपटक झन् सुरक्षास्थिति फितलो भएकाले अनिवार्य भएको दाबी गरेका छन् ।
सेनाले चैत्र २४ गते एक विज्ञप्ति प्रकाशित गरी भन्सार रिपिटर स्टेसन विद्युत्गृहलगायत महत्वपूर्ण स्थानको सुरक्षा गरिरहेको जनाउँदै सेनाको हवाई साधनबाट मतपत्र मतपेटिका कर्मचारी सुरक्षाकर्मी तथा निर्वाचन सामग्रीहरु ढुवानी गरिरहेको स्पष्ट पारेको छ ।
निर्वाचनका क्रममा भएका घाइतेको उद्धार गर्न सेनाले थप हवाई साधनहरु तयारी हालतमा राखेको सुरक्षा सुदृढ गर्न र आकस्मिक गर्न सकिने जनाएको छ । विगतमाझैं परिचालन हुन नपाएपछि सेनाले आफैंले आफ्नो भूमिका भएको जनाएको हो । मुलुक र जनताको सुरक्षार्थ जुनसुकै हालतमा सरकारको निर्देशन मान्न तयार रहेको जनाउँदै सेनाले आवश्यक पर्दा तयार रहेको बताएको छ । सुरक्षाका विषयमा समस्या देखिन थालेपछि दलका नेताहरुले सेना परिचालन गर्नुपर्ने बताउँदै आएका छन् ।


April 6, 2008

चैत्र २३ गते शनिबार कहाँ-कहाँ भयो निर्वाचन आचारसंहिताको उलंघन

राष्ट्रिय निर्वाचन अनुगमन साजाल नेमाका सचिवालय संयोजक प्रदिप घिमिरेले संविधानसभा सदस्य निर्वाचन २०६४ को पूर्वअवस्थाको अनुगमन गरि प्रकाशित गरिरहेको दैनिक विशेष बुलेटिन अन्तर्गत शनिबार देशका विभिन्न भागमा भएका चुनावी घटनाक्रम यस्तो छ ।
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं। ३ मा नेमकिपाका तर्फबाट उम्मेदवार बनेका अशोक यादवलाई तराई जनजागरण मुक्तिमोर्चाका कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन धम्क्याएका छन् । ती कार्यकर्ताहरुले उम्मेदवार यादवको घरमा पुगि गोली समेत चलाएका थिए ।
गुल्मी जिल्लाको क्षेत्र नं। ३ मा पर्ने हाडहाडे भन्ने स्थानबाट एमाले समर्थित प्ररायुसंघका सदस्य बिष्णु वि।s।लाई चैत्र २३ गते माओवादीले अपहरण गरेको छ ।
बैतडी जिल्लामा आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताहरुमाथि आचारसंहिता उलंघन गरेको उजुरी दिन जादै गरेका एमाले कार्यकर्ताहरु र माओवादी कार्यकर्ताहरुबीच चैत्र २३ गते झडप भएको छ । हाट गाविस स्थित प्रहरी चौकीमा उजुरीको लागि जादै गरेको एमाले टोलीसंग भएको झडपमा परी ७ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । झडपलाई साम्य पार्न प्रहरी पुगेको थियो । त्यसक्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।
हुम्ला जिल्लाका माइला मदन कालिका श्रीनगरलगायतका गाविसमा नेकपा माओवादीका कार्यकर्ताहरुले डर त्रास तथा धम्कीका भरमा भोट माग्न थालेको पाईएको छ ।
नवलपरासी जिल्लाको कावासोती बजारमा चैत्र २३ गते कांग्रेस र वाईसीएलका कार्यकर्ताहरु बीच झडप भएको छ । त्यसक्रममा कांग्रेसका उम्मेदवार ओमकला गौतमको गाडीमा क्षती पुगेको छ । त्यसक्रममा दुवै पक्षका गरी करिब २० जना घाइते भएका छन् भने २ वटा मोटरसाइकिल क्षेतिग्रस्त भएका छन् ।
मुगु जिल्लाको रोवा गाविसमा चैत्र २३ गते चुनावीसभा सकेर फर्कदै गरेका क्षेत्र नं। १ का एमाले उम्मेदवार चन्द्रबहादुर शाहीलाई माओवादी कार्यकर्ताहरुले केहीबेर आफ्नो नियन्त्रणमा राखेका छन् ।
सुर्खेत जिल्लाको कल्याण गाविस चैत्र २३ गते प्रचार प्रसारमा हिडेको राष्ट्रिय जनशक्ति पार्टीको टोलीबाट वाईसएिलका कार्यकर्ताहरुले प्रचार सामग्री लुटी लगेका छन् ।
सल्यान जिल्लाको मुङखोला गाविसको राउचेमा चैत्र २३ गते कांग्रेस कार्यकर्ताहरुले एमाले समर्थित अनेरास्ववियुका कार्यकर्ता जगजित बुढालाई कुटपिट गरेका छन् । घरदैलो कार्यक्रममा रहेका निज बुढालाई कांग्रेस कार्यकर्ता घनश्याम वुढाको नेतृत्वमा रहेको समूहले कुटपिट गरेको वुझिएको छ । त्यसक्रममा उहाँको टाउको र हातमा चोट लागेको छ । त्यस्तै सल्यानको पिपलबोटमा आयोजित एमालेको चुनावीसभालाई माओवादीले विथोल्ने प्रयास गरेका छन् । उनिहरुले एमालेका सभा चलिरहँदा सभास्थल वरपर नारावाजी गरेका थिए ।
दाङ जिल्लाको रामपुर गाविसमा आज चैत्र २३ गते हुनथालेको चुनावी सभामा सहभागीहुन जान थालेका काग्रेस कार्यकर्ताहरुलाई माओवादी कार्यकर्ताहरुले लक्ष्मीपुरको भैसीकुर्मामा अभद्र ब्यवहार गरेकाछन् । त्यसक्रममा माओवादी कार्यकर्ताले काग्रेसका एक दर्जन बढी झण्डा जलाइ दिएको तथा काग्रेस कार्यकर्तामाथि कुटपिटको प्रयास गरेको जनाइएको छ ।


डोल्मा सञ्चै छिन्ः रियाद दुतावास

नमस्कार साथीहरु सबैलाई
सबै प्रथम त तपाईहरुसँग माफी माग्दैछु किनकी नेपालमा संविधान सभाको निर्वाचन हुन गईरहेको बेला देश र देशबासी सबैै जना त्यतातिर लाग्दा कतै हाम्रो चेली फाँसीमा त चड्ने होईन भनेर मैले यसलाई समावेश गरेको छु यो मैले विभिन्न साईटहरु हेर्ने क्रममा नेपाली पोष्टबाट साभार गरेको हुँ यसबाट ब्वकरहरुलाई के समस्य भए क्षमा माग्दछु । डोल्मा सञ्चै छिन्ः रियाद दुतावास कुवेतमा मृत्युदण्ड सजाय पाएकी नेपाली चेली डोल्मा शेर्पाको जीवनरक्षामा कानूनी उपचार खोज्नका लागि साउदी अरेबिया नेपाली दुतावासले एक वकिलको व्यवस्था गरेको छ ।
खाडीको कुवेत मामला समेत हेर्ने रियाद नियोगका प्रथम सचिव लोकबहादुर थापाले यसै साता कुवेत पुगेर वकिल नियुक्ती तथा डोल्मास“ग भेटघाट गरेका छन् । 'डोल्माको जीवनरक्षामा अब औपचारिक प्रकृया सुरु भएको छ,' थापाले शनिवार फोनमा भने । कुवेतको पुनरावेदन अदालतमा डोल्माको अभियोगमा अन्तिम सुनुवाइ सुरु भैसकेका कारण उनको मुद्धामा अपिल तथा बहस पैरवी गर्नका लागि कुवेती मुलका वकिल नियुक्त गरिएको थापाले बताए । 'मृत्युदण्डको सट्टा प्रकृयामा निश्चित बर्षको जेलसजाय तोक्नेतर्फ पैरवी हुनुपर्‍यो भनेर धारणा राखेका छौं,'थापाले भने । जेलमा रहेकी डोल्माको स्वास्थ्यस्थिती राम्रो रहेको र उनले आफ्ना पक्षमा संचारजगत, नेपाल सरकार, नेपाली समुदायले गरिरहेको पहलबारेमा जानकारी पाइरहेको बताएकी थिइन् । 'डोल्मा सञ्चै छिन्, उनको स्वास्थ्य ठीक थियो,'थापाले भने ।
एक फिलिपिनो सहकर्मीको हत्या अभियोगमा थुनामा रहेकी डोल्मालाई मृत्युदण्ड सजाय दिइनेबारे त्यहा“को तल्लो अदालतले पा“च महिना अघि निर्णय सुनाएको थियो । 'पुरावेदनको प्रकृया पुरा भएर यो मुद्धा सर्वोच्च अदालतमा जानेछ, त्यसकारण यसको अन्तिम निर्णयमा केही महिना लाग्नेछ,'थापाले भने । यही क्रममा प्रथम सचिव थापाले कुवेतस्थित फिलिपिनो दुतावासका अधिकारीस“ग भेटघाट गर्दै हत्या गरिएका परिवारलाई ब्लड-मनी क्षतीपुर्ती उपलब्ध गराउन र सम्बद्ध आफन्तबाट माफीको कागजात झिकाउनका लागि आग्रह गरेका छन् । 'डोल्मा बचाउ अभियानमा ५० लाख रुपैंया जति आवश्यक पर्ने भनिएकोमा अहिलेसम्म गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालय र कतार दुतावासबाट गरेर झण्डै २० लाख रुपैंया मात्रै संकलन भएको छ, 'उनले भने-'रकम संकलनमा हामीले तदारुकता चाहेका छौं ।'


छ महिना

"सबै खाले बिचार तथा सिर्जना सामेल गर्नु दौतरीको मुख्य मान्यता हो भने कुनै ब्यबसायिक दाउबाट दौंतरी अलग रहेर स्वतन्त्र बिचारलाइ थप बल पुराइरहेन छ "
छ महिना के होला? माहोल संबिधान सभामय छ। एक आपसमा संबिधान सभा राम्रोहोस भनेर शुभकामना साटासाट भइराखेको छ। संबिधान ६ महिना मा बन्ला? मुश्किल नै छ त्यो कुरा तर एक आपसमा समझ्दारी गरे १ बर्ष सम्ममा बन्ला की? आशा गरुं संबिधान बन्दा २-४ नेपाल बन्द र २-४ चक्का जाम बाहेक त्यो भन्दा बढि नहोस।


छ महिना भने दौतरी सुरु भएको समय हो। छ महिना अगी आजैको दिन दौतरी सुरु भएको थियो। दौतरी सुरु हुंदा निकै उल्लास छाएको थियो। तर सुरुको १-२ महिना त ब्लग सहि तरिकाले प्रकाशन गर्न पनि नजानेर कति दिन त दौतरी पेज नै खुलेन। फेरी दौतरीको र्फम्याट कस्तो राख्ने या कसरी राख्ने यस्तै यस्तै असमन्जासमा समय बिते। ६ महिना गएको पत्तो नै भएन। यस बिचमा करिब २५० ब्लग लेखिएछन। सायद दौतरीमा कसैको बिचार जबर जस्ती नलादिने या कसैले यो किन लेखेको मेटीदिउ, आदी दम्भपुर्ण काम नहुदा नै स्वफुर्त बिचार प्रबाह गर्ने ठाउ भएको महशुस हुन्छ दौतरी।
सबै खाले बिचार तथा सिर्जना सामेल गर्नु दौतरीको मुख्य मान्यता हो भने कुनै ब्यबसायिक दाउबाट दौंतरी अलग रहेर स्वतन्त्र बिचारलाइ थप बल पुराइरहेन छ ।आशा गरौं दौतरी यस्तै स्वतन्त्र बिचार प्रदान दिने प्रमुख ठाउ बनेर नेपाली र नेपालीहरुलाइ माया गर्ने बिच सदैब लोकप्रिय रहिरहोस।
तपाइ पनि सामुहिक दौंतरीलाइ कसरी उचो पार्न सकिन्छ, मनन गर्नुहोस है?