April 7, 2008

वाईसीएल न बुद्ध नै बन्छ न गान्धी नै

नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएल का सदस्यहरुलाई संविधानसभा निर्वाचनको अवधिभर ुगान्धीु बन्न अर्थात् अिहंसावादी बन्न दिएको निर्देशन व्यवहारमा लागू भएको छैन । अब भने आतंकपूर्ण व्यवहार गर्दै आएको माओवादीको भ्रातृ संगठन वाईसीएलले चार दिन आफ्नो गतिविधि रक्षात्मक हुने बताएको छ । भनाइमा एउटा र गराईमा ठीक विपरित गतिविधि गर्दै आएका वाईसीएलले
निर्वाचन सफलताका लागि सातबुँदे निर्णय गरेको जनाएको छ ।
राजधानीको फोहोर उठाउने रक्तचन्दन तस्करी रोक्ने लागूऔषध दुव्र्यसनीलाई कुलतबाट छुटाउनेलगायतका सामाजिक विकृतिलाई कम गर्न प्रभावकारी भूमिका खेलेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै गरेको भए पनि बेलाबखतमा देखाउने उदण्डकारी गतिविधिले पानीको फोका जस्तै एक निमेषमा खेर जाने गरेको छ । अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन नहुनुको अर्थ हो वाईसीएल गान्धी बन्न सकेन वा िहंसाको बाटो रोज्न चाहेन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि गठन भएको योङ कम्युनिस्ट लिग वाईसीएल एक प्रकारको अर्धसैनिक बलका रुपमा देखापरेको छ । सामाजिक गतिविधिमा सहयोगी हातहरु बढाएर सर्वसाधारणको वाहवाही पाएको वाईसीएलले आफ्नो प्रख्यातिलाई जोगाइराख्न सकेन ।विगतमा वाईसीएलले राम्रा र सह्रारानीय कार्य गरेको भए पनि यतिबेला उसले सर्वसाधारणको मन जित्न सकेको छैन । शान्ति र भयरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धाका साथ संविधानसभाको निर्वाचन सम्पन्न गराउनु सबैको दायित्व हो । तर अध्यक्ष प्रचण्डले कमसेकम एक साता शान्तसँग बस अरुका नेता तथा कार्यकर्ता नकुट चुनावी सभा नबिथोल पार्टीमाथि गम्भीर आक्षेप आइसकेको संकेत गर्दा पनि नसुधि्रनु भनेको गधालाई दूधले पखालेर गाई हुँदैन भन्ने उखानलाई चरितार्थ गर्नु हो । तर हिजो आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका अध्यक्ष गणेशमान पुन रश्मीले जनतालाई मतदानको सही उपयोग गर्न पहल गर्ने निर्वाचन शान्तिपूर्ण गराउने मतदान केन्द्र र गाउँवस्तीमा मतदाता सेवा गर्ने अशक्त मतदातालाई मतदान केन्द्रसम्म पुर् याउने र सुरक्षाकर्मीलाई सहयोग गर्ने जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले केही दिन वाईसीएललाई बुद्ध बन्न दिनुभएको निर्देशन अनुरुप सो निर्णय गरेको जनाएको छ । यद्यपि वाईसीएलले जे जे निर्णय गरे पनि जनता भने आतंकित हुन छाडेका छैनन् ।
यो के हो प्रचण्ड जी तपाई कै आफ्नै अर्धसैनिक वाईसिएल त १२ वर्ष कुकुरको पुच्छरलाई ढुङ्गा्रमा राखे पनि बाङ्गाबाङ्गौ भन्ने नेपाली उखानलाई बास्तविक रुप दिनको लागि लागि पो परेका छन् ।




आफैं परिचालित हुने रे सेना निर्वाचन समयमा

विगतको निर्वाचनमा परिचालित भएको सेना यसपल्ट चुपचाप बस्ने भनिए पनि आवश्यक सहयोगका लागि नेपाली सेना तम्तयार रहेको जनाएको छ । सरकारले यसपल्ट सेना परिचालन नगर्ने निर्णय गरेर विभिन्न व्यक्तिहरुले सेना परिचालनका विषयमा विभिन्न टिकाटिप्पणी गरिरहेका बेला संविधान सभा निर्वाचनमा सेना सकि्रय रहने भन्दै उसले आफैं मुख खोलेको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने हवाई साधनहरु उपलब्ध गराइने र आवश्यक सबैखाले
सहयोग गर्ने जनाएको छ । देशभर माओवादीबाट कुटपिट बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले सेना परिचालन गर्नुपर्नेमा जोड दिन थालेका छन् । माओवादीका अराजक गतिविधिका कारण सेना परिचालन आवश्यक रहेको दाबी गर्न थालेका छन् ।नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले शान्तिसुरक्षाको स्थिति गम्भीर बन्दै गएकाले सेना परिचालन अनिवार्य बनेको दाबी गर्नुभएको छ । उता माओवादी अध्यक्ष प्रचण्डले भने सेना परिचालनको कुनै आवश्यकता नभएको दाबी गरेका छन् । शान्तिसम्झौता विपरित सेना परिचालन गर्न नमिल्ने भन्दै आफ्ना कार्यकर्तामाथि दोसारोपण मात्रै गरेको दाबी गरे । माओवादी दिनानुदिन आक्रमण बढेपछि दलका नेताहरुले त्यस्तो अवस्थामा स्वतन्त्र निर्वाचन हुन नसक्ने भन्दै सेना परिचालन गर्नुपर्ने बताएका हुन् । विगतका निर्वाचनमा सेना परिचालन गरेको भन्दै यसपटक झन् सुरक्षास्थिति फितलो भएकाले अनिवार्य भएको दाबी गरेका छन् ।
सेनाले चैत्र २४ गते एक विज्ञप्ति प्रकाशित गरी भन्सार रिपिटर स्टेसन विद्युत्गृहलगायत महत्वपूर्ण स्थानको सुरक्षा गरिरहेको जनाउँदै सेनाको हवाई साधनबाट मतपत्र मतपेटिका कर्मचारी सुरक्षाकर्मी तथा निर्वाचन सामग्रीहरु ढुवानी गरिरहेको स्पष्ट पारेको छ ।
निर्वाचनका क्रममा भएका घाइतेको उद्धार गर्न सेनाले थप हवाई साधनहरु तयारी हालतमा राखेको सुरक्षा सुदृढ गर्न र आकस्मिक गर्न सकिने जनाएको छ । विगतमाझैं परिचालन हुन नपाएपछि सेनाले आफैंले आफ्नो भूमिका भएको जनाएको हो । मुलुक र जनताको सुरक्षार्थ जुनसुकै हालतमा सरकारको निर्देशन मान्न तयार रहेको जनाउँदै सेनाले आवश्यक पर्दा तयार रहेको बताएको छ । सुरक्षाका विषयमा समस्या देखिन थालेपछि दलका नेताहरुले सेना परिचालन गर्नुपर्ने बताउँदै आएका छन् ।


April 6, 2008

चैत्र २३ गते शनिबार कहाँ-कहाँ भयो निर्वाचन आचारसंहिताको उलंघन

राष्ट्रिय निर्वाचन अनुगमन साजाल नेमाका सचिवालय संयोजक प्रदिप घिमिरेले संविधानसभा सदस्य निर्वाचन २०६४ को पूर्वअवस्थाको अनुगमन गरि प्रकाशित गरिरहेको दैनिक विशेष बुलेटिन अन्तर्गत शनिबार देशका विभिन्न भागमा भएका चुनावी घटनाक्रम यस्तो छ ।
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं। ३ मा नेमकिपाका तर्फबाट उम्मेदवार बनेका अशोक यादवलाई तराई जनजागरण मुक्तिमोर्चाका कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन धम्क्याएका छन् । ती कार्यकर्ताहरुले उम्मेदवार यादवको घरमा पुगि गोली समेत चलाएका थिए ।
गुल्मी जिल्लाको क्षेत्र नं। ३ मा पर्ने हाडहाडे भन्ने स्थानबाट एमाले समर्थित प्ररायुसंघका सदस्य बिष्णु वि।s।लाई चैत्र २३ गते माओवादीले अपहरण गरेको छ ।
बैतडी जिल्लामा आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताहरुमाथि आचारसंहिता उलंघन गरेको उजुरी दिन जादै गरेका एमाले कार्यकर्ताहरु र माओवादी कार्यकर्ताहरुबीच चैत्र २३ गते झडप भएको छ । हाट गाविस स्थित प्रहरी चौकीमा उजुरीको लागि जादै गरेको एमाले टोलीसंग भएको झडपमा परी ७ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । झडपलाई साम्य पार्न प्रहरी पुगेको थियो । त्यसक्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।
हुम्ला जिल्लाका माइला मदन कालिका श्रीनगरलगायतका गाविसमा नेकपा माओवादीका कार्यकर्ताहरुले डर त्रास तथा धम्कीका भरमा भोट माग्न थालेको पाईएको छ ।
नवलपरासी जिल्लाको कावासोती बजारमा चैत्र २३ गते कांग्रेस र वाईसीएलका कार्यकर्ताहरु बीच झडप भएको छ । त्यसक्रममा कांग्रेसका उम्मेदवार ओमकला गौतमको गाडीमा क्षती पुगेको छ । त्यसक्रममा दुवै पक्षका गरी करिब २० जना घाइते भएका छन् भने २ वटा मोटरसाइकिल क्षेतिग्रस्त भएका छन् ।
मुगु जिल्लाको रोवा गाविसमा चैत्र २३ गते चुनावीसभा सकेर फर्कदै गरेका क्षेत्र नं। १ का एमाले उम्मेदवार चन्द्रबहादुर शाहीलाई माओवादी कार्यकर्ताहरुले केहीबेर आफ्नो नियन्त्रणमा राखेका छन् ।
सुर्खेत जिल्लाको कल्याण गाविस चैत्र २३ गते प्रचार प्रसारमा हिडेको राष्ट्रिय जनशक्ति पार्टीको टोलीबाट वाईसएिलका कार्यकर्ताहरुले प्रचार सामग्री लुटी लगेका छन् ।
सल्यान जिल्लाको मुङखोला गाविसको राउचेमा चैत्र २३ गते कांग्रेस कार्यकर्ताहरुले एमाले समर्थित अनेरास्ववियुका कार्यकर्ता जगजित बुढालाई कुटपिट गरेका छन् । घरदैलो कार्यक्रममा रहेका निज बुढालाई कांग्रेस कार्यकर्ता घनश्याम वुढाको नेतृत्वमा रहेको समूहले कुटपिट गरेको वुझिएको छ । त्यसक्रममा उहाँको टाउको र हातमा चोट लागेको छ । त्यस्तै सल्यानको पिपलबोटमा आयोजित एमालेको चुनावीसभालाई माओवादीले विथोल्ने प्रयास गरेका छन् । उनिहरुले एमालेका सभा चलिरहँदा सभास्थल वरपर नारावाजी गरेका थिए ।
दाङ जिल्लाको रामपुर गाविसमा आज चैत्र २३ गते हुनथालेको चुनावी सभामा सहभागीहुन जान थालेका काग्रेस कार्यकर्ताहरुलाई माओवादी कार्यकर्ताहरुले लक्ष्मीपुरको भैसीकुर्मामा अभद्र ब्यवहार गरेकाछन् । त्यसक्रममा माओवादी कार्यकर्ताले काग्रेसका एक दर्जन बढी झण्डा जलाइ दिएको तथा काग्रेस कार्यकर्तामाथि कुटपिटको प्रयास गरेको जनाइएको छ ।


डोल्मा सञ्चै छिन्ः रियाद दुतावास

नमस्कार साथीहरु सबैलाई
सबै प्रथम त तपाईहरुसँग माफी माग्दैछु किनकी नेपालमा संविधान सभाको निर्वाचन हुन गईरहेको बेला देश र देशबासी सबैै जना त्यतातिर लाग्दा कतै हाम्रो चेली फाँसीमा त चड्ने होईन भनेर मैले यसलाई समावेश गरेको छु यो मैले विभिन्न साईटहरु हेर्ने क्रममा नेपाली पोष्टबाट साभार गरेको हुँ यसबाट ब्वकरहरुलाई के समस्य भए क्षमा माग्दछु । डोल्मा सञ्चै छिन्ः रियाद दुतावास कुवेतमा मृत्युदण्ड सजाय पाएकी नेपाली चेली डोल्मा शेर्पाको जीवनरक्षामा कानूनी उपचार खोज्नका लागि साउदी अरेबिया नेपाली दुतावासले एक वकिलको व्यवस्था गरेको छ ।
खाडीको कुवेत मामला समेत हेर्ने रियाद नियोगका प्रथम सचिव लोकबहादुर थापाले यसै साता कुवेत पुगेर वकिल नियुक्ती तथा डोल्मास“ग भेटघाट गरेका छन् । 'डोल्माको जीवनरक्षामा अब औपचारिक प्रकृया सुरु भएको छ,' थापाले शनिवार फोनमा भने । कुवेतको पुनरावेदन अदालतमा डोल्माको अभियोगमा अन्तिम सुनुवाइ सुरु भैसकेका कारण उनको मुद्धामा अपिल तथा बहस पैरवी गर्नका लागि कुवेती मुलका वकिल नियुक्त गरिएको थापाले बताए । 'मृत्युदण्डको सट्टा प्रकृयामा निश्चित बर्षको जेलसजाय तोक्नेतर्फ पैरवी हुनुपर्‍यो भनेर धारणा राखेका छौं,'थापाले भने । जेलमा रहेकी डोल्माको स्वास्थ्यस्थिती राम्रो रहेको र उनले आफ्ना पक्षमा संचारजगत, नेपाल सरकार, नेपाली समुदायले गरिरहेको पहलबारेमा जानकारी पाइरहेको बताएकी थिइन् । 'डोल्मा सञ्चै छिन्, उनको स्वास्थ्य ठीक थियो,'थापाले भने ।
एक फिलिपिनो सहकर्मीको हत्या अभियोगमा थुनामा रहेकी डोल्मालाई मृत्युदण्ड सजाय दिइनेबारे त्यहा“को तल्लो अदालतले पा“च महिना अघि निर्णय सुनाएको थियो । 'पुरावेदनको प्रकृया पुरा भएर यो मुद्धा सर्वोच्च अदालतमा जानेछ, त्यसकारण यसको अन्तिम निर्णयमा केही महिना लाग्नेछ,'थापाले भने । यही क्रममा प्रथम सचिव थापाले कुवेतस्थित फिलिपिनो दुतावासका अधिकारीस“ग भेटघाट गर्दै हत्या गरिएका परिवारलाई ब्लड-मनी क्षतीपुर्ती उपलब्ध गराउन र सम्बद्ध आफन्तबाट माफीको कागजात झिकाउनका लागि आग्रह गरेका छन् । 'डोल्मा बचाउ अभियानमा ५० लाख रुपैंया जति आवश्यक पर्ने भनिएकोमा अहिलेसम्म गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालय र कतार दुतावासबाट गरेर झण्डै २० लाख रुपैंया मात्रै संकलन भएको छ, 'उनले भने-'रकम संकलनमा हामीले तदारुकता चाहेका छौं ।'


छ महिना

"सबै खाले बिचार तथा सिर्जना सामेल गर्नु दौतरीको मुख्य मान्यता हो भने कुनै ब्यबसायिक दाउबाट दौंतरी अलग रहेर स्वतन्त्र बिचारलाइ थप बल पुराइरहेन छ "
छ महिना के होला? माहोल संबिधान सभामय छ। एक आपसमा संबिधान सभा राम्रोहोस भनेर शुभकामना साटासाट भइराखेको छ। संबिधान ६ महिना मा बन्ला? मुश्किल नै छ त्यो कुरा तर एक आपसमा समझ्दारी गरे १ बर्ष सम्ममा बन्ला की? आशा गरुं संबिधान बन्दा २-४ नेपाल बन्द र २-४ चक्का जाम बाहेक त्यो भन्दा बढि नहोस।


छ महिना भने दौतरी सुरु भएको समय हो। छ महिना अगी आजैको दिन दौतरी सुरु भएको थियो। दौतरी सुरु हुंदा निकै उल्लास छाएको थियो। तर सुरुको १-२ महिना त ब्लग सहि तरिकाले प्रकाशन गर्न पनि नजानेर कति दिन त दौतरी पेज नै खुलेन। फेरी दौतरीको र्फम्याट कस्तो राख्ने या कसरी राख्ने यस्तै यस्तै असमन्जासमा समय बिते। ६ महिना गएको पत्तो नै भएन। यस बिचमा करिब २५० ब्लग लेखिएछन। सायद दौतरीमा कसैको बिचार जबर जस्ती नलादिने या कसैले यो किन लेखेको मेटीदिउ, आदी दम्भपुर्ण काम नहुदा नै स्वफुर्त बिचार प्रबाह गर्ने ठाउ भएको महशुस हुन्छ दौतरी।
सबै खाले बिचार तथा सिर्जना सामेल गर्नु दौतरीको मुख्य मान्यता हो भने कुनै ब्यबसायिक दाउबाट दौंतरी अलग रहेर स्वतन्त्र बिचारलाइ थप बल पुराइरहेन छ ।आशा गरौं दौतरी यस्तै स्वतन्त्र बिचार प्रदान दिने प्रमुख ठाउ बनेर नेपाली र नेपालीहरुलाइ माया गर्ने बिच सदैब लोकप्रिय रहिरहोस।
तपाइ पनि सामुहिक दौंतरीलाइ कसरी उचो पार्न सकिन्छ, मनन गर्नुहोस है?



प्रबाशी


पुरुशोत्तम सुबेदी
बेल्जियम

यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।
दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म ।।
सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।
घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।
नासो पठाइ दियको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।
मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्री य सुमित्रा मा ।।
देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।
दलाल लाई भयको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।
केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।
गार्हो छ फर्काउन गैरी खेत -प च् हुने भयो औंठी तिलहरी ।
टोलाउछु यकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।
ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।
आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।
बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।
घर नै सुन्य गाऊ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।
साथी बिर्सेंं गाऊ बिर्सेंं -बिर्सियं धर्म संस्क्रिती पनि ।
पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।
आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।
नास्तिक हरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।
गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।
थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँं भनी ।।
कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।
धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना -फर्किन्न अब खोरिया ।।


राष्ट्रिय कलाकारहरुको माझमा रहदाको केही क्षण


गत सुक्रवार अपि्रल ४ तारिक २००८का दिन दुबईको अल नासर लिजरल्याण्ड हलमा नेपालका ख्यातिप्राप्त लोक तथा दोहोरी गायकहरुको दोहोरी गीत तथा लोक गीतमा प्रवासी नेपालीहरु दिलै फुकाएर नाचे भने हास्य कलाकारहरुको ब्यङ्गय तथा अन्य प्रहसनले पेट मिची मिची हासे ।
उक्त दिन एकैक्षण भए पनि प्रवासी भूमीमा रमियो । कार्यक्रमलाई जितु नेपाल शिवहरी पौडेल र किरण केसीले झनै रमाईलो बनाएका थिए भने लोक तथा दोहोरी गायक पुर्षोक्त न्यौपाने अनिता खड्को स्टेजमानै गाईएको दोहोरी गीतले नेपालको दोहोरी साँझको झझल्को मेटाएको थियो ।
जिरे खुसा्रनिका टिमको कार्यक्रममा यो मेरो दोश्रो थियो । पहिलो कार्यक्रम त्यति सफल भएन र उहाँहरुले पनि त्यति सफल प्रस्तुति दिनु भएन तर यस पाली भने धेरै मिहिनेत गर्नु भयो । सायद म जस्तै अन्य दर्शकहरु पनि दोश्रो पटकनै उपस्थित भएका थिए होला र सबैले नयाँ खालको प्रस्तुती चाहेका थिए तर पनि जितु नेपाल शिवहरी पौडेल र किरण के।सीले पहिलो कार्यक्रममा प्रस्तुत गरिएका हास्य ठट्यौलीहरु यो कार्यक्रममा पनि दोहोर्याई रहेका थिए । दर्शकले जहिले पनि नयाँ र नौलो प्रस्तुती चाहेको हुन्छ त्यसैले पहिला प्रस्तुत गरिएका हास्य ठट्यौलीहरु दोश्रो पटक पनी फेरी नदोहोर्याई अर्को नयाँ खालको प्रस्तुती प्रस्तुत गर्दा अझै राम्रो हुने थियो कि ।

स्टेजमा पुर्षोक्तम न्यौपाने नेपाली पोषाक दौरा सुरुवाल लगाएर प्रस्तुत हुँदा उनको साथमा एक भित्ताको मात्र कपडा लगाएकी अहिलेकी अति हट समाचार तथा नायिका बनेकी सौजन्य सुब्बाको उपस्थितिले धज्जा उडाएको थियो । अर्की हट केक पवित्रा खड्काका पनि एक भित्ता भन्दा लामो कपडा थिएन । अहिलेको फेशन भनौ या बिकृति उनको फेशन पनि त्यस्तै थियो । सुसिल क्षेत्री र सौजन्य सुब्बाको डान्समा सौजन्य सुब्बाले लगाएको डे्रस अनि उत्तेजनक थियो जसले दर्शकहरुको आँखा सुसिल क्षेत्री तर्फ भन्दा पनि सौजन्य सुब्बाको तर्फ बढी केन्द्रिकित भएको थियो । कलाकार छनौट गर्ने आयोजकलाई धन्यवाद दिनै पर्दछ ।

भर्खरै लोक तथा दोहोरी गीतमा उदाउन खोजेकी अर्की लोक तथा दोहोरी गायिका अनिता खड्काको फेशन तथा हाउभाउ अति आकर्षक र बर्णन गर्नै पर्ने खालको थियो । दुई जना हटकेकको अगाडी उनी पटुकी र गुन्यौचोलीमा थिईन् । भर्खरैकी यौवन युवती भएतापनि उनले नेपाली पहिरनलाई भने कायमै राखेकी थिईन । भने अर्की उद्घोषिका टिका ढकालको पहिरन पनि बर्णन गर्ने खालकै थियो । उद्घोषिका भनिएता पनि उनिसँग उद्घोषिकामा हुने गुण कमै थियो त्यसैले पनि उनि कार्यक्रममा थोरै मत्र देखिईन । आधुनिक गायक हिमाल सागरको प्रस्तुतिले दर्शकहरुलाई ताली बजाउन बाध्य बनाउन लगाएको जस्तो थियो । एउटा गीतको लाईन गाएर सकिने बित्तिकै दर्शकलाई अनुरोध गर्दथे र भावुक गीतमा पनि उनले ताली बजाउन अनुरोध गर्दथे । गित गाउँदा गाउँदै स्टेजमानै पल्टिन्छन् कि झै लाग्थ्यो । उनको स्वर र गीतको शब्दहरु अति राम्रा थिए तर उनको गीत गाउदा गरीने हाउभाउ भने बढीनै थियो ।



स्थानिय कलाकारहरुलाई स्वागत गीत मात्र गाउन लगाइएको थियो । यहाँका स्थानिय कलाकारहरु पनि राष्ट्रिय कलाकारहरु भन्दा कम थिएनन् तर पनि स्थानिय कलाकारहरुलाई स्थान दिइएको थिएन । लोक दोहोरी गीतमा भने यूएइका लोक भाकाका चर्चित कलाकार असिम महतको समूहलाई बाध्यवादनमा समावेश गरिएको थियो ।

फ्लाई एती डट् कमले दर्शकहरुलाई चिठ्ा कार्यक्रम राखेको थियो जसमा दुई जना भाग्यमानी दर्शकहरुले फ्लाई एतिको टिकट आबुधावी काठमाण्डौ काठमाण्डौ अबुधावीको पाउन सफल भए ।

कार्यक्रमको बिच बिचमा नेपालीहरुले नेपालमाझै खोया विर्के धोकीसकेका थिए । उनिहरुको कृयाकलाप र समाजमा अपाच्य शब्दहरु कानमा ठोक्किन आईपुग्दा हामी कति अशभ्य रहेछौ भन्ने प्रष्टा थाहा हुन्थ्यो । कार्यक्रमको अन्त्य तिर दर्शकहरु एक एक गर्दै स्टेजमा पुगेर दोहोरीमा नाच्न खोज्दा धन्नै दोहोरो भिडन्त भएन । एक जना सेक्युरिटी गार्डले स्टेजबाट बाहिर जान अनुरोध गर्दा अलि बढि बल प्रयोग गर्न पुगेका थिए । गायक पुर्षोक्तम न्यौपानेले भाइ साम्य भन्दा पनि नेपाली दर्शक झोक्कि रहेका थिए भने अन्यले हान हान भनिरहेका थिए । त्यहाको स्थिति अझै बढेको भए नेपालीहरुको हालत कस्तो हुन्थ्यो होला अनुमान गर्न सकिन्छ । किनकी यो ठाउँ नेपाल थिएन र कानुन पनि अति कडा थियो ।

नव बर्ष २०६५ सालको पुर्व सन्ध्यामा नेपाल यूएई समन्वय माचले आयोजना गरेको उक्त साँस्कृतिक साँझ २०६५ मा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु जिरे खुसा्रनीका तीन हस्ती सिवहरी पौडेल किरण केसी जितु नेपाल लगायत लोक तथा दोहोरी गायक पुर्षोक्तम न्यौपाने अनिता खड्का उद्घोषिका टिका ढकाल नायिका पार्वती खड्का नव नायिका सौजन्य सुब्बा नायक सुसील क्षेत्री तथा आधुनीक तथा पप गायक हिमाल सागरको बेजोड प्रस्तुती रहेको थियो ।

यूएयका लागि नेपालका राजदूत महामहिम अर्जुन बहादुर थापाको प्रमखु अतिथि तथा नेपाल दुबई सास्कृतिक समन्वय माचका सभापति नारायण लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्धघाटन उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठले रिवन काटी गर्नुभएको थियो भने कार्यक्रममा यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रमुख ब्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त संस्थाका संवाद सचिव बालचन्द्र पोख्रेलले आमन्त्रित अतिथि तथा उपस्थित सम्पूर्ण प्रवासी नेपालीलाई स्वागत गर्नु भएको थियो ।



स्थानिय कलाकार असिम महत लगायत अन्य कलाकारहरुद्धारा

यो प्रदेशी भुमीमा स्वागत उपस्थित सबैलाई दिलैदेखी हाम्रो स्वागत

हे। हे अाजुली बाँधी दिलै खोली हामी गर्छौ स्वागत भन्ने स्वागत
गित गाएर सबैलाई स्वागत गरेका थिए ।



सास्कृतिक कार्यक्रमको पहिलो चरणमा नै नेपालका अति प्रख्यात नायक गायक तथा हास्य कलाकार किरण केसीले आफ्नै श्वरमा

नम्वर विर्षे मोवाईलको चिठि लेखौ कि हुलाकीले आँखा लाग्ला आफै भेटौ कि

हे दिल गजुर क्या राम्री छु र भन्छु मेरी हजुर

साथै

तिमी जस्ती बुझकीले ढिप्पी कस्नु हुन्न

बाउ आमाले बिदा दिए माईत बस्नु हुन्न घर हिड घर हिड

दुई हात जोडी सके ध

रोधर्म माईली मैले र_िक्स छोडी सके
भन्ने शिर्षकका गीतहरु गाउदै दर्शकहरुसँगै ताल मिलाएर आफै गीत गाउँदै नाचेका थिए ।



जिरे खुसा्रनीका अर्का जल्दा बल्दा नायक तथा हास्य कलाकार जितु नेपाल आफ्नै भेष शैलीमा स्टेजमा प्रस्तुत हुदा दर्शकहरुले मुन्द्रे र एस एल सी पास भनेर ब्यङ्ग गरेका थिए भने जितुले दर्शकहरुलाई पेच मिची मिची हसाउन सफल भएका थिए । अहिलेका जल्दा बल्दा समस्या तथा राजनीतिक घोच पेच साथै नेपालका फेशन आदी बिषयहरुमा ब्यङ्ग हान्दै हसाएका थिए । उनका प्रत्येक शब्दहरुमा दर्शकहरुको हासोको फोहोरा छुटेको थियो । जितु नेपालले नेपाल र दुबईका बिषयबस्तुलाई समेटेर बिच बिचमा दर्श सफल भएका थिए ।



आउछौ भनि बस्नेछु आशैमा खरले छाएको झुपडीको बासैमा

हावा चलेको कस्लाई पो थाहा छ र यो मन जलेको
भर्खरै लोक गायनमा छिरेकी नव गायिका अनीता खड्काले अति मिठो लयमा गीत गाउँदा र गीतमा पनि प्रदेशीहरुको घरमा प्रदेशीलाई नै कुरेर बसेको शब्दहरुले रचित तथा उक्त गीतले पनि प्रदेशीका पिडाहरुलाई नै छोएको थियो ।



अति कामुक नृत्य प्रस्तु गरी दर्शकहरुलाई तताउन नायिका पवित्रा खड्का सफल भएकी थिईन् ।

नेपालका लोक तथा दोहोरी गीतमा अति चर्चामा आएका अति प्रख्यात गायक पुर्षोत्तम न्यौपानेले अति प्रचलित लोक गीत

मायाँको जातै तकडा

कहाँ देख्यौ कहाँ देखौ भईरहेने भेटे झगडा भन्ने भाकाको गीत गाएका थिए भने

धिक्कारै त फुल सिमीलाई

न त शिरमा सानुरीमै न त चढ्यौ मन्दिरमा आखिर सबले कुल्चे तिमीलाई

भर्खरै आएको नयाँ लोक गीतको भाकाको गीत प्रस्तुत गरेका थिए ।



हेर हेर पुर्वबाट झुल्किएछ घाम मैले तिम्रो लेखिसके यो छातीमा नाम बरदान बरदान

तिम्लाई के भयो तिम्लाई के भयो

भन्ने गीतमा नेपालका अती प्रख्यात तथा लोकपि्रय नायक सुसील क्षेत्री तथा भर्खरै चलचित्र क्षेत्रमा उदाएकी नव नायिका सौजन्य सुब्वाले कामुक नृत्य गर्दा दर्शकहरु पनि तालमा ताल मिलाउदै नाच्नेको भिड लागेको थियो ।



अहिलेका अति लोकपि्रय युवा तथा युवतीको ढुक ढुकीमा बस्न सफल तथा अति लोक पि्रय आधुनीक गीत दर्शकहरुसाम ल्याउन सफल गायक हिमाल सागरले

न मैले लेखे न उनले लेखीन् खै कस्ले लेख्यो आशु सरी जिन्दगीको मेरो कथा
अती लोकपि्रय आधुनिक गीत गाउँदा दर्शकह्ररुको ताली तथा सिटीले हल अती गुाजयमान भएको थियो भने यूएईबाट नै सुटिङ्गको सुरु गरिएको नेपाली चलचित्र मातृभुमीको अति मार्मिक गीत

गाउँमै नपुगेको सयौ बर्ष भयो साथी भाई आफन्तलाई नदेखेको मेरो त्यो गाउँ मेरो त्यो ठाउँ हा हा

भन्ने अति मार्मिक शब्दहरुले रचिएको गीत गाउँदा दर्शकहरु सबै स्तब्द देखिन्थे । बर्षौ सम्म गाउँमा नफर्किएको प्रदेशीको पिडाका शब्दहरुले भरिएको अति मार्मिक गीत थियो । उनको पहिलो गीतलाई वान्स मोर भन्दै धेरै दर्शकहरुको अनुरोधमा दोश्रो पटक पनि गाएका थिए ।



कार्यक्रम रोचक त्यतिबेला भयो तब स्टेजमा शिवहरी पौड्याल किरण केसी र सौजन्य सुब्बाको प्रहसन ईमरजेन्सी वार्डको प्रस्तुती आयो करिब २० मिनेटको उक्त प्रहसनले नेपालको समसामाहिक बिषयबस्तुहरुलाई समिटिएर प्रस्तुत गरिएको थियो । उक्त प्रहसनको अवधीमा दर्शकहरु पेच मिची मिची हासेका थिए तर अन्त्यमा अति मार्महिकरुपमा अन्त्य हुदा दर्शकहरु भावुक देखिन्थे । देशलाई विभिन्न सत्ताधारी तथा राजनीतिक दलहरुले बर्षौ देखी चिथरी रहेको र नेपाली आमाको चित्त दुखेको शन्देस उक्त प्रहसनले दिएको थियो ।



लोक गीतका धनी पुर्षोत्तम न्यौपाने नेपाली पहिरन दौरा सुर्वाल र ढाका टोपीको पहिरनमा स्टेजमा उपस्थित हुदा प्रवासी नेपालीहरुले तालीले स्वागत गरेका थिए भनॆ अति लोक पि्रय गीत

पुर्वैमा झ्याल राखे झल्को आउँदा भेटहुन मन लाग्दा मआउछु ख्याल राखे भन्ने भाकाको गीत प्रस्तुत गरेका थिए जसमा सौजन्य शुब्बाको अभिनय रहेको थियो र उक्त गीतमा सौजन्य सुब्बाले नृत्य पनि गरेकी थिईन् ।

मयाँले मार्र्यो दिल बिगार्यो त्यो ज्यानले पार्नु पिर पार्र्यो भन्ने भाकामा पुर्षोत्तम न्यौपाने र अनिता खड्काको दोहारी जम्दा दर्शकहरु आडैमा बसेका अन्य दर्शकहरुको पनि ख्याल नगरी कुसर्ी सार्दै नाच्नमा ब्यस्थ देखिन्थे भने अन्य दर्शकहरुले कुसर्ीबाटनै हातका तालीले साथ दिएका थिए । मध्य रातको ११ बजेको मौशममा पनि हलमा अझै रौनक छाएको थियो । एक आपसमा गीतका भाकाले घोचाघोच गरीरहर्दा र दर्शकहरुले पनि गीतको भाकामा साथ दिदा वरपरको वातावरण पनि संगितमय भएको थियो ।

आदी खोला उर्लेर आयो आउने थिईन मायाँले बोलायो भन्ने अर्को भाकाको गीतमा दोहोरी गाउँदा हलमा दर्शकहरुको नाच्ने भीडले अति रमाईलो भएको थियो भने पुर्षोक्तम न्यौपाने र अनिता खड्काले दोहोरी गाई रहदा दर्शकहरु स्टेजमा पुगेर नाचेर आफ्नो धोका पुरा गरेका थिए । दर्शकहरुको भिडले गर्दा गीत पुरा हुन नपाउदै टुग्याउनु परेको थियो भने त्यहाँ उपस्थित सेक्युरिटी गार्डले भिडलाई साम्य मार्न धौ धौ परेको थियो । उक्त प्रत्यक्ष लोक दोहोरी गीतमा संगीत भरेका थिए असिम महत र उनका साथीले ।



कार्यक्रमलाई मुख्य प्रायोजन गरेको थियो वस्टन यूनियन मनि ट्रान्सफर र सह प्रायोजन यूएई एक्सचेन्ज फ्लाई एति यरलाईन्स जिएमटी ट्राभल्स पाईनर इन्सुरेन्स नेपाली चाईनीज रेष्टुरेष्ट टिम ट्राभल्स सुपरजेट ट्राभल्स आदीले कार्यक्रमको प्रायोजन गरेका थिए ।



संस्थाका कोषध्यक्ष खिमलाल पाण्डे तथा सहकोषाध्यक्ष राधाकृण्णा पाण्डे द्धारा प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई ब्याज बितरण गरेका थिए । कार्यक्रममा दुबई लगायत दुबई आसपासका हजारौ प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । यातायात ब्यवस्थामा भिम गुरुङ्ग तथा कृष्ण सुवेदीले ठुलो सहयोग गरेका थिए । संस्थाका सचिब डोलराज काफ्लेको कार्यक्रमलाई सफल बनाउन ठुलो भुमिका रहेको थियो ।



कार्यक्रम ६ बजे सुरु हुने भनिएता पनि रातको करिव साढे सात बजे सुरु भएर करिव मध्यारतको ११ बजे कार्यक्रम समाप्त भएको थियो ।

यूएईमा केही समय यता नेपालबाटनै ख्यातीप्राप्त कलाकारहरु आएर कार्यक्रम गरिएको थिएन त्यसैले पनि यो कार्यक्रम अन्य कार्यक्रमहरुभन्दा केही सफल भएको उपस्थित दर्शकहरुको भनाई थियो भने केही अपवादहरु प्नि देखिएको थियो । कार्यक्रममा नेपालीहरुले होहल्ला गर्दा त्यहाँका सेक्युरिटी गार्डहरुलाई साम्य पार्न कठीन भएको थियो । कार्यक्रमको अन्त्य सम्म पनि दर्शकहरुको उत्तीकै भिड थियो । कार्यक्रममा दुबई लगायत दुबई आसपासका हजारौ प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । यातायात ब्यवस्थामा भिम गुरुङ्गले ठुलो सहयोग गरेका थिए ।

पहिलो कार्यक्रम साचालन संस्थाका महा सचिव तेज आचार्यले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम टिका ढकाल जितु नेपालले साचालन गरेका थिए ।