March 15, 2008

मरुभूमिमा मलाई जस्तो दुख कसैलाई नपरोस्

खेमनाथ पौडेल
यूएई
मेरो घर तनहुँ जिल्लाको बन्दिपुरको एक गाउँमा हो घरको आर्थिक स्थिति अति नै कमजोर भएको कारण २० वर्षको उमेरमा एस।एल।सी पास गरेर रोजगारीको सिलसिलामा दिल्लीतिर लागंे तर केही प्रगति गर्न सकिएन ठगिनु मात्रै पर्यो । ग्रामिण क्षेत्रका धेरैजसो जनता कृषिमा भर पर्ने हुँदा ६ महिना मिहेनत गरेर १ वर्षलाई पनि खान नपुग्ने । मेरा घर वरीपरीका साथीभाइहरु विदेश गएर राम्रो कमाई गरी बेला बेलामा घरमा आई रहेको मैले देखि रहेको थिए । मेरो परिवार पनि आर्थीक अवस्थामा अतिनै कमजोर भएको कारण म विदेश जाने योजना बनाउन थालें । एकजना छिमेकीको छोरा कतारमा थिए । उनकी श्रीमतीलाई सोध्दा भीसाहरु पठाउने गरेको जानकारी पाएँ । काठमाडांैका मेनपावरहरुबाट विदेश जाँदा पैसा बढी खर्च हुने महिनौं लाग्ने काम राम्रो नहुने आदि-इत्यादि कुरा सुन्दै आएको थिएँ । सोचंे आफ्नै छिमेकीको छोराले त त्यति विश्वासघात गर्दैनन् कि २०५८ साल तिहारतिरको कुरा हो बहिनीको हातको टीका लगाएर भीसाको बारेमा बुझ्न छिमेकीको घरमा गएँ । मलाई पनि एउटा राम्रो भीसा मगाइदिनुपर् यो । त्यसको १ महिनापछि पासपोर्टको फोटोकपी मागेबमोजिम उनका एकजना नातेदार हस्ते कतार पठाईदिएँ । आशैआशमा १ महिना घरपरिवारसँग बिताएँ । त्यसैबेला श्रीमती दुई जिउकी भएकी रहिछन् झन मेरो टाउकोमा बोझ थपिने भयो । आफू त यस्तो भइयो-भइयो अब आउने भावी सन्ततिको जिन्दगी त राम्रो बनाउन सकिएला नि भन्ने सोचंे । ३ महिनापछि भीसा आयो अलिअलि पैसाको बन्दोवस्त गरेर म र एकजना नातेदार दाजु काठमाडौं गयांै । कतारमा भएका दाजुका एकजना नाता पर्ने भाइले सबै काम गर्दा रहेछन् । काठमाडौंमा गएर करिब १ हप्ता बस्न पर्यो उनकै कोठामा बस्यांै । उनलाई सोध्दा केमा हो गएर काम गर्ने भन्दा दोकानमा हो खाएर ६०० रियल दिन्छ काम दिनको ८ घण्टा गर्नुपर्छ भन्ने कुरा जानकारीमा आयो ।
फागुन महिनाको पहिलो साता बुबा आमा श्रीमती सबैलाई रुवाउँदै बिहान करिव ८ बजे काठमाण्डौबाट कतार प्रस्थान गरे दिनको १ बजेतिर कतारको एरपोर्टमा उत्रिए । करिब ५ घण्टा प्रतिक्षा गरिसकेपछि एकजना कतारकै बासिन्दा ट्याक्सी लिएर नेपालबाट आएको यो नाम गरेको मान्छे तिमी नै हौ भन्दै आइपुग्यो बेलुका दाजुको कोठामा पुगें । उहाँ मालिकको घरमा काम गर्नुहुदो रहेछ । दाजुलाई घरबाट पठाएका पत्रहरु र अलिकति भीसाको पैसा दिएर बाँकी पैसा कमाएर दिन्छु भनंे । त्यस बेलुका रमाइलो गर्दै बितायांै दाजुले भोलि बिहानै काममा जानुपर्दछ भन्नुभयो । कस्तो होला काम कस्तो होला मालिक के काम गर्नुपर्नै होला आदि-इत्यादि मनमा अनेकौं तर्क-बितर्कहरु आए । बिहान करिब ५ बजे दाजुले आफ्नो मोबाइलबाट एक ब्यक्तिलाई फोन गर्नुभयो साउदी भाषामा । मैले बुझ्न सकिन उहाँले १ घण्टापछि लिन आउँछ भन्नुभयो । नभन्दै एउटा बडेमानको भुूडी भएको मान्छे सेतो पहिरनमा टाउकोमा रातो फेटा लगाएर आई दाजुसँग खासखुस के-के कुरा गर्यो बुझ्न सकिन । दाजुले तेरो मालिक यही हो भन्नुभयो । उसले मलाई त्यहाँबाट उठाएर करिब ५ घण्टा ट्याक्सीमा राखी धेरै टाढा पुर्यायो । त्यो बडेमानको मान्छेले एउटा टिनले बारेको झुप्रोमा नेपालमा गाई गोठजस्तो लगेर राख्यो । दोकानमा काम गर्ने हो भनेर ढुक्क भएको थिएँ तर एक्कासी त्यहाँ पुग्दा होश हरायो । नेपालीहरु कोही पनि रहेनछन् । करिब ५०० जति भेडाबाख्रा मात्र रहेछन् । उसले हातले इशारा गर्यो भोलिदेखि तेरो काम यही बाख्रा हेर्ने हो भनेर । नितान्त एक्लै त्यो मरुभूमिमा त्यति धेरै बाख्रा हेर्नुपर्ने कुरा सुन्दा एकपटक छाँगाबाट खसेजस्तो भएँ जिन्दगीलाई धिक्कार्न पुगें । त्यहींदेखि मेरा दुःखका दिन शुरु भए । बिहान ५ बजे त्यो छाप्रोबाट बाख्राहरु खेदेर तातो न तातो मरुभूमिमा डुलाउनुपर्ने बाख्रा लिएर धेरै-धेरै टाढासम्म जानुपर्ने । त्यसरी जाँदा कहिले कुन ठाउमा बास बस्नुपर्ने कहिले कुन ठाउमा । बेलुका सुत्दा एउटा पाल थियो त्यही टाँगेर सुत्थंे रातभरि बाख्रा हराउला भन्ने डर यसैक्रममा दाङका एकजना दाजुलाई भेटें । उहाँ पनि यस्तै तरिकाले आउनु भएको रहेछ । केही दिनपछि उहाँसँग पनि छुट्न बाध्य भएँ । १ महिना बित्यो । मालिकले तलब दिन आउला भनेर दिन गन्न थालें । महिना बितेको १० दिनपछि मालिक आयो ।त्यतिबेलासम्म अलि अलि भाषा बुझ्न सक्थें । मालिकले आएर सबै बाख्रा हेर्न थाल्यो । बाख्रा अलि दुब्लाएको देखेर मलाई कराउन थाल्यो । जिन्दगीमा अझसम्म कसैलेपनि त्यसरी कराएको थिएन आँखाबाट आँशु चुहाउन बाध्य भएँ । पैसा देला भनेको त उल्टै कराएर गयो । उसले भन्यो- ुतँलाई महिनाको ३ सय मात्र दिन्छु त्यही पनि ५ महिनापछि । तेरो दाजुले मबाट १००० रियल लिइसकेको छ उसले यो मान्छे राम्रो छ । तलब थोरै दिएपनि काम गर्दछ भनेको थियो ।ु ऊ त्यति भनेपछि त्यहाँबाट अर्को महिनामा आउने भनी गयो । दिउसो भोक लाग्दथ्यो बाख्रालाई ल्याएको जौ गहु काँचै खान्थें । यस्तो दुःख भोग्नु भन्दा त नेपालमै फर्केर खेती किसान गरी बस्नु बेस् भनी सोचें तर त्यसो गर्नु सम्भव थिएन । आज विदेश आएको पनि दुई महिना बितिसक्यो न घरमा पत्रहरु पठाउने माध्यम छ न त कसैलाई फोन गर्ने उपाय नै । घरको साह्रै याद आउन थाल्यो । ३ महिनापछि मलाई साचो भएन । बाख्रा हेर्न जाँदा कहिलेकाहीं मरुभूमिमा सुतिदिन्थंे । बाख्रा कता जान्थे कता । एकदिन त्यसै समयमा मालिक आइपुग्यो म सुतिराखेको थिएँ उसले आएर मलाई कराउन थाल्यो । मैले अब म काम गर्न सक्दिन नेपाल फर्कन्छु भनंे । त्यसदिन रिसको झोंकमा उसले मलाई मज्जाले पिट्यो । म सार्है रोएँ कराएँ गुहार मागें तर कतैबाट पनि सहयोग पाउन सकिन । घरबाट आएको ५ महिनासम्म त्यसरी नै बिताए । गाउँको दाजु त कहाँ हो कहाँ उनले त अरु कैयौंलाई यसरी नै माकुराको जालमा पारिसकेका रहेछन् । साथमा १ बंगाली साथीपनि आए त्यहि काम गर्न । ५ महिनापछि मैले २ दिन काम गरिन मालिकले थाहा पाएर नराम्रोसँग पिट्यो । शायद त्यसदिन मलाई सारैनै पिट्यो तर केहि नराम्रो भएन । त्यहाँबाट भागेर एकजना नेपाली दाजुलाई भेटंे तर के गर्ने मसँग केही थिएन । उनले सम्झाए- फेरि मालिककहाँ नै जाऊ पासपोर्ट कागज केही पनि छैन पुलिसले समातेमा जेल हाल्छ भने । बरु जेलको जिन्दगी नै राम्रो भन्ने सोचें तर मन मानेन र फेरि काममा गए । उसले पहिलाको भन्दा झन बढी दुःख दिन थाल्यो । एकदिन भागेर नेपाल जान्छु भनी हिडे तर पुलिसले समात्यो । पुलिसलाई काम गर्ने मालिकको ठेगाना बताए । प्रहरीले ८ दिन थुनामा राखेर मालिकलाई बोलायो । मालिकले आफै काम गर्न नसकेर भागेको हो भन्यो । त्यसपछि मैले नेपाल जान्छु प्लेन भाडा र पासपोर्ट देऊ भनंे । ६ महिना काम गरेर १ रुपैयाँ पनि पाएको थिइन । प्रहरीले मालिकलाई कि त काममा लगाइदे कि ६ महिनाको तलब दिएर पठाइदे भन्यो । मालिकले बल्लबल्ल टिकट र पासपोर्ट दियो । नेपाली दाजुभाइको सहयोगले नेपाल फकर्ंे ।विदेश उड्दाको दिन मनभरी अती धेरै सपनाहरु सजाएर उडेको थिए । फर्कने बेलामा बुवा आमा भाइ बहिनी जिवन संगिनीलाई नयाँ लुगा ल्याईदिने छु । बेला बेलामा बुवा आमा तथा श्रीमतीलाई पैसा पठाईदिने छु भन्ने तर आज फर्कने बेलामा मसँग केवल मेरो एक सरो लुगा र त्यहि मेरी संगिनीले किनिदिएको थोत्रो झोला मात्र छ । अब म के गरौ गाउँ जाउ कि कता जाउँ घरमा जाउँ त के मुख देखाएर जाउ नजाउ त ………………॥
कति ठूलो आशा र भरोसा लिएर विदेश गएको थिएँ सातै महिनामा रित्तो फर्कंदा कस्तो-कस्तो भयो । एक मन सोचंे कसो बाँचेर आइयो । काठमाडौंमा आएर उही मलाई पठाउने भाइलाई सम्पर्क गरंे । उनले पनि ५-६ जना उनै दाजुले पठाएको भिसामा मान्छे पठाइसकेका रहेछन् । सबै कुरा खोलें उनले तत्काल दाजुलाई फोन गरेर बताएँ तर केही लागेन । उनले आश्वासन मात्र दिए तिमीलाई मेरै पैसा हालिदिएर भए पनि विदेश पठाउछु । काठमाडौं आएर घरमा जान सकिन । कहाँ जाउष कहाँ जाऊँ भयो । झोला पासपोर्ट सबै उही भाइको कोठामा राखेर हिँडे एउटा साँस्कृतिक कार्यक्रममा कुचिकारको काम गर्न थालै । करिब ३ महिनाको अन्तरालपछि फेरि यू।ए।ईको लागि भीसा आएको छ । एक मन त धेरै नै डर लाग्यो पहिलाको जस्तै हुने हो कि भनेर । तर म बाध्यतामा परेको थिएँ- घरमा जाऊ त के मुख देखाएर जाऊ । जागिर खाऊ त त्यति राम्रो योग्यता छैन । पैसा सबै उनै भाइले हालिदिए । उनी बानेश्वरमा कम्युनिकेशन चलाएर बस्दा रहेछन् । मेरो साथमा म्याग्दीका २ जना अरु पनि थिए । काम ठिकै छ भन्ने थाहा पाएँ । नेपाल छोड्दाको दिन मलाई पठाउने भाइले खबर ल्याएका रहेछन्- घरमा मेरी श्रीमतीको डेलिभरी भएछ । छोराको बाबु भएछु गहभरि आँशु िलंदै उही छोराको भविष्य सुधार्ने कल्पनासहित फेरि पहिलाको घट्ना सम्झदै यू।ए।ई तिर लागेँ । यो कथा सत्य घटनामा आधारित छ कसैको जिवनमा मेल खान गएमा म क्षमापार्थी छु ।


Free Tibet

यो शब्द उच्चारण गर्न जति सजिलो छ त्यसको भाव उत्तिकै गहिरो छ। हिप्पीहरु "Free Tibet" लेखिएको टि-सर्ट लगाएर गांजामा लठ्ठीएर घाम ताप्दै सुतेको देख्दा लाग्छ तिब्बत सित्तैमा घुमेर यसै गरेर दंगदास भएर सुत्नु हो। पर्यटकबाट अर्थतन्त्रमा ठुलै टेवा पुगेको तिब्बतमा यो नारा हिमकाय देशको त्रासले फिरन्तेको टि-सर्टमा सिमत हुन पुगेको छ।
आधी शताब्दी अघीबाट आफ्नो पहिचान गुमाएको तिब्वत हिजो आज बर्षमा १ पटक अझै चर्चामा आउने गर्छ। तर यस पटकको चर्चा भने लामै समयसम्म रह्यो। अझ भन्नु पर्दा आजको दिन सम्म तिब्वतको खबरले समाचारमा ठाउ ओगटिरहेकोछ। करिब करिब यो खबरबाट बेखबर नेपाली पत्रिका नेपालकै शहरहरुमा आफ्नो देश मुक्त गराउन पहल गरिरहेका तिब्तिय शरणार्थीहरुले नेपालमा पर्दशन गर्न पाउछन र, बहश गर्दैछन नेपाली जनता। दु:खको कुरा नेपालकै पहिचान भारी भइरहेको देशमा आफ्नो देशको पहिचान खोज्दैछन तिब्बतीहरु।करिब ४९ बर्ष पहिले तिब्बतको पूर्वी भुभाग चाम्डो हडपेर त्यस पछी १७ बुदे सम्झौता गेरर त्यही सम्झौतालाइ पासो बनाउदै सारा तिब्बतलाइ चिनले हडपेको थियो। तिन दिन सम्म चलेको चिनिया र तिब्बतीबिचको लडाइमा २००० तिब्बतिले ज्यान गुमाएका थिए। समर्थन बिरोध सधै हुने नै गर्छन। त्यतीबेला पनि तिब्बतका राष्ट्र प्रमुख दलाइ लामाले अमेरिका,बेलायत,भारत,रुस आदी देशसंग संरक्षणको लागी हार गुहार गरेका थिए। सुनुवाइ कतै भएन,चिलले कुखुराको चल्ला च्यापेर आकाशमा उढे जस्तो सबैले हेरी मात्र रहे। कुखुराको चल्ला चिल्लाए जस्तै चिल्लाउनु बाहेक शान्त तिब्बतीहरुको अरु उपाए केही रहेन। छानी छानी माओका सेनाले सताउदै गए, बाउलाइ बाधेर छोरालाइ बन्दुकले मार्न लगाए। साना साना तिब्बती बालकलाइ परिवार नियोजन गरियो। यातनाको सिमा रहेन। कति जिउदै जलाइए, कति म्रत्यु र जिबनको दोसांधमा सास धान्दै बांचे। जिउदै आफ्नो अगाडी म्रत्यु नाचेको देख्नु भन्दा पहाड काटेर दक्षीण झर्नु स्रेयसक्कर ठाने। दक्षीणको यात्रा त्यती सजिलो थिएन, हिम पहाड काट्दा ज्यान नै जोखीमा हुन्थयो तर जिउदै मारिनु भन्दा पहाडमै मर्न रोजे र नेपाल तथा भारतमा शरणार्थी बन्न पुगे। कैयौं दिनको उकालो र ओरालो, हिउ बग्ने खोला र खानेकुराको अभाव, धेरै बुढा बुढिले हिम पहाडमै अन्तिम आराम गर्ने ठाउ बनाए। आफ्नै प्रियजन अनकन्टार पहाडमा संसार छोड्दा मरेका लाशलाइ ढुगांले थिचेर छोडेर जान्थे आफ्न्तहरु। केहि समय यता उता भएको चिनिया सेनाको गोलीको शिकार बन्नुपर्थ्यो।सिमा सुरक्षा निकै कडा थियो। दलाइ लामाले तिब्बत छोड्दा त हेलीकप्टर लगाएरै खोजी गरिएको थियो। उनको हत्या गर्न पोतला दरबारमा नै आगो लगाइको थियो र भोली पल्ट चीनिया सेना जलेका मान्छेलाइ उत्तानो पार्दै दलाइलामा हुन कि होइनन जाच्दै हिडेका थिए। तिब्बत छोडेर नेपाल पस्दा देउरालीमा उनिहरुले कपडा बाधेर जान्थे जस्को अर्थ हुन्छ "Free Tibet"। म्रित्युसंगै जुधेर देश पार गर्दा पनि अन्तिममा देशलाइ मुक्त गर भन्न कहिलै भुलेनन तिब्बतीहरुले।
अहिले चिन विश्वमा ठुलै हैसियत राख्ने मुलुक भएको छ। तर चिन जबरजस्ति हडपेको तिब्बतलाइ आफ्नै हिस्सा ठान्छ भने सारा विश्व चिनकै मौन समर्थन गरिरहेको छ। इसं १९४९ मा तिब्बत छुट्टै देश भनेर अनुमोदन गरेको छिमेकी राष्ट्र नेपाल पनि चिनिया आर्थिक सहयोगको प्रोभोलनमा तिब्बत समस्या चिनको आन्तरीक मामला भनेर पन्छिने गरेको छ। तर फेरी तिब्बतीहरु तिब्बत गुमेको ४९ बार्षिकीमा जुरमुराएका छन तिब्बत खोज्न। खुला देशको रुपमा चिनीन २९औं ओलम्पिक आयोजना गर्नेलागेको चिनलाइ यस पटक भने तिब्बती आन्दोलनले सारै अप्ठ्यारोमा पारेको छ। जतीसुकै शक्तीसाली देश होस, त्यो भन्दा शक्तीसाली जनता हुन्छन। आफ्नो शक्ति खेर जान नदिइ सहि प्रयोग गर्दै गएमा एक दिन तिब्बत पक्कै पनि चिनबाट मुक्त हुनेछ।





March 14, 2008

इराकको यात्रा म आफैले लेखे - राम प्रसाद पन्त अन्जान बनबासी

इराक आउने मेरो घरमा कुरा चल्छ तिहारको भाइटिकाको दिन देखि तर त्यो भन्दा पहिले मेरो भाइ आईसकेकोले कुरा चल्थ्यो तर म त्यसबाट सधै टाढा रहन्ो गर्दथें । तर जब भाइटिकाको दिन मामा मेरो घरमा आउनु भएको थियो त्यस्ौदिन मामाले मलाई मेरो आउने जिन्दगी यात्राहरुको बारेमा केहि कुराहरु भन्नु भयो र छिटै काठमाडौंमा मलाई भेट्नु भनि फर्किनु भयो । मलाई काठमाडौमा मामालाई भेट्न कठिन भने थिएन किनकी म काठमाडौंमा नै देश र समाजलाई केहि गर्दछु भनेर नेपाली समाजलाई केहि दिन सक्छु कि भनेर लागि परेको थिए म । जननी जन्मभुमिश्व च्ा स्वर्गदपि गरियसि हो भनाईको पछि पछि हिड्ने गर्दथे म अनि मलाई देशले के दियो होईन कि मैले देशलाई के दिन सके भन्ने गर्दथे म मेरा सहयात्री अनि सहकर्मीहरुसंग तर समय परिवर्तनशील छ परिवर्तनशील समयसँग परिवर्तन हुन नजान्ने मान्छे तथा कुनै पनि बस्तुको अस्थित्तव नै समाप्त भएर गएको कुराहरु त इतिहास नै सा´ी छदै छ ।
विदेश जाने रे म पनि मन भारी हुदा हुदै पनि राहदानी बनाउन जिल्ला सदरमुकाम तिर जान्छु अनि राहदानी बनाई राजधानी मामाको घरमा गएर मामालाई राहदानी ज्ािम्मा लगाई म आफ्नो अफिसतिर जान्छु तर पनि जानु त छदैछ भनि मनलाई शान्त बनाई तयारीमा जुट्छु । मामाले भन्नुभएको थियो कि राहदानी दिएको १५ दिन भित्रमा जानु पर्छ भनेर मसँग मेरो गाँउ नजिकैको साथी पनि जाने रे भनेपछि रमाईलो लागेको थियो । हामीलाई मेनपावरको अफिसमा पनि जान दिईएन । कुन मेनपावरबाट जाने हो पनि थाहा थिएन । त्यस्तैमा पुष २४ गते बिहान मामाले मेरो मोबाईलमा फोन गरि जान जानु पर्ने भयो हातमा एउटा ´ाेला मात्र लिएर आउनु केहि पनि पर्दैने ११ बजे भित्रमा एयरपोर्ट जानु पर्छ तिमी ट्क्सी लिएर धोविधाट नजिकै रहेको नयाँबाटोमा आउनु भनेपछि एक्कासी आएको फोनले म के गरु के नगरु भई छट्पटाए पनि आफूसँग भएको जॆ समान थियो त्यहि लिएर हिडे विदेश यात्रा शुभारम्भ गर्दै । मामालाई नयाँबजारमा पुगेर भेटे अनि मेनपावर तिर लागे त्यहाँ पगेर थाहा भयो कि हामी त १२८ जना पो जाने रहेछ भनेर तर तिनीहरुले कसैलाई कतार हुदै कसैलाई नयाँढिल्ली हुदै कसैलाई कुवेत हुदै र कसैलाई सिधै दुवई यस्तो रुट मिलाएर २ दिन भित्रमा १२८ उडानले योजना बनाएका रहेछन् सबै जना भने १० जनवरीको दिन दुबईको टर्मिनल २ को १३ र १४ भेट गर्ने र केहि परेका दुबईको एक दलाललाई फोन गर्नु भनि कसैलाई १०० दिनार त कसैलाई भने फोन मात्र गर्नु भनि त्यहाँबाट ११ बजे हामीले आ-आफुले ट्क्सी लिएर हिड्यौं । आमा जन्मभुमि अनि साथीभाइहरुलाई छोडि हामी नयाँढिल्ली पुगौं । १६ घण्टाको कठिन पखाई पछि हामी दुबई पुयौं ९ जनबरी बेलुकी ५ बजे तिर अनि हामीले दलाललाई फोन गर् यौ उसले भन्यो कि च्ािन्ता नलिनु ३ जना भन्दा बढी एक ठाउमा नबस्नु अनि आफ्नै साथीहरुसँग पनि इराकको बारेमा धेरै कुराहरु नगर्नु धेरै हिडि नरहनु तँपाईहरुलाई विहान ५ बजे लिन कोहि आउछ भन्दै फोन राखिदियो त्यसपछि जे जस्तो भनेको थियो हामीहरुले तेहि नै गरौै र विहान ५ बजे तिर हामीलाई लिएर एउटा केटी अगाडि हिडिन् भने हामीहरु भने उसले जे गर भन्यो त्यहि गयौं त्यसपछि भने हामी बलाद बेसक्यापमा १० जनबरीको दिन बेलुकी ६ बजे पुगेपछि अमेरिकन आर्मीले हामीलाई जाँच गरेपछि हामीलाई सम्बधित कम्पनीले हामीलाई लिएर गयो । हामी धेरै थाकेको थियौ त्यसैले खाना खाएर केहि नेपालीहरुसँग परिचय गर्दै हामी त्यसदिन भने सुत्यौं । भोली पल्ट हामीलाई कम्पनीले एक बस्रे सम्´ाैता पत्रमा हस्तक्षर गर्न भनि बोलायो तर हामीहरु कोहिले त दुबई कोहिले हवाईजहाजमा गरेर सम्´ाैता पत्रमा हस्ताक्षर गरिसकेका थियौ तर कोहि साथीहरुले भने दलाल ले जुन काममा पठाएको हो त्यो काम भन्दा अरु नै परेपछि अनिहरुले भने हस्ताक्षर गरेको थिएनन् केहि बेरको छलफल पनि हामीहरुलाई जसले जुन काममा सम्´ैता गरेको छ हामी त्यहि काम दिन्छौ तर हामीले लिएको सम्बन्धित काममा लिएको परिक्षामा सफल भएको खण्डमा मात्र काम दिने भने पछि हामीहरु त्यसपछि मानसिक दबाबमा आयौंं कसैले सिधै दलाललाई फोन गर्ने तिर लागे म भने मानसिक दबाबका बाबजुत पनि हुने भनिएको परिक्षाको तयारीमा लागे १३ जनवरीको दिन हामी सबैलाई परिक्षाको निम्ति गयौं आ-आफ्नो परिक्षा दिएपछि केहि भने सफल भएछन् केहि भने असफल । सफल हुने लागि फेरि पनि अर्काे परिक्षा दिनुपर्ने भयो अब भने केविआरमा थियो हाम्रो परिक्षा केविआर भन्ने एउटा कम्पनि रहेछ हामीहरुले त्यहि कम्पनिको मुनि बसेर काम गर्नु पर्ने रहेछ हामीलाई त्यसबेला थाहा भयो कि हामी बसेको कम्पनि त कामदार मगाउने र केबिआर लागि दिने काम पो रहेछ । म भने बमुष्ल बकक। मा थियो सायद मेरो कम्प्युटर र अंग्रेजीमा राम्रो दखल हुदाहुदै पनि परिक्षा भने कठिन रुपमा नै पास गरियो र लामो श्वास फेरे । तर यहाँ भने सबै कामदार लागि अंगे्जी अनिवार्य रहेछ तर हामीलाई भने दलालले यसको बारेमा खासै कुरा गरेको थिएन । हामीलाई कमाई राम्रो हुन्छ र काम सजिलो हुन्छ भनेको थियो त्यसैले हामीले २ लाख ५० हजार तिरेर ईराक आएका थियौ हामी प्राय सबै २ लाख पचास हजार तिरेर आएका थियौ तर यस्ता साथीहरु पनि थ्ािए कतिले कम तिर भने कतिले बढि पनि तिरेका दिए । अहिले हामीहरुको दिनचार्य भनेको अफिसबाट कोठामा अनि कोठाबाट अफिस मात्र भएको छ । हामीले १३ घण्टा काम गर्नु पर्ने हुन्छ । त्यसमा १ घण्टा भने विश्राम त्यसै समयमा खाना पनि खानु पर्ने हुन्छ । काम भने क्षेत्र हेरेर कठिन र सजिलो छ । केहि कठिन ठाउमा परेको छन् भने कोहि सजिलो ठाउमा परेका छन् । यहाँ कठिन भनेर फोहोर पोल्नेमा गार्ड र ठाउ अनुसारको लेबरलाई पनि । कहिलै नगरेको काम जस्तो लाग्छ यहाँ नेपालीहरु भने विभिन्न ठाउँमा काम गरेको मैले पाए जस्तो कि बमुष्ल बकक। अयलखभथ मचष्खभच बिदयच भ्भिअतचष्अष्बल ऋबचउभलतचथ धभमिष्लन अययप क्भअगचष्तथ न्गबचम ऋगिकतभच आदि प्राय सबै ठाउहरुमा नेपाली कामदारले काम गरेको पाए मैले । हामी नेपालीहरु जहाँ पनि कर्तव्यलाई ठूलो मान्भएर होला नेपालीहरुलाई सबैलाई माया गर्ने गरेका त्यसैले होला नेपाली भने पछि अरु राष्ट्रका कामदारहरु भन्दा राम्रो हुन्छ भन्ने यहाँका मानिसहरुलाई परेको रहेछ त्ोहि भएर पनि होला नेपालीहरु पनि आफुले पाएको कामदार ईमान्दार भएर गरेको पाए । काम सजिलो भए पनि एउटा पनि गल्ति माफि नहुने भएकोले त्यसमा भने नेपाली हामी सबै नेपालीहरु सचेत रहन्छौ यहाँ एउटा गल्तीको सजाय भनेको सिधैं नेपाल पठाई दिने कानुन रहेछ । नेपाली मात्र नभए र सबै देशमा कामदारहरुमा लागु हुन्छ यो नियम । यहाँ काम सजिलो तर यहाँको निति नियममा भने बस्न साहै ने कठिन रहेछ सम्पूर्ण कामदारहरुलाई एक गल्ति भेटेमा उक्त कामदारलाई आफ्नो देश फिर्ता पठाउने यहाँको नियम रहेछ । यस्तो सजाय यहाँका कामदारले बेला बेला पाएको जानकारी पाउदै पनि गरिन्छ । अफिस समय भन्दा बाहिर सुत्नेहरु सुतिरहेको हुन्छ भने तासलाई नै आफ्नो दोस्रो जिवन बनाएकाहरु भने तासमा नै रमिरहेका हुन्छन् यसै क्रममा यसले यति जित्यो अनि यसले यति हारेछ भन्ने खबरहरु पनि आई नै रहन्छन् । खाना बन्नको राम्रो प्रवन्ध भए पनि अस्पतालको राम्रो व्यवस्था नहुदा आफ्नो शरिरको सुरक्षामा अनि धरै जोड दिने गर्नछन् यहाँका नेपाली अनि अरु कामदारहरु पनि । यस्तै यस्तै गरेर बिताछन् यहाँ नेपालीहरु र यसै माहोलमा रमेको हुन्छु म पनि आज म आएको पनि आज दूई महिना हुन पो लागेछ भने त्यसैले त समय परिवर्तनशील छ ।

यसबाट कसैलाई कहि समस्या हुन गयो भने क्षमा माग्दछु । यो मेरो केबल व्यक्तिगत भोगाईहरु मात्र हुन् ।





March 13, 2008

गजल - आदेश

टोडन फोडन खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु

बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु

बाटो पर्दा कतै नजर पर्ला घरमा भनी
सुकुमबासी भै भात्किएको छानो पठाकोछु

सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पाठाकोछु

बधाई र कामना मेरो कोशेली तिमीलाई
आसुले रुझ्दै लेखेको अन्तिम पानो पाठाकोछु


ब्रतबन्धको रत्यौली

नपढने बिद्यार्थीलाई जसरी परिक्षा नजिक आउँदा डर लाग्छ जनताको विश्‍वास नभएका दललाई पनि चुनाव नजिक आउँदा त्यस्तै भयले गाल्छ ।

प्रसंग नेपालमा हुन लागेको संबिधान सभाको चुनाव र माओबादी दलकै हो, हिजोको हिमाल खबर.कम मा "प्रचण्डको चेतावनि" शिर्षक दिएर यौटा समाचार छापिएको छ । कुरो घुमाएपनि, सिधा भने पनि समाचारको सारले के देखाँउछ भने कामरेडहरुलाई नजिकिदै गएको चुनाबले सातो लिएको छ। त्यसैले अझ पनि कुनै न कुनै बहानामा चुनाव सार्ने भरमग्दुर प्रयासमा छ माओबादि ।

जन-युद्ध, जन-मुक्ति वा मुखको बोलिमा जेसुकै भनिए पनि माओबादिको अहिले सम्मको कार्य केबल, जन-हत्या, जन-शोषण र जन-दबाबमै बढि देखिएको छ । अर्को रमाईलो कुरा चाँहि प्रचण्ड र बाबुरामले गिरिजा कोईरालासंग भेट्दा "शहीद तथा बेपत्ता परिवारलाई राहत दिनुपर्ने" माग पनि राखेछन्। आफुले कब्जामा लिएका जनताका घर-बारी र सम्पति अझै फिर्ता नगरेका गुटलाई यसरी 'सहिद' र 'बेपत्ता परिवारलाई राहत दिनुपर्ने' माग राख्दा सुन्नेहरुलाई निक्कै लज्जा महशुस भएको हुनुपर्छ ।

जे होस, जे जस्तो माग वा अटको थापेर भए पनि माओबादी नपढ्ने बिद्यार्थीले परिक्षा सार्न जे जति जुक्ति लगाउँछन त्यत्तीनै तिडकम लगाएर चुनाव पछाडी सार्ने निहुमा पुगेको बिस्तारै भान हुन थालेको छ।

बोली र 'गँजडी गफ' मा ८०% नेपाल हाम्रो कब्जामा छ भने पनि साँच्चै चुनाव आउँदा ८% भोट पाउन पनि गार्‍हो हुन्छ, यो कुरो हालैको तराई आन्दोलन पछि पनि कामरेडहरुलाई प्रष्ट भएको हुनु पर्छ । जनता कतिबेला, कसरि र केबाट आन्दोलित र परिचालित हुन्छन भन्ने कुरो हाम्रो जस्तो शिक्षामा पछाडि रहेको देशमा सजिलै भन्न सकिने कुरो होईन । त्यसैले आफुहरुले बिगतमा गरेका कूकर्म सम्झेर भोट पाउने आशा गुमाउदै जादाँ कामरेडहरुले गर्न सक्ने अन्तिम काम भनेको कुनै न कुनै बहानामा चुनाव भाँडनु नै हो ।

फेरि सुनिन्छ आजकल काठमाणडौका भित्ताहरु प्रचण्डलाई राष्ट्रपति बनाउने नाराले भरिएका छन, अब यो केबल संबिधान सभाको मात्रै चुनावहो र यसले प्रधान मन्त्री वा राष्ट्रपति छान्ने होईन भन्ने बारेमा राष्ट्रपतिका दाबेदारलाई समेत थाहा नभएको हो की, नत्र कहिले संबिधान सभाको चुनाव गर्ने कहिले नया संबिधान लेखिने अनि फेरि कहिले हो त्यो नयाँ संबिधान अनुशार राष्ट्रपतिय चुनाव हुने???।

अहिले केवल संबिधान सभाको चुनाव मात्रै हुन दिनुहोस, त्यसपछि जनताको मन जित्ने केहि गरेर देखाउनु, अनि बिस्तारै राष्ट्रपतिय चुनाव भएछ भने उठेर जित्नु होला तर यसरी ब्रतबन्धमा रत्तेली खेल्दैमा कहाँ बेहुली पाईन्छ हो?।

जसरी ब्रतबन्ध गरिसकेपछि मात्रै बिहे गरिन्छ त्यसरी नै नया संबिधान बनेपछि मात्रै राष्ट्रपतिको चुनाव हुन्छ, त्यसैले हतार नगर्नोस‍ । नपढने बिद्यार्थी परिक्षा देखेर तर्से जस्तो गरेर केहि हुन्न राष्ट्रपति बन्ने त्यस्तो रहर छ भने कमसेकम संबिधान सभाको चुनाव त हुन दिनुहोस् ।

जसरी ब्रतबन्धको बेलामा रत्यौली खेले पनि, कसार खाए पनि, जग्गे नै गाढे पनि त्यो भिन्दै संस्कार हो र ब्रतबन्धमा दुलहि पाईदैन, त्यसरि नै अहिले चुनावै भए पनि, भोटै हाले पनि यो केवल संबिधान सभाको चुनाव मात्र हो यसले राष्ट्रपति पक्कै छान्दैन आत्तिएर हुदैन कामरेड धैर्य गर्नुस ।



March 12, 2008

गजल - समय

परपर सम्म उज्यालो छर्छु भन्थ्यो,मन्दिरामा बलेको दियो
आधि बेहरी ठुलै चली भागा भाग ,शहरमा चलेको थियो
पूरानो भएर हो कि सिङौरी खेलेर हो धुजाधुजा भयो रे
टाल्नै नसक्ने भो अनगिन्ती प्वाल ,बिचरो त्यो गलेको सियो
कागत भरी खोइ के के कोरी माटो रोप्छु भन्थे रे कोही कोही
टोक्नु न बोक्नुको फल फलेछ आज ,चाहेरै फलेको कि यो
दांईको बेला आयो अब अन्नबाली राम्रो सित भित्र्याउनु छ
गोरुहरु छाडा भए टेठो चाहियो, गाढन त्यो ढलेको मियो
कहिले दयामा ,कहिले मायामा बल्लबल्ल बटुलेको पैचो
के पकायो के बाड्यो भान्छेले किन होला,कसैले नि नलेको चियो