March 13, 2008

गजल - आदेश

टोडन फोडन खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु

बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु

बाटो पर्दा कतै नजर पर्ला घरमा भनी
सुकुमबासी भै भात्किएको छानो पठाकोछु

सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पाठाकोछु

बधाई र कामना मेरो कोशेली तिमीलाई
आसुले रुझ्दै लेखेको अन्तिम पानो पाठाकोछु


ब्रतबन्धको रत्यौली

नपढने बिद्यार्थीलाई जसरी परिक्षा नजिक आउँदा डर लाग्छ जनताको विश्‍वास नभएका दललाई पनि चुनाव नजिक आउँदा त्यस्तै भयले गाल्छ ।

प्रसंग नेपालमा हुन लागेको संबिधान सभाको चुनाव र माओबादी दलकै हो, हिजोको हिमाल खबर.कम मा "प्रचण्डको चेतावनि" शिर्षक दिएर यौटा समाचार छापिएको छ । कुरो घुमाएपनि, सिधा भने पनि समाचारको सारले के देखाँउछ भने कामरेडहरुलाई नजिकिदै गएको चुनाबले सातो लिएको छ। त्यसैले अझ पनि कुनै न कुनै बहानामा चुनाव सार्ने भरमग्दुर प्रयासमा छ माओबादि ।

जन-युद्ध, जन-मुक्ति वा मुखको बोलिमा जेसुकै भनिए पनि माओबादिको अहिले सम्मको कार्य केबल, जन-हत्या, जन-शोषण र जन-दबाबमै बढि देखिएको छ । अर्को रमाईलो कुरा चाँहि प्रचण्ड र बाबुरामले गिरिजा कोईरालासंग भेट्दा "शहीद तथा बेपत्ता परिवारलाई राहत दिनुपर्ने" माग पनि राखेछन्। आफुले कब्जामा लिएका जनताका घर-बारी र सम्पति अझै फिर्ता नगरेका गुटलाई यसरी 'सहिद' र 'बेपत्ता परिवारलाई राहत दिनुपर्ने' माग राख्दा सुन्नेहरुलाई निक्कै लज्जा महशुस भएको हुनुपर्छ ।

जे होस, जे जस्तो माग वा अटको थापेर भए पनि माओबादी नपढ्ने बिद्यार्थीले परिक्षा सार्न जे जति जुक्ति लगाउँछन त्यत्तीनै तिडकम लगाएर चुनाव पछाडी सार्ने निहुमा पुगेको बिस्तारै भान हुन थालेको छ।

बोली र 'गँजडी गफ' मा ८०% नेपाल हाम्रो कब्जामा छ भने पनि साँच्चै चुनाव आउँदा ८% भोट पाउन पनि गार्‍हो हुन्छ, यो कुरो हालैको तराई आन्दोलन पछि पनि कामरेडहरुलाई प्रष्ट भएको हुनु पर्छ । जनता कतिबेला, कसरि र केबाट आन्दोलित र परिचालित हुन्छन भन्ने कुरो हाम्रो जस्तो शिक्षामा पछाडि रहेको देशमा सजिलै भन्न सकिने कुरो होईन । त्यसैले आफुहरुले बिगतमा गरेका कूकर्म सम्झेर भोट पाउने आशा गुमाउदै जादाँ कामरेडहरुले गर्न सक्ने अन्तिम काम भनेको कुनै न कुनै बहानामा चुनाव भाँडनु नै हो ।

फेरि सुनिन्छ आजकल काठमाणडौका भित्ताहरु प्रचण्डलाई राष्ट्रपति बनाउने नाराले भरिएका छन, अब यो केबल संबिधान सभाको मात्रै चुनावहो र यसले प्रधान मन्त्री वा राष्ट्रपति छान्ने होईन भन्ने बारेमा राष्ट्रपतिका दाबेदारलाई समेत थाहा नभएको हो की, नत्र कहिले संबिधान सभाको चुनाव गर्ने कहिले नया संबिधान लेखिने अनि फेरि कहिले हो त्यो नयाँ संबिधान अनुशार राष्ट्रपतिय चुनाव हुने???।

अहिले केवल संबिधान सभाको चुनाव मात्रै हुन दिनुहोस, त्यसपछि जनताको मन जित्ने केहि गरेर देखाउनु, अनि बिस्तारै राष्ट्रपतिय चुनाव भएछ भने उठेर जित्नु होला तर यसरी ब्रतबन्धमा रत्तेली खेल्दैमा कहाँ बेहुली पाईन्छ हो?।

जसरी ब्रतबन्ध गरिसकेपछि मात्रै बिहे गरिन्छ त्यसरी नै नया संबिधान बनेपछि मात्रै राष्ट्रपतिको चुनाव हुन्छ, त्यसैले हतार नगर्नोस‍ । नपढने बिद्यार्थी परिक्षा देखेर तर्से जस्तो गरेर केहि हुन्न राष्ट्रपति बन्ने त्यस्तो रहर छ भने कमसेकम संबिधान सभाको चुनाव त हुन दिनुहोस् ।

जसरी ब्रतबन्धको बेलामा रत्यौली खेले पनि, कसार खाए पनि, जग्गे नै गाढे पनि त्यो भिन्दै संस्कार हो र ब्रतबन्धमा दुलहि पाईदैन, त्यसरि नै अहिले चुनावै भए पनि, भोटै हाले पनि यो केवल संबिधान सभाको चुनाव मात्र हो यसले राष्ट्रपति पक्कै छान्दैन आत्तिएर हुदैन कामरेड धैर्य गर्नुस ।



March 12, 2008

गजल - समय

परपर सम्म उज्यालो छर्छु भन्थ्यो,मन्दिरामा बलेको दियो
आधि बेहरी ठुलै चली भागा भाग ,शहरमा चलेको थियो
पूरानो भएर हो कि सिङौरी खेलेर हो धुजाधुजा भयो रे
टाल्नै नसक्ने भो अनगिन्ती प्वाल ,बिचरो त्यो गलेको सियो
कागत भरी खोइ के के कोरी माटो रोप्छु भन्थे रे कोही कोही
टोक्नु न बोक्नुको फल फलेछ आज ,चाहेरै फलेको कि यो
दांईको बेला आयो अब अन्नबाली राम्रो सित भित्र्याउनु छ
गोरुहरु छाडा भए टेठो चाहियो, गाढन त्यो ढलेको मियो
कहिले दयामा ,कहिले मायामा बल्लबल्ल बटुलेको पैचो
के पकायो के बाड्यो भान्छेले किन होला,कसैले नि नलेको चियो


March 11, 2008

सत्य होस तथ्य किन चाहियो?

एकदम नराम्रो समाचार नघटे न्युज डेस्क नै मसानघाट जस्तो हुन्छ रे। सबैलाइ खिच्ने या रडाको मच्चेको खबर नभए मुख्य समाचार के बनाउने, पत्रकारको दिनहुं चिन्ताको कुरो हो। त्यसैले हेर्नुहोस नराम्रो भन्दा नराम्रो खबरले ठाउं पाएका हुन्छन पत्र-पत्रकिमा। कान्तिपुर बिक्नमा मात्र नं १ होइन यस्तै लटर पटर समाचारमा पनि नं १ छ। झार झुर पारेर तातो खबर पस्किहाल्यो, गलत भए पछि खण्डन गरे भो। फेरी गलत नै भए नि कस्लाइ चासो, भोली पल्ट तरकारी पोको पार्न पुग्छ, तरकारीलाइ के सत्य के तथ्य? अझ प्राबाधीक लेख हुनु पर्छ कान्तिपुर पढ्दा भुणी पुराण पढे भन्दा मजा आउछ। जड्याले अंग्रेजी मिसाए जस्तो अन्ट सन्ट मिसाएर पुरा रामायण तयार पार्छन। त्यो रामायणमा सिताको श्रिमान रामको सट्टा रावण त परै जाओस हुनमान हुन बेर लाग्दैन। तर बिकेकै छन ति फाल्तु रामायण। अहिले नेपालमा टेब्लोइड पत्रिका भनेर "नया पत्रिका" निस्केको छ। छोटो समयमा समाचार दुनियामा ठुलै हिस्सा ओगटेको यो पत्रिका निकै सन्सनी खबर लिएर दैनिक निस्कने गर्छ। यसका खबर पढ्दा लाग्छ बेलायतका टेब्लोइडसंग यसले कुम मिलउने क्षमता राख्दछ। तर कता कता यसले पनि सिन्की तरिकाले खबर खादेको हो को जस्तो लाग्न थाल्यो। न्यु योर्क टाइम्सको हवाला दिदै एक घन्टाको लागी १००० डलर तिरेर न्युयोर्कका गभर्नर इलियट स्पिट्जरले वासिङ्टन होटलमा एउटी वेश्यालाई राखेको संघीय जाँच ब्युरोले पत्ता लगाएको छ भनेर मे १२ मा लेखेको छ। बासिगंटनको मेफ्लाओर होटलमा क्लाइन्ट ९ नामबाट एक वेश्यालाइ स्पिट्जरले ४००० हजार डलर भन्दा बढि दिएको खबर सबै पत्र पत्रिकामा स्पष्टै छ। हुन त गत साल करिब २ कोरोड डलर आम्दानी गरेका स्पिट्जरलाइ १००० हजार या ४००० ले के नै फरक पर्ला? करोडौ करोड घोटाला हुने देश नेपालमा त्यती २-४ हजारको भिन्नतामा नेपाली पत्रिकाको के आखा जाओस?


March 10, 2008

मनोन्यास - जलेको ह्रदयमा फुलेको प्रेम

जलेको ह्रदयमा फुलेको प्रेम - १
- हस्त गौतम मृदुल

कठोर निष्ठुरी कालो रातमा दियोको उज्यालो रोशनी प्रकास खुले झै प्रिय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। बसन्त बृक्षमा झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा मुले झै प्रिरय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु।

तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै हरीतपनले छाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौन्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलको परिचय मेटिदै जाने छ। त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।

आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ। यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पुर्वबाट नै उदाउछ त्यसैले तिमी त्यही पुर्वको न्यानो भृकुटी उज्यालो लिएर आउ। कहिल्यै अध्यारोले नखोस्ने उज्यालो नै आज मलाइ चाहिएको छ। त्यहि दिब्या उज्यालो बनेर तिमी मेरो यो जीवनमा आउ…।

त्यो उज्यालोमा मात्रै म आफनो गर्भबाट आफै जन्मेको हेर्न सक्छु। मलाइ एकपटक आफैबाट आफुलाइ जन्माएको हेर्ने मन छ। आफनो लागी एकपटक मलाइ आमा हुन मन छ। म बाट जन्मिएको मेरो जीवनमा तिमी सहयात्री बन्न आउ। त्यस महान उत्सवमा म तिमीसंगै रमाउन चाहान्छु। कहिल्यै रात नपर्ने त्यो र्मिरमिरे बिहानीमा बास्ने भालेका डाँकहरुसंगै आउ। उत्स्रग चेतना बाढने त्यो भालेको आवाजमा समयको गीत लुकेको छ त्यो गीत सुनाउन आउ। तिमी त्यो मार्ग तय गरेर आउ जुनबाटोमा आजसम्म कोही हिनेको छैन। त्यस्तो स्नग्ध न्यानोपन दिने आगो लिएर आउ जस्को आजसम्म कसैले अनुभव गर्न पाएको छैन। तिम्रो यात्रा तेन्जिगं नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेदेखी शुरु हुन्छ। तिम्रो यात्रा जापानकी जुनको तापे महिलाले सर्वच्चशिखर चुमेदेखी शुरु हुन्छ।

स्वायम्भुतर्फ सेता परेवाको लावालस्कर उडेदेखी शुन्छ। मठमन्दिरमा शंखध्वानी घण्टा र भजन किर्तन गुन्जेदेखी शुरु हुन्छ। आजकाल यस बसुन्धरामा विचरा देवताहरु पनि बस्न मान्दैनन्। देवताहरु बिना पखार्लभित्रका कैदी भएर अताल्लिएका छन। ति निर्दयी पर्खालहरु बर्लिनको पर्खाल भत्कीय झै भत्काउन आउ।

देवताहरु बिस्थापित भएकोले मन्दिरहरु कुरुप र लावारिस भै समयको गर्भमा बिलाउदै गइसके। पुर्खाले दिएको अमुल्य सम्पदालाइ निहित स्वार्थमा साटी सके। भत्केका पाटी अबला मन्दिरहरुलाइ पुनः स्वरुप दिन तिमी आउ। आजकाल हरेक मन्दिरहरु केवल मसानघाट झै सुनसान छन। बेवारीस छन बर्दान दिने स्थानहरु…।

तस्रथ ति आदरणिय देबताहरुलाइ बिस्तापित भएको ठाउबाट उठाएर ल्याउ र यिनै मन्दिरमा बास देउ। यस बसुन्धरामा मान्छेको मात्र होइन देवताको पनि बास खोसिएको छ। गाँस खोसिएको छ। स्वास खोसिएको छ। अनि आश खोसिएको छ।

यहाका ढुंगाहरु बलबाहु अरनीको बिना रोएका छन। यि चटानहरुमा युगले हस्ताक्षर गरुन भन्ने म चाहान्छु। यि पहाडमहरुमा भृकुटीले सान्तीको आलोक भरुन भन्ने म चाहान्छु। यी अनमोल निधिहरु बचाउन मलाइ गारो भो प्रिय जस्ले रुख ढाल्छ त्यहा फुलहरु कसरी फुलिरहन सक्छन र यहा हरेक पल आस्थाका रुखहरु ढलीरहे छन। बिस्वासका जराहरु काटीएका छन। आशाका विउहरु सुकेका छन। अंशु बर्माले कैलाशकुट भवन यही धरामा रोपेर गए रे म थाकी सकें प्रिय त्यो आलिसान दरबार कता छ फेला पार्ने गरी आउ। भेटियो भने त्यो पनि बेच्न सक्छन तस्रथ किन भने यहाँ बेचिन केही बाँकी छैन। मेरो मृतुसम्म बेचिसके। सहजलाइ असहज बनाउनछन जसरी तिलको गेडालाइ पहाड। अहो पि्रय पाइला पाइला फुक्दै आउ यो धरामा धराप धेरै छन। इतिहाँसमा श्र्राप धेरै छन। जतिखेर पनि तिमी पासोमा पर्न सक्छौ।

जतिखेर पनि श्र्रापले ऐरीका काडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन। जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन। बिचार गरेर आउ। मलाइ फेरी एक पटक समयको गर्भबाट बुद्धलाइ जन्माउन मन छ। आदर्शनारी सीतालाइ जन्माउन मन छ। अनि भृकुटीलाइ जन्माउन मन छ। मलाइ एकपटक फेरी भानुभत्तलाइ जन्माउन मन छ। वीर बलभद्र र अमरसिहं थापालाइ जन्माउन मन छ। फेरी मलाइ भिमसेन थापालाइ जन्माउन मन छ। महाकबी देबकोटालाइ जन्माउन मन छ। मैले धेरै धेरैलाइ जन्माउनु छ। किनभने यहाँ जन्मिएकाहरु सवै अहिले बतासे अण्डाजस्ता मात्र छन।
क्रमश:


March 8, 2008

गजल - मदिरा

मदिराका बुद छन कि नजरमा मात लाग्यो
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो
ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो
श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो
भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो
होश उडाउने हासो कसैको नासो भएछ अब
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो