January 25, 2008
स्वस्थानी अध्याए: ४
स्वस्थानी अध्याए: ४
फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www7.sendthisfile.com/d.jsp?t=qlhzQA8tHpFGcRm4LoxxPoZh
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई
चिया पान समय "Tea Time" - २
श्रीमती संतो श्रीमान सन्ताको दिमाग चाट्दै : हमारे इतने सुंदर हाथ मगर इनमें चूड़ियां नहीं , इतने सुंदर होंठ मगर उनपर लिपस्टिक नहीं , हाय हमारी किस्मत...
श्रीमान संताको जवाफ : हमारा भी यही हाल है , इतनी बड़ी जेब मगर उसमें पैसे नहीं...
ठुलो भएर के गर्छौ ?
श्रीमती संतो छोरीलाई सोध्दै : ठुलो भए पछी के गर्छौ छोरी!
छोरी: नोकरी गर्छु, बच्चा पाउंछु, पढ्छु, बिहे गर्छु
श्रीमती संतो : छोरी जे गर्नु छ गर तर क्रमै सित गर
सन्ताको बच्चा
बिहेको तीन महिन पछी नै सन्ताको बच्चा भएछ
संताले श्रीमती लाई सोध्छ : ये 3 महीने बाद बच्चा कैसे हुआ ?
अनी संता … … बल्ले बल्ले खुशी हुँदै नाच्न थाल्छ ।
उफ !
स्कूलमा अमेरिकि बच्चा र नेपाली बच्चा बिच घर परिवारको बिषयमा कुरा हुँदै थियो ,
नेपाली बच्चा : मेरो नि घरमा एउटा दाई अनी एक बहिनी छिन् ।
अमेरिकन बच्चा : ओह आइ डोन्ट ह्याव एनी ब्रोदर्स एण्ड सिस्टर्स । बट् यू नो आइ ह्याव ३ फादरस एण्ड २ मोदरस !
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
सुधार सहितको पञ्चायत व्यबस्था र मूलधारमा आएका माओबादी
३५-३६ साल तिरको कुरा हो क्यार तत्कालीन राजा बिरेन्द्रको पालामा निर्दलीय शासनको बिरोधमा प्रजातन्त्रवादीहरुको देशव्यापी आन्दोलन चलेको थीयो । त्यसलाई राजा बिरेन्द्रले एक्कै घोषणाबाट मत्थर पारीदिए ।
तात्कालीन स्थितिमा राजाले "देशमा बहुदलीए व्यबस्था लागु गर्ने वा सुधार सहितको पञ्चायत" जनमत संग्रहबाट निर्णय लिने भनी जनमतको घोषणा गरे । हामी सानै थीयौं र राजनीतिको 'र' पनि थाहा थीएन । तर पछि बिस्तारै थाहा भयो त्यो सुज-बुझ सहित फ्याँकीएको यौटा पासा मात्रै वा राजाको बेजोड 'चाल' मात्रै थियो । जनमत भयो र 'पहेलो' अर्थात 'पञ्चायत' ले चुनाव जित्यो, तर न त कुनै संबैधानिक परिवर्तन भए न त पञ्चायत नै सुधारीयो ।
एक किसिमले 'जन-अनुमोदन' पाएको पञ्चायत, पहिला भन्दा झन 'खतरनाक' भएर निक्ल्यो ।
समयले कोल्टे फेर्यो र त्यसपछि हालसम्मको स्थितिमा आँउदा देशको शासन व्यबस्थामा बृहत परिवर्तन भई सकेको छ । अहिले पञ्चायत मात्रै हैन, माओबादि "मूल धारमा प्रवेश गर्ने" तय भएपछी प्रजातन्त्रवादी र माओबादिको सयुक्त आन्दोलन पश्चात राजतन्त्र नै धाराशायी भई सकेको छ, तर जसरी ३६ सालको जनमत पछाडी पनि पञ्चायत सुध्रीएन त्यसैगरी जन-आन्दोलन २ र संसद प्रवेस पछि पनि माओबादी सुध्रिएका छैनन् ।
मिडीयाको जानकारीमा नआईपुग्ने वा नआएका खवर त कती छन लेखा-जोखा गर्न सकिने स्थिति छैन, तर आम संचार माध्यममा आएका यिनका करतूतलाई हेर्दा पनि माओबादीमा कुनै सुधारको संकेत देखीन्न।
ढाँटने, छलने, तर्साउने र तेर्स्याउने (बन्दूक तेर्स्याउने) काम मात्रै होईन हत्या, हींसा, चन्दा, अपहरण केहि रोकीएका छैनन्। पत्रकार बिरेन्द्र साहको हत्या देखी लिएर भर्खरै समाचारमा आएको 'खोटाङ लूट' को प्रकरण हेर्नुहोस सबैमा माओबादीकै हात रहेको छ ।
पत्रकार बिरेन्द्र साहको हत्यामा पहिला ठाडो इन्कार गरे पनि आखिर कुनै 'ढाँट" ले पनि काम नगरे पछि त्यो दानवीय कार्य आफ्नै दलबाट भएको उनिहरुले स्विकारे । अनी जति ढाँटे पनि सत्य कुरा लुकाउन नसक्ने ज्ञान प्राप्त भएकोले यसपालाको प्रहरी चौकि लुटने आफ्नै पूर्व कार्यकर्ता रहेको कुरा माओबादीका नेता सिपी गजुरेलले बताईसकेका छन् । (अब यो 'पूर्व' कार्यकर्ता र 'पश्चिम' कार्यकर्ताको नाटक भने भन्नेलाई लाई भन्दा सुन्नेलाई लाज लाग्ने कुरा हुन त्यसैले यसबारेमा धेरै कलम खर्च नगरौं)
यी त नसुध्रीएका माओबादीका केहि प्रकाशमा आएका कूकर्मका प्रकरणहरु मात्रै हुन, ती बाहेक यो समाचार, यो समाचार, यो समाचार, र यस्ता कैंयन प्रकाशित र अप्रकाशित समाचारहरुले सुध्रीन नसक्ने माओबादीका सच्चा चरित्र उदाङ्ग पारीरहेका छन् ।
समष्टीमा माओबादीको मूलधार राजनीति प्रवेश केवल यौटा सुरक्षीत अवतरण र जनता झुक्याउने खेल मात्रै हो। न त माओबादीको कुनै कार्यले उनिहरु प्रजातन्त्र प्रति प्रतिवद्ध भएको देखाएको छ, न त उनिहरुको चरित्रमा सुधारको लक्षण नै। त्यसैले उनिहरुको संसद प्रवेश पनि केवल 'सुधार सहितको पञ्चायत" जस्तै हो। तर यौटा कुरा चाहि पक्कै छ, जसरी तात्कालीन पञ्चायत नसुध्रिए पछि विस्तारै अलोकप्रिय, अस्विकृत र तिरस्कृत हुदैं आर्यघाट नै पुग्यो त्यसै गरि आफूलाई सुधार्न नसके माओबादी पनि दिग्भ्रमित, विकृत र घृणित हुदैं ईतिहासको पान्नाबाट बिलाउने छन् ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
January 24, 2008
स्वस्थानी अध्याए: ३
अध्याए: ३
http://media.twango.com/m1/original/0117/f3c271da1bdc4c3f99e3238b88d39125.wav
फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www4.sendthisfile.com/d.jsp?t=J8tU25ymeR351GJLKk1x0Yvy
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
के होला यस्तो ?
इमेल नआउन्जेल मेरो दिमागमा अनेकन कुरा खेल्न थाल्यो । तेसको सम्पुण निष्कर्षथियो फेरी सैविधान सभाको चुनाव रोकिन्छ । के नेपालीले यही नियती भोग्न पर्ने हो । कति तरलतामा वढेको छ देश सानो जस्तो लाग्ने समाचारले ठुलो हुरीको संकेत गर्दैछ । हुन त राजा मरेर राज्य रोकिदैन भन्छन तर अहिलेको अवस्थामा गिरिजा पछि को त सोच्न वाध्य भए । विना मंत्रालय पाएकी सुजाता देखि १५ हजार नेपाली सम्म वलि चढाएका प्रचण्ड सम्मको परिकल्पना गरियो । तर को यसपछि मेरो वुद्धिले भ्याएसम्मको जोड गर्दा पनि कुनै उत्तर पाउन सकिन । मैले देखेको केही सम्भावना मध्ये
केहीलाइ अरुले अगाडी आउन दिने छैन । अरुको त कुरै छोडौ जति तन्काए पनि घुमाएपनि गाली गरेपनि जे भएता पनि ७ दलको सम्वन्ध गिरिजा रहनु ज्याल सम्म मात्र हो । किनकी हरेकलाई त्यो पद चाहेको छ । तर एकले अर्कोलाई पत्याउने वातावरण छैन ।पत्याइ हाले पनि नेपालका ३ देश भारत अमेरिका र चाइना कार्ड खेल्नु पर्ने होला ।कसलाई पत्याउने उनिहरुले ? अनि तेस पछि को स्थिताी के त ?
भने पछि नेपालको जनताले कहिले शुख पाउने भएनन । माउवादीले प्रहरी चौकी कव्जा गर्थे सटटामा मंगोलियन कान्त्तिकारीहरु पैदा भइ सकेछन । मुस्लिम देशमा धाटी रेटेर मारेको सुनिज्थ्यो त्यो पनि शुरु भइ हाल्यो । कमाइ भने तल झरदैछ । व्यक्तिगत फर्ुर्ति दिनै पर्ने तेलको भाउले एक न एकदिन आकास छुइ हाल्छ । आपर्ुर्ती मन्त्रीले संविधान सभाको चुनाव सम्म भनेको छन तेस पछि निस्चित छ भाउ वढनेनै छ ।
तर धन्य इमेलमा गिरिजाको फोटो सहितको खवर आए पछि एक दुइदिन भएपनि म केही ढुकक भएको छु । नत्र कोतर्पको तयारीमा जुटेका जंगवहादुरले राजनिती त्यागेका वुद्धको मान्यतालाई किन स्वीकार गर्थे र ?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
January 23, 2008
स्वस्थानी अध्याए: १ / २
अध्याए: २
सुन्नमा सम्स्या भएमा फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला , यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ ।
http://www12.sendthisfile.com/d.jsp?t=56pakSxpdVNnyaJUttiUYCpE
http://media.twango.com/m1/original/0117/18639ee42d6b48bea397a1d0410de3b0.wav
------------------------------------------------------------------
सुन्नमा सम्स्या भएमा फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ ।
http://www12.sendthisfile.com/d.jsp?t=l3hMIw60Gc8KYpDbryywc5Sl
http://media.twango.com/m1/original/0117/33d1d3b1ef1f4429acf614915c420e06.wav
---------------------------------------------------------------------------
सुन्नमा सम्स्या भएमा फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ ।
http://www12.sendthisfile.com/d.jsp?t=HOSRVTQcZgbBZoRPtHKY3pyH
http://media.twango.com/m1/original/0117/7dc758866b394cb4805cdd5db81e0877.wav
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
के तपांइ संग श्रम इजाजत पत्र छ ?
कोही त्यो लाइनमा उभिंदै थिए त कोही सिधै अध्यागमनको काउन्टर तिर लाग्दै थिए, मैले अल्मल्लिएर त्यो काउन्टरमा गइ "यो के को लाइन" भनी सोधें ।
"तपाइं कहां जान लागेको" काउन्टरमा बस्ने मध्य एक जनाले सोध्यो ।
"अमेरिका" मैले उत्तर दिएं ।
"कुन भिसामा जान लागेको, खै तपाइंको पास्पोर्ट दिनु त?"
मैले "मेरो H1B" भन्दै मेरो पासपोर्ट दिएं।
"खै त तपाइको श्रम इजाजत पत्र?"
म संग श्रम इजाजत पत्र थियन ।
मेरो एउटा साथी १ वर्ष अघि नेपाल आउंदा आजित भइ दलाल लगाइ पांच हजार रुपैंया तिरी श्रम इजाजत पत्र निकालेको मलाइ थाह थियो । श्रम इजाजत पत्र को लागि चाहिने बीमा दलालले आफ्नै ब्याग बाट झिकेर बनाएको मेरो साथीले सुनाएको थियो, उसको अफिसको Insurance Card हुंदैन रे । मैले त्यति खेर बरु समय लागोस म घुस खुंवाउदिन भनेर प्रण गरेको थियं । बरु गएर तिनीहरुको टेबल बजांउछु, तर तिनीहरुले आंफै समयमा सक्नु पर्ने कामको लागि पैसा पेलेर दलाल लगाउंदिन ।
भिसा नभइ श्रम इजाजत पत्र लिन मिल्दैनथ्यो, भिसा लाग्दा फर्कने समय आइसकेको थियो (मेरो भिसा नविकरण गर्नु पर्ने थियो) । घुस त म खुवाउने वाला थिइन, बरु श्रम इजाजत पत्र मलाइ जरुरी छ कि छैन भनेर वैदेशिक रोजगार ऐन २०६४ पढ्न थालें । यो ऐन विशेष गरी खाडी मुलुकमा काम गर्न पठाउने र काम गर्न जाने तर्फ केन्द्रित छ जस्तो लाग्यो । ऐन को दफा २० मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने बारे पनि नियम रहेछ, मलाइ आफुंलाइ मिल्दो जुल्दो त्यहि लाग्यो ।
नियम अनुशार: कुनै ब्यक्ति वैदेशिक रोजगारको निमित्त व्यक्तिगत रुपमा बिदेश जान चाहेमा देहायका कुराहरु खुलाइ विभाग समक्ष स्वीकृक्तिको लागि निवेदन दिनु पर्नेछ:-
क. रोजगारको लागि जान चाहेको मुलुक,
ख. बिदेशमा गर्नु पर्ने कामको प्रकृति,
ग. रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र,
घ. रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,
ङ. अभिमुखीकरण तालिम प्रप्त गरेको प्रमाणपत्र,
च. निरोगिताको प्रमाणपत्र
निवेदन प्रप्त भए पछि विभागले आवश्यक जांचबुझ गर्दा निवेदकको माग उपय़ुत्त देखिएमा निवेदकलाइ विदेश जाने स्वीकृति दिनेछ र त्यसरी स्वीकृति दिंदा विभागले बीमा गरेको प्रमाण पेश गर्न लगाउनु पर्नेछ ।
पुरै ऐन र नियम पढ्दा कतै पनि मैले बिदेशमा काम गर्नेले छुट्टी मनाउन नेपाल आउंदा श्रम इजाजत पत्र लिनु पर्छ भनेर लेखेको पाइन, त्यसैले मैले आफ्नो लागि त्यो इजाजत पत्रको जरुरत देखिन । म संग समय भएको भए म त्यस बारे अवश्य नै बुझ्न जाने थिएं ।
श्रम इजाजत पत्र नभएकै कारण "समस्या पर्यो नि" भन्दै ति अधिकारीले मेरो पासपोर्ट आफ्नो टेबलमा भित्र राखे र अरुको चेक गर्न थाले । त्यहां एक मुठा अरुको पासपोर्ट पनि थियो । मैले के समस्या पर्यो भनेर सोध्दा न मलाइ जवाफ फर्काउंछन न मेरो पासपोर्ट नै । मैले हल्ला गर्न थाले पछि एक जना अधिकारी एक छिन पख्नुस भन्दै अध्यागमनको काउन्टरमा गइ एउटा मानिस संग कानेखुशी गरी फर्क्यो । फर्केर तपाइं एकै छिन कुर्नुस भन्यो । त्यत्तिकै मा एउटा मान्छे आइ त्यो टेबल भित्रको एक मुठा पासपोर्ट लिएर गयो, त्यो लिएर जाने मान्छे एरपोर्टको अधिकारी थिएन (सबै अधिकारिले देख्ने गरी परिचयपत्र झुन्डाएका थिए)। म्यानपावर एजेन्सीले कामदारको भिसा लाग्ना साथ तुरुन्तै पठाइ हाल्छन भनेर सुनेको थिएं, मलाइ त्यो मुठा पासपोर्ट श्रम इजाजत पत्र नभएकाले रोकिएको तर पछि खुसुक्क कुरा (घुस) मिलाएर छोडिएको जस्तो पो लाग्यो । नत्र मेरो पासपोर्ट जस्तै ति पासपोर्टहरु टेबल भित्र रखेर एकै जानालाइ सबै फिर्ता किन दिएको होला ?
लौ, घुस नखुवाइ केहि नहुने भयो जस्तो लाग्न थल्यो । तैपनि मैले "सिधा कुरा गर्नुस न समस्या के/ कसरी हो?" भनेर कराइ रहें, उनिहरु चांहि सुनेको नसुनेको जस्तो गरी अरुको पासपोर्ट चेक गर्दै बसे । पक्कै सबैलाइ पठाए पछि एक्लै परेर डलर धुत्ने दाउ होला । यतिकैमा एक अध्यागमन अधिकारी मेरो हल्ला सुनेर आइ "के भयो तपांइलाइ" भनेर सोध्यो, मैले लौ अर्को पनि आयो पैसा खाने दाउमा भन्ठानेर "खै उहांहरुलाइ नै सोध्नुस, म १० मिनेट देखि त्यहि के भयो भनेर बुझ्न खोज्दै छु" भनें ।
"उहांको श्रम इजाजत पत्र छैन" श्रम अधिकारीले भन्यो ।
मैले किन चाहियो श्रम इजाजत पत्र भन्दा "वैदेशिक रोजगारमा जानेले श्रम इजाजत पत्र लिनु पर्छ" भन्यो ।
मैले मलाइ थाह छ वैदेशिक रोजगार ऐन को दफा २० मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने बारेमा नियम, तर पुरै ऐनमा कतै पनि बिदेशमा काम गर्नेले छुट्टी मनाउन नेपाल आउंदा श्रम इजाजत पत्र लिएर मात्र फर्कनु पर्छ भनेर लेखेको छैन भनेर सुनाइ । त्यो श्रम अधिकारी अल्ल्मलियो ।
"खै तपांइको पासपोर्टमा त नया भिसा छ नि" उसले भन्यो । मेरो पासपोर्टको म्याद सकियको हुनाले हालसालै मात्र नविकरण गरेको थिएं त्यसैले पुरानो भिसा को केही पनि रेकर्ड थिएन । मैले उसलाइ नेपाल पस्दा मेरो पास्पोर्टमा लगाइ दिएको Arrival छाप देखांइ अनि अमेरिकाबाट काम गरी फर्केको पहिलो चोटि जान लागेको हैन भनेर संझाए । अनि किन त भिसा उतै अमेरिकामा नहानेको भनेर पो सोध्छ बा, मैले पनि रिसाएर "तपांइ श्रम मन्त्रालायको मान्छे, अध्यागमनको थाह नभएको कुरामा किन बहस गर्नु हुन्छ । अमेरिका भित्र बाटै अमेरिकाको भिसा लिन मिल्दैन, अनि अध्यागमन को status maintain गरे सम्म भिसा पनि चांहिदैन" भनि हकांरे । श्रम अधिकारी अझै "भिसा त नया छ नि" भन्दै ढिपी कस्छ । मैले त्यस पछि "सरकारले श्रम इजाजत पत्र किन लिन लगाएको थाह छ तपांइलाइ" भनेर सोधें, कोहि केहि बोलेनन् । मैले "बिदेशमा नेपाली कामदार नठगियोस, मर्का नपरोस भनेर बनाएको" भनें । "जब एउटा दलालले उसको ब्यागबाट बीमाको नक्कलि (Don't quote me on this) कागज भरि श्रम इजाजत पत्र झिकाउन सक्छ भनें के मतलब भयो यो बनाएको" भनेर प्रतिप्रश्न गरें, "ति नेपाली बिदेशमा मरे केहि पांउदैन उनिहरुको परिवारले, इ हेर्नुस मेरो बीमाको कागज, यसले मेरो औषधोउपचार पनि गर्छ साथै जीबन बीमा पनि गरिदिएको छ" भनेर आफ्नो Insurance Card देखांए ।
पैसा नपाउने कारण देखेर हो कि किन हो "भै हाल्यो जानुस" भनेर भन्यो । आफ्नै देशमा पनि बोर्डिन्ग कक्षमा नपुगे सम्म कहां गएर फेरी समस्या खडा गर्छन भनेर त्रास रहि रह्यो । बोर्डिन्ग कक्षमा अघि श्रम मन्त्रालायको काउन्टरमा ""के भयो तपांइलाइ" भन्दै सोध्दै आएको अध्यागमन अधिकारी भेट भयो । उसले तपांइलाइ नै खोज्दै आएको भन्यो, लै फसाद अब जाने बेला अन्तिममा पनि फेरि अर्को टेन्सन भन्ठांने । उसले त बरु उल्टो ति श्रम अधिकारीहरुको व्यवहारको लागि माफि पो माग्यो । ति अधिकारीको काम एरपोर्ट व्यवस्थापनको अनुगमन गर्ने रहेछ, त्यहि भएर पो त श्रम अधिकारीहरुले पैसा नलिइ छोडेका रहेछन मलाइ ।
वैदेशिक रोजगार ऐन को आफैं ब्यख्या गर्न खोज्नु मेरो भुल हो, तर वैदेशिक रोजगार ऐनले सबै क्षेत्रलाइ एउटै तराजुमा तौल्नु पनि गलत जस्तो लाग्छ । मेरो विचारमा नियम अलि स्पष्ट, व्यभारिक, र सुलभ हुनु पर्यो, नत्र यो जनतालाइ दुख दिने, द्लाल पोस्ने, र सरकारी कर्मचारीलाइ घुस खुवाउने अर्को बाटो मात्र बन्न जन्छ । म नेपाल जाने साथीहरु (जो बिदेशमा काम गर्नु हुन्छ) लाइ घुस नदि श्रम इजाजत पत्र निकाल्न सक्नु हुन्छ भने झिकिराखे राम्रो भन्ने सल्लाह दिन्छु, एरपोर्टमा बिना सित्तै टेन्सन लिनु भन्दा । ति एरपोर्टका श्रम अधिकारीका अनुसार H1B भिसा लाइ चाहिन्छ रे ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest