January 23, 2008

स्वस्थानी अध्याए: १ / २

प्राबाधीक गडबडी भएको हुनाले सबै भाग फेरी अपलोड गरेको छु
Swasthani - Twango
अध्याए: २
सुन्नमा सम्स्या भएमा फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला , यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ ।
http://www12.sendthisfile.com/d.jsp?t=56pakSxpdVNnyaJUttiUYCpE

http://media.twango.com/m1/original/0117/18639ee42d6b48bea397a1d0410de3b0.wav
------------------------------------------------------------------

Swasthani - Twango


अध्याए: १
सुन्नमा सम्स्या भएमा फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ ।
http://www12.sendthisfile.com/d.jsp?t=l3hMIw60Gc8KYpDbryywc5Sl

http://media.twango.com/m1/original/0117/33d1d3b1ef1f4429acf614915c420e06.wav
---------------------------------------------------------------------------

Swasthani - Twango
स्वस्थानी बिधि
सुन्नमा सम्स्या भएमा फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ ।
http://www12.sendthisfile.com/d.jsp?t=HOSRVTQcZgbBZoRPtHKY3pyH

http://media.twango.com/m1/original/0117/7dc758866b394cb4805cdd5db81e0877.wav

कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई



के तपांइ संग श्रम इजाजत पत्र छ ?

एक महिनाको मेरो नेपाल बसाइ पत्तै नहुने गरी सकियो, मैले मेरो सामान चेक-इन गरी बोर्डिन्ग पास पनि लिइ सकेको थिए । फेरी कहिले फर्किने हो केही थाह थिएन, मलाइ छोड्न आउने मेरो परिवारलाइ भेट्न म फेरी बाहिर निस्कें । पहिलो पटक बिदा हुंदाको जस्तो पिडा यसपाली कसैलाइ भएन, खुशी लाग्यो नत्र आमाको आंशु संझदै तेत्रो लामो यात्रा गर्न गार्हो हुन्थ्यो । गल्फ एयरको विमानबाट बहराइन, जर्मनी हुंदै अमेरिका पुग्नु थियो मलाइ । बोर्डिन्ग कक्षको खोजी गर्दै म त्रिभुवन अन्तराष्त्रिय विमानस्थलको दोस्रो तला तिर लागें । अध्यागमनको काउन्टर अगावै अहिले अर्कै काउन्टर पनि रहेछ, लाइन पनि लामै रहेछ तर त्यो के हो भनेर कतै राम्रोसंग लेखिएको रहेनछ (पछि नजिक पुग्दा सानो कागजमा लेखिएर राखिएको देखें) ।
कोही त्यो लाइनमा उभिंदै थिए त कोही सिधै अध्यागमनको काउन्टर तिर लाग्दै थिए, मैले अल्मल्लिएर त्यो काउन्टरमा गइ "यो के को लाइन" भनी सोधें ।

"तपाइं कहां जान लागेको" काउन्टरमा बस्ने मध्य एक जनाले सोध्यो ।
"अमेरिका" मैले उत्तर दिएं ।
"कुन भिसामा जान लागेको, खै तपाइंको पास्पोर्ट दिनु त?"
मैले "मेरो H1B" भन्दै मेरो पासपोर्ट दिएं।
"खै त तपाइको श्रम इजाजत पत्र?"
म संग श्रम इजाजत पत्र थियन ।

मेरो एउटा साथी १ वर्ष अघि नेपाल आउंदा आजित भइ दलाल लगाइ पांच हजार रुपैंया तिरी श्रम इजाजत पत्र निकालेको मलाइ थाह थियो । श्रम इजाजत पत्र को लागि चाहिने बीमा दलालले आफ्नै ब्याग बाट झिकेर बनाएको मेरो साथीले सुनाएको थियो, उसको अफिसको Insurance Card हुंदैन रे । मैले त्यति खेर बरु समय लागोस म घुस खुंवाउदिन भनेर प्रण गरेको थियं । बरु गएर तिनीहरुको टेबल बजांउछु, तर तिनीहरुले आंफै समयमा सक्नु पर्ने कामको लागि पैसा पेलेर दलाल लगाउंदिन ।

भिसा नभइ श्रम इजाजत पत्र लिन मिल्दैनथ्यो, भिसा लाग्दा फर्कने समय आइसकेको थियो (मेरो भिसा नविकरण गर्नु पर्ने थियो) । घुस त म खुवाउने वाला थिइन, बरु श्रम इजाजत पत्र मलाइ जरुरी छ कि छैन भनेर वैदेशिक रोजगार ऐन २०६४ पढ्न थालें । यो ऐन विशेष गरी खाडी मुलुकमा काम गर्न पठाउने र काम गर्न जाने तर्फ केन्द्रित छ जस्तो लाग्यो । ऐन को दफा २० मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने बारे पनि नियम रहेछ, मलाइ आफुंलाइ मिल्दो जुल्दो त्यहि लाग्यो ।

नियम अनुशार: कुनै ब्यक्ति वैदेशिक रोजगारको निमित्त व्यक्तिगत रुपमा बिदेश जान चाहेमा देहायका कुराहरु खुलाइ विभाग समक्ष स्वीकृक्तिको लागि निवेदन दिनु पर्नेछ:-
क. रोजगारको लागि जान चाहेको मुलुक,
ख. बिदेशमा गर्नु पर्ने कामको प्रकृति,
ग. रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र,
घ. रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,
ङ. अभिमुखीकरण तालिम प्रप्त गरेको प्रमाणपत्र,
च. निरोगिताको प्रमाणपत्र

निवेदन प्रप्त भए पछि विभागले आवश्यक जांचबुझ गर्दा निवेदकको माग उपय़ुत्त देखिएमा निवेदकलाइ विदेश जाने स्वीकृति दिनेछ र त्यसरी स्वीकृति दिंदा विभागले बीमा गरेको प्रमाण पेश गर्न लगाउनु पर्नेछ ।



पुरै ऐन र नियम पढ्दा कतै पनि मैले बिदेशमा काम गर्नेले छुट्टी मनाउन नेपाल आउंदा श्रम इजाजत पत्र लिनु पर्छ भनेर लेखेको पाइन, त्यसैले मैले आफ्नो लागि त्यो इजाजत पत्रको जरुरत देखिन । म संग समय भएको भए म त्यस बारे अवश्य नै बुझ्न जाने थिएं ।

श्रम इजाजत पत्र नभएकै कारण "समस्या पर्यो नि" भन्दै ति अधिकारीले मेरो पासपोर्ट आफ्नो टेबलमा भित्र राखे र अरुको चेक गर्न थाले । त्यहां एक मुठा अरुको पासपोर्ट पनि थियो । मैले के समस्या पर्यो भनेर सोध्दा न मलाइ जवाफ फर्काउंछन न मेरो पासपोर्ट नै । मैले हल्ला गर्न थाले पछि एक जना अधिकारी एक छिन पख्नुस भन्दै अध्यागमनको काउन्टरमा गइ एउटा मानिस संग कानेखुशी गरी फर्क्यो । फर्केर तपाइं एकै छिन कुर्नुस भन्यो । त्यत्तिकै मा एउटा मान्छे आइ त्यो टेबल भित्रको एक मुठा पासपोर्ट लिएर गयो, त्यो लिएर जाने मान्छे एरपोर्टको अधिकारी थिएन (सबै अधिकारिले देख्ने गरी परिचयपत्र झुन्डाएका थिए)। म्यानपावर एजेन्सीले कामदारको भिसा लाग्ना साथ तुरुन्तै पठाइ हाल्छन भनेर सुनेको थिएं, मलाइ त्यो मुठा पासपोर्ट श्रम इजाजत पत्र नभएकाले रोकिएको तर पछि खुसुक्क कुरा (घुस) मिलाएर छोडिएको जस्तो पो लाग्यो । नत्र मेरो पासपोर्ट जस्तै ति पासपोर्टहरु टेबल भित्र रखेर एकै जानालाइ सबै फिर्ता किन दिएको होला ?

लौ, घुस नखुवाइ केहि नहुने भयो जस्तो लाग्न थल्यो । तैपनि मैले "सिधा कुरा गर्नुस न समस्या के/ कसरी हो?" भनेर कराइ रहें, उनिहरु चांहि सुनेको नसुनेको जस्तो गरी अरुको पासपोर्ट चेक गर्दै बसे । पक्कै सबैलाइ पठाए पछि एक्लै परेर डलर धुत्ने दाउ होला । यतिकैमा एक अध्यागमन अधिकारी मेरो हल्ला सुनेर आइ "के भयो तपांइलाइ" भनेर सोध्यो, मैले लौ अर्को पनि आयो पैसा खाने दाउमा भन्ठानेर "खै उहांहरुलाइ नै सोध्नुस, म १० मिनेट देखि त्यहि के भयो भनेर बुझ्न खोज्दै छु" भनें ।

"उहांको श्रम इजाजत पत्र छैन" श्रम अधिकारीले भन्यो ।

मैले किन चाहियो श्रम इजाजत पत्र भन्दा "वैदेशिक रोजगारमा जानेले श्रम इजाजत पत्र लिनु पर्छ" भन्यो ।
मैले मलाइ थाह छ वैदेशिक रोजगार ऐन को दफा २० मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने बारेमा नियम, तर पुरै ऐनमा कतै पनि बिदेशमा काम गर्नेले छुट्टी मनाउन नेपाल आउंदा श्रम इजाजत पत्र लिएर मात्र फर्कनु पर्छ भनेर लेखेको छैन भनेर सुनाइ । त्यो श्रम अधिकारी अल्ल्मलियो ।
"खै तपांइको पासपोर्टमा त नया भिसा छ नि" उसले भन्यो । मेरो पासपोर्टको म्याद सकियको हुनाले हालसालै मात्र नविकरण गरेको थिएं त्यसैले पुरानो भिसा को केही पनि रेकर्ड थिएन । मैले उसलाइ नेपाल पस्दा मेरो पास्पोर्टमा लगाइ दिएको Arrival छाप देखांइ अनि अमेरिकाबाट काम गरी फर्केको पहिलो चोटि जान लागेको हैन भनेर संझाए । अनि किन त भिसा उतै अमेरिकामा नहानेको भनेर पो सोध्छ बा, मैले पनि रिसाएर "तपांइ श्रम मन्त्रालायको मान्छे, अध्यागमनको थाह नभएको कुरामा किन बहस गर्नु हुन्छ । अमेरिका भित्र बाटै अमेरिकाको भिसा लिन मिल्दैन, अनि अध्यागमन को status maintain गरे सम्म भिसा पनि चांहिदैन" भनि हकांरे । श्रम अधिकारी अझै "भिसा त नया छ नि" भन्दै ढिपी कस्छ । मैले त्यस पछि "सरकारले श्रम इजाजत पत्र किन लिन लगाएको थाह छ तपांइलाइ" भनेर सोधें, कोहि केहि बोलेनन् । मैले "बिदेशमा नेपाली कामदार नठगियोस, मर्का नपरोस भनेर बनाएको" भनें । "जब एउटा दलालले उसको ब्यागबाट बीमाको नक्कलि (Don't quote me on this) कागज भरि श्रम इजाजत पत्र झिकाउन सक्छ भनें के मतलब भयो यो बनाएको" भनेर प्रतिप्रश्न गरें, "ति नेपाली बिदेशमा मरे केहि पांउदैन उनिहरुको परिवारले, इ हेर्नुस मेरो बीमाको कागज, यसले मेरो औषधोउपचार पनि गर्छ साथै जीबन बीमा पनि गरिदिएको छ" भनेर आफ्नो Insurance Card देखांए ।

पैसा नपाउने कारण देखेर हो कि किन हो "भै हाल्यो जानुस" भनेर भन्यो । आफ्नै देशमा पनि बोर्डिन्ग कक्षमा नपुगे सम्म कहां गएर फेरी समस्या खडा गर्छन भनेर त्रास रहि रह्यो । बोर्डिन्ग कक्षमा अघि श्रम मन्त्रालायको काउन्टरमा ""के भयो तपांइलाइ" भन्दै सोध्दै आएको अध्यागमन अधिकारी भेट भयो । उसले तपांइलाइ नै खोज्दै आएको भन्यो, लै फसाद अब जाने बेला अन्तिममा पनि फेरि अर्को टेन्सन भन्ठांने । उसले त बरु उल्टो ति श्रम अधिकारीहरुको व्यवहारको लागि माफि पो माग्यो । ति अधिकारीको काम एरपोर्ट व्यवस्थापनको अनुगमन गर्ने रहेछ, त्यहि भएर पो त श्रम अधिकारीहरुले पैसा नलिइ छोडेका रहेछन मलाइ ।

वैदेशिक रोजगार ऐन को आफैं ब्यख्या गर्न खोज्नु मेरो भुल हो, तर वैदेशिक रोजगार ऐनले सबै क्षेत्रलाइ एउटै तराजुमा तौल्नु पनि गलत जस्तो लाग्छ । मेरो विचारमा नियम अलि स्पष्ट, व्यभारिक, र सुलभ हुनु पर्यो, नत्र यो जनतालाइ दुख दिने, द्लाल पोस्ने, र सरकारी कर्मचारीलाइ घुस खुवाउने अर्को बाटो मात्र बन्न जन्छ । म नेपाल जाने साथीहरु (जो बिदेशमा काम गर्नु हुन्छ) लाइ घुस नदि श्रम इजाजत पत्र निकाल्न सक्नु हुन्छ भने झिकिराखे राम्रो भन्ने सल्लाह दिन्छु, एरपोर्टमा बिना सित्तै टेन्सन लिनु भन्दा । ति एरपोर्टका श्रम अधिकारीका अनुसार H1B भिसा लाइ चाहिन्छ रे ।


January 22, 2008

स्वस्थानी ब्रतकथा आरम्भ

कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, यसबाट कतिजानाले सुन्नुभयो भन्ने थाहा हुनेछ।
स्वस्थानी बिधि तथा प्रथम अध्याय


स्वस्थानी बिधि


अध्याए: १

- सानदाई


January 21, 2008

श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथा

Photo: Nepaljapan.com (स्वस्थानी ब्रत सुरुः पौस शुक्ल पुर्णिमको दिन सुरु हुने स्वस्थानी ब्रत मंगलबार सुरु भएको छ । यसको अवसरमा साँखु शाली नदीमा मेला सुरु भएको छ । यस क्रममा शालीनदीमा नुहाएर ब्रतको तयारी गर्दै भक्तजनहरु)

-------------------------------------------------------------------------------------

पुष सुक्ल पुर्णिमाको दिन देखी एक महिनासम्म हिन्दू धर्मलम्बी हरुको घरघरमा श्रदाभक्तिपुर्वक श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथा आरम्भ गरिन्छ, जुन भोली मङ्लबारका दिनबाट सुरुहुदैछ। माघ शुक्लपुर्णिमाका दिन समपन गरिने श्रीस्वस्थानी परमेश्वोरि ब्रतकथा सत्ययुग्मा हिमालयकि पुत्री पार्वतीले श्रीमहादेव स्वामी पाउं भनी भगवान बिष्णुको उपदेश अनुसार श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथा आरम्भ गरी मनोकान्छा पुरा भयपछी उहाकै आग्याअनुसार अरुलोकमा रहेका दुखी दरिद्रहरुको उद्धारक लागि बिस्तार् गरिएको धार्मिक किवदन्ती छ। श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथा श्रवनगरी ब्रतबस्नाले दरिद्रता नाश हुने, अकाल मृत्‍यु नहुने, नवग्रह प्रसन्न रहने र यसलोकमा सम्पत्ति पाई परलोकमा कैलाशबाश हुने धार्मिक विश्वाश छ। श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथाको प्रभावले गोमा ब्रामनिको दु:खको सागरबाट पार भएर महारनी भएकी, उनका पुत्र नवराज लावन्य देशका राजा भएका, सालीनदिको तिरमा मुडा झै अचेत अवस्थामा रहेकी चन्द्रावतिले दिव्यदेह प्राप्त गरेकी, धेरै बर्ष देखी बिछोड भएका नागनागिनिहरुको मिलन भएको रोचक प्रसँग श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथामा बाख्या गरियको छ। साथै श्रीस्वस्थानी परमेश्वोरिको कथामा जालन्धरकि स्त्री ब्रिन्दाको पतिब्रता धर्मको शक्ती, गोमा ब्रामनि का पुत्र नवराजको पित्रिप्रतिको भक्तीभाव र पित्री उद्धार, परस्त्री प्रतिको आशक्तिका कारण श्रीमहादेव द्वारा जालन्धरको मृत्‍यु, सतिदेवी र श्रीमहादेव बिचको एकअर्का प्रतिको प्रेमभाव जस्ता थुप्रै नैतीक र चरित्रिक पाठ पनि यस ब्रतकथाले हिन्दू समुदायलाई प्रदान गरेको छ।भोली मंगलबारदेखी काठमाडौंको साखु स्थित धार्मिक महत्वोको सालीनदिमा महिनाभरी बिशेष मेला लाग्छ। साथै श्रीस्वस्थानी परमेश्वोरिको ब्रत आवधी भरी पशुपतीक्षेत्रको गौरीघाटमा स्नान गरी किरातेश्वोर महादेवको पूजा अराधाना गर्न भक्तजनहरुको घुइचो लाग्ने गर्दछ।यस्तो धर्मिक महत्वोको समयमा हामी बिदेशमा बसेका सबै नेपालीहरुले आ-आफ्नो समयनिकालेर आफ्नो संस्क्रीतिको जगेर्ना गर्नसके भाबी पिडिले पछी सम्म सम्झिने छन् । मेरा मित्र नेपालीयनको सहयोगमा यस दौतरिको नयाँ अडियो ब्लगमा हरेक दिन बेलुका ९:०० बजे (यु एस सेन्त्रल समयमा) श्रीस्वस्थानी ब्रतकथाको एक-एक अध्याए राख्ने प्रयास गर्ने छु, कृपया आ-आफ्नो सुझाव सल्लाह राखिदिनु हुन अनुरोध छ।
(साभार अंस: omshrionline.com)

- सानदाई


January 20, 2008

सान दाइसंग स्वस्थानी

सान दाइबाट बाचीत हालसम्मको स्वस्थानी अडियो
स्वस्थानी बिधी

अध्याय १

अध्याय २

दौंतरीमा बिभिन्न स्तम्भ प्रस्तुती गर्दै आएका छौं। साहित्य, हासो ठट्टा आदी हालसालै थपिएका सामाग्रीहरु हुन। चांडैनै दौंतरीका नया सदस्य सान दाइ स्वस्थानी ब्रतकथाको अडियो ब्लग लिएर उपस्थीत हुदैछन। यो दौंतरीको लागी नित्तान्त नया प्रस्तूती हुनेछ भने दौंतरी पाठकका लागी उत्साहात्मक सौगात हुनेछ।




January 19, 2008

तथ्यांको कसीमा : जातीय संघीय नेपाल कि elite जातिका संघीय प्रदेश मात्र ?

नेपालको कूल जनसंख्यामा १% भन्दा बढी हिस्सा भएका १८ वटा ठूला जाति समूह क्रममा:

जात

जनसंख्या

कूल जनसंख्यामा %

साक्षरता %

१) क्षत्री

३५९३४९६

१५‍़ .८०%

६० .११

२) बाहुन

२८९६४७७

१२ . ७४%

७४ . ९०

३) मगर

१६२२४२१

. १४%

५५ . ९०

४) थारु

१५३३८७९

. ७५%

४७ . १२

५) तामाङ

१२८२३०४

. ६४%

४५ . ०४

६) नेवार

१२४५२३२

. ४८%

७१ . २२

७)मुसलमान

९७१०५६

. २७%

३४ . ७२

८) कामी

८९५९५४

. ९४%

४१ . २७

९) यादव

८९५४२३

. ९४%

४० . ८३

१०) राई

६३५१५१

. ७९%

५८ . १९

११) गुरूङ्

५४३५७१

. ३९%

५९ . ७९

१२) दमाई

३९०३०५

. ७२%

४३ . ५३

१३) लिम्बू

३५९३७९

. ५८%

५८ . १२

१४) ठकूरी

३३४१२०

.४७%

६३ . ३२

१५) सार्की

३१८९८९

. ४०%

३८ . ३३

१६) तेली

३०४५३६

. ३४%

५१ . ४२

१७) चमार,हरिजन

२६९६६१

. १९%

१९ . २४

१८) कोइरी

२५१२७४

. ११%

४३ . ८८

कूल ८०.६९%

राष्ट्रिय औषत ५३.७३%

स्रोत: केन्द्रीय तथ्यांक विभाग ( जनगणना २०५८), विकिपिडिया र सिआइए फ्याक्टबुक ।

नेपालको पछिल्लो जनगणनाले नेपालमा १०२ वटा बिभिन्न जातिहरुको बसोवास रहेको मुलुकको रुपमा देखाएको छ । तर मुलुकको कूल जनसंख्यामा १% भन्दा बढी हिस्सा भएका जातिहरू भने जम्मा १८ वटा छन् जसलाई उनीहरूको संख्या प्रतिशतका आधारमा क्रमिक रूपमा माथि देखाइएको छ ।

माथिको तालिकाले के प्रष्ट देखाउँछ भने देसमा बसोवास गर्ने जातजाति मध्ये सबै भन्दा ठूलो जाति समूह पहाडी क्षत्रीहरूको हो भने मुख्य १८ वटा जातजातिले नेपालको जनसंख्याको ८०% भन्दा बढी भाग ओगटेका छन । बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा ८० भन्दा बढी जातजातिको रहेको छ ।

यस्तो विचित्र जातिय संरचनामा रहेको मुलुकमा , केही जातीवादी विद्वानहरू र पार्टी नेताहरूको पनि जिरह छ नेपाललाई अबको लोकतन्त्रमा जातिय संघको मुलुकमा रूपान्तर गरिएन भने घोर अन्या हुनेछ ।

जातीय संघको नेपालका आ-आफ्ना संस्करणका मानचित्रहरू पनि पस्किइसकेका छन् । सबै जातीवादी अधिवक्ताहरूको साझा माग रहेन गरेको छ माथिको तालिकामा ३,४,५,६,१०,११, र १३ नम्बरको क्रममा रहेका मगर, थारू, तामाङ, नेवार, राई गुरुङ र लिम्बूहरूका लागि छुट्टाछुट्ट जातीय राज्य हुनैपर्छ । स्मरण रहोस् यी सबै जातको कूल जनसंख्यामा प्रतिशत लगभग ३३% हुन आइपुग्छ भने बाँकि ६७% मध्ये केही ठुला जातिहरू र साना जातीको प्रतिशत रहन पुग्छ ।

जातीवादी आग्रही हरूले बाहुन र क्षत्रीलाई शोषक र औपनिवेशिकता अरू उपर लाद्ने जातको रूपमा निरन्तर प्रहार गरेर , अब भन्ने नेपालमा उनलाई केही छोड्न हुन्न भनेर दुत्कार एकातिर गरिरहेका छन् भने राई, गुरूङ र लिम्बु भन्दा जातिगत प्रतिशतमा धेरै नै माथि रहेका कामी, दमाई, सार्की, मुसलमान, यादव, ठकुरी, र उस्तै जातिगत प्रतिशतमा रहेका तर हेपिएका तेली , चमार, हरिजन र कोइरी जस्ता जातहरूको बारेमा अक्सर चुपचाप नै रहने गरेका छन् ।

यस्तोमा वर्तमानको मेरो नेपाल भोलिको संघीय गणतन्त्रम कसरी टुक्रिएर सबैलाई राज्य पस्केर न्याय गर्न सक्षम हुने हो सोच्नै नसकेर म बिलखबन्द परेको छु ।




तथ्यांकको कसीमा नेपालको जातीय संघीय विघटन: सम्भव के त ?

तथ्यांक भन्छ नेपालमा १०२ सना ठूला जातको बसोवास छ , यदि जातमा मान्छेलाई टुक्राएर नै बुझ्ने हो भने । यी मध्ये नेपालको जनसंख्यामा न्युनतम १% योगदान भएका १८ जातिहरूले नेपालको ८०% भन्दा बढी जनसंख्या ओगटेको देखिन्छ । अहिलेको जातिवादी आन्दोलनको दावा अनुसार जहाँ जो जातिको सघन बसोवाछ छ त्यहाँ त्यसैको संघीय राज्यको अधिकार रहन्छ , अझ पर्‍यो भने स्वायत्तताको आत्मनिर्णय गर्ने अधिकार सहितको । हेरौँ तथ्यांकले के देखाउँछ :



जात जनसंख्या कूल जनसंख्यामा % साक्षरता %
१) क्षत्री ३५९३४९६ १५‍.८०% ६०.११
२) बाहुन २८९६४७७ १२.७४% ७४.९०
३) मगर १६२२४२१ ७.१४% ५५.९०
४) थारु १५३३८७९ ६.७५% ४७.१२
५) तामाङ १२८२३०४ ५.६४% ४५.०४
६) नेवार १२४५२३२ ५.४८% ७१.२२
७)मुसलमान ९७१०५६ ४.२७% ३४.७२
८) कामी ८९५९५४ ३.९४% ४१.२७
९) यादव ८९५४२३ ३.९४% ४०.८३
१०) राई ६३५१५१ २.७९% ५८.१९
११) गुरूङ् ५४३५७१ २.३९% ५९.७९
१२) दमाई ३९०३०५ १.७२% ४३.५३
१३) लिम्बू ३५९३७९ १.५८% ५८.१२
१४) ठकूरी ३३४१२० १.४७% ६३.३२
१५) सार्की ३१८९८९ १.४०% ३८.३३
१६) तेली ३०४५३६ १.३४% ५१.४२
१७) चमार,हरिजन २६९६६१ १.१९% १९.२४
१८) कोइरी २५१२७४ १.११% ४३.८८
कूल ८०.६९% राष्ट्रिय औषत ५३.७३%
स्रोत: केन्द्रीय तथ्यांक विभाग ( जनगणना २०५८), विकिपिडिया र सिआइए फ्याक्टबुक ।


नेपालको पछिल्लो जनगणनाले नेपालमा १०२ वटा बिभिन्न जातिहरुको बसोवास रहेको मुलुकको रुपमा देखाएको छ । तर मुलुकको कूल जनसंख्यामा १% भन्दा बढी हिस्सा भएका जातिहरू भने जम्मा १८ वटा छन् जसलाई उनीहरूको संख्या प्रतिशतका आधारमा क्रमिक रूपमा माथि देखाइएको छ ।
माथिको तालिकाले के प्रष्ट देखाउँछ भने देसमा बसोवास गर्ने जातजाति मध्ये सबै भन्दा ठूलो जाति समूह पहाडी क्षत्रीहरूको हो भने मुख्य १८ वटा जातजातिले नेपालको जनसंख्याको ८०% भन्दा बढी भाग ओगटेका छन । बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा ८० भन्दा बढी जातजातिको रहेको छ ।

यस्तो विचित्र जातिय संरचनामा रहेको मुलुकमा , केही जातीवादी विद्वानहरू र पार्टी नेताहरूको पनि जिरह छ नेपाललाई अबको लोकतन्त्रमा जातिय संघको मुलुकमा रूपान्तर गरिएन भने घोर अन्या हुनेछ ।
जातीय संघको नेपालका आ-आफ्ना संस्करणका मानचित्रहरू पनि पस्किइसकेका छन् । सबै जातीवादी अधिवक्ताहरूको साझा माग रहेन गरेको छ माथिको तालिकामा ३,४,५,६,१०,११, र १३ नम्बरको क्रममा रहेका मगर, थारू, तामाङ, नेवार, राई गुरुङ र लिम्बूहरूका लागि छुट्टाछुट्ट जातीय राज्य हुनैपर्छ । स्मरण रहोस् यी सबै जातको कूल जनसंख्यामा प्रतिशत लगभग ३३% हुन आइपुग्छ भने बाँकि ६७% मध्ये केही ठुला जातिहरू र साना जातिको प्रतिशत रहन पुग्छ ।
जातीवादी आग्रही हरूले बाहुन र क्षत्रीलाई शोषक र औपनिवेशिकता अरू उपर लाद्ने जातको रूपमा निरन्तर प्रहार गरेर , अब भन्ने नेपालमा उनलाई केही छोड्न हुन्न भनेर दुत्कार एकातिर गरिरहेका छन् भने राई, गुरूङ र लिम्बु भन्दा जातिगत प्रतिशतमा धेरै नै माथि रहेका कामी, दमाई, सार्की, मुसलमान, यादव, ठकुरी, र उस्तै जातिगत प्रतिशतमा रहेका तर हेपिएका तेली , चमार, हरिजन र कोइरी जस्ता जातहरूको बारेमा अक्सर चुपचाप नै रहने गरेका छन् ।

यस्तोमा वर्तमानको मेरो नेपाल भोलिको संघीय गणतन्त्रमा कसरी टुक्रिएर सबैलाई राज्य पस्केर न्याय गर्न सक्षम हुने हो सोच्नै नसकेर म बिलखबन्द परेको छु ।