December 30, 2007

नया बर्षको प्रण

२००७ ले बिदा लिएर २००८ आउन लाग्यो। प्रत्यक बर्षमा दु:खका कुरा पनि हुन्छन, सुखका कुरा पनि हुन्छन, कति मुर्ख काम पनि गरिन्छ कति असल काम पनि गरिन्छ। हामी सब भन्दा बिकसित जनाबर भए पनि कहिले काहि हाम्रा नजिका पुर्खाको बानि ब्यहोरा पनि झुल्किहाल्छ।
सबभन्दा खुसी त यो सालले हामीलाइ दौतरीमा बाध्यो। यो एउटा असल सामाजिक अभ्यास जस्तो लाग्छ। सबै मिलेर यसलाइ निरन्तरता दिदैं जाउ ताकी दौतरी बर्षौ बर्ष स्पष्ट तथा सही बिचार राख्ने थलो होस।
नया बर्ष संगै नया बर्षको प्रण गर्ने बहाना पनि धेरैलाइ मिल्छ। करिब करिब सबै मिडियामा नया बर्षको झिलिमिलि र कस्ले के प्रण गरे यस्तै यस्तै छाइराखेको हुन्छ। प्रण गर्नु निस्च्य नै राम्रो हो, यस्ले जिबनलाइ नया बाटोमा डोर्याउछ। प्राय प्राय सबैले नया बर्षको प्रण गर्छन तर तथ्याकंमा ४०% मात्रैले आफ्नो प्रणमा राख्न सफल हुन्छन, ल भन्नुहोस त तपाइ ४० मा पर्नु भो कि ६० मा?
चुरोट महंगो तर धुवा मात्र, तान्यो उडायो कता हो कता, सास गनाउने फेरि स्वस्थ्यलाइ त्यस्तै हानी। यसो सोंचें के काम यस्को? २००७ मा छोड्ने प्रण गरे। सायद नया बर्षको पहिलो प्रण हो यो मेरो। गज्जब भयो, ठ्याक्कै एक बर्ष भएछ चुरोट नछोएको। फेरी नया साल आएको छ, प्रणको बहाना लिएर।
तपाइ पनि नया बर्षको प्रण गर्नुहोस, नया बर्षको धेरै धेरै शुभकामना।


December 29, 2007

टाउको नभाको कुखुरो

जागीर शब्द नै ‍गज्जब, जा गएर गिर। बिहान देखी गिर्दा गिर्दा गाम ओल्झेको पत्तो नै हुदैन। सांझ परे पछि घर फर्कीयो,हतार हतार खाना बनायो,फेरी भोली बिहान गिर्नको लागी चाडै सिरक पक्डनु पर्छ। निद्रा यता उता भयो कि भोली कता गिर्ने हो भन्ने डर। केही पहिले एक जना नानी भेटेको थिए,हाल चाल सोद्दा के हुनु र यो अ-मरी-खा मा भन्दै थइन। खान त खानी, तर मरी मरी काम गर्दै खाने रे यो अमेरीका भन्ने ठाउ। भनाइमा पिडा र हासो दुबै थियो। तर जे जस्ता पिडा छन यता उता गरेर उडाउनु पर्छ नत्र त भारी बोके जस्तो जती पिर गर्यो उती थपिन्छ, झन झन बोझिलो, झन झन बोझिलो हुन्छ। मेरो काममा एकदमै खरा हाकिम छन। एकदमै कडा मिजासका हाकिम साब बेला बेलामा ठट्टा गर्दै बेजोडसंग हास्दछन। मेरै छेउकी एक जना साथी भन्दै थिइन,ति हाकिम काम पनि २ जनाकै गर्छन रे, हास्न पनि २ जना बराबर हास्छन रे। तर मलाइ भने तिनको काम गराइले सारै प्रभाव पारेको छ। काम जे सुकैको होस,सकाउनु नै पर्छ भन्ने उनको मान्नेता छ। समस्या लिएर जो सुकै आओस, समाधान गर्न तयार।कठिनै किन नहोस,यसो उसो गरेर समाधानको बाटोमा लागी हाल्छन। जस्तोसुकै जटिल काम गर्दा पनि हासोको बहाना निकालिहाल्छन र बेजोड संग हास्दछन। कहिले काही समस्याले आफुलाइ खाजा खान भ्याइदैन तर उनका ठट्टाले भोक नै भुलाइदिन्छ। कहिले काहीं कामका पुराना किस्सा निकाल्छन र अहिलेका नया पिंडीको हासो गर्दछन। साथमा ल्यापटप छ,टेबलमा क्यालकुलेटर,हाकीम साब हातले हिसाब गर्छन। फेरी कुरा मिलाइ हाल्छन,समस्या पर्दा बिजुलीको लाइन गए बिजुली कुर्छौ की समाधान गर्ने तिर लाग्छौ,फेरी हासो मिसाइहाल्छन।सिगैं काम समाले पनि कति मान्छेहरु आला काच्ना नै छन,कोही कपाल फुले पनि काचै काम गर्दछन। ति हाकीम साबलाइ नि मान्नै पर्दछ, जहा रवि पुग्दैनन्, त्यहा कवि पुग्छन भनेको जस्तो १० जनाले मिलेर गरेको काममा कता कताबाट गल्तीमा आखा पुराइहाल्छन। अनी गल्ती गर्ने मानिस वरपर नहुदा हासोको बहाना निकालीहाल्छन,तिनीहरु त टाउको नभाको कुखुरो जस्तो,दौड्यो दौड्यो कता जाने हो टुगों छैन। अनि त हांसो कसरी खप्नु,सबै कुरा भुलेर उनकै हासोमा हासो मिसाउन पुग्छु।
कुरो अलीकती बांकी नै छ। केही पहिला नेपाल धर्म निरिपेक्ष भएको। संयुक्त राज्य अमेरीका सधै नै धर्म निरेपेक्ष छ र याहां ७०% भन्दा बढि क्रसियन हुदा पनि क्रिसमसमा बिदा हुदैन तर नेपाल धर्म निरिपेक्ष भएको एक बर्ष भएको छैन त्यही सरकारले धर्म सम्बन्धी बिदा दर्जनको हिसाबले थपेछ। मलाइ त यो लोकतान्त्रीक सरकार टाउको नभाको कुखुरो जस्तो पो लाग्न थाल्यो।


December 28, 2007

अब देशले एउटा गति लिन्छ कि।

सहमतीका खातैखात लागे पनि फेरी अर्को एउटा सहमती भएको छ।हुन त यो पछील्लो सहमतीले कुनै गतिलो उपलब्धी हासिल गरेको त देखिदैन तर आ-आफ्नै अडानहरु, मुद्धाहरुमा अड्किरहेका दलहरु सबै एक् पाइला पछि हटेर मिल्न आउनुलाई नै उपलब्धि मान्न पर्ला। बिभिन्न बहानामा अवरुद्ध भैरहेको शान्ती प्रक्रिया अब अघि बढ्ने आशा गरौं र देशले एउटा गति लियोस्।कागजीरुपमा नै भएपनि देशमा गणतंत्र आएको छ र ब्यबहारमा आउन अवश्य समय लाग्ने छ। तातै खाउं जल्दै मरौं गर्न पनि भएन।त्यसकारण यसलाई त्यति खिसिट्यूरी नगरौं।बितेका जनयुद्धका १२-१३ बर्षहरुमा सबै पार्टीहरुले एउटा लामो यात्रा पार गरेका छन् र प्रशस्त अनुभव बटुलेका छन्। नेपाली कांग्रेसजस्तो यथास्थितीबादी पार्टी गणतंत्रको मुद्धामा सहमत भएको छ र माओबादी जस्तो अतिबादीहरु लोकतांत्रिक अभ्यासमा आएका छन्। यो अवश्य पनि ठूलो उपलब्धी हो। समयको बिभिन्न कालखण्डमा सबै कहिं न कहिं चुकेका छन र त्यसैलाई आलोचनाको पहाड नबनाई प्रत्येकले सकारात्मक सोच् राखौं।
हामी आफ्नो बिचारमा जति पनि क्रान्तिकारी र जति पनि इमान्दार हुन सक्छौं र जसको बिरोध जति मज्जाले गरे पनि हुन्छ, किनकि हामीले कुनै जनतालाई जवाफ दिन छैन वा कुनै उत्तरदायीत्व बहन् गर्न पर्दैन र सहमतीका म्याराथन वार्तामा हामीलाई बस्नु परेको छैन। बस्न परेको भए अवश्य महसुस् हुन्थ्यो होला। हुन सक्छ-हामी कुनै मौका नपाएर मात्र इमान्दार बन्नु परेको हो ( साथी चनाले भने जस्तै) । ढूकुटीको सांचो आफ्नो हातमा परे पछि मात्र इमान्दारीताको परख् होला।चाहेर-नचाहेर, जानेर-नजानेर पार्टीहरुबाट गल्तीहरु भैरहे। अव आशा गरौं त्यसो नहोला।
एक् अर्काप्रति अविश्वासको भावना नरहोस्। पार्टीहरुले सत्तामोहमा एक् अर्काप्रति घात प्रतिघात नगरून्। सबै मिलेर देशको अक्षूणतालाई कायम राखून्।
नया बर्ष २००८ को शुभकामना।


Got a Telescope? Zoom into the Mars.

2007 WD5 is heading towards our home. But luckily for us, it is our neighbor who would be getting the three megaton pounding. If you are thinking that 2007 WD5 is the code name for YCL operation, then you are wrong. If you are thinking 2007 WD5 is the another suicide jihadist attack, then you are wrong again. It is the unwanted debris of the solar system,at least for humans, which we call Asteroid.
solar systemThis 164 ft slinging stone was spotted in 2007 and had the possibility to hit the Earth. But later, it was expected to hit the Mars. Currently, it is halfway between Earth and Mars, but has very slim chance of swinging towards us. Vigilant scientists have assumed that it has 1-in-75 chance to hit the neighboring red planet in late January. It may not sound a great chance but astronomers deal with 1 in millionth or more most of the time. So, it is pretty solid chance to see the huge firecracker in the relatively small cosmos distance. If it will hit the Mars, then a blast equivalent to 3000 tons of TNT is expected, adding one more scar on the surface of the red planet. The last time we witnessed similar impact was in 1994 when a comet named Shoemaker Levy9 crashed into the largest planet of the solar system, Jupiter.
People on the Earth have many things to cheer about. First the asteroid didn’t want to kiss the Earth. Second, this impact would be the first one to be studied under modern technologies. Third we have few more days to do our mundane daily chores which we hate so much. So say thank you, get a telescope and zoom into the Mars.
I wonder, today, Mars is getting the pounding but there must be something unknown in the dark, aiming at the beautiful dark-blue object. I don't know, why we fight, why we kill and why we are so possessive when our life is so short. If you look into the universe, we are constantly dodging bullets like these everyday and you don’t know which one has your name on it.
NB: 2007 WD5 or similar size cosmic objects aren't big enough to wipe all humans from the Earth in possible impact.


डर

“हेलो ! ठरकी !! म त ह्याँ नेपालाँ सांसद भए नि हो… ” करिव एक बर्ष पहिले उस्को फोन आउदाँ म झस्केको थीएँ “हैन कसरी भयौ हो सांसद..? चुनाउ सुनाउ भा’ छैन त!” “…काँ को चुनाउ नि लोकतन्त्र आए’छि हामी जनताका नेता त्यत्तीकै सांसद भै हाल्यौ नि त….”

म आफूले बुझेको प्रजातन्त्र र उस्को मोडेलको लोकतन्त्र बीच केहि तालमेल नदेखी छक्क परें “हैन लोक तन्त्र भने’छिन त झन लोकले छानेर पठाउने हैन र भन्या?” । “तिमिले भोट हाले नि मैले जित्ने हो नहाले नी मै सांसद भए, भने’छि के को चुनाउ, सुनाउ कसो ….? " उस्ले आफ्नो बुद्धीले भ्याएसम्मको तर्क गर्न खोज्यो, म पनि बैचारीक स्तरको भिन्नता बिच बार्तालाप असंभव देखि चुप लागे‌ ।

ऊ म भन्दा धेरै “सिनिएर” थियो क्यार स्कुलमा, तर के के भएर हो कुनी ऊ अरु भन्दा अलि बढी बढी पढन थाल्यो। मतलब अरुले एक बर्षमा पढने कुरा उसले दूई तिन बर्ष लगाएर पढ्यो अनी त्यस्तै प्रकारले पढाई चल्दा एस एल सि दिने बेलामा उ मस‌गै परेको थियो ।

९ कक्षामा एक चोटी नेपाली शिक्षकले “साँचो” को उल्टो अर्थ लाग्ने शब्द सोध्दा उसले “ताल्चा” भनेर जबाफ दिएको थियो । त्यस दिन कक्षा कोठामा जे भयो मलाई लाग्छ त्यो त्यस दिन कक्षामा उपस्थीत कसेलै कहिल्यै भुल्ने छैनन्।

शिक्षकले “साँचो” को उल्टो “झुठो” हुन्छ भनेर सम्झाउन खोजे तर उसले मानेन। शिक्षकले “लामो” को उल्टो “छोटो” भए जस्तै यो बिशेषण भएकोले यसको उल्टो शब्द पनि बिशेषण नै हुन्छ भन्ने तर्क दिए, तर उसले पनि “साँचो” नाम भएकोले यसको उल्टो पनि नाम अर्थात "ताल्चा" नै हुन्छ भनेर जि्द्दी गर्‍यो। केहि गरे पनि बुझाउन नसके पछि शिक्षकले बेतको डण्डा देखाए, उसले पनि आफू भरौटे लागेको पार्टीको झण्डा देखायो । स्थिति तनावपूर्ण हुन लागेको देखि हामीमध्य केहिले राम छाडि हरामको साथ दियौं । टाउको फोडा-फोड हुने स्थिती देखेपछि हामिहरुले पनि “साँचो” को उल्टो "ताल्चा" नै हो भनेर उसलाई सम्झायौं । अपसोच ! त्यसैदिन देखि उसले मलाई उसको हितैषी सम्झन थाल्यो ।

उस्को जिवनमा यस्तै यस्तै घटना घट्थ्यो । एस. एल. सि. दियो नेपालबाट पास गर्‍यो बिहारबाट । टिकट लिन्थ्यो यौटा दलको चुनाव प्रचार गर्थ्यो अर्कै पार्टिको। स्कुल जिवन पछि उसलाई हामी कसैले पनि कहिल्यै पनि कुनै कलेज, क्याम्पसमा पढन गएको देखेनौं । उ पनि बेला बेलामा भन्ने गर्थ्यो "पढेर को ठुलो भा' छ र….? " । कहिले काहि हामि जिस्क्याएर सोधने गर्थ्यौ "अनि ठुलो हुन के गर्नु पर्छ त?" उ दरिलो स्वरमा जवाफ दिन्थ्यो "राजनीति ! साथी राजनीति!!"

तर अचानक एक दिन नेपाल जाँदा उ संग भेट भयो, उ प्रफुल्लित मुद्रामा थियो र उसले मलाई एकदमै अनौठो समाचार सुनायो "बुझ्यौ ठरकी! तिमिहरु सबै बाहिर गयौ म चाहि यतै पढें, …….पोलिटिकल साईन्समा एम ए गरे हो मैले पनि….." मलाई उस्को डिग्री "होम डेलीभरि" भएको भन्ने अनुमान लगाउन त गार्‍हो त भएन तर पनि कृतिम बधाई चाहि मैले पनि दिए (नक्कली डिग्रिलाई कसरी सक्कली बधाई दिनु)।

त्यतिबेला सम्ममा उस्को वौद्धिक स्तर नबढे पनि "हैसियत" भने पत्याउनै नसकिने गरी बढेको थियो। कुनै संस्थानको गाडि लिएर उ आराम संग हिड्थ्यो, अनि मलाई भन्दै थियो "बुझ्यौ साथी यो निरंकुश 'सरखार' छिट्टै ढल्छ अनि देश हाम्रै हो…."

केहि दिन पहिले फेरी उसैको फोन आयो "साथी समाचार हेर्दे गर्नु ह्याँ सरखारमा फेरबदल हुदैंछ….., अनि यसपाला भने मेरो मन्तरी हुने पालो छ….. " । "हो र?" म अकमक्क परें शुभकामना वा बधाई दिन पनि आँट आएन, यस्तो मान्छे मन्त्री भए देशको हालत के होला भनेर चिन्ता लाग्यो । उ उताबाट बर्बराउदै थियो "….अब हेर देशको काया पल्टिन्छ"।

देश टाट पल्टिन लगिसकेको कुनै सुचना उसलाई थिएन केवल हावा भरमा "काया पल्टाउने" प्लानमा थियो उ। "….ल त साथि म राख्छु है नेपालमा केहि ठुलो काम परे मलाई भन्नु" उस्ले निक्कै बेर गन्थन गरेर फोन राख्‍ने तरखर गर्‍यो " …अँ त तिमिहरु त पत्रीका हैन 'ई-मेल' मा हेर्छौ क्यार (उसको मतलव "ईन्टरनेट" थियो) मेरो नाम हेर्दै गर्नु "

उताबाट उसले फोन राख्यो, त्यसैदिन देखी म ईन्टरनेटमा डराई डराई समाचार पढदैछु, कतै उस्को पनि नाम मन्त्रीको लिष्टमा देखिएला भनेर।




December 27, 2007

डाडा पारी बम बर्सियो डाडा वारी स्याल तर्सीयो

दक्षिण एसीयामा नेताहरुको जिबन बालुवाको महल जस्तै छ,कति खेर स्वाहा हुने हो पत्तो नै हुदैन। भर्खरै पाकिस्तानकी भु.पु प्रधानमन्त्री बेनजिर भुट्टो हिंसक बम हमलामा परी निधन भयो। मुसलिम राष्ट्र पाकिस्तानमा प्रधानमन्त्री हुने प्रथम महिला बनेजिर भुट्टो जुल्फिकर अली भुट्टोकी छोरी हुन। करिब ३ दशक पहिला उनका पिताको पनि त्यसरी नै हत्या भएको थियो। हुन त यि बाबु छोरी बाहेक अरु राजनेताले पनि पाकिस्तानमा बिभिन्न आक्रमणमा ज्यान गुमाए तर यसरी नेताको हत्या हुने दक्षीण एसियन देशमा भारत अग्रपन्तिमा आउछ। देशका पिता महात्मा गान्धी देखी पहिलो महिला प्रधानमन्त्री इन्धिरा गान्धी सम्म बिभिन्न हमलामा जिबन गुमाउने पुगे। हुन त इन्धिरा गान्धीका छोरा राजिब गान्धी पनि आतकंकारी हमलामा ज्यान गुमाए।
नेपालमा पनि जंग बहादुर,राजा महेन्द्र देखी मदन भण्डारी सम्म अकालमै जिबन गुमाउनु पर्यो तर मरे या मारीए त्यस्तो ठोस प्रमाण कतै छैन। देशमै पूल भत्केर ३ दर्जन भन्दा बढि ज्यान गुमाउदा चुप्प लागेर बसेका नेताहरु पाकिस्तानमा राजनितीक नेत्री मारीदा बेस्सरी तर्सीएका छन। हुन त डेढ दशक सम्म माओबादीबाट जनता मारीदा नेताहरु सुरक्षित थिए तर आजकाल नेपालमा पनि हतियारधारी बिभिन्न समुह उप-समुह उतपन्न भएको हुदा पाकिस्तानकै सिको गर्छन कि भनेर भटाभट बक्तब्य जारी गरेका त होइनन् ?


शिबपुरीको चिहान र का मदन भण्डारीका हत्यारा

१९९३ को मे महिना तत्कालिन नेकपा एमालेका शक्तिशाली महासचिब मदन भण्डारीको निधन- हत्या पछि देश भर तोड्फोडको युगान्तकारी आन्दोलन चल्यो। आफ्ना प्रिय कामरेडको अप्रत्याशित र शंकास्पद अबसानमा अन्य कामरेडहरुमा आक्रोशको ज्वाला दन्किनु अस्वाभाबिक थिएन। तर सार्बजनिक सम्पतिको बेजोड तोड्फोडले पछि सम्म आन्दोलन भनेको नै बार भत्काउ, ढुंगा हिर्काउ हो भन्ने कुरामा रुपान्तरित हुन थाल्यो। शहिद मन्चबाट खुलेआम घोषणा गरे, का मदन भण्डारीका हत्यारा गिरिजा प्रसाद हुन् र सिंह दरबारमा आराम गरिराख्या छन्। एमालेको सरकार आउने बित्तिकै ती हत्याराहरुलाई कठ्घरामा उभ्याइने छ भनेर सार्बजनिक फतवा जारी गरे। एमालेका खुँखार अनुसन्धान कर्ताहरुले हत्याराको यकिन गरी चाहिदो प्रमाण समेत जुटाइ सकेको उदघोष गरियो। नभन्दै त्यस पछि भएको मध्याबधि चुनावमा एमाले सबैभन्दा ठुलो दल भए र सरकार चलाए। सबुत प्रमाण जुटाइ सकेको पार्टीको शक्तिशाली नेताको हातमा देशको सत्ता हुंदा मदन भण्डारीको हत्यारा त के तिन भेउको छेउ पनि पुग्न सकेन। न्यायिक आयोगले दुर्घट्ना भनेको मै चित्त बुझाए। यसरी कामरेड मदन भण्डारी को शहादत लाई सिंढी बनाएर सत्तामा पुगे। अझै उक्त जीप दुर्घट्नाका एक मात्र जिउदा प्रत्यक्षदर्शी भनुं या साक्षी गाडी चालक अमर लामा(?) बर्षौं सम्म जिबित रहे। त्यो रहस्यमय घट्ना-दुर्घट्नाको पर्दाफास गर्न किन चाहेन वा सकेन ?षडयन्त्रको गन्ध र तीर आफ्नै पार्टी भित्र त थिएन? आज नेपाली बाम राजनीतिको क्षितिजमा मदन भण्डारि लगभग बिलाए सरि भएका छन्। त्यसरी नै शिबपुरीको चिहान कहिं माओबादीको सत्ता चढ्ने भर्‍याङ त होइन? हुनै लागेको संबिधान सभाको चुनाव त तर्क न बर्कको अत्तो थापेर भाड्न सक्ने महान कामरेडका सन्ततीहरुले आफ्ना होनहार लडाकुहरुको चिहानलाई किन सम्झेका छैनन्? भागबण्डाको राजनीतिमै ब्यस्त किन छन्?मदनभण्डारी र शिबपुरीको चिहान उस्तै उस्तै लाग्यो मलाई। अस्तु!