December 27, 2007

डाडा पारी बम बर्सियो डाडा वारी स्याल तर्सीयो

दक्षिण एसीयामा नेताहरुको जिबन बालुवाको महल जस्तै छ,कति खेर स्वाहा हुने हो पत्तो नै हुदैन। भर्खरै पाकिस्तानकी भु.पु प्रधानमन्त्री बेनजिर भुट्टो हिंसक बम हमलामा परी निधन भयो। मुसलिम राष्ट्र पाकिस्तानमा प्रधानमन्त्री हुने प्रथम महिला बनेजिर भुट्टो जुल्फिकर अली भुट्टोकी छोरी हुन। करिब ३ दशक पहिला उनका पिताको पनि त्यसरी नै हत्या भएको थियो। हुन त यि बाबु छोरी बाहेक अरु राजनेताले पनि पाकिस्तानमा बिभिन्न आक्रमणमा ज्यान गुमाए तर यसरी नेताको हत्या हुने दक्षीण एसियन देशमा भारत अग्रपन्तिमा आउछ। देशका पिता महात्मा गान्धी देखी पहिलो महिला प्रधानमन्त्री इन्धिरा गान्धी सम्म बिभिन्न हमलामा जिबन गुमाउने पुगे। हुन त इन्धिरा गान्धीका छोरा राजिब गान्धी पनि आतकंकारी हमलामा ज्यान गुमाए।
नेपालमा पनि जंग बहादुर,राजा महेन्द्र देखी मदन भण्डारी सम्म अकालमै जिबन गुमाउनु पर्यो तर मरे या मारीए त्यस्तो ठोस प्रमाण कतै छैन। देशमै पूल भत्केर ३ दर्जन भन्दा बढि ज्यान गुमाउदा चुप्प लागेर बसेका नेताहरु पाकिस्तानमा राजनितीक नेत्री मारीदा बेस्सरी तर्सीएका छन। हुन त डेढ दशक सम्म माओबादीबाट जनता मारीदा नेताहरु सुरक्षित थिए तर आजकाल नेपालमा पनि हतियारधारी बिभिन्न समुह उप-समुह उतपन्न भएको हुदा पाकिस्तानकै सिको गर्छन कि भनेर भटाभट बक्तब्य जारी गरेका त होइनन् ?


शिबपुरीको चिहान र का मदन भण्डारीका हत्यारा

१९९३ को मे महिना तत्कालिन नेकपा एमालेका शक्तिशाली महासचिब मदन भण्डारीको निधन- हत्या पछि देश भर तोड्फोडको युगान्तकारी आन्दोलन चल्यो। आफ्ना प्रिय कामरेडको अप्रत्याशित र शंकास्पद अबसानमा अन्य कामरेडहरुमा आक्रोशको ज्वाला दन्किनु अस्वाभाबिक थिएन। तर सार्बजनिक सम्पतिको बेजोड तोड्फोडले पछि सम्म आन्दोलन भनेको नै बार भत्काउ, ढुंगा हिर्काउ हो भन्ने कुरामा रुपान्तरित हुन थाल्यो। शहिद मन्चबाट खुलेआम घोषणा गरे, का मदन भण्डारीका हत्यारा गिरिजा प्रसाद हुन् र सिंह दरबारमा आराम गरिराख्या छन्। एमालेको सरकार आउने बित्तिकै ती हत्याराहरुलाई कठ्घरामा उभ्याइने छ भनेर सार्बजनिक फतवा जारी गरे। एमालेका खुँखार अनुसन्धान कर्ताहरुले हत्याराको यकिन गरी चाहिदो प्रमाण समेत जुटाइ सकेको उदघोष गरियो। नभन्दै त्यस पछि भएको मध्याबधि चुनावमा एमाले सबैभन्दा ठुलो दल भए र सरकार चलाए। सबुत प्रमाण जुटाइ सकेको पार्टीको शक्तिशाली नेताको हातमा देशको सत्ता हुंदा मदन भण्डारीको हत्यारा त के तिन भेउको छेउ पनि पुग्न सकेन। न्यायिक आयोगले दुर्घट्ना भनेको मै चित्त बुझाए। यसरी कामरेड मदन भण्डारी को शहादत लाई सिंढी बनाएर सत्तामा पुगे। अझै उक्त जीप दुर्घट्नाका एक मात्र जिउदा प्रत्यक्षदर्शी भनुं या साक्षी गाडी चालक अमर लामा(?) बर्षौं सम्म जिबित रहे। त्यो रहस्यमय घट्ना-दुर्घट्नाको पर्दाफास गर्न किन चाहेन वा सकेन ?षडयन्त्रको गन्ध र तीर आफ्नै पार्टी भित्र त थिएन? आज नेपाली बाम राजनीतिको क्षितिजमा मदन भण्डारि लगभग बिलाए सरि भएका छन्। त्यसरी नै शिबपुरीको चिहान कहिं माओबादीको सत्ता चढ्ने भर्‍याङ त होइन? हुनै लागेको संबिधान सभाको चुनाव त तर्क न बर्कको अत्तो थापेर भाड्न सक्ने महान कामरेडका सन्ततीहरुले आफ्ना होनहार लडाकुहरुको चिहानलाई किन सम्झेका छैनन्? भागबण्डाको राजनीतिमै ब्यस्त किन छन्?मदनभण्डारी र शिबपुरीको चिहान उस्तै उस्तै लाग्यो मलाई। अस्तु!


दुइ सरकारको नेपाल

विविसी सुन्दा मेरो कानको तरगमा एउटा शव्दले वास गर्यो सिहदरवारमा गणतन्त्र र नारायणहिटीमा राजतन्त्र । क्या वात रहेछ । मैले सोचे नेपालको राजनैतिक नाटकमा सवै सम्भव छ । हिजो एक जनाले सोध्येा तिमीहरुकेा देशमा त गणतन्त्र आयोरे नि हो । मैले भने राजासहितको गणतन्त्र । उ हास्यो यस्तो पनि हुन्छ र - मैले भने किन सम्भव छैन । राइट व्रदरले हवाइजहाज वनाएर उडाउने भन्दा सवै हासेको हैन र - कालमार्क्सको कम्युनिजम सिदान्तलाइ कर्न्भट गरि मदन भण्डारीको नया प्रयोग नेपाल वाट नै भएको हो भने राजतन्त्रको सहितको गणतन्त्र किन नहुने ?

यी दुइ उदाहरण किन भन्दा राइट वर््रदर्सले वनाएको हवइजहाज जस्तै नेपालको राजनिती पनि उडन माहिर छ । राजनितीमात्र हैन देशको अर्थतन्त्र को वेहाल भएको वेलामा ६०१ सासंदको परिकल्पना एउटा राम्रो ल्याडिगंको सम्भावना ठान्ने नेपाली राजनैता जहिले पनि उडन खोज्दा रहेछन भन्ने स्पष्ट छ । भर्खरै आर्थिक समितिका अध्यक्ष परि थापा विदेश भ्रमण उडेर जानु भयो आउनु भयो । नेापलाकेा एक मात्र ध्वजा वाहक विमान चाही उडनै नसक्ने अवस्थामा छ। परि थापा संसदको सुविधा ४० हजार भएको मा कम भएको प्रतिवाद गर्दछन । अनि ६०१ साम्सदलाई कति दिनु पर्ने निकर्षनिकाल्छन उनलाई नै थाह होला । अव आयो वहुदलिय समाजवाद अथात मदन भन्डारी उनी सम्म त यो सिदान्त ठिकै होला तर माधव नेपाल सम्म आइपुग्दा कता हरायो हरायो । प्रधानमन्त्री वन्न अनेक पासा फलियो तर सफल भएन । गणतन्त्र देखि अनेक दाउपेच उमार्ने कोसिस गर्यो खाने वेलामा अर्के ? कंग्रेस एमाले माउवादी सवैलाई राजनैतिक सहमती चाहिएको छ ।त्यो हो सत्ताको अनि नेपाल र नेपाली को के मतलव । राजाको स्थिती पनि देखिएकै हो । राजा आउ देस वचाउ भन्दा पनि देशै मेरो भन्ने लाई के भन्नु ? अन्तत भन्नै पर्यो ठिकै छ माउवादीले प्रयोग गरेको दुइ सरकारको फर्मुला राम्रै रहेछ । पहिले गणतन्त्र कर्ुर्िियो सवै गणतत्रमा गइ पछि आफुलाई राजावादी सग नजिकको स्थानमा ल्यायो अव उसैको समानान्तर सरकारको प्रयोग नेपाल सरकारले गर्दैछ । माउवादी समानान्तर सरकार वाट राष्टिय सरकारमा त आयो सिहदरवारको गणतन्त्र र नारायणहिटीको राजतन्त्रको रगमच चाही के हुने हो हर्ेन वाकी नै छ ।


December 26, 2007

कानुनी राज्य?

तलको खबर पढेपछी दिक्क लाग्यो र आफैलाई सोध्न मन लाग्यो। कस्को गल्ती भन्ने, कस्लाई गाली गर्ने? उत्तर कठिन छ। कसैले मद्घत गर्नु हुन्छ कि?
Kantipur Report: "Irate relatives of a youth, who died on Tuesday night after a fight in a dance restaurant in the capital, staged a protest demonstration in the capital on Wednesday.
Vehicular movement was badly affected in the capital for over three hours due to the demonstration.Traffic was reopened at around three in the afternoon, said traffic police.
Mandip Thapa Magar, a student of Pashupati Campus at Chabahil, died when a fight broke out at the Diamond Dance restaurant at Putalisadak in Kathmandu. The kin of the deceased have claimed that Magar was beaten to death by bouncers at the restaurant. So far, nine people have been arrested, said Singha Durbar police."


December 24, 2007

गणतन्त्र नेपालका प्रथम राजा ज्ञानेन्द्र

डा प्रकाश चन्द्र लोहनी अक्सर भन्ने गर्छन नेपालमा यति बेला सात दलीय सिण्डिकेट सरकार छ । सिण्डिकेटको फैसला लोकतान्त्रिक, जनतान्त्रिक र जनवादी सबै मान्ने गरिएको पाइन्छ । यहाँ संसद छ जहाँ चुनावै कहिलै नलडेकाहरू पदासीन छन् । त्यहाँ बन्दूक बोकेर पनि जान पाइन्छ र मन लागेको कुरा वान्ता गर्न पाइन्छ , मन लागे आमा चकारेर गाली गरे पनि हुन्छ , खर्राटा मारेर सुते पनि हुन्छ , गाउँघरको तिर्सना मेटाउन बाघचाल खेले पनि हुन्छ, दोहोरी गाएर रमाईलो गरे पनि हुन्छ । सरकार सञ्चालन विधि पनि रकम कै छ । चाहे संसदमा जानुस् मन नलागे नजानुस् भत्ता आउने हो आइहाल्छ । सरकारमा भएका मन्त्रीले बेला बेलामा राजिनामा दिन्छन र घर बिदामा बस्छ्न र अलि पछि फर्किन्छन घरको काम सकिए पछि ( सायद धान काट्ने बिदामा बसेका पनि हुनसक्छन् ) । सिण्डिकेट भित्रका पार्टीहरूले गएको डेढ वर्षमा धेरै नै फैसला गरे तर तिनको पालना गरे पनि हुन्छ नगरे पनि हुन्छ ।

सरकारमा बस्नेले प्राइभेट आर्मी पनि राख्न पाइन्छ , नसक्नेले नराख्न पनि स्वतन्त्र छन् । सराकरमा बसेर सरकारको ढुकुटी रित्ताएर पनि ढ्याउ आउञ्जेल अघाइएन भने , जनताले स्वेच्छिक रूपमा चन्दा कसलाई दिऊँ भनेर व्यग्र प्रतिक्षा गरिरहेको हुनाले तिनकहाँ गएर अनुरोधको भाषामा “ दिने भए दे , नत्र सफाया गर्दिन्छौँ” भनेर भैलो खेल्दा पनि हुन्छ । जनता थरथरी काँप्दै तँछाड मछाड गरी स्वे्च्छिक चन्दाको बाकस लिएर आइपुगिहाल्छन् ।मुलुकमा स्वतन्त्रता अहिले यति बिघ्न प्राप्त छ कि जस्ले जे मन लाग्यो त्यही गर्न पाइन्छ । संगठित रूपमा मिलेर कसैलाई ( विशेष गरी गाँठवालाहरूलाई ) अपहरण गर्न र लुट्न पर्‍यो भने , यसलाई राजनीतिक रंग दिनुस् या निधारमा रातो टालो बाँध्नुस या टाटेपाङ्ग्रे कपडा लाउनुस् निर्धक्क भएर मन लागेको गर्न पाइन्छ, कुनै कानूनले छुँदैन।

अनि हाम्रो मुलुकमा रहेको संसारकै विचित्र सांसदले पनि बेला बेलामा विचित्र विचित्रका फैसला गरिरहन्छ । सिण्डिकेटका ठेट्ना भेट्ना भेला भएर संविधान भन्ने किताब लेखे तर त्यो पढेर जनताले सक्न नपाउँदै त्यही किताबलाई ठाउँठाउँमा केरमेट गरिसके । आँफै जनताको मतले चुनिन सकेका छैनन् तर हरेक शव्दमा त्यो तीर्सना मेट्न ‘जनता’ नभनी बोल्नै जान्दैनन् यी विदुषकहरू। अनि यिनले जे गर्छन, जनताको अधिकारलाई खोस्ने काम मात्र गर्छन् । केही समय अघिसम्म दरबारका कर्मचारी कटौतिको नाटक गरे अनि दरबारको सम्पत्ति राष्ट्रियकरण गर्ने आदि पनि । आखिर नरहे बाँस , नबसे बाँसुरी हुने भए पछि अनि राजा नै नरहने पक्का हो भने यो पो किन गर्न पर्‍याथियो होला र राजा नै नरहे उनका कर्माचारी त्यसै कटौति हुन्थे अनि उनको सम्पत्ति राष्ट्रको भैहाल्थेन र गाँठे ? कस्तो मूर्ख बनाको जनतालाई ?

भर्खरैको फैसला हेर्नुस् त सिण्डिकेट सरकारको संविधानबाट राजा शव्द हटाउने भनेर हटाए । कति विचित्र ? संविधानमा राजा छैनन , तर दरबारमा राजा ज्यूँका त्यूँ छन् । गणतन्त्र नेपाल पनि छ , अनि घोषणासंग आएको २२ बुँदे सम्झौता हेर्‍यो भने भोलि चुनाबको बेला राजाले गडबड गरे २ तिहाइ सांसदले राजा हटाउन सक्ने भनि लेकैको पनि छ । कति बिजोग ! एकातिर गणतन्त्र लेखेको संविधान अर्को तिर राजा पनि मुलुकमा जहाँको त्यहीँ । हामी पनि कति भग्यमानी गणतन्त्र र राजतन्त्रका दुवै लड्डु दुईटा हातमा ! हे नेताहरू तिम्रो बुद्दि र कर्म कति महान !!!

हे ज्ञानेन्द्र , तिमी त झन कति हो कति कीर्तिमानधारी रूपमा महान छौ । हेर त कति कीर्तिमान राख्ने भयौ ? बाबु भन्दा पहिले राजा भयौ ४ वर्षमा , (दाइको) छोरा मरेपछि फेरि राजा भयौ त्यतिले नभएर गणतन्त्र नेपालको पहिलो राजा बन्ने विचित्र इतिहास पनि तिमीले नै रच्यौ !!!


December 23, 2007

लौ आयो मासु भएको भेज खाना !

मांसाहारी भन्दा साहाकारी को औशत आयु लामो हु्न्छ रे। त्यसैले होला जापानीजहरुको औसत आयु निकै लामो छ। माछा मासुबाट बढि रोगहरु लाग्ने हुदा धेरै मान्छेहरु साहाकारी हुन हौसीएका छन। धेरै बाच्नु राम्रो हो त्यसैले शाहाकारी हुनु झनै राम्रो। ल भन्नुस त मासु भएको भेज खाना भयो भने त्यसलाइ के भन्ने? उत्तर सजिलो छ,नेपालको लोकतन्त्र। साच्चै नेपाली १० बर्ष पढियो,कक्षा १२मा नि नेपाली पढियो,त्यो लोकतन्त्र भन्ने शब्द सुनेको भए मार्दिनु। नेपालमा हुदा गिरिजा देखी मदन भण्डारीको भाषण नि सुनेकै हो,त्यती बेलासम्म यो लोकतन्त्र आबिस्कार भइसेकेको थिएन। जंगलबाट आयो कि शहरबाट आयो,अहिले लोकतन्त्र नभनी भाषणनै सुरु हुदैन। लोक भनेको जनता,लौ जनताकै शासन रैछ,भोट दिन नपाए नि हाम्रै शासन चल्यारैछ ठिकै छ। आखिर भोट दिए नि हाम्रै मान्छे, नदिए नि हाम्रै मान्छे। के को भोट दिन दु:ख गरिराख्नु पर्यो चर्को घाममा लाइनमा बसेर? फेरी आफु त अमेरिका बसियाछ,त्यसै भोट दिन पाइन्न,ह्यइ बसी बसी आफ्नै शासन हेर्न पाइने,गज्जब भएन त ?लोकतन्त्र राम्रो संग नबुझे पनि यसो खबर खाबरबाट अर्थाउने प्रयास गर्दैछु।आज बिहानै हेरेको त नेपालमा राजा सहितको गणतन्त्र रे,भो कि अब !एइ हो कि क्या हो राष्ट्रबादीलाइ समेट्ने भनेको।
एक जना नानी आफ्नो कोठामा भुतले तर्सायो भनेर सधै आमासंगै सुत्ने। यसो गर्दा आमा चाहींलाइ दिक्क लागेछ,त्यस पछि एउटा बासना आउने स्प्रेमा "Ghost Repellent" लेखेर त्यो नानीको कोठामा चारैतिर छरीछन। त्यस पछि त के को आउनु नि भुत, भुत सधैलाइ गायब।नेताहरुले जनतालाइ गणतन्त्र ल्याउने त भनिहाले,अब संबिधानमा गणतन्त्र लेखेर राजा सहितको गणतन्त्र ल्याउन लाएको त होइन ? ल भएन त अब मासु सहितको भेज खाना?