October 16, 2007

संविधान सभाको निवाचन पछि पनि नेपाल छ ।

भाग २

मैले उल्लेख गरेको ३ शक्ती मध्ये पहिलो शक्ती राजाको वारेमा आज विचार गरौ । २४० वर्षो शाह वंशको इतिहासमा म अरुको धारणको केही तर्क मान्ने पक्षमा छैन । शुरुका केही वर्षएकिकरणको नाममा युद्धमा केद्रित थियो ।अनि सत्ताको लागि संधर्षभन्दै १०४ वर्ष राणा शासन को गणितिय हिसावलाई म राजाको प्रत्यक्ष शासन अवधीको रुपमा मान्ने पक्षमा छैन । २००७ सालको प्रजातन्त्र र १०१७ साल पछीका ३० वर्ष २०६१ साल पछिका २ वर्ष राजाको प्रत्यक्ष शासन अवधी हो । यति अवधीमा नेपालमा राजतन्त्र वलियो वन्ने प्रत्यक्ष अवसर मिल्यो ।

सैनिकलाई शाही सैनिकको रुपमा विकसित गरि त्यसको परमाधिपती रुपमा राजा भए पछि राजाको शक्तीले आकास छोयो । दोस्रो जनआन्दोलन पछि राजाको शक्तीमा केशी हृास आएपनि पर्ण हटिसकेको छ भन्ने मलाइ लाग्दैन । एकापटी सेनामा रहेको राजा प्रतिको आस्थामा कमि आएको छ जस्तो मलाइ लाग्दैन । अर्को तर्फराजाका र्समर्थक नै छनैन भन्ने पनि होइन । राजा ज्ञानेनद्रको व्यापारिक कौसलता र युवाराज पारसको चरित्रको कारण वर्तमान राजा प्रति जनता लाई वितृष्णा लागे पनि अझै एउटा ठुलो जमात राजाको र्समर्थक रहेको मेरो अनुमान छ । यो जमात सात दलको गठवन्धन भित्रै रहेको छुपेको छैन ।

राजा हटाउने कुरा गर्दा हामी सजिलै समस्या सकिने तर्क गछौ । तर यो दुभाग्य पुर्ण तर्क वाहेक केही हुन सक्दैन । हाम्रो मुलुकको अवस्थामात्र नहेर्ने हो भने क्याम्वोडियामा पुन राजा फकाएको घटनालाई उदाहरण लिउ । नेपालको भुतरातल र राजनैतिक परिवेश हेर्दा राजाले निवासनमा पनि उतिकै चलखेल गर्ने छन भन्ने मेरो राय हो । ठुलो क्षेत्र भारत ले ओगटेको र खुला सिमाना सधै नेपालको लागि खडकिन सक्छ । माउवादीलाई धारमा ल्याउदा देशमा शान्ती हुन्छ भन्ने तर्क अहिले र्सार्थक छैन । झनै जातिय राजनितिको चपेटामा नेपाल परेको छ । यसैले यदी राजालाइ सदाको लागी नेपालवाट हटाउने हो भने के नारा मात्रले हुन्छ । यसको पछि पर्ने असरको वारेमा वेलामा नै सचेत हुनु आवश्यक छैन? जनताले चाहेमा राजतन्त्र हटदैन भन्ने होइन तर परिणम र त्यसको समाधमाको उपाय के त -
क्रमश

प्यारमा इमान हुनेको


प्यारमा
इमान हुनेको सधैं सुन हीराको हार हुँदैन प्यारमा,
बेइमान नगरे कसैको कहिल्यै हार हुँदैन प्यारमा
तोडेर तोडिने काँचो धागो होइन चोखो माया,
जब जून तारा दिने झुठो उपहार हुँदैन प्यारमा

तन हेरी तर मन न जुराइ गांसेको प्यार हो भने,
अमर प्रेमको कुनै सार्थक उपसंहार हुँदैन प्यारमा।

हृदयको आकृती अनि आबृती दुबैको एकै हुने हुन्छ,
अनन्त जीवन यात्रा भरिको साथ भार हुँदैन प्यारमा


October 15, 2007

टिका नलाउं

आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।

संविधान सभाको निवाचन पछि पनि नेपाल छ ।

सवै जना संविधान सभा तर्फकुदी रहेको वेला तेस पछिको विषय उठाउन तार्किक हुन सक्छ वा सक्दैन त्यो त म भन्न सक्दिन तर के सविधान सभा नै नेपाल र नेपालीको अन्तिम लक्ष्य हो र - यस पछि नेपाल को स्थिती के हुने त्यो वारे वेलामै सोच्नु आवश्यक छैन र ? के नेपालमा संविधान सभाले सवै समस्या समाधान गर्न सक्छ ?

सविधानको वारेमा सवैलाई थाह छ । तर कानुन को विधार्थी को नाताले भन्नु पर्दा सविधानले सवै कुरा समेटन सक्छ भन्ने मलाइ लाग्दैन । संविधानको मुल मर्म यसको प्रस्थावनाले वताउने भएता पनि केही नितिगत विषय वस्तु भन्दा अरु सविधान सभाको उदेश्य हुन सक्दैन । मौलिक अधिकार राज्यका सम्रचना को स्वरुप निति र संविधानको वाधा अडचन फुकाउने केही विषय वस्तुमा वाहेक अरुलाई प्रस्तावित संविधानले समेटने अवस्य छैन ।

चाहे संसारको सवै भन्दा सानो संविधान भएको अमेरिका होस वा सवै भन्दा ठुलो संविधान भएको भारत अथवा सविधान नंै नभएको वेलायत , राज्यको मुल कानुन संविधान भन्दा ठुलो प्रतिवद्धता हो भन्ने मेरो व्यक्तिगत विचार हो । प्रजातन्त्र पछिको संविधान २०४७ किन सफल हुन सकेन हामीले कहिले सोचेका छैनौन ।राष्टिय स्वार्थ भन्दा व्यक्तिगत र पदिय स्वार्थ रहे सम्म कुनै सविधान पनि दिगो हुन सक्छ भनि म मान्न तयार छैन । यति खेर अष्टिनको भनाइ सान्दर्भिक होला कानुन सम्प्रभुको आदेश हो । वोलीमा जनता र्सव शक्तीमान भनिएपनि केही व्यत्तलीले सत्ता को खेलमा जनताको कुनै औचित्य राख्दैनन । उदाहरुणको लागि धेरै पर नजाउ के २०४६ को जनआन्दोलन को मर्म यति छिटै कुठाराघात होला भनि हामीले सोचेका थियौ र - यस विषयमा पनि लेख्न त मन थियो तर आजको विषयको मुल उदेस्य यो होइन यस वारे पछि लेख्ने छु ।

नेपालको विभिन्न शक्तीमा दल माउवादी राजा जनता जे भनेता पनि वाहृय शक्ती को यो भन्दा ठुलो भुमिका रहेको छ । यहा वाहय शक्ती को वारे कुरा उठाउन छोडने हो भने पनि जनताको नाममा उठेका नेपालमा अहिले सम्म ३ शक्ती छन । प्रजातान्त्रीक शक्तीमा आधारित दल हरु ,राजा अनि हतियार लिइ सधर्षवा क्रान्ती लाई मुल नारा दिने शक्ती । अहिले राजालाई एक्ल्याएर सातदलको गठवन्धन शक्तीलाई मात्र शक्ती को रुपमा व्यख्या गर्नु भविस्यमा ठुलो भुल हुन सक्छ । सविधान सभा ले निमाण गर्ने नया संविधानले राजतन्त्र विहिन नेपाल त वनाउला तर के दिगो शान्ती उपलव्ध गराउला यस वारे सोच्नु आवश्यक छ । खुला सिमाना र २४० वर्षो इतिहासलाई कसरी तह लगाउन सकिन्छ अहिले सम्म कुनै दलले स्पष्ट पार्न सकेको छैन । दोस्रो जनआन्दोलनको वल नेपाली जनता हो भने पनि राज संस्था जरै वाट उखेल्नु पर्छ भन्ने माउवादीको भनाइ र गर्राई अवस्य मेल खादैन । वन्दीलाई भत्ता दिएको भनि र्सार्वजनिक स्थलमा राजालाई दिएको वजेटको ढाकछोप गरिए पनि वजेट दिन संसदले रोक्ने प्रयत्न गरेर । सम्पति राष्टियकरण गरेका भनि दरवार राष्टियकरण गर्दा आम नेपाली झुकिए झै सवै नेपाली अवस्य झुकिदैन । नोटवाट राजाको तस्विर हटाएको ध्वागं फुके पनि नोटमा हुने पानी छापमा राजाको तस्विर हटेन । अनि जति राजा फाल्ने नारा दिएता पनि संविधान सभाको चुनाव नै हुन नसक्नु अरुको स्वार्थलाई वुझन टाढा जानु पदैन ।

क्रमश

October 14, 2007

एक हप्ता पछि

ठ्याक्कै एक हप्ता अघी साझामा धेरै गनथन र मनथन पछि बिचार निस्केको, लेख्ने र पढ्नेको हात जोडे के होला भनेर ? अनि यसो गमें र त्यसको माने निकाल्न तिर लागें। अनि त शब्द निक्ल्यो दौंतारी। त्यस पछि दौतरीको हात जोड्न “welcome” भन्ने ब्लगकले दौंतरी सुरु गरें। सांच्चै यती धेरै दौतरीले हात बढाए, एक हप्तैमा पुराना र नया गरेर १४ वटा लेख जम्मा भए भने नदेखिने सहयोग त अनगिन्ती नै भए। लोगो तथा कोडीगंमा महेशजीले सिंगै हप्ता लगाउनु भयो। म नि कामबाट बचेको समय दौतारीमै बिताए। यसरी लेख्ने र पढ्नेको बिलियो टिम तयार भयो। हुन त लेख लेख्ने,पढ्ने र समायोजन गर्ने संगै संगैनै गर्दैछौ, त्यसैले कहिले कुनै पक्ष कमजोर हुन्छ कहिले अर्को पक्ष। तर पनि यसो हेर्दा सबै पक्ष सह्रानिय नै छन।
दौतारीको बारेमा सबैलाइ जानकारी दिउ भनेर साझामा एउटा धागो सुरु गरेको, बिग्यापन भयो भनेर जानकारी पाएं भने dautari.org शब्द नै सेन्सर भएछ साझा कुराकानीमा। यो भने एक हप्तामा भोगेको तिथो पक्ष हो। तर यस्ता साना तिना अडचनले दौंतारीको बेग रोकिनु हुन्न भन्ने मलाइ लाग्छ।
अब अघाडी बढ्ने तरीका पनि सल्लाहले नै तय गर्नु पर्छ। क्षितीजलाइ हेर्दे सबै मिलेर दौतरीको घेरा अझ फराकीलो पार्नु पर्दछ। तपाईहरु पनि यसो २, ४ लाइन लेखेर कस्तो हुदैछ, के गर्नु पर्दछ कुरा राख्दै जानुहोला।


October 13, 2007

अवको क्रान्ती नैतिक क्रान्ती

राजनितीमा आफुले गरेको ठिक अरुको गलत भन्ने प्रवृतीले नेपाल अव उठनै नसक्ने खाल्डोमा परि सकेको छ भन्दा अन्यायुक्ती हुदैन । माउवादी सरकार मा आए पनि नेपालको शान्ती प्रकुया अझ व्रि्रनु के नेपालमा अव शान्तीको आगमन हुन सक्दैन त - आम नेपालीको मुखारविन्दुमा रहेको एउटै प्रश्न हो । हतिरयार सिकाउनेले भविष्यमा यही हतियारवाट आफनो पनि कालगति हुन सक्छ भनि दुरदर्सर्ीीको अभाव राख्दै अरु पार्टर्ीीई झिन्गा मसिना को संज्ञा दिदैमा वाघको खोल ओढेर वाघ वन्न्ा सक्दैन ।
नेपाली काग्रेसले आफनो सिदान्तलाई पुण परिवर्तन गरि सकेको छ । तर एउटा प्वाल टाल्दा अरु झन ठुलो प्वाल नपरोस भनि सोचविचार नगरि अगाडी वढदा फेरी अन्तत उही ठाउमा पुग्ने त हैन । नेतृत्व वर्गले सोच्नु आवस्यक रहेको छ । माउवादीले देआएको के हो भने हतियार वोकेमा सवै कुरा पाउन सकिन्छ भन्ने सिक्षा मधेसका केही संगठनले अविलम्वन गरी सकेको छ ।कतै नेपालको जातीय राजनैतिक सिक्षामा यसको प्रत्यक्ष प्रभाव नपरोस अन्यथा नेपालको राष्ट प्रमुखको सपना देख्ने नेतुत्व तहका व्यtmी एउटा क्षेत्रको मुख्य मन्त्री मा सिमित हुन के वेर । नेपालको राष्टियता को प्रश्न अव नेतृन्व पन्तीलाई ठुलो भएन । नत्र छिमेकीका एक नेताले नेपालमा हस्तक्षेप गरिनु पर्छ भन्दा कसैको रौमा चिसो पस्नु पर्ने हो । भनेको हो वा हैन नजानी एक अभिनेताको कुरालाई लिएर सहगत प्राप्त गर्न पछाडी नपर्ने नेपाली र कान समाउनु भन्दा पहिले कागको पछि लाग्ने नेत्रत्व को लागी यो विषय मौन हुन सक्छ ।
राजधानीको नजिकको जिल्लामा एक साता नेपाल सरकार देखिएन त्यो गम्भिर प्रश्न अव ठुलो छैन । केवल राज सत्ता कसरी जोगाउने खेलमा भैतारिएको दल र नेपालको आधा सक्ती हाम्रो भन्ने माउवादी लाई एउटै अनुरोघ के हो भने व्यक्तीगत स्वार्थ माथी उठेर चिन्तन गनु हितकारी होला । गणतन्त्र र सविधान सभाको प्रश्न भन्दा पनि एउटा ठुलो प्रश्न छ नैतिकताको । जव सम्म नैतिक क्रान्तीले वाटो लिदैन गणतन्त्र र संविधान सभाको के औचित्य - एउटा नेपालीको वाषिर्क आय २०० अमेरिकन डलर छ । एउटा वेरोजगार नेपालीको कुरा छोडै काम भएका कर्मचारी ले १० हजार तलव पाउन ठुलो छ ।तेही देशका संसद जो आफुलाई र्सव सक्तीमान ठान्छ महिनाको ४० हजार हात थाप्छन र पनि तुलना अमेरिका र भारतको सासदको सुविधा संग गर्न पछि पदैन ।
भष्टचारीलाई कारवाही गर्न आयोगले दिएको प्रतिवेदनलाई न्यायीक निकायमा लैजान कसैको वलवुता छैन अनि केही समुह यसलाइ राजनैतिक खेतीको उचित अवसर भन्दै घर घरमा गएर सामाजिक वहिस्कारको क्रा गर्दछन । जंगलमा लडदा कति दिन खान नपाएको त्यो भाको पेट क्याम्पमा वस्दा पनि पुरा खान नपाएका आफना छापामारको वल वुतमा सिढी चढेका नेता पजिरोको सुख सयालमा हिददा ती आखामा पटटी वाधेकाहरुलाइ भष्टाचारी नहुन सक्छ । दुइ नेतृत्वलाई लडाएर आफु शक्तीसाली हुन सक्छु भन्ने नेताले पनि के वुझनु आवश्यक छ भने यो खुटटा तान्ने खेल खेल्दा आफनो पनि खुटटा तानिन सक्छ । नेतृत्व पक्ष जनताको पछाडी कुदने हौइन ।
जनताको मनोभावलाई वुझेर उसको आवश्यक्ता के हो भनि नेतृत्व गर्न सक्नु पर्दछ । जव जनतालाई उचित वाटो देखाउन सक्दैन भने नेता पनि हुन सक्दैन । अवको चिन्तन भनेको छातीमा हात राखेर भनै म पर्ुण्ा रुपमा जनता प्रति उत्तरदायी रहन्छु । नेता भन्दा नैतीकवान नेताको आवश्यक छ यस वेला नेपाललाई । जसले नेपाललाई वचाएर सतहमा विसाउन सकोस ।
(हुन त यो लेख यस अघी अर्को वेब मा प्रकासित भएको छ । तर पनि दौतरिको सुरुवात को लागि यहाँ राखेको छु । )


October 12, 2007

साइबर :: Cyber

“साइबर”
नेपालियन
मिनिसोटा, अमेरिका
“साइबर” शब्द प्राय नेपाली इन्टरनेटका साइटहरुमा देखिरहन्छ । मलाइ यो शब्द सधै अपुरो लाग्थ्यो । तलको कान्तिपुर कटिगंमा पनि साइबर शब्द शिर्षकमा नै रहेछ। अब चाहि सारै झकझकायो मलाइ त्यो शब्दले ।

click the picture to enlarge
त्यस पछि यसको माने हेर्न आफु संग भएको पुरानो लंगमेन शब्दकोश पल्टाए । त्यसमा त यसको माने नै रहनेछ। ल भयो अब ? त्यसपछि मेरो कम्पिट्युरको कुनामा झुन्डिएको “ http://www.dictionary.com/” को लिकंमा माउस थिचे । त्यसमा पनि साइबर शब्द “cybernetic” संग जोडिएको बाहेक केहि देखाएन । झन तेइ साइटको “Thesaurus”मा त साइबर शब्दनै छैन पो भन्छ । कस्तो शब्द कान्तिपुरले राखेछ, नेपाली त पक्कै होइन ? अब चाहि मलाइ पक्का भयो साइबर शब्द अपुरो नै हो । “साइबर” उपसर्ग बनेर “cybernetics “ मा आएको रहेछ जस्को माने हो “समाहिलिएको यन्त्र वा दिमागबाट बैज्ञानिक तरिकाले खबर आदान प्रदान हुनु (The scientific study of the way in which information is moved about and controlled in machines, the brain, and the nervous system.)” । तेही “cybernetics”बाट “cyberspace ” बनेछ जसको माने हो “सुसाकंकिय संजालमा बिध्धुतिय माध्यमबाट सिधा संबाद हुनु” (The electronic medium of computer networks, in which online communication takes place.)“। अब त प्रष्ट भयो साइबर शब्द होइन कि यो एउटा “उपसर्ग “ हो । भने पछि अब राम्रो संग अर्थिन माथिको कान्तिपुर मा “साइबर” सित “पसल” पनि जोड्नु पर्ने भयो । त्यसरी प्रष्ट भए साइबर पसल, साइबर पत्रिका, साइबर दुनिया आदी को सहि माने बुझिन्थ्यो कि ?
(नोट: माथिका अर्थ लंगमेन शब्दकोश – १९९३ र विकिपिडियाबाट लिइएको हो।)