October 11, 2007

मैले चाहे जस्तो हुने भए

Ajaya Dhakal

भाग १
कर्णाली विश्व विद्यालयको स्थापना
मेरो मास्टस्रको थेसिसको लागि अमेरिकी जल सेनाका एक उच्च ओहोदाका डाक्टरसंग काम गर्ने अवशर पाएको छु । म नेपालबाट आएको भन्ने थाहा पाएपछि उनले नेपालको बारेमा बेलाबखत सोधखोद गरिरहन्छन । सगरमाथाका बारेमा सोध्छन यतिका बारेमा सोध्छन राजा विरेन्द्रको हत्याकाण्ड आदि आदि । उनी जस्तै धेरै अमेरीकीलाइ नेपालको बारेमा धेरै चासो रहेको पाएको छु मैले । प्रायले सुरक्षा राम्रो भैदेको भए नेपाल जान मन भएको बताउँछन मलाइ मनमनै खुसि लाग्छ अनि अहिलेको देशको अवस्था देखेर दुख पनि लाग्छ ।

आज युनिभसर्िटिको एउटा काम गर्दै थिएँ मनमा एउटा योजना आयो कर्णाली विश्वविद्यालयको । नेपालको कर्णालीमा पनि एउटा रिस्रच युनिभसर्िटी खोल्न सके कस्तो रमाईलो हुन्थ्यो होला। मुगु जिल्लाको कुनै उपत्यकामा एउटा विशाल विश्वविद्यालयको कल्पना गनुहोस त । अरु विश्वविद्यालय भन्दा यो कसरी फरक हुनेछभने यसले मुलतः पहाडि र हिमाली क्षेत्रमा आधारित अनुसंधान गर्नेछ । संसारकै अति सुन्दर ठाउँमा रहने हुनाले देश विदेशका विद्यर्थीहरुको लागि यो एउटा आकस्रक केन्द्र बन्न सक्छ । पुर्णत अंग्रजी माध्ययममा संचालन हुने यस विश्वविद्यालय संसारका अति उत्तम विश्वविद्यालयहरु संगको संजालमा बस्ने छ । कर्णाली अन्चलका विद्याथीहरुलाई छुट्याइने १० प्रतिसत आरक्षण बाहेकका बाँकि सबै विश्वभरिका विद्यार्थी अनुसन्धानकर्ताहरु आदिबाट छानिएकाहरु हुने छन् ।

यो विश्वविद्यालय निर्माण गर्न ठूलो रकमको आवश्यक्ता पर्छ तर विभिन्न देशका धनाढ्य ब्यापारीहरु उद्योगहरु बाट चन्दा उठाएर निर्माण गरिनेछ जसले जे निर्माण गरिदिन्छ उसैको इच्छाअनुसार सो संरचनाको नामाकरण गरिनेछ । हुन सक्छ हुलासचन्द्र इन्जिनियरिङ्ग भवन सन सुचना केन्द्र टाटा अटोमोटिभ रिसर्च ल्याव शेर्पा माउन्टनियरिङ्ग स्कुल अफ रिस्रच आदि आदि । मलाइ पुरा विश्वास छ नेपाल भित्र र बहिरका नेपालीहरुको लगानी अरु भन्दा बढि हुनेछ ।

समग्रमा मुगुमा एउटा युनिभसर्िटि टाउनको स्थापना हुनेछ । विश्वविद्यालय संगसंगै गमगढी को विमानस्थललाइ अन्तराटि्रय स्तरको कम्तिमा काठमाण्डौं र नयाँ दिल्ली जोड्न सक्ने बनाउने काम नेपाल सरकारले गर्ने छ । साथै गमगढि देखी विश्वविद्यालय सम्मको हाइवे बनाउने काम पनि नेपाल सरकारले नै गर्ने छ । यसो गर्दा समग्रमा उक्त क्षेत्रकै विकास हुनेछ । हजारौं विद्यार्थी हरु सयौं प्राध्यापक एवं कर्मचारीहरु एवं तिनका आफन्तको चहलपहलले गर्दा स्थानीय पर्यटन ब्यवशायको ठूलो विकास हुनेछ ।

निर्माण सम्पन्न भएपछि विश्वविद्यालय सुचारु राख्नका लागि विद्यार्थी बाट उठाइने शुल्कका आलावा विभिन्न उद्योग धन्दाहरुले आफ्नो अनुसंधान गरे बापत दिने रोयाल्टी अनि विभिन्न क्षेत्रबाट आउने चन्दा ले खर्च चल्ने छ भने । धनि तथ विकसित देशका एवं नेपाली अनुभवि रिटायर्ड प्राध्यापकहरुले निशुल्क सेवा गर्नेछन् । यसको बापत नेपाल सरकारले उनीहरुलाइ सम्मान पत्र दिने छ ।

मलाइ लाग्छ यदि राम्रोसंग प्रस्ताव बनाएर लैजाने हो भने कुनै एक ठूलो विश्विद्यालय वा ब्यापारिक संस्थालाइ मनाउन गाह्रो पर्ने छैन । यदि यो विश्वविद्यालयको स्थापना हुन सक्नेहो भने कर्णाली क्षेत्रमा विकासले ठुलो फड्को मार्ने छ । यदि बाटो र भौतिक संरचना निर्माण गर्न ५ वर्ष लागे पनि सन २०१२ अगाडि नै कर्णाली लगायत सारा नेपालले आफ्नो मुहार फेर्ने छ ।

यदि यहाँको यस कुरामा सहमति विमतिसुझाव अथवा अझ राम्रो योजना छ भने कमेन्टमा या इमेलमा लेख्नु होला ।
Re-published by the author. It was published in http://ajayadhakal.blogspot.com

October 10, 2007

बन्दको कानुन

By Prajwol

यो लेख मैले मेरो आफ्नो ब्लगमा (http://kamaladi.blogspot.com/) पनि प्रकासित गरि सकेको छु, तर मेरो ब्लगका पाठक मेरा सिमित साथीहरु मात्र भएकाले दौंतारीमा फेरि प्रस्तुत गर्दै छु ।


आजकाल अनलाइन नेपालको खबर पढ्न बस्यो कि, संधै कम से कम चार वटा जति हेडलाइन त बन्द, हड्ताल, अनसन,बिरोध, हत्या आदि बारे हुन्छ । अस्ति जस्तो मात्र लाग्छ राजा बिरेन्द्रले नेपाललाइ शान्ति क्षेत्र घोषणा गरेको ।
कसैलाइ केहि समस्या पर्यो अनि एक्लै सिंहदरवार अगाडि धर्ना दिन गयो भने कसैले वास्ता गर्दैनन्, तर सामुहिक रुपमा धर्ना दिए संबन्धित व्यक्तिहरु को ध्यनाकर्षण गर्न सकिन्छ । यहि कारणले होलान् नेपालमा त्यति धेरै पार्टी, संगठन, युनियन आदि बनेका, तर ति पार्टी, संगठन, युनियनहरु ले के आफ्ना सबै सद्स्यको (सामुहिक) हितका लागि काम गरेका छन त? मलाइ त त्यस्तो लग्दैन ।

नेपालका नव युवाहरु खोक्रो पार्टी नेताहरुलाइ सच्चाउनु को साटो, जुगौं देखि क्याम्पसमा पढेको जस्तो गरि विद्धार्थी राजानिति गरि बस्नेहरुको लह लहै मा लाग्छन । अनि तेहि नेताहरु र विद्धार्थीहरुको सिको गर्दै अहिले हरेक भिन्न संगठनहरु पनि गर्दै छन बिरोध, ट्यक्सि वालाले ट्याम्पो वाला लाइ पिट्यो: ट्याम्पो वालाको चक्का जाम, बसले बटुवालाइ ठक्कर दियो: पुरै क्षेत्र बन्द, बटुवाले बस चालकलाइ चुट्यो: यातायत बन्द, एउटा विद्धार्थी युनियनको लाई अर्कोले पिट्यो: शैक्षिक हड्ताल ??????? लोकतन्त्रिक देशमा त न्य़ाय नपाए अदालत जानु पाइन्छ हैन र? कि नेपालमा न्याय कानुन सबै मरि सक्यो?

हो प्रजातन्त्रिक देशमा बिरोधको अधिकार सबैलाइ हुन्छ, तर के नेपालामा आहिले भाइरहेको बिरोध गर्ने परिपाटि ठिक छ त? जनता त्यसै सडकमा आउंदैनन्, २०४६ मा आएका थिए त्यस पछि एकै चोटि २०६३/६४ कुर्नु पर्यो । यो कुरा बन्द, हड्ताल, अनसन, बिरोध आदिको राजनिति गर्ने हरुले बुझ्नु पर्छ । "प्रतिगामी" तत्वहरुको चलखेल आहिले कति छ त मलाइ थाह भएन, तर केहि बिषम परस्थिति आए बन्द, हड्ताल, अनसन, बिरोध आदिले आजित भएका नेपाली जनता तुरुन्तै सडकमा आउने भने छैनन ।

नेपालमा देखिएको जथाभावि बिरोध गर्ने परिपाटि का कारण बिरोधको पनि कानुन बनाउन जरुरी देखिएको छ । मेरा केहि सुझावहरु:

१. जुलुस प्रर्दषण तोकिएको स्थलमा मात्र गर्न पाउने (सामुहिक बिरोध भनेको संबन्धित अधिकरिहरुको ध्यनाकर्षणको लागि हो, तोडफोड को लागि हैन)
२. शैक्षिक संस्था कुनै पनि हालतमा बन्द गर्न नपाउने (शिक्षक वा विद्धार्थीहरुको केहि माग भए छुट्टीको दिन मात्र बिरोध गर्न पाउने)
३. शैक्षिक संस्थामा कुनैपनि राजनैतिक हस्तक्षेपलाइ ठुलो अपराधको रुपमा स्थापित गर्ने (तोकियको मयाद भित्र पढाइ नसकेर राजनिति मात्र गरेर बस्ने लाइ निस्कासित गर्ने)
४. कल कारखानामा केहि समस्या भए मालिक र मजदुर मिलेर सल्टाउने (राजनैतिक पार्टीहरुको कुनै संलगनता हुन नपाउने)
५. कुनै पनि हालतमा सडक र यातायत अबरुद्ध गर्न नपाउने (अफ्नो बन्द गर्न नै परे पनि अरुको रोक्ने तथा तोडफोड गर्न नपाउने)
६. कुनै राष्ट्रिय मुद्धामा जुलुस निकाल्नु परे कार्यक्रमको कम्तिमा १५ दिन अगावै स्विकृति लिइ संचार माध्यमा बाट विस्त्रित जानकारि दिने
७. हाम्रो करको पैसाले तलब खाने मन्त्री/सांसद ले हामीलाइ नचाउने हैन, बरु तिनीहरु हामीले पालेको कर्मचारी भएकाले तिनिहरुको हरेक कामको राम्रो लेखा जोखा गर्ने (हरेक महिना तिनिहरुले के काम गरे छन भनेर मुल्यंकन गर्न अनिवार्य रुपमा हरेकलाइ मासिक रिपोर्ट निकाल्न लगाउने)

यि त भए मेरा विचार, तपांइहरुको को पनि थप सुझाव छ कि?


माओबादीको घुर्की, हुत्तीहारा सात दल र निरिह जनता

केहि समय अगि मात्रै प्राप्त यौटा समाचार अनुशार माओबादी नेता बादलले संसदको बिशेष अधिबेशन बाट संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उनीहरुका अन्य मागहरुमा सहमती नभए देश गम्भिर दुर्घटना तर्फ जाने चेतावनी दिएका छन ।

पत्रकारीताको भाषामा यसलाई "चेतावनी" भनिए पनि बास्तबमा यो हुत्तीहारा सात दललाई दीईएको ठाडो धम्कीपूर्ण आदेस र सम्प्रभुसत्ता सम्पन्न भनिएका नेपाली जनताको संबैधानिक अधिकार माथीको गम्भिर प्रहार हो ।

भारतीय प्रधानमन्त्रीका बिशेष दूत श्याम सरणको नेपाल भ्रमण र नेपाली कांग्रेस केन्द्रीय समीतीको माओबादीले गणतन्त्रको प्रस्ताब राखेमा त्यसको बिरोधमा मतदान गर्ने निर्णय संग संगै भएको यो माओबादी घुर्कीमा संबिधान सभामा हुने आफ्नो लज्जा जनक हारको आभाष हाल आएर माओबादीलाई छर्लंङ्ग भएको प्रष्ट हुन्छ ।

नेपाल गणतन्त्रतात्मक, राजतन्त्रात्मक वा "माओबादात्मक राज्य" जे हुन्छ वा बनाईन्छ त्यसमा नेपालि जनता आफैले आफ्नो मताधीकारको प्रयोग गर्न पाउनु पर्छ । राष्ट्रीय मूलधारमा आएको पनि भन्ने र जंगली राज चलाउने खालका हैकम पनि नछाडने माओबादी व्यबहारले उनिहरु प्रजातन्त्रका पक्षधर हुदै होईनन् भन्ने फेरी एकचोटी प्रमाणीत गरेको छ ।

तर माओबादीको यो हैकम चलाउने र तर्सायर काम गराउने शैलीमा परीबर्तन नआउनुको अर्को मुख्य कारण भने हा्म्रै सात दल वा देसका प्रकाण्ड बिद्धान नेताहरुको हुत्तीहारापन र माओबादीको खराब कार्यको खुलेर बिरोद गर्न नसक्ने कातरताबाट पनि पोषीत छ । किनकी सानातिना केहि कुरालाई छाडने हो भने बिगत एक बर्ष देखी उनिहरुले जे भने त्यसैमा हाम्रा नेताहरुले "त्वं शरणम्" गर्दे आईरहेकाछन ।

अन्तरीम बिधायीकाको सिट भाग बण्डा देखी लिएर जनसेनाको पालन पोषण अनी आफै सरकारमा बस्दै आफै आन्दोलन गर्ने र कानूनी राज्यको खिल्ली उडाएर देसको शान्ती सुरक्षाको जिम्मा पार्टीका भरौटेहरुलाई थमाउँदा समेत कसैले खुलेर बिरोध गर्नु त कता हो कता कुरो उठाउने हिम्मत समेत देखाएनन् ।

अब आएर आफ्नो हारको 'भविश्य दर्शन" भैसकेकाले कहिले आफ्नो अनुकूलता अनुशारको समयमा चुनाव गराउने त कहिले जे संबिधान सभाको चुनाव नै नगरी अन्तरीम संसदबाट गणतन्त्र घोषणा गर्ने जस्ता माग राखेर फेरी एकचोटी आफ्नो घुर्कि प्रथा कायम गर्दैछन ।

सर्ब प्रथम यो "अन्तरीम संसद" हो त्यो भन्दा पनि माथी यसका कुने पनि सदश्य जनताबाट मनोनित छैनन् फेरी यो "अन्तरीम संसद" को यौटै अभिभारा भनेको नै संबिधान सभाको चुनाव गराउनु हो । यस्तो अबस्थामा जनताको यौटै मात्र भेट हाल्न पाउने अधीकारलाई पनि लत्यायर सीधै अन्तरीम संसदबाट गणतनत्र घोषणा गर्नु पर्छ भन्ने दलले कसरी आफूलाई जनताको पार्टी भन्छ हास्यास्पद मात्रै हैन लज्जास्पद कुरा पनि हो ।

देस गणतन्त्र हुनु वा नहुनु भन्दा पनि जनताले आफ्नो मत नै प्रयोग गर्न नपाउनु कानूनी राज्यको अपहेलना र जन अधिकारमाथिको ठाडो प्रहार हो । देसमा संघीय गणतन्त्र नै आओस तर जनताको भोटले आओस कसैको घुर्की वा दबाबले होईन ।

यसरी माओबादीको हरेक घुर्की पुरा गर्दै जाने हो भने त्यो दिन धेरै टाडा छैन जुन दीन माओबादी बाहेक सबै पार्टी प्रतिबन्धित हुनेछन । दूई बर्ष पछी नेपालको राष्ट्रपति हुने प्रचण्डको भविश्यबाणी त्यसै आएको छैन यीनलाई अरु दलका हुत्तिहारा नेताको औकात पक्कै पनि ज्ञात होला र नै त्यसरी खुलेआम राष्ट्रपति बन्ने भविश्यबाणी गर्दे हिडछन् । रह्यो नेपाली जनताको कुरा यीनलाई न त माओबादी न सात पार्टी कसैले सम्मान दिन जानेनन् , यिनिहरु केवल यि हुत्तीहाराका स्वार्थ पुर्तिका औजार मात्रै रहे । माओबादीले संबिधान सभामा हार्छन भनेर जनतालाई भोट हाल्ने मौका पनि नदिनु कहाँसम्मको प्रजातन्त्र हो र माओबादीले जे भन्छन त्यही मान्दै जाने दलको पनि के अस्तीत्व भो ?

तर केहि दिनको नाटक र केहि कुराको थपघट गरेर माओबादीको धम्कीलाई "प्रस्ताब" र सात दलको लाचारीलाई "स्विकृति"को संज्ञा दिई यस पटकको माग पनि पुरा भएमा पनि ठरकीलाई भने अनौठो लाग्ने छैन ।


October 9, 2007

सानो कुरा

आज तेस्रो दिन भयो दौतरी सुरु गरेको, निकै उल्लेखनिय प्रगती भएको महशुस भएको छ । सबै सल्लाह, सुझाब लिएर अघि बढिरहेका छौ तर साना तिना कोडिगं को समस्या भएर दौतारीलाइ थप आकर्षण दिन समय लाग्ला जस्तो छ।
चना, ठर्की तथा राहुल दाइका लेख निकै राम्रा र सन्द्रभिक लागे । यसरीनै दौतारीका हात बलियो पार्दै लाग्नु पर्दछ।

साथै ब्लगलाइ परिस्क्रित पार्न डिजाइन देखि लिएर बाटो देखाउनुहुने सबै मित्रहरुलाइ धेरै धेरै धन्यबाद।
बिशेष गरी महेश मित्रले दौतरीको ब्यानर बनाउनु भएर ठुलो मद्दत पु्याउनु भएको छ। यसै गरी नै हातेमालो गर्दै लागौं, भबिष्य अबश्य नै सुन्दर हुने छ। यदी कुनै मित्रहरु क्रमिक रुपमा लेख, रचना पठाउनु हुने भए या गेष्टको रुपमा लेख रचना पठाउनु भए, [email protected] यो इमेलमा खबर गर्नुहोला । यदी तपाइहरुलाइ दौतारी राम्रो लागे कमेन्ट बक्समा केही पोख्नुहोला । साथै निकै मिहेनेतका साथ लेखिएका रचनाहरुलाइ पढेर हौसला थपिदिनुहोला ।


दशैंको टीका

दशैंको टीका
त्यतिबेला सम्म जिउंदो रहे भने,
च्याण्टेको आमाको सिउंदो रहे भने,
काका! यसपालीको दशैंमा,
टीका लागाउन आउंदै छु।
आषिश थाप्न आउंदै छु।
भो काका,
खसी किन्न हाट जानु पर्दैन।
ज्यानमारा साहुको लात खानु पर्दैन।
बाटा भरि बारुद हरु होलान्,
निस्तब्ध रात फेरि चिर्नु पर्दैन।
मान्छेको मोल खसी भन्दा सस्तो भएको बेला,
बोली भन्द सस्तो गोली भएको बेला।
काका,
चुकुल लगाऔं,
र सुकुलमा बसौं।
अर्को साल भेट होला न होला,
यसैपाली आगौंको भाग समेत
टिका लगाइ दिनुस्,
मान्छेको म्रित्यु मर्न सकुं
यही आषिश दिनुस्।



बाहुन र बाहुनबादका सम्बन्धमा

नेपालमा बाहुनबादको चर्चा चल्न थालेदेखि नै यस मुद्दालाइ एकथरीले गायत्रिमन्त्र सरी गुपचुप राख्ने वा ढाकछोप गर्ने र अर्कोथरीले ब्रम्हास्त्र सरी जहिंतहिं आक्रमण गर्न प्रयोग गर्ने गर्दै आएका छन । जातले बाहुन भएकाहरु बिशेषत: यो बाहुनजातिको तेजोबध गर्न उचालिएको मुद्दा भन्ठान्छन । कतिपय त अझै बाहुन शब्द नै पनि आफ्ना जातिविशेषलाइ अपमान गर्ने शब्द भएको भन्ठान्छन भने ब्राम्हण भनिदिंदा मान गरेको भन्ठानेर गजक्क नाक फुलाउँछन । जनै लगाउनु नै ब्राह्मणको परिचय हो भन्ने सोच्ने मानिसको पनि कमि छैन, भने धेरैलाइ को ब्राह्मण हो वा होइन भन्ने स्पष्ट परिभाषा दिन धौ धौ पर्दछ ।
बाहुनबाद सम्बन्धि बिवादहरुमा मैले बाहुनबाद एउटा प्रवृत्तिसित गाँसिएको चरित्रको सैद्धान्तिक परिभाषा हो भन्ने ब्याख्या पनि पढेको छु, जसले बाहुन जातिलाइ बुझाउने नभै एकखालको प्रवृत्तिलाइ बुझाउँछ, जुन प्रवृत्ति धेरथोर जुनसुकै जातिका मान्छेहरुमा पाइन्छ भनिन्छ । तर जे होस बाहुनबाद शब्दलाइ जुन रुपमा प्रयोग गरिएको छ त्यो उचीत छैन भन्ने मलाइ लागेको छ ।

यसै प्रसंगमा एक बिदेशी साथिले मलाइ ब्राह्मणका दशप्रकार बारे जानकारी दिएका छन । त्यो लिस्ट हेर्दै जाँदा मैले चिनेजानेका सबै जसो मित्रहरु निषाद ब्राह्मण, पशु ब्राह्मण, म्लेच्छ ब्राह्मण वा चाण्डाल ब्राह्मण पो रहेछन जस्तो लाग्यो । ल हेर्नुस है त यो बर्णनअनुसार तपाइका वरीपरी रहेका ब्राह्मणहरु कुन प्रकारका रहेछन कमेण्टमा लेख्नुस है ।

ब्राह्मणका प्रकारहरु

१. देव ब्राह्मण
प्रतिदिन स्नान, सन्ध्या, जप, होम, वलि, वैश्वदेव आदि गर्ने ब्राह्मण
२. मुनि ब्राह्मण
जो बनमा बसी कन्दमूल, फलफूलमा बाँची दैनिक श्राद्ध गर्ने ब्राह्मण
३. द्विज ब्राह्मण
वेदान्त जान्ने, सबै अनुराग आशक्ति त्यागेको ब्राह्मण
४. क्षत्रिय ब्राह्मण
सैनिक पेशा वा युद्ध कर्म अगाल्ने ब्राह्मण
५. वैश्य ब्राह्मण
कृषि, पशुपालन र लत्ताकपडा व्यापार गर्ने ब्राह्मण
६. शूद्र ब्राह्मण
लाहा, नुन, रङ, दुध, घिउ, मह, मासु आदि बेच्ने ब्राह्मण
७. निषाद ब्राह्मण
चोर, डाँकु, षडयन्त्रकारी र माछा, मासु खाने ब्राह्मण
८. पशु ब्राह्मण
ब्रह्मको बारेमा केही पनि नजान्ने, खाली जनै लाएको भरमा ब्राह्मण भएकोमा घमण्ड गर्ने ब्राह्मण
९. म्लेच्छ ब्राह्मण
विना उद्धेश्य कुवा, तलाउ ,बगैचा, आदि नष्ट गर्ने अरुलाइ दु:ख दिन उद्यत रहने ब्राह्मण
१०. चाण्डाल ब्राह्मण
ब्राहमण संस्कारले शून्य सबै प्रकारका धर्म विचारबाट टाढा रहेको मै जान्ने सुन्ने हुँ भन्ने मुर्ख ब्राह्मण