December 20, 2012

सपनाको देशमा सपना टुटेको छ

नबिन मालाकार

गाउँमा वदली हुँदा मेरी आमा आकाश तिर हेरेर,
धारे हात लाउँदै "अब कुन पाखा लान्छस् ?" भनेर बिच्कन्थे ।
खोला साँध परेको खेत, आधा बगेर पारीपट्टी चरन भएको थियो ।
नत पारीकाले दाबी गर्न सके नत हाम्रो हक लाग्यो !
म भने बादल हेरेर खुब रमाउँथे
बादलले लिने आकार हेरेर दंग पर्थें र
बादलको हात्ति चढेर कल्पनाको संसारमा डुबीरहन्थे।
"यो मोरा कति ट्वाल्ल परेर बस्न सक्छ?"
"बादल हेर्ने मान्छे हुस्सु हुन्छ "
मैले बादल हेर्न छोडीन। मेरो घैटोमा घाम लागेन।
आज म बर्षैभरि घाम लाग्ने ठाउँमा छु
तर यहाँ बदलि हुन्न। निलो आकाशतिर टोलाउँछु केवल रिक्तता पाउँछु ।
मानिसले मानिसलाई मानिस नगन्ने यो मरुभूमिमा
आकार बुन्ने र सपना देख्ने मेरो सहारा, बादल, कतै भेटिन्न ।
सपनाको देशमा आएपछि, सपना बुन्ने मेरो क्षमता टुटेको छ ।
 
नबिन जी को ब्लगको लागि http://nabinkm.com मा जानुहोला.
 


December 9, 2012

तारा खस्दा

"खलानको मान्छे"
 
संगै हुँदा कतिपए कुरा हरु भुले हो ला
घुर्काएको याँद आयो फकाउन भुले हो ला ।।
तारा खस्दा आकाश मा उनकै खुशी माग्छु किन ?
सुन् चादी होइन मैले प्यारले फुल दिए होला ।।
सिमेन्टको जङलमा भर्भराउदो बैश ढल्यो
पसिनाले नुहाँहुदा सपनिमा देखे हो ला ।।


फुलको मन्झरिले यहा न-बिच्काको होइन
मनको तरेलिमा उनै बयली नखेलेको होईन
यादै यादको छाँया उडि बादल बन्छ गगनमा
आफैलाई भुले कती सधै उनलाई सम्झे होला ।।
 
 


November 14, 2012

मान्छे र घाम

बसन्तमोहन अधिकारी
 
मनमोहक, सुन्दर
रातो लाली
धर्तीको आँगनमा
स्वतन्त्र स्वाधिनता बिच
टुकु टुकु अघि बढ्दा
सबै लोभीन्छन्
छुन लालहित हुन्छन्
तिमी मलाई
भोलीको आँड भरोसामा
कतै ढोक्छन्
कतै चुम्छन्
हाम्रो वालपन
सुखै सुखमा बित्यो
हाम्रो आगमन
समयको चक्र
यो जवानी
अतृप्तहरु
आफ्नो राग मेट्न
स्वतन्त्र स्वाधिनताको रगंमा
समाहित भैदिन्छन्
धिप धिप
आज होकी भोली
कसले ताप्ने,
निभ्न लागेको आगो
डुब्न लागेको घाम
अन्ततः
स्वार्थी दुनियाँ
थाहा नदिई भाग्छ


October 22, 2012

शुभ बिजय दशमी - Happy Dashai

हरेक बर्ष आउने नेपालीको ठूलो चाड बिजय दशमीको उपलक्षमा संपूर्ण दौंतरी लेखक तथा पाठकमा हार्दीक मंगलमय शुभकामना। गर्मी,जाडो तथा बर्षासंगै पार हुने दिनहरू दशैंसम्म आउंदा रंगमय हुन पूग्दछ। दैनिक काम,ब्यस्ता,सुख,दुख सबैलाइ चाड पर्वहरुले भूलाउने गर्दछन तथा आफन्तसित भेट गराउने अबसर जुराउंदछ

यस्तै ब्यस्तामा पाठकहरुको शुभकामनाको लहरले तपाईहरु बिच भेट गराउने अबसर जुटायो। कतिपय दशैंकोलागी घरतिरको यात्रामा लागीसक्नु भएको होला। कती दौंतरीहरु कामको चपेटामा परदेशमै या अन्य शहरमा घर भन्दा टाढा दशैं मनाउने तरखर गर्दै हुनुहुन्छ होला। जाहां हुनुहुन्छ,जसरी दशैं मनाउने बिचार गर्नुभएको छ,यो महान चाड निकै हर्ष उल्लासका साथ मनाउनु होला। पाठकहरुबाट प्राप्त केही दशैं झल्काउने सामाग्री सहित पून संपूर्ण लेखक तथा पाठकहरुलाई दशैंको हार्दीक मंगलमय शुभकामना टक्राउंदछौं।

तपाइको दशैँ कस्तो रह्यो, कसरि मनाउदै हुनुहुन्छ दौतारीमा बाड्न नभुल्नुहोला।


October 21, 2012

बिजया दशमीको हार्दिक शुभकामना


झुल्कियोस दैलो दैलोमा, अन्धकार चिरी ज्योति
धेरै भयो खुशी निभेको, आउ उषा लाली पोती 

रगतको छिट्टा छिट्टामा, निसास्यो यो कठै ! माटो 
श्रम शिप भए कदर, फल्थ्यो होला यही मोती 

सदभाबको बाताले कसम, आस्थाको छानो हाम्रो
छेकिन्थ्यो के झरी ?नत्र त, आर्काको छातामा ओती

भोक किन्न सकिन्छ कहाँ ? चौरासी बेन्जनै भे नी
अमृत झै हुन्छ बरु त्यो, पसिनाले कमा रोटी

हर नेपाली मनमा पलायोस खुशीको जमरा
अट्ल होस शान्ति यहाँ, देउ बिबेक सरस्वती



August 2, 2012

शेषनाग र गोरुको टाउको

— निर्मलमणि अधिकारी

पृथिवी केमाथि अडिएको छ वा के कारणले अडिन सकेको छ भन्ने बारेमा अनेक
भनाइहरु नरहेका होइनन् । कतै यस्तो लेखिएको भेटिन्छकि पृथिवी शेषनागको टाउको
मा अडिएको छ । शेषनागका एकहजार टाउकाहरु छन् अरे र ती टाउकाहरुमा पालैपालोसँग
पृथिवीलाई राख्ने क्रममा एक टाउकोबाट अर्को टाउकोमा पृथिवीलाई लैजाँदा
हल्लिएर भुइँचालो जाने हो अरे ! उता कसैको विश्वास अनुसार, पृथिवी एउटा गोरुको
टाउकोमा अडिएको छ अरे ! हक्र्युलिसले काँधमा आकाशलाई थामेको भन्ने जस्तै
हास्यास्पद छैनन् त पृथिवीलाई नाग वा गोरुका टाउकामा अडिएको विश्वास गर्नु ? यता
आधुनिक विज्ञानको सहयताले हामीले पत्तो पाइसकेका छौंकि पृथिवी सौर्य–प्रणालीको
आकर्षण–शक्तिको सन्तुलनका कारणले स्थित छ ।
हामीलाई थाहा हुनुपर्ने तथ्य के होभने आधुनिक विज्ञान र यस संसारको सर्वप्र
ाचीन ग्रन्थ वेद— यी दुइटाको यस सम्बन्धमा एक मत रहेको छ । यस सम्बन्धमा हामी
महर्षि दयानन्द सरस्वतीकृत ‘सत्यार्थ प्रकाश’को मद्दतबाट चर्चा गरौं । वेदको कथन छ—
“उक्षा दाधार पृथिवीमुत द्याम् ।।” (ऋ. १०।३१।८ तथा अथर्व ४।११।१) महर्षि लेख्नुहुन्छकि
वर्षाद्वारा भूगोललाई सिंचन गर्ने हुनाले सूर्यलाई ‘उक्षा’ पनि भनिन्छ र यही उक्षा
(सूर्य)ले पृथिवीलाई धारण गरेको छ भन्ने वेदको कथन हो । यसरी सहस्राब्दियौं अघि
(वा सृष्टिसँगै) वेदद्वारा भनिएको तथ्य आधुनिक विज्ञानद्वारा पुनः प्रमाणित गरिनुले वेद
विज्ञान हो भन्ने हाम्रो भनाइनै सत्य साबित भएको छ ।


July 25, 2012

भिन्नता - नेपाली पत्रिका र अमेरीकी पत्रिका

जब आफ्नो ठाउँबाट अन्य ठाउँमा पुगिन्छ, नयाँ ठाउँलाई पुरानो ठाउँसँग दाँज्ने त सबैको बानी नै हुन्छ। झन् नेपाल छोडेर विदेशमा पुग्दा त सबैले देश दाँज्ने गर्छन्, हाम्रो देशमा पनि यस्तै अग्ला घर भए, यस्तै चिल्लो बाटो भए यस्तै यस्तै। यस पटक भने मलाई नेपाली पत्रिका अमेरिकी पत्रिका सँग दाँज्न मन लाग्यो। कहिले कांही नेपाली पत्रिकाका कुराले झकाउन त गर्थ्यो। यसपटक भने लेख्नै मन लाग्यो।
आज बिहान नागरिक न्युज हेर्दा प्रथम लिंक नै नराम्रो खबर पढ्न पुगे। खबर यस्तै थियो
खेम कार्की, दक्षिण कोरिया, साउन १० - इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आएका प्युठानका


July 24, 2012

दोधार


Rakesh Karki

लस् एन्जेलसका साथीहरु जम्मा भयौँ

नयाँवर्ष दशैँ क्रिस्मस् मनायौँ

साँगीतिक साँझ सिनेमामा रमाउँदै

पार्टी डिजेमा कम्मर मर्कायौँ

सेलिब्रेटिजहरुको शहर यो

ब्रिफकेश बोकेर ब्लाक टाई लगायौँ

खितितिति खित्का रमाइलो गफै

विकसित देशमा चाला अर्कै

को भन्दा को कम हामी जम्मै

कस्तो कस्तो हेर फेशन आम्मै

एकादेशका राजकुमार राजकुमारी जस्तै

गगनचुम्बी महल हामी मस्तै

चिप्लिने कारमा आइफोन जोडी

हाइ हेलो ह्वाट्स अप बडी


July 13, 2012

अचेल समाज

-Prem Oli
अचेल समाज


साडी र सुरुवाल कुर्तामा
सजिएको समाज त्यो
आज
प्यान्ट हाफ प्यान्ट हुँदै
कट्टु र पेन्टिमा हिड्दा
छोराको के कुरा
छोराको बालाई पनि
मन थाम्न गार्हो भो
रातमा भन्दा झन
दिनमा पो हिंड्न सार्हो भो
त्यसैले होला अचेल
हजुर बाहरु पनि
कान्छीको भट्टी छाडी
क्याबीन डिस्को तिर भेटिन्छन
हजुर आमाहरुस॑ग
सानो सानो कुरोमा पनि च्याठिन्छन ।

काकाहरु पनि अचेल
डाँका भएका छन
पेन्टी र कट्टुकै लागि
कसैको खल्ती चोरेका छन
कसैको घरै फोरेका छन
तर कसले भन्ने बिकृति यसलाई
सबैले झन कट्टु पेन्टिलाई
उत्तर आधुनिकतासँग जोडेका छन
त्यसैले होला चित्रकारहरु पनि
नारी सौदर्यताको वकालत गर्दै
बिना बस्त्रको चित्र कोरेका छन ।

कला कर्मी पनि के कम
कथाले भन्दा
समाजले मागेको भन्दै
नयाँ नयाँ रेकर्ड तोडेका छन
विवाह गर्दा
सात जनमलाई खाएको कसम पनि
सातै दिनमा छोडेका छन ।


June 22, 2012

गाउँखाने कथा ५२ (Nepali #Gaukhane #Katha)




अपडेटः गाउँखाने कथा ५२को सही उत्तर  हो कसौंडी। उत्तर मिलाउने लुनाजीलाई बधाई तथा उत्तर मिलाउन प्रयास गर्ने सबै दौंतरीहरुलाई धेरै धेरै धन्यबाद।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍---------------------------------------------------

सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


हिंड पुड्के, चुला जाउं?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।






June 21, 2012

निकंम्मा मान्छे

-खलानको मान्छे


निकंम्मा सबित भयका भिरु हरु
आफ्नो संम्बिदान सभा मा पराजित भय
शान्तिको लागि क्रान्ति उध्द्घोश गर्ने हरु
आफ्नै बन्दुकको मोहरिमा डराउने भय
अब पूर्ण मुर्दा शान्तिको लागी
मसानमा अघोर तन्त्र गर्दै छन
हजारौ नेपाली टाउको को मला लगाएका
चन्ड मुन्ड नै हुन की त यी कलियुगका
दब्दवा छ अझै भाले भन्ने सपना
पोथी होइन थारो भैंसीको आसन मा
घाश खाँदै पाहुर मर्दै छन
बश मोटाउदै छन चुनाबी खेल खेल्न
एुटा रण तयार हुँदैछ् फेरी
जनता बाट सुक्रिती हुने ठहरमा
जात बर्ण धर्मको बिभाजन हुँदै छ
किनकी फुटाउ र राज गर माहामन्त्र हो निकंम्मा हरुको


May 26, 2012

नेपालको संविधान जारी

नेपालको संविधान बनाउने पटके संविधान सभा जारी छ। २ वर्ष पाएको म्यादमा पनि संविधानको कुनै खेस्रा तयार नभएको ले पटक पटक म्याद थप्दै सर्वोच्च अदालतले थपेको म्यादमा पनि संविधान बन्ने कुनै लक्षण छैन तर म्याद सकिने अन्तिम दिन सम्म पनि सभा भने जारी छ। साँच्चै कै संविधान त अब छोरा नातिको पालामा आउला तर नक्कली संविधानको खेस्रा भने यस्तो छः


हामी नेपाली

- प्रेम ओली
बली चढाउने अर्कै
मासुको स्वाद चाख्ने पनि अर्कै
बलिमा सधैं चढने
बलिका बोकाहरु हामी
सिकारीहरू अर्कै
सिकार खानेहरू अर्कै
बन्दुकमा प्रयोग हुने र
फालिने खोकाहरु हामी
दूध खाने पनि अर्कै
तर मार्ने पनि अर्कै


May 20, 2012

फेसबुकबाट सापटी

 Baru sambidhan nabane nabanos...Tara yo pyaro desh jaati jaatiko tukra nabanos....mero haardik anurodh......maobaadile salkayeko aago le aaja desh jaliraheko chha..haami aba pani nabole kahi le Bolne ho...lau an aawaz bulanda paarnu paryo..
धेरै समय भयो फेसबुक र दौंतरीबाट टाढारहेको। आज समय निकालेर फुसबुक नियांले। लाइक, डिसलाइक,ट्यागका जालले भरिएको पेजमा एक जना डाक्टर साथीले प्रोफाइल स्टाटसमा माथि लेखिएको कुरा राखेका थिए।
जेठ १४ नजिकंदै जांदा नया नेपालको नयाँ संविधानको नाटकको क्लाइमेक्स तिर पुग्दै छ। एक हुलले जात जातिको भरमा राज्य राख्नु पर्ने भनेर नेपाल बन्द नसकाउँदै अर्को थरीले जात जातिको भरमा राज्य राख्न हुँदैन भनेर नेपाल बन्दको तालीका तयार पारिसकेका हुन्छन्। राई लिम्बुले पूर्वमा बन्द नसकाउंदै ब्रामण क्षेत्रीले पोखरामा बन्द सुरू गर्दछन। सुदूर पश्चिमका पनि के कम, अखण्ड सुदूर पश्चिम भनेर २ हप्ता जन जिबन ठप्प पारीदिन्छन।
बुढा पाका भन्थे मान्छे मरे भनेर हैन कि काल पल्क्यो भनेर चिन्ता गर्नु। त्यस्तै भएको छ नेपाल। २ - ४ जनाको ज्यान लिनु र देशको शासन ब्यबास्थाको खिली उडाउनु लाई आन्दोलन ठान्ने माओवादीको रोग अहिले देश भरी राम्रैसंग सल्किएको छ र माथि ती साथीले फेसबुकमा बाँडेको प्रसङ्ग प्रया नेपालीको चिन्ताको विषय भएको छ। आफ्नै कार्यकर्ताले वितण्डा मच्चाए आन्दोलन हुन्छ अर्को समूहले त्यही गरे अपराध। पार्टीहरूले आफ्नै पकेटका भोटरहरु उचालेर आफ्नो दुनो सोजाउने काम अब सबैले सिकेका छन। चाहेको कुरा नपुगे उपाय सरल छ - नेपाल बन्द। त्यसको विरोधमा को उत्रिने? पार्टीहरू उत्रिने कुरै भएन किनकी त्यो अस्त्र आफूहरूले प्रयोग गरिसकेका छन र भविष्यमा पनि प्रयोग हुन सक्छ। जनताले प्रतिकार गर्ने कुरै भएन, जो मर्यो मर्यो, अरू कठै भन्ने मात्र हुन। आखिर जुन पार्टी सरकारमा गए पनि सुरक्षा संयन्त्र त्यही हो। पटक पटक असफल त्यो संयन्त्रले जनताको सुरक्षाको चासो नामसँग मात्र सम्बन्ध छ।
जेठ १४ आउने पक्का छ। त्यसलाई कसैले रोक्न सक्दैनन्। अदालतको निर्यणले गर्दा संबिधान सभाको आयो पनि त्यसै दिन टुङ्गिन्छ। यसको अर्थ संविधान जारी हुन्छ हुन्छ। पार्टीहरूले आफूले काम गरेको देखाउनु छ। खोस्टो भए पनि संविधान जारी हुन्छ। राम्रै जारी भए पनि विरोध पक्कै हुनेछ तर झारपाट संबिधान आए त सरकारले ठुलै विरोधको सामना गर्नुपर्ला। कागजी ज्ञानका विज्ञ मानिने हाम्रा नेताहरूले अरूको देशमा देखेको जस्तै राज्य गणराज्य बनाएर विकासको छलांग मार्ने सपना भने सपनामै सीमित रहनेछ। सुर न सार भात खान तयार भने जस्तो आर्थिक,कानुनी हिसाबबाट स्पष्ट नपारी कागजमा देश बाँडेर संविधान बनाउँदा देश लँगडो त हुन्छ नै, अझ एउटा बर्गलाई पेलेर अर्को बर्गलाई काँधमा राखेर संविधान जारी गरे देश झन खिचातानीमा अल्झने छ। आशा छ जनताले फेरी अर्को आन्दोलनको सास्थी ब्योहर्न नपरोस्।



May 17, 2012

थिएटरमा जम्दै स्कुले नानीहरु, रंगमञ्च जोगाउँन खुत्रुके अभियान


 ‘यति साना नानीहरुले यस्तो कला देखाँउछन् भन्ने कल्पनै गरेको थिइँन्,’ पसिना पुछ्दै महेन्द्र राई भन्दै थिए, ‘नानीहरुको प्रस्तुतीले मलाई भावुक बनायो ।’ 
 धनकुटाबाट आफ्नो छोराको प्रस्तुती हेर्नै भनेर इटहरी आएका राईले स्कुल थिएटर २ मा बालबालिकाले मञ्चन गरेको नाटक हेरेपछि आफुले जीवनमा यस्तो कहिल्यै नदेखेको बताए । आफु धनकुटामा व्यपार गरेपनि छोरा कपिललाई पढाउन इटहरीमा राखेको बताउँदै राइले छोराले आफुहरुको नाटक मञ्चन हुने खबर गरेपछि धनकुटाबाट झरेको उनको भनाइ थियो ।