February 13, 2014

मन मुटुमा छ्यौ तिमी



मन मुटुमा छ्यौ तिमी, गुलाफमा किन साटनु?
अन्तर भाब बुझे पछि, भाषण चै किन छाटनु?

देखाएर वा लेखाएर, बिज्ञापनमा टांग्न पर्दैन
मनमै भए'छि माया, शब्द भित्र किन बाटनु ?

आस्था श्रदा विश्वाश ,जब सम्म दिगो हुन्छ
बिथ्यामा उपहार, संगै केक किन काटनु ?

बिना धडकन मुटु , तिमी बिना तेस्तै म
जेछु म यस्तै त छु ,तिमिलाई किन ढाटनु ?

जुन तारा होइन ,दुख्दा तिमी साथ हुन्छु
मायामा गर्न नसक्ने, कुरालाई किन आटनु ?  
 


5 Comments:

नेपालियन said...

धेरै दिन पछी दौंतरींमा आउनु भयो वाका जी। तर समय सान्द्रभीक बडो गजबको गजल लिएर आउनु भयो। हो नि कुरा त, "मन मुटुमा छ्यौ तिमी, गुलाफमा किन साटनु? "

Dautari Admin said...

वाका जी मैले त तपाईको गजलमा फूल पनि थपिदिए। गजल त सुनमा सुगन्ध नै होला जस्तो छ अब।

bindu said...

बिना धडकन मुटु , तिमी बिना तेस्तै म
जेछु म यस्तै त छु ,तिमिलाई किन ढाटनु ?

Jina Khadka said...

malai man pareko chhai yo ho: जुन तारा होइन ,दुख्दा तिमी साथ हुन्छु.
joon, tara khasalne kura garchan, tara aakash ko jun tara hoina, chyau ma raheera saath dinu thulo ho.

Anonymous said...

"झेली" फ़िल्म :- "मेरी मायालु तिमी कस्तो झेली ! प्रेमको स्वाद त निक्कै मिठो हुन्छ हैन र ? "

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !