January 20, 2013

काठमान्डूको फोहोर काठमान्डूबासिको सभ्यताको परिचय

January 18, 2013

●लुना
बेल्जियम नागरिक ब्रुनो ले यो भिडियो ईमेलमा पठाउनु भएको थियो । ब्रुनोले युबट्युब मार्फत 
भेटेका रैछन् । यो भिडियो गएको १३ डिसेम्बर  २०१२ मा पोस्ट भएको रैछ  । भिडियोमा काठमाडौँ
हिमालय , नेपाल , ट्रेकिंग शब्द उचारण गरेको बाहेक अरु क्यै शब्द बुझिन । फ्रेन्च भाषा प्रयोग
भएको छैन भिडियोमा । बाँकी सबै दृश्यले नै बताउँछ भाषा नबुझिए पनि । सार्है दुख लाग्दो दृश्य हो यो  ।
 
यो भिडियो काठमान्डू घुम्न आउने कुनै एक पर्यटकले खिचेका हुन्  । भिडियोमा काठमान्डूका नदि ( नदिको नाम चै उल्लेख गरिएको छैन तर हेर्दा देखिन्छ यो काठमान्डूको कुनै नदी ( बिष्णुमति )
मा ठेला रिक्साबाट फोहोर फालिएको छ  । फोहोरका थुप्राले नदि भनेर ठम्याउनै मुश्किल  झैँ
देखिएको छ  । नदीमा बगेको पानी पानी नभएर ढलको रुपमा परिणत भईसकेको छ  ।
 
यो कुरा ति बिदेशी पर्यटकको नजरमा कहाली लाग्दो भयाबह भए तापनि हामीलाई भने 
पाच्य ( बानी परेको हुन सक्छ ) यस हद सम्मको बाताबरण प्रदुषित दृश्य –तर  पनि 
यथार्त के हो भने यो भयाबह दृश्य नै हो !!!
 
हावापानी हाम्रो जिबन हो । हावा पानी नै भयाबह रुपमा दुषित भए पछि के हामी निरोगी भएर बाँच्न सक्छौ ? हाम्रा कलिला सन्तान निरोगी भएर बाँच्न सक्छन् ?
उचित ब्यबस्थापन नगरी जथाभाबि  फालिएका प्लास्टिक जन्य प्रदार्थ , केमिकल जन्य प्रदार्थ देखि लिएर  ब्याट्री जन्य घातक प्रदार्थहरुले हावापानीलाई अत्यधिक प्रदुषित बनाउदा अनेक किसिमका क्यान्सर रोग उत्पन्न भैरहेको छ , यस्तो घातक रोगको शिकार जो कोही पनि हुनसक्छ ।
यो त भो डर लाग्दो क्यान्सर जस्ता डरलाग्दा रोगका कुरा । अब बर्तमान मै लागौ । बर्तमान काठमान्डूको नागरिक स्वास्थ्यको बारेमा बुझौ  । हरेक १०० नागरिकमा कम्तिमा ८० जनालाई स्वास प्रस्वास देखि लिएर पेट  मस्तिस्क सम्बन्धि बिमार अनि छालाको बिमार ( रुघा खोकी , घाँटी दुख्ने ,खाएको खाना नपच्ने , पखाला - आउँ को समस्या , टाउको दुख्ने , शरीरको छालामा एलर्जी हुने आदि ) यी प्रमुख बिमारको रुपमा रहेका छन् । यसो हुनुमा प्रदुषित बाताबरणको अत्यधिक असर हो  ।
 
 
कुरा केही समय अघिको ।  हाम्रा प्रम डाक्टर बाबुराम भट्टराई सरसफाई अभियानमा संलग्न हुनु भा’थ्यो । त्यो बेला हाम्रा मिडियाहरुले प्रम ज्यु  अनि सरकारी प्रतिनिधिहरुले कुचो समाउनु भा’को फोटो असाध्यै महत्वकासाथ् छापिरहेका थिए । त्यसको लगत्तै  उक्त एकसाते कार्यक्रममा कुचो – माक्स – पन्जा आदि
खर्चमा करिब दुई करोड रुपैया ( एक करोड ९४ लाख ) खर्च भएकोकुरा पनि मिडियामा आयो जोडतोडका साथ् । त्यस पछि उक्त सरसफाई अभियानले ऐले कुन रुप लिइरहेको छ ?यस बारेमा
हाम्रा मिडियामा कुनै कुरा आएको थाहा भएन । 
 
प्रधान मन्त्रि मार्फत उक्त एकसाते कार्यक्रम भएको केही महिना पछि  एक बिदेशी नागरिकले केही हप्ता अघि ( १३ डिसेम्बर २०१२ ) मा काठमान्डूको बाताबरण भयाबह देखिने यो भिडियो पोस्ट गरे youtube मा  ।
 
बिहान बिहान काठमान्डू बढार्ने अभियानलाई मात्रै सरसफाई अभियानको रुप मान्ने हो भने यो भिडियोमा देखाएको दृश्यले नै स्पस्ट भन्छ त्यो मात्र जनताको आँखामा धुलो छर्ने काम  हो ।
बिहान बिहान काठमान्डू बढार्ने र नगरपालिकाका ठेला रिक्सा / ट्रकहरु  काठमान्डूबासीका घर
घरमा फोहोर लिन जाने कामले मात्रै शहर सफा गर्दै छ सरकारले  भनेर चित्त बुझाउने स्थिति
रहेन । स्थिति भयाबह छ । यो भयाबह स्थितिको दोष सरकारलाई मात्रै दिएको हैन हामी सबै काठमान्डूबासीहरु पनि उत्तिकै दोषी छौ । तर हामीलाई ट्रयाकमा ल्याउने काम त सरकारको हुनु
पर्यो नि भन्ने मेरो गुनासो हो  । अरुको उदाहरण दिनै पर्दैन । सबै भन्दा पैला म मेरै उदाहरण 
दिन्छु कुन हद सम्म म पनि दोषी छु यो भिडियोमा देखाईएको  दृश्य( यथार्त ) संग प्रतक्ष्य- अप्रतक्ष्य रुपमा ।
म काठमान्डू जाँदा बा आमाको घरमा बस्छु  ।
हप्तामा एक दिन ठेला रिक्सामा फोहोर उठाउन आउछन नगरपालिकाका कर्मचारी हाम्रो बा आमाको घरतिर । घरमा फोहोर फाल्ने झोला या स- सानो बोरा हुन्छ सधै । अनि त्यस झोला या बोरामा फुटेको गमला – फुटेको सिसा बोतल -टिन फलाम जन्य धातुका बस्तुहरु – प्लास्टिकका झोला देखि लिएर बिभिन्न  बस्तु जस्तो कि टुथ ब्रस -टुथ पेस्ट – त्यसै गरि खिईएर लगाउन नमिल्ने भएका चप्पल जुत्ता -आदि इत्यादि जुन हामी दैनिक प्रयोगमा ल्याउछौ —
अझै डरलाग्दो अर्को बस्तु ब्याट्री पनि !!!
यि सबै बस्तु झोलामा पोको परेर बसेको हुन्छ फालिनलाई । जब फोहोर लिन आउछन ठेला रिक्सामा यि फोहोर राखिएका झोला त्यस ठेलामा  पुग्छ  । यसरी फोहोर उठाए बापत मासिक ६०० / ७०० ( ठ्याक्कै सम्झिन मैले , यस्तै ६०० / ७०० को हाराहारीमा ) लिन्छन्  । उनीहरुसंग रसिद प्याड हुन्छ ।
यसरी काठमान्डूबासीका घर घरबाट फोहोर उठाउने काम चै भैइराखेकै छ ।
त्यस पछि नगरपालिकाको ठेला रिक्सा हुदै कहा पुग्छ त्यस्ता फोहोर बस्तु जुन  हा भिडियोमा देखिएको छ —— 
 
यो मेरो घरको कुरा मात्रै होईन , सम्पूर्ण काठमान्डूबासीहरुको  कुरा हो !!!!!!!!!!!!
अनि यहा  भिडियोमा देखाईएको दृश्यको दोषी  हामी सबै हौ  र त्यसमा प्रमुख रुपमा चै हामीलाई ट्रयाकमा ल्याउन नसक्ने हाम्रो सरकारको झनै ठुलो दोष छ  । हाम्रो सरकारले फोहोर ब्यबस्थापन सम्बन्धमा दह्रो योजना बनाउन जरुरी छ !  त्यसको लागि बजेट धेरै लाग्ने भए बरु काठमान्डूमा बसोबास गर्ने बासिन्दाहरुलाई कर लगाइयोस् आबश्यक रुपमा ।
 
१ , खाद्य जन्य प्रदार्थ  
२, औषधि जन्य प्रदार्थ 
3, प्लास्टिक जन्य प्रदार्थ  
4, सिसा जन्य प्रदार्थ 
5 , धातु जन्य प्रदार्थ 
६, सुति कपडा जन्य बस्तु 
७, पोलिस्टर पोलार जन्य बस्तु
८, कागज जन्य बस्तु
९, काठ जन्य  बस्तु
१० , ब्याट्री जन्य प्रदार्थ / बस्तु
११ , सिमेन्ट बालुवा ढुंगा आदि भौतिक निर्माण जन्य बस्तु
 
 
यि बस्तुहरु मध्ये केहीको लागि झोला या डिब्बाको वितरण ब्यबस्था सरकारबाट हुन जरुरी छ ।
 
साधारणतया हप्तामा दुई पटक फोहोर उठाउने ब्यबस्था गरिनु जरुरी छ  ।
केही बिशेस बस्तुहरुको लागि चै महिनामा एक पटक उठाउने ब्यबस्था गर्न 
सक्छ , जस्तो कि ब्याट्री जन्य बस्तु , कागज जन्य बस्तु , काठ जन्य बस्तु ,
कपडा जन्य बस्तु आदि  ।
महिनाको शुरुको बार आईतबार ब्याट्री उठाउन आउने , 
सोमबार कागज जन्य प्रदार्थ उठाउन आउने —
एबम रुपले क्रमश : :::::
 
अनि हरेक घर घरबाट उठाईएका बस्तुहरुको रिसाईकिलिङ्ग ( पुन : प्रयोग गर्ने 
बिधि मार्फत प्रयोगमा आउने बस्तु बनाउने ) ब्यबस्था गर्ने 
 
के यसो हुन असम्भब छ ? 
सम्भब छ यदि सरकारले पूर्णमा जिम्मेबारीबहन गरेर जनतालाई ट्रयाकमा 
रहन बाध्य बनायो भने ।
 
उसो त सरकारी स्तरबाट क्यै काम भएका पनि होलान फोहोर ब्यबस्थापन सम्बन्धमा तर त्यो प्रयाप्त 
हुन नसकेको उदाहरण माथिको भिडियो साछी छ ।
 
यस भिडियोले काठमान्डूबासीको सभ्यताको परिचय दिएको छ !
यस शहरका हामी सभ्य नागरिक ! ??? :(  
 
आशा गरौ हाम्रा मिडियाको तिखो नजर यो दुर्दशामा पनि परोस् !
हाम्रा मिडियाले सरकार तःथा नागरिकलाई झस्काउने काम गरोस् !
 
( लेखसंग सम्बन्धित यो फोटो मैले मिडियाबाट लिएकी हुँ ) 

भिडियो हेर्न तल क्लिक गर्नुहोला 
 
 
भिडियो पोस्ट मिति १३ डिसेम्बर २०१२ मा भएको देखिएको छ . हाम्रो देशमा
पर्यटकले ५ महिनाको भिसा पाउछन जस्तो लाग्छ . यस मानेमा यो भिडियो पोस्ट
भएको मितिले खुबै पुरानो भए करिब ४-५ महिना अघि लिइएको हो भन्ने मेरो
अनुमान ।
हाम्रा प्रधान मन्त्रि बाबुराम भट्टराई सरकारका एक हप्ते सरसफाई कार्यक्रम २०१२
अप्रिलमा भएको थियो ।


1 Comments:

Anonymous said...

“के यसो हुन असम्भब छ ? सम्भब छ यदि सरकारले पूर्ण जिम्मेबारीबहन गरेर जनतालाई ट्रयाकमा रहन बाध्य बनायो भने”
- सरकार ट्रयाकमा हिंड्नु पर्‍यो नि पहिले अनी जनता स्वत: ट्रयाकमा हिनिहाल्छन l नेपालमा यो सबै अहिलेको चालाले कहिल्यै सम्भब छैन बरु अरु खराव हुँदै जाने वाला छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !