March 17, 2012

तरकारीको महिमा ( तीतो पिरो )

- प्रेम ओली 

 कुभिन्डो

यो सन्त महाराजको शैलीमा खरानी घसेर कतै छाना माथि टुसुक्क ध्यान मग्न हुन्छ त कतै तर्ल्याङ्ग तुर्लुङ्ग झुन्डिएर झुला बाबा आसनमा झुन्डिराखेको देख्न पाइन्छ । यो बाबा जस्तो तरकारी बजारमा आफ्नो प्रभाव बढाउन सकेको चाँही छैन । यो मान्छेको लागि लोक प्रिय नभए पनि देवीको लागि प्रिय नै छ । त्यसैले यसलाई भगवतीको लागि बली चढाइँदै आएको पाइन्छ । यो तरकारीको लागि खास प्रयोग नभए पनि बोकाको मुखमा कुभिन्डो भन्ने उखान बार बार प्रयोग आउँछ । एक दिन मेरो छोराले बोकाको मुखमा कुभिन्डो भनेको भनेर सोध्न आयो । आफू त गाउँमा जन्मिएकाले यसको बारेमा थाहा थियो । शहरमा जन्मिएका बालबालिकालाई के थाह ?कसरी बुझाउने एक छिन त अलमल्ल परे । मेरो पालो उदाहरण दिँदै भने । संविधान सभा । बोकाहरूलाई दुई वर्ष भित्र संविधान बनाउन दिएको आज ३ वर्ष नाघी सक्दा पनि भुत्लो झार्न नसकेर बोकाहरू झन् ठुस ठ्स्ती गनाइ रखेकाछन । अब त यी बोकाहरू स्वदेशमा मात्र नभएर विदेशमा पनि उपद्रो गर्दै गनाउन
थालेकाछन । अब आउने दशैँमा कुभिन्डो सट्टामा यी बोकालाई नै बली चढाउन सके काली प्रसन्न भई देश र जनताको भलो हुने कुरो गर्दै केही कुभिन्डे बाबाहरु प्रचारमा लागेका छन् ।

लौका
यो आम नेपाली जस्तै अग्लो ,घैंटे, भुँडे ,होचो आकारमा पाइन्छ । यो कतै फन्को मार्दै नेपाल नेपालको नक्सा कोर्न हिँडेको जस्तो देखिन्छ । कतै घरको छाना देखी रुखको टुप्पोमा सगरमाथाको टुप्पो छुन भिडेको हाइ कि जस्तो देखिन्छ । भ्यागुतो जति उफ्रे पनि भुइँ को भुइँ भने जस्तो , यसले फुर्ती लाए पनि भारतीय सुर्ती नखाए केही लछारो लाउन सक्तैन। यो अहिले सम्म आत्म निर्भर हुनसकेको छैन । चाहे ठ्याङ्ग्रोको घोडा चढेर होस वा घरको बुई चढेर होस , यसलाई अरूको निर्भर हुनै पर्छ । रामदेब बाबाले यसको जुसले स्फूर्ति दिन्छ भने पनि यो अरूको बुई चढ्ने पाटे अल्छी हो । कसैको बुई चढेन भने त लत्याक लुतुक भएर नेपाल सरकार जस्तै गर्ल्याम गुर्लुम ढल्छ


5 Comments:

ramesh said...

yi boka haru kubhindo hoina kuyeko farsi hun. kamai nalagne. puchhar bhaye ta taha lagaunu hunthyo, sing pani chhaina puchhar pani chhaina. tesaile yini haru chada chhan.

Anonymous said...

If they dont work they should get fired. PERIOD.

aashish said...

ha ha jyadai ramailo prasanga banayera lekhnu bhayo, majja aayo padna Prem Ji, ajha 2-4 ota tarkari ko barema lekhu bhayeko bhaye ramro hune thio :)

Anonymous said...

JJ

दूर्जेय चेतना said...

haha गजब गजब।।।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !