February 2, 2012

खुसुर - फुसुर सम्बाद

लुना

' कस्तरी सुकुला हुन सक्या हजुर ! उठ्स्यो न भन्या ! ह्या आफूलाई कस्तो मज्जा आईरा' बेलाँ '
उसले लोग्नेलाई घच्घच्याई तारम्तार ।

' ओ !!!!! यस्तरी डिस्टर्ब नगर न ! निदाउ तिमी पनि !!!!! पार्टी / पेगले टाउको उठाउन नसकी रा' बेलाँ --- '
उसले तकियाले अनुहार ढाकेर निदाउने चेस्टा गर्यो ।

' म कसरी निदाउ हजुर ! यस्तो रमाईलो लाई'रा बेलाँ !
हिजो तेल्ले हाम्लाई कम्ता गिराएन ! हाम्रो निद चैन कम् खोस्या थ्यो तेल्ले अनि तिनीहरुले !!!
आहा ! यी हेरीबक्स्योस त हजुर ! भंगेरे अछरमा कस्तरी लेख्या छन् मिडियाले तेल्लाई अनि तिनीहरुको कामलाई !!! मलाई त यो अखबार
च्यापेरै निदाउन मन लाग्या हो ! बरु निद नै आएन र पो हजुरलाई उठाई रा' नि !
हेरीबक्स्योस् न भन्या मिडियाले कस्तरी लेख्या छ तेस्को अनि तिनीहरुको बारेमा !

हजुरबाट यस सम्बन्धमा केही भनाई राख्नु पर्छ ! हजुरले केही नबोल्ने हो भने म भोलि नै पत्रकार सम्मेलन गर्छु हाम्रै निवासमा टन्न भोजको ब्यबस्था गरेर ---
तेल्लाई अनि तिनीहरुलाई मौकामा किन छोड्ने उँधो घचेट्न ! --- '
पत्रकार आ'सी हजुरले क्यै नबोल्सेर सुख्ख !
आहा ! मलाई त क्या मज्जा आई'रा छ भन्या ! '

अघि सम्म जबरजस्ती निदाउन खोजेको उ ऐले चै नराम्रो
सपनाबाट ब्युझे झैँ भएर झस्कंदै बोल्यो ,
' हँ ! हँ ! हँ ! ??? के भन्यौ तिम्ले ???!!! तिम्रो होश त ठेगानमा छ ??? पत्रकार सम्मेलन गर्छु रे !!! त्यो पनि हाम्रो निवासमा !!! हेर !
हेर ! यो आईमाईको बुद्दी ! हरे !
उसले आफ्नै हातले आफ्नो निधार ठोक्यो अनि बोल्यो , ' भुल्यौ तिम्ले हिजोका ति दिन मेरा ??? --- कसरी म गाउँबाट राजधानी
छिर्या थे ???!!! --- एउटा झोला त्यो पनि फाटेर टालेको अनि मैलो -- चप्पल त्यो पनि छिनेर टालेको अनि खिइएको --
तिम्रा मिडियाले त्यो भुल्या छन् भन्ठानेकी छ्यौ तिम्ले ???-- ति आउने छन् - टन्न खाने छन् अनि थालमा चुठेर हाम्रै
बिरुद्द लेख्ने छन् --- यस्तो कुरा कस्तो नबुझ्या तिम्ले ???!!!--


लोग्नेको कुरा सुनेर केही बेर गम खाए पछी स्वास्नी बोलि , 'त्यो त हो हजुर तर अब यस्तो -- हुँदा ति सबै हाम्रै दाँजोमा
पुग्न सहज हुने भए भन्ने पिर ला'र हो ---

' ह्या ! तिमी पनि ! यतिको पढे लेखेकी भएर पनि कत्ति लाटी भन्या ! धत् !
उनेरको त्यो कामले त हाम्लाई हाईसन्चो नै बनायो नि -- हिजो सम्म कम्ता डर लाग्दैनथ्यो हामी माथि हामी माथी बेला बेलामा
ढुंगा बर्सिरहला भन्ने -- अब त हामि जस्तै उनीहरु पनि भए पछी अनि उनीहरुले आफूलाई जोगाउन त्यस्तो नियम बसाउने भए
पछी उनीहरु जोगिदा हामी पनि जोगिने भयौ --- अनि आज उनीहरु त्यहाँ छन् मनलाग्दी गर्न -- भोलि हामी त्यो ठाउमा हुन सक्छौ -
-- यो सब हाम्रै भलाईको लागि भई'राको कुरा हो भन्ने हाम्ले बुझ्नु पर्छ बुझ्यौ ! -- हाम्ले तेल्लाई र तिनीहरुलाई बिरोध गरेर पहिरोमा
घचेटे हामी पनि तिनीहरु संगै पहिरो बाट उँधो मुन्टो गुल्टिन्छौ ----
नभुल तिम्ले !!! हाम्ले यतिका सम्पति सहजै थुपार्या होईनौ यति छिट्टै -- कम्ता दुख्ख भएन त्यतिका ढाँट - छल - भ्रस्टचार गर्न --
मुलुक लुट्न --- त्यै भ र बरु चुपचाप बसौ देखेको नदेखे झैँ गरि -- सुनेको नसुने झैँ गरि -- यसो गर्नुमा नै हाम्रो बुद्दिमानी
हुने छ -- बुझ्यौ ??? '
अहिले सबै कुरा बुझेकी उ फेरी पनि रमाएर बोल्न थालि , ' बुझ्न त बुझे नि हजुर तर के गर्नु मन चै कस्तो कस्तो औडा
भई'रा छ --- का के का के जस्तो --- '

उ गनगन गर्दै निदाउने प्रयास गर्दै थिइ , खै के सम्झिएर उसको लोग्ने नजिकै पुग्यो र कानमा खुसुर फुसुर गर्न थाल्यो , '
हेर ! यो कुरा तिम्ले मसंग गरे पनि अरु कोई कसै संग नगर है ! यस्तो बिषयमा त तै चुप मै चुप हुनुमा नै फाईदा छ --
बुझ्यौ ???!!! --- '


3 Comments:

Luna said...

( प्रचण्ड निवासको सम्बन्धमा मिडियाले चर्को आबाज उठाउँदा
हाम्रा नेता हरु ‘ तै चुप मै चुप ‘ भएको देख्दा ???!!!— ?
बाबुराम सरकारले सूचनाको हकमा प्रतिबन्ध लगाउन खोज्दा केही मुलुक प्रति चिन्तित बर्ग , केहि मिडिया अनि सर्बोच्च अदालत बाहेक हाम्रा धेरै नेताहरु यो बिषयमा पनि ‘ तै चुप
मै चुप ‘ भएको देख्दा तिनै ‘तै चुप मै चुप ‘ पात्रलाई लिइएर
मैले कथा लेख्दे )

prakash said...

good story luna ji.match with real situation.

दूर्जेय चेतना said...

पुरानो सन्धर्भ भएर हो कि सुरुमा बुझ्न गाह्रो भो मलाई। दमदार लेख्‍नु भो लुना जी...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !