January 8, 2012

तपाई आफै अनुमान गर्नुस् त्यो घाउ

लुना

बेल्जियम नागरिक तिबों नेपाल घुम्न आएको छ  । यो उसको पहिलो नेपाल भ्रमण हो ।  यहाँ आउनु अघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धी । यहाँ को अनुपम प्राकृतिक सौन्दर्य , फरक किसिमका आ- आफ्नै सांस्कृतिक गरिमा आदिको बारेमा जे जति उसले सुनेको थियो त्यसलाई प्रतक्ष्य अनुभव गर्न पाउँदा उसको खुशीले हिमाल छोइरहेको थियो  । 'क्लिक ! क्लिक !क्लिक ! क्लिक ! ' देखे जति दृश्यलाई  उ क्यामेरामा कैद गरिरहन्थ्यो । काठमाण्डौं हुँदै गणेश हिमाल छेत्रमा आईपुगेको ७-८ दिन भएको छ । यही क्रममा आज उ तिप्लिंग आइपुगेको छ  ।  उ जसै तिप्लिंग  आइपुग्यो त्यहाँ एउटै गाउँमा  ५-६ बटा क्रस  ठड्याइएको चर्च देख्दा उ आश्चर्य चकित बन्न पुगेको थियो । मन भरी प्रश्नहरू उमार्दै केही बेर  हिँड्दा ताल्चा लगाइएको पुरानो गुम्बाको ढोकामा पर्यो उसको आँखा । 
बेलुकी पख हुन लागेको ले सायद गाउँका मान्छेहरू आ- आफ्ना घर  काममा व्यस्त थिए । उसले गुम्बाको वरि परी कोही भेटेन । केही मिनेट सुस्ताउने बिचार  गरि ब्याग गुम्बाको छेउमा  राख्दै बन्द ढोकाको गुम्बालाई हेर्यो अनि केही सोच्दै गुम्बाको वरि परी घुमिरह्यो केही बेर, जसरी उसले काण्माडौँमा रहँदा स्वयम्भू   घुमेको थियो  घडीको सुई झैँ  । 
केही बेर घुमे पछि फेरी गुम्बाको बन्द ढोका अगाडि टक्क अडियो अनि ढोकामा छिद्र छ कि नियाल्न खोजी उ ढोकाको समिप ( नजिक )पुग्यो  । जसै उ ढोकाको एकदम नजिक भएको थियो भित्रबाट एक किसिमको गन्ध आएको  महसुस गर्यो उसले । गुम्बाबाट आएको त्यो गन्ध धुप या तेल-घिउ बत्तीको सुगन्ध थिएन । स्वयम्भू , बौद्दनाथ घुमी हिँड्दा धुप बत्तीको सुगन्ध चिनिसकेको थियो उसले । तर यो अहिले गुम्बा बाट आएको गन्ध ? उसलाई कता कता यो गन्धसँग धेरै पटक परिचित भए झैँ लाग्यो तर ठ्याक्कै ठ्म्यौना भने सकेन ।  उसको
मनमा खुल्दुली मच्चियो 'के छ होला यो गुम्बा भित्र '?
मनको खुल्दुली केही बेरको लागि हराउन पुग्यो जब उसको आँखा पहाडको टुप्पोबाट गुल्टि नै लागेको घामको डल्लो माथि पर्यो । हत्त पत्त फेरी उसले क्यामेरा सोझ्यायो अनि 'क्लिक क्लिक !!' दृश्यलाई कैद गर्न थाल्यो ।
उसले हेर्दा हेर्दै संसार उज्यालो बनाउने घामको डल्लो चिप्लँदै पहाडको टुप्पोबाट गुल्टियो --
बिस्तारै बाताबरण अन्धकारमय हुन खोज्दै थियो , उसको ध्यान पुन: गुम्बाको बन्द ढोकामा पुग्यो । 'यहाँका स्थानीय बासिन्दासँग सोध्नु पर्ला ' सोच्दै आजको रात यही कतै बास बस्ने निचोडमा  पुग्यो र उ गुम्बाबाट अल्लि परको घर अगाडि पुग्यो  ।
ढुंगाको गाह्रो , टिनको छानो भएको घर भित्रबाट मान्छेहरू बोलेको  आवाज बाहिर सम्म आइरहेको थियो । केही बेरमै ५-६ वर्षको बालक घर बाहिर देखा पर्यो । छेउ छेउमा छेडेर गुड्ने बनाइएको कोकाकोलाको टिनको क्यानलाई खेल्ने गाडी बनाउँदै " भूम ! भूम !'खेल्नमा व्यस्त  थियो  । एउटा फालिएको कोकको क्यानलाई खेलौनाको रुपमा प्रयोग गर्दै असिम सन्तुष्टिका साथ खेलिरहेको बालक र खेलौनाको दृश्यले तिंबोको हिर्दय छोयो । ' क्लिक ! क्लिक ! ' उसले उक्त दृश्यलाई क्यामेरामा कैद गरिरहँदा फ्ल्यासको उज्यालो  छरिन पुग्दा
बालक झस्कियो र तिंबो तिर हेर्न पुग्यो । बालक झस्किएको देखे पछि हतास ' सरि !!!'  बोल्दै अकमक्क पर्यो तिंबो ।तिंबोको बोलि सुने पछी बालक उ नजिकै आयो र ' नमाते ! चक्लेट ! ' भन्दै मुसुक्क मुस्कुरायो ।
बल्ल तिंबोले सहज महसुस गर्यो र उ पनि हाँस्यो ' हे ! हे ! नमस्ते बाबु ! ' भन्दै ।
यति बेला सम्म घरबाट २-३ जना बाहिर निस्की सकेका थिए । साँझको बेला आँगनमा उभिएको विदेशी लाई देखे पछि उनीहरू नजिक आए । तिबोंले नमस्ते अभिभावन गर्यो ।  आफू घुम्दै आएको र साँझ पर्न लागेको ले बस्ने ठाउँ खोजेको बताए पछि उनीहरूले तिंबोलाई आफ्नै घरमा निम्त्याए । 
केही बेरको कुराकानी पछि अघि आफूले देखेको गुम्बाको बन्द ढोका सम्झियो अनि उसले  आफू बसेको घरका सदस्यसँग त्यस गुम्बाको बारेमा बुझ्न  खोज्यो  । गुम्बाको साँचो उनीहरुको छिमेकी संग थियो , अनुरोध गरे पछि छिमेकी आइन् र गुम्बाको ढोका खोल्दीन् । 
गुम्बा भित्र टन्न आलु थुप्राइएको थियो । केही बेर अघि को त्यो चिर परिचित गन्ध आलु भण्डारको गन्ध थियो । बेल्जियममा तिबोका आफन्ती किसानी थिए जसले हरेक बर्ष हजारौं किलो आलु बेचबिखन गर्थे । आलु भण्डारको गन्ध सँग परिचित उसले गुम्बालाई आलु भण्डारको रुपमा प्रयोग गरिएको कल्पना पनि गरेको थिएन । पुरातन महिमा बोकेको गुम्बाको त्यो अबस्था - स्थिति देख्दा तिंबोको मन भरि घाउ लाग्यो । 
 ...............................................................................................................
आज बिहान आइतबार , तिंबो बसेको घरका सदस्यहरू चर्चमा प्रार्थना गर्न जान तयार हुँदै थिए । उनीहरूले तिंबो लाई पनि निमन्त्रणा गरे प्रार्थनामा जानलाई । तिंबो चकित भएको थियो नेपाली क्रिस्टियनहरुको यो बिघ्न तत्परता देखेर । क्याथोलिक परिवेशमै हुर्केको भए पनि क्रिसमसको बेलामा  आफन्तिहरुसंग बसेर खानपिनमा रमाउने काम बाहेक यसरी हरेक आइतबार प्रार्थनामा जाने कुरामा उसको कुनै दिलचस्पी थिएन ।
तर अहिले भने उसलाई अनौठो लागिरहेको थियो यी तिबेतन अनुहारका तामांग परिवारहरू यसरी चर्चमा प्रार्थना गर्न जान लागेको देखेर ।उसलाई केही बुझ्ने इछ्या लाग्यो र हुन्छ भनि उनीहरू संगै चर्चमा पुग्यो ।
त्यहाँ धेरै स्थानीय बासिन्दाहरू थिए भने केही चै काठमाण्डौं देखि स्वयंसेवकको रुपमा आएका थिए । प्रार्थना सुरु हुँदै थियो ।' ओम मणि पद्मे हूम ' भन्दै शान्त भावमा ओठ चाल्दै जप माला , माने घुमाउने हातहरू दुवै पन्जा फैलाएर आकाश छोउला झैँ गरि ' हले लुईया ! हले लुईया ! ' गर्दै चिच्याई  चिच्याई प्रार्थना गरिरहेका थिए  । खिन्न मन लिएर हेरिरह्यो तिंबोले यी दृश्य । केही बेर पछि उसले अर्को दृश्य देख्यो :
काठमाडौंबाट आएका स्वयंसेवकले टीभी - भिडियो देखाउने रहेछन् चर्चमा प्रार्थना गर्न आउने गाउँलेहरूलाई । जसमा देखाइएको थियो :- प्रभु जिसस क्राइस्टलाई प्राथना गर्दा विभिन्न किसिमका रोग ब्याधि हटेर जाने , रोग निको हुने आदि कुराहरू लाई कलाकार मार्फत जिबन्त अभिनय गरेर देखाइएको थियो। त्यस पछि तिंबोले अर्को अनौठो दृश्य पनि देख्यो : गाउँका मान्छेहरु , महिला - बुढा बुढी - केटाकेटी उपचारको लागी चर्चमा आएका थिए  ।  उनीहरू संगै पास्टर ( पादरी ) ले जिसस क्राइस्ट यशुको प्रार्थना गरिरहेका  थिए रोग निवारणको लागि ।
त्यो दृश्य सकिए पछि यता उता टहलिँदै तिंबो एक जना १७-१८ वर्षको युवक नजिक पुग्यो । तिंबोले ती युवक सँग केही प्रश्न सोध्यो  । ती प्रश्न मध्ये एक प्रश्नको उत्तर यसरी दिँदै थिए युवक - " हामी  यहाँ प्रार्थना गर्न आउँदा पास्टरले पनि हामी संगै प्रार्थना गर्छ , प्रार्थना पछि ' नि : शुल्क ' औषधि  दिन्छ ।  प्रार्थना गरेर दिएको औषधि खाए पछी रोग निको हुन्छ ।  यो धर्ममा लागे निशुल्क औषधि पाउँछ ' । चर्चको रमिता हेरेर फर्कदै थियो तिंबो ,  अघि भर्खर चर्चमा सक्रिय  देखिएकी महिलालाई देख्यो उनैको घरमा । तिंबोले त्यहा पनि थुप्रै प्रश्न गर्यो । 
ती प्रश्न मध्ये को एक  प्रश्नको उत्तर थियो - " म क्रिस्टियन बन्नुको कारण मलाई वहांहरुले खोलेको स्कुलमा काम पाउनु थियो , यो धर्ममा लागे पछि वहाहरुले बिस्वास  गर्ने र काम पाउन  सजिलो भयो  'गरिब बिपन्न देशका मान्छेहरूलाई सहयोग गर्ने नाममा धमाधम तिनका सनातन धर्म परिवर्तन गराउँदै क्रिस्टियन धर्मावलम्बी बनाउने क्रिस्टियन मिसन प्रति खेद जनाउँदै मन भरि कुरा खेलाउँदै उ पुन : हिजो साँझ देखिएको त्यही पुरानो गुम्बामा आइपुग्यो जुन गुम्बा आलु भण्डारको रुपमा प्रयोग गरिएको थियो  ।  उसको मनको घाउ फेरी चर्कियो गुम्बा नजिक पुगे पछि । त्यो घाउलाई उसले गणेश हिमाल  छेत्र वरिपरीका गाउँहरु घुम्दा देखेको दृश्यमा समाहित गरेर भिडियो बनायो यथार्थमा आधारित । कस्तो थियो त्यो यथार्थ घाउ ? हेर्नु होस् बेल्जियम नागरिक Thibault Charpentier   मार्फत बनाइएको यो भिडियो हेरे पछि तपाई आफै अनुमान गर्न सक्नु हुन्छ ----

Little Jesus, la christianisation au Népal from ben addict on Vimeo.


2 Comments:

Anonymous said...

yo garib desh ma bhai rakhne ghatana ho. africa ma janus, dharma ko name ma lakhau,karodau manche haru kin-bech bhairakheko chha. nepalko yo ta namuna matra ho. bhanda muslim kattar panthi bhanera tini haru lai masana taminchan tara christian kattar panthi lai kasle chhune? sabai chhup.
thank you dautari for bringing this up.

Keto Products said...

Hello nice blog

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !