November 29, 2011

मृत घोषित ब्यक्ति आर्यघाटमा ब्यूँतिए

काठमाडौं, मंसिर १४ । अस्पतालले मृत घोषित गरेको मानिस पशुपति आर्यघाटमा पुर्याएपछि व्यूँतिए। काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत रामहरि श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरी शववाहनमा आर्यघाट पुर्याइएका विरामी श्रेष्ठले श्वासप्रश्वास लिन थाले। विरामीका आफन्तहरूले अस्पतालले उपचार सम्बन्धी कुनै पनि कागजपत्र नदिइ मृत घोषणा गरी शववाहानमै राखेर पठाएको बताए। विरामीका भाईले अस्पतालमा अरु आफन्तहरूलाई जान नदिएर आफूलाइ मात्र भित्र बोलाएर कागजमा हस्तारक्षर गराई डाक्टरले मृत्यु भएको जानकारी दिएको बताए। 
कात्तिक २३ राती ११ वजेको समयमा चाबहिल चोकमा मोटरसाइकल दुर्घटनामा परी शख्त घाइते अवस्थामा भेटेपछि श्रेष्ठलाई प्रहरीले उपचारार्थ महाराजगंज शिक्षण अस्पताल पुर्याशई आफन्तलाई खवर गरेको आफन्तले बताएका छन्। दुर्घटनामा परी टाउकोमा गहिरो चोट लागेको र दिमागमा रगत जमेकोले त्रिवि अस्पतालमा उपचार हुन नसकेपछि लाइफ केयर अस्पतालमा रिफर गरिएको र त्यहाँ पनि उपचारह हुन नसक्ने भएपछि न्युरो अस्पताल पुर्याएइएको बताइएको छ। दोरम्भा–९ रामेछापका २७ वर्षीय श्रेष्ठले कपनमा कुखुराको मासु व्यवसाय गर्दै आएका थिए। उपचारका लागि आठ लाख खर्च भइसकेको र अस्पतालले थप एक लाख माग गरेको उनका आफन्तले बताए। 
अस्पतालले मंसिर २ गते शुक्रवार विहान १० वजे नै मृत घोषणा गरेपनि उपचारमा लागेको रकम दिन नसकेपछि साँझ ४ बजे मात्र रकम वुझाएर विरामीलाई शववाहनमा राखेर आर्यघाट पठाएको विरामीका आफन्तले बताए। श्रेष्ठ आर्यघाटमा पुगेर व्यूँतिएपछि उनको पशुपति धर्मशालामै अक्सिजन दिएर उपचार भैरहेको भए पनि हालको उनको अवस्था बारेमा थाहा पाउन सकिएन। रामहरि श्रेष्ठका बारेमा न्युरो अस्पताल प्रशासनले भने श्रेष्ठलाई अस्पतालले मृत घोषित गरेको नभई उनका आफन्तहरूको आग्रहमा अस्पतालले डिस्चार्ज गरेको दाबी गरेको छ। अस्पतालले डेथ अन रिक्वेष्ट डीओआरको आधारमा श्रेष्ठलाई डिस्चार्ज गरेको जनाएको छ। रामहरि श्रेष्ठका श्रीमती, ५ वर्षीय छोरी र ७ महिनाका छोरा रहेका छन्।


2 Comments:

DURGA DHUNGANA said...

DOR means "Discharge On Request"....and if the patient is declared dead by the hospital...the hospital provides death certificate with ecg.....so I don't think there's any mistake from hospital side.....

दूर्जेय चेतना said...

बढो उदेकक लाग्दो समाचार गाढेँ.. जे पनि गर्ने भए क्यारे। डिस्चार्ज गरेकै भए परिवारले किन लान्थे र नि आर्यघाट.. कुरो कहाँ नेर अल्झियो थाह भएन। ECG पनि होला उनिहरु सगँ त मरेकै भए..

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !