November 25, 2011

गाउँखाने कथा ५० (Nepali #Gaukhane #Katha)


अपडेट: गाउँखाने कथा ५० को सही उत्तर हो: अण्डा

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यवाद। उत्तर मिलाउने लुनाजीलाइ विशेष धन्यवाद।
--------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


माउले हापायो हाले नानी हा भित्र हेर्दा दुईथरी पानी , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।




7 Comments:

deepak said...

maule pada paune hooina ra bhanchhu k ma ta.

Anonymous said...

माउभित्र हाड छिरेपछि पानी निस्किने हो कि बाहिर नै निस्किने हो, अलि प्रष्ट भएन।

Luna said...

खानेले खान मिल्ने तर शरीरमा सजाउन नमिल्ने
तर नाम चै शरीरमै सजाउने संग मिल्ने = ?

दूर्जेय चेतना said...

खै मैले त मेसो पाउन सकिन। मैले गाउँ दिए...चरिगाउँ।।

Luna said...

खानेले खान मिल्ने तर शरीरमा सजाउन नमिल्ने
तर नाम चै शरीरमै सजाउने संग मिल्ने = ?

यो प्रश्नको उत्तर जे हो त्यै हो यो गाउ खाने कथाको उत्तर
पनि .
गाउ घरमा एकाबिहानै के को स्वर सुन्छ हाम्ले ? त्यसको बुडिले पनि त्यो बनाउछ
-- त्यो नखानेले खादैन खानेले खान्छ ---
उत्तर त्यै हो यो गाउँखाने कथाको

Luna said...

मैले उत्तरको घुमाउरो उत्तर त लेखेकै हो तर घुमाएर भन्दा बुझ्न गाह्रो भैछ कि के हो ! ऐले सम्म उत्तर नै आएन कोई बाट पनि !
खानेले खान मिल्ने तर शरीरमा सजाउन नमिल्ने = फुल ( अण्डा )
फुलको बाहिरि आवरण कडा हुन्छ , यसलाई हाड बर्गमा राखिन्छ , भलै त्यो हाड जत्तिकै कडा किन नहोस ,
भित्रको भागमा हेर्दा सेतो र पहेलो तरल प्रदार्थ हुन्छ , तरल भएकोले पानि बर्गमा पर्यो .
शरीरमा सजाउन मिल्ने तर खान नमिल्ने = फूल ( उसो त केहि बोट बिरुवाको फूल खान हुन्छ तर आम रुपमा भन्दा फूल भनेर अनुमान चै गुलाफ , सयपत्री , लालुपाते आदि इत्यादिलाई सोचिने हुनाले सजाउन मिल्ने तर खान नमिल्ने भन्या हो ,
अब दुवै भन्दा फुल , फूल = भन्दा खेरि स्वर त ऐउतै आयो
नि ,
यो गाउँ खाने कथाको उत्तर 'फुल' .

Anonymous said...

ali confusing gaun khane kathaa......

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !