August 1, 2011

कवि, कम्युनिस्ट र कन्या !


मैले विद्यार्थी छँदा भूपीलाई भेटेको हुँ । जसरी उनका कविता चटक्क कोरीबाटी गरी मिलाएको गुच्छादार कपाल जस्तै मिलेको हुन्थ्यो, उनी आफू पनि लवाइ र बोलीचालीमा त्यस्तै सफा र सरल थिए । मान्छेहरूले उनलाई कम्युनिस्ट भने । हुन त प्रारम्भिक कालमा मार्क्सवादी प्रभावबाट प्रेरित भएर उनले सर्वहाराको लागि लेख्‍नुपर्छ भन्ने सोची आफ्नो नाममा सर्वहारा उपनाम नै गाँसेर पनि कविता लेखे । वादको रूपमा कुनैलाई एक अँगालेर लेख्‍नु व्यक्तिको स्वेच्छा र कुनै समयविशेषमा प्रभावकारिताको कुरा पनि हुन्छ । तर भूपी आफूलाई न त कम्युनिस्ट न त कांग्रेस नै भन्न रुचाउँथे । नेपालमा कांग्रेस होइन 'काम गरेस्' र कम्युनिस्ट होइन, 'कर्तव्यनिष्ठ' भावनाको मान्छे चाहिन्छ, अनि मात्र मुलुक बन्छ भन्ने सोच राख्थे उनी । नेपाल बन्नुपर्छ, गरिबी हट्नुपर्छ भन्नेमा चिन्तनमग्न रहन्थे । 

पञ्चायत कालमा प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका भूपीलाई धेरैजनाले त्यतिबेला शङ्कालु नजरले हेरे । तर उनी पञ्च र पञ्चायत व्यवस्था दुवै मान्दैनथे । राजालाई भने बडो आदरभाव राख्दथे । आफूले त्यस्तो मान्ने राजाकै आग्रह टार्न नसकेर आफ्नो स्वतन्त्र कविको छविमाथि प्रश्नचिह्‌न उठ्ने खतरा मोलेरै पनि उनी एकेडेमीको सदस्य भएको हुनुपर्छ । उसै पनि तत्कालीन राजा वीरेन्द्रको शालीन र सरल व्यवहारका कारण त्यतिबेला र प्रजातन्त्र पुनःस्थापनापछि पनि धेरैले आसपासमा रहेर काम गरे । तर अपजस एक्लो भूपीमाथि खनियो । जीवनको अन्त्यतिर उनी
राजावादी भएकै हुन्, तर पञ्चहरूलाई फिटिक्कै मान्दैनथे । उतिबेलाका प्रधानमन्त्री मरिचमानलाई कविता लेखेर उडाइदिन्छु भनेर जङ्गिन्थे भूपी ।

सामान्य बोलचालमा पनि अनुप्रास र तुकबन्दीमा बोल्ने भूपी अरुहरूको हेराइमा जीवनको उत्तरार्द्धमा तीतो बन्दै जानुमा एकेडेमीमा उनको प्रवेशले धेरै भूमिका खेलेको छ । तर यसमा विवाद गर्नु र नकारात्मक दृष्टिले हेर्नु अनावश्यक छ । 'संसार जेट युगमा छ, हामी पेट युगमा छौं भन्ने भूपीको यसै कथनको भावार्थ बुझ्ने हो भने पनि सामान्य कुरालाई आशङ्का र विवादले मुछेर हेर्नाले नै हामी पेट युग अर्थात् भोकमरीकै घेरादेखि माथि उठ्न नसकेको प्रतीत हुन्छ । 

भूपी बढ्ता पियक्कड भएर बिग्रिए भनिन्छ । उनी कवि र कम्युनिस्ट भएर पनि बिग्रिए भन्ने प्रचलन छ । तर कवि र कम्युनिस्ट भएर बिग्रिने सूचीमा मैले अर्को 'क' पनि थपिदिने गरेको छु । भूपी तीन 'क' को सेरोफेरोमा रहेकोले बिग्रिए- कवि, कम्युनिस्ट र कन्या । अनुहारको हिसिमा पनि आकर्षक बनौटका भूपीको धेरै महिलासँग हिमचिम थियो । प्रेमप्रसङ्गको बारेमा उनलाई सोध्दा जवाफमा उनी 'धेरै जनाको बसिसकेको घर उजाडिन्छ, भो कुरा नगरौँ' भन्ने गर्थे ।

व्यक्तिगत आचरण, चरित्र र जीवनशैली हेर्दा भूपी बुर्जुवा हुन्, यसमा शङ्का छैन । मार्क्सवादले 'व्यक्तिको विचार मात्रै कम्युनिस्ट भएर हुँदैन, व्यक्ति पनि कम्युनिस्ट हुनुपर्छ' भने पनि मूल्याङ्कनको पल्ला  हेर्ने हो भर्ने व्यक्तिलाई होइन व्यक्तित्वलाई हेर्नुपर्छ । सोहीअनुसार भूपीको कृतिलाई हेरेर उनको धरातल के हो, पारख हुनुपर्छ । सुरुमा मार्क्सवादी विचारधारामा अडिग रहेर सर्वहारा वर्गको कवि बनेका भूपी आलोचनात्मक यथार्थवादी कविमा प्रखर उत्रिए । उनको कविता वैशिष्ट्य व्यङ्ग्यचेतना, सङ्गीतचेत र समसामयिक बोध हो । पञ्चायत व्यवस्थाभित्रै प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भएर पञ्चायतविरुद्ध बोल्ने भूपी जस्तो अर्को मान्छे देखेको छैन । भूपी सरल व्यवहारका र रसिला त हुँदै हुन्, परिआउँदा कसिलो पनि बन्न सक्ने हिम्मत पनि थियो उनमा ।

(भूपीबारे लेखिएको 'कवि भूपीः मूल्याङ्कन र विश्लेषण' किताबका लेखक बरालसँगको कुराकानीमा आधारित )



9 Comments:

Lava Kafle said...

wonderful article on Bhupi Shrechan Salute him we all nepalese

Anonymous said...

ghumne kurchi ma andho mancho bupi ko hoina? teso manche pani pancha rayechan hai?

Anonymous said...

nepal kai kabi,neta praye kt bhane pachi bhutukkai. Maobadi ka kiran pani testai hun kyara hoina?

Anonymous said...

व्यवहारमा प्रमाणित गर्न सक्नुपर्छ। रामकुमारी झाँक्रीलाई पार्टीको स्थायी समितिको मिटिङमै टिकटका लागि कुरा गरेको हो। गुल्मी १ बाट, रामकुमारी झाँक्रीलाई उठाउन कुरो भएको थियो (१) तर झाँक्रीले पार्टीबाट ठूलो धनराशीको माग गरेको र चुनाव प्रचारमा पनि, झाँक्री एकपटक पनि गुल्मी नगएको (२) तर उनी आफैं पछि हटेपछि, कस्ले के गर्नी ? (३) हार्ने डरले, 420 रामकुमारी झाँक्री (४) झाँक्री :- त्यस्तो लाग्नेले प्रत्यक्ष चुनाव लडेर आएको भए पनि हुन्थ्यो । सबै चुनाब लडेको थिए । जे कुराको पनि हद हुन्छ , सबैको सिटमा , मैले किन पाइंन, भनेर दाबी गरेर हुन्छ !

Anonymous said...

खाते पत्रकारहरु, onlinekhabar.com ko घट्टिया पत्रकारहरु , कुराउटे पत्रकारहरु , फट्टहाह पत्रकारहरु , अशिछित्त पत्रकारहरु , तल्लो निम्न खालको पत्रकारहरु , बिस्वास नै गर्न नहुने चोर पत्रकारहरु :- रेखाले divorce गरिसकेपछि पनि सधै , "पति छबि ओझा " भनेर news दिन्छ , हैन divorce गरेपछि पनि पति हुन्छ ! कुराउटे पत्रकार , अशिछित पत्रकार :- (१) रेखाको नाम बेचेर कमाउने , अनि रेखाकै बद्नाम गरेर (२) सबै Divorce गरेकोहरुलाई फेरी केहि गर्न नस्कोस्, नाम जोड़ी दियो भने , उस्को खुसी पनि नहोस् भनेर (३) यस्तो पत्रकारले रेखाको नाम बेचेर मज्जाले कमाउनलाई गरेकोले, समाजमा अरुलाई पनि त नराम्रो बनाउछं । (४) हाम्रो पनि , जीबनको बाधक हो त्यों पत्रकार, ए त्यस्तो पत्रकारलाई बाकी किन राख्ने ????

Anonymous said...

गोविन्द वाग्लेले ( ३५ ) चाबहिल :- "चिज पकाइएपछि कता-कता मोजा गन्हाएजस्तो लाग्ने भएकाले म पिज्जा खान रुचाउँदिन " । ( हामीलाई पनि पिज्ज़ा मन पर्दैन ) , ( पिज्जा:- मुटुको रोग , किडनी , र मोटोपन हो ) । बिनोद नेवा (४२) :- "पास्ता , Spagetti त रबरको खाना जस्तो लाग्यो ( मन पर्ने कुरै भएन ), यदि पचेन भने ( रक्तमा बोसो जन्म्ने , भुंडी लाग्ने , मुटु रोग, BP , मोटोपना )", ( हामीलाई पनि पास्ता , Spagetti मन पर्दैन ) । नीमा तमांग ( ४५ ) :- "वाईवाई, मायोज, पाकेटको चाउचाउ घरमै नले भन्यो मैले त बूढीलाई , त्यो त चीनी रोग पो निकालने भन्छ सबैले , भो बोरु , नजिककै नले भन्यो मैले त बूढीलाई" ( हामीलाई पनि पाकेटको चाउचाउहरु वाईवाई, मायोज मन पर्दैन ) । Chhetri बुढाले भनेछ :- " जस्तो सुख दुख पर्दा पनि नेपाली खानै हो नि बाबु ! जितेर आको नेपाली खाना, बच्चा देखि बुढ़ाबुढ़ी सम्म , बिरामी पर्दादेखि , सबै अबस्थामा होनी बाबु " ( hahah Chhetri Jaat Lovhi jsto dekeyoo ) ।

Anonymous said...

नेपाल or बिदेशमा , ब्यापार गर्ने नेपालीहरुको ब्यापार उच्चाई बड़ने भयो , चल्ने भयो :- "
नेपाली खाना : दक्षिण एशियाकै एक नम्बर" धन्यवाद राम्रोसँग छानबीन गरेरको मा। ( Good News of Nepal for world ) .

Anonymous said...

Very old view ( विष्णुहरी शर्माले भन्यो, " ४० बर्ष कटेकी बाहुनीको जस्तै भयो, ४० कटेकी बाहुनीलाई आफ्नो पोइ पनि मन परेको छैन, उसलाई छाडेर अन्त जाऔं भने ४० कटेको छ, कसैले लाँदैन चित्त नबुझे पनि अन्यत्र कतै जाने ठाउँ छैन ।" ) . बाहुनी मनीषा कोइरालाले, ४५ को हाराहारीमा बिहे गरेको हो ( ४५ बर्ष झुटो नबोलेदेखि ), रमिला पाठक ( हरिबंस आचार्य ) ले पनि 40 बर्ष पछि बिहे गरेको हो। अर्को बाहुनि शकुंतला ढुंगानाको भर्खर बिहे भएर , गर्बभती भएको छ, सकुन्तला ४६ बर्ष ( हाम्रो काका र सकुन्तला एउटै दिन जन्मेको रे ) ।

Anonymous said...

होइन होइन होइन। जस्ले पनि आफ्नै देशको गुणगान गाउंछ, हजार झुटो बोलेर पनि ब्यापारको सिंग बनाउंछ।
एक किलो महको मूल्य 7 लाख रुपैयाँ( 5 हजार Euro मा ) बिक्री हुने भए,World को गल्लीमा सबभन्दा सस्तो टर्कीको जनसंख्या देखिन्छ(जता पनि टर्की muslims) , अझै यूरोपियन Countries हरुको सबै जस्तो,Country हरुमा टर्की , जता पनि जता पनि जता पनि ( जनाबार जस्तो सस्तो टर्कीको जनसंख्या ),पुगेको ।(1) हुन त खाना नपाएर पनि त्यसरी सल्लबलाएको हुन्छ ( नपुगेरै हो ) . World को कट्टर धर्मं , मुसलवन धर्मं हो । तर क्रिस्चियन Country मा त्यसरी, सबभन्दा बड़ी चूककली गरेर कमाउने गर्छ ?(2) Christian Country ma (सबभन्दा बड़ी नराम्रो गर्ने, गर्न लाउने मुस्लमान हो )(3) सबभन्दा बड़ी, अरुको देशमा बस्न पाउं भनेर ( Resident Permit,Forever Permit,Greencard etc etc खोजने मुस्लमान हो, मुस्लमान आफ्नो देशमा अट्न नसकेर । के कति क्रिस्चियनहरु छन , मुसलवानको देशमा बस्न खोजने ???? यसै थाहा हुन्छ , नेपालमा त आइपुगेको मुसलवान अनि ??? जोकि नेपालमा मुसलवान बस्नै हुंदैन र नेपालमा मुसलवान बस्न हुन्छ भन्नेलाई पनि , कहिले पनि शान्ति नहुने/नमिल्ने , दु:ख मात्रै हुने, र पतन हुने हुन्छ । World मा , "नेपालमा मुसलवान बस्न नहुने" ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !