May 20, 2011

विष वृक्ष रोपेर अमृत फल्छ र ,बाबुरामजी ?


लमजुङ दुराडाँडा पाणिनी संस्कृत मा वि का विज्ञान र गणित विषय शिक्षक तथा नयनियुक्त प्रधानाध्यापक मुक्ति अधिकारीको रूखमा बाँधेर गोली ठोकी मारिएको फोटो सायद नेपाली मिडियामा सर्वाधिक सर्कुलेटेड फोटो मध्ये एक हो । यो फोटो माओवादी कथित जनयुद्धका समयमा असहमतहरू विचार बोकेर बाँचेका ग्रामीण तहका चेतनशिल शिक्षक र सामान्य राजनैतिक कार्यकर्ताहरूको तत्कालीन समयमा हविगत के-कस्तो थियो भन्न काफी छ ।
तर, माओवादी शान्ति प्रकृयामा आइसके पछि , लमजुङका ती शिक्षक मुक्ति अधिकारीको हत्या जायज थियो त ? भन्ने प्रश्न माओवादी नेता बाबुराम भट्टराईलाई एउटा टेलिभिजन साक्षात्कारका क्रममा सोधिएको थियो । बाबुराम भट्टराईले सो प्रश्नको गोलमटोल जवाफ दिँदै भनेका थिए ‘ व्यक्तिगत रूपमा मुक्तिसरको हत्या गलत थियो होला , तर इतिहासले समीक्षा गर्दा कतिपय हत्याहरू आवश्यक हुन्छन्’ । विपक्षीहरूले समेत मूर्धन्य विद्वान ठानेका भट्टराईको त्यो खालको जवाफ , माओवादी हिंसा र हत्याका दुष्कर र दुर्नाम अतिचारहरूको रक्षाका खातिर प्रकट गरिएको एउटा अमानुस तर्क थियो । हत्या, हिंसा र जोरजुलुम कै कारण माओवादीले नेपाली जनमानसमा त्रास र हाहाकार मच्चाउन सफलता प्राप्त गर्‍यो र त्यही त्रास र आतंकका छायामा सम्पन्न चुनाबमा ऊ सबैभन्दा ठूलो राजनैतिक दल बनेर समविधानसभा सम्म आइपुग्यो । धेरै नेपालीले उसका पक्षमा यस कारण पनि मत दिएका थिए कि , ठूलो दलको जिम्मेवारी वोधले उसले आफ्ना हिंसा र दुष्कर्मका उच्छृङ्खलताहरू त्याग गर्ला । तर त्यसो भएन , माओवादी ठूलो दल भएर पनि उसका युद्धकालीन उन्मादी व्यवहारहरू वाइसिएल , छापामार र हिंस्रक कार्यकर्ता मार्फत प्रदर्शन भइरहे । अरू माथि , हत्या र हिंसाको जोरजुलुम कायम रहँदासम्म माओवादीले भन्ने गर्थ्यो ‘ यो बिरोधीहरूले चलाएको हौवा हो ‘ । तर गएको हप्ता माओवादी मुख्यालय रहेको कोटेश्वरको पेरिसडाँडाबाट पार्टीका महासचिव दिनानाथ शर्मा मार्फत आफ्नै पार्टीका मजदूर नेता तथा सभासदको नेतृत्वमा पार्टी कै शिर्षतम् मध्येका नेता डाक्टर बाबुराम भट्टराईको हत्याको षडयन्त्र बुनिएको समाचार प्रेस वक्तव्य मार्फत सार्वजनिक गरियो , त्यति बेला लाग्यो संसार साँच्चै गोलो छ । अरूलाई गरेको प्रहार घुँएत्रो झैँ फर्किएर आफ्नै थाप्लामा बजारिन पनि सक्दो रहेछ !
कुरोको गाँठी के रहेछ भने , माओवादी पार्टीमा मजदूर नेता पदले चिनिने शालिकराम जमरकट्टेल नामका एकजना मगजबिहीन भुस्तिघ्रे मनुवा पार्टी नेता प्रचण्डका दाहिने हात रहेछन् र यी दाहिने हातका पनि अर्का दाहिने हात रहेछन् बर्तौला थरका क्यासिनो बाउन्सर येलो बेल्ट मिष्टर चिण्डे । यिनै मिस्टर टाक्लाले बाबुरामलाई केही थान गुण्डा लगाएर २ चार दिनमा उडाइदिने घोषणा पेरिसडाँडामा सार्वजनिक गरेका रहेछन् र यस्को घोषणा त्यहाँ स्थित पत्रकारहरुले समेत ‘लाइभ’ नै गर्दिएछन् । यो घोषणाले अत्तालिनु भएका भट्टराईले तुरुन्त प्रतिकृया दिनुभयो ‘ आफ्नै पार्टीका अध्यक्षका आडमा , मजदुर नेता कट्टेलले आँफूलाई ज्यान लिने धम्कि दिइरहेका छन्।‘ हुनत कामरेड भट्टराई र वहाँले अँगालेको सिद्धान्त अनुसार इतिहासले वहाँ कै कार्यकर्ताहरू द्वारा सम्भावित रूपमा गरिने वहाँको हत्या वा सफायालाई पनि लमजुङ दुराडाँडाका गुरू मुक्ति अधिकारी के जस्तो आवश्यक ठान्ला ! तर हामी भन्छौँ , यो शैलि र कार्य आपराधिक र जघन्य हो । हिजो देश भरि माओवादी हिंसा उन्मादको नशामा मारिएका , अंगभंग गरिएका हजारौँ बबुरा , निर्दोष र निहत्था गाउँ, टोल र मोहल्लाका बाबुरामहरूको हत्या र अपराधका हिंस्रक श्रृङ्खलाहरूको प्रहार आज कामरेड डाक्टर बाबुराममथि समेत आएर बज्रिन खोज्दैछ, बुमर्‍याङ भएर । तर अपशोस डाक्टर बाबुरामहरूले संरक्षण र भरथेग गरेर हुर्काउनु भएका वहाँ कै दिक्षित चेलाहरू आज वहाँको प्राण समेत लिएर क्यासिनो र आर्थिक क्रान्ति सम्पन्न गर्न उद्यत छन् । तर हामी पनि बाबुरामको अहिलेको विचारमा सही थप्दै भन्छौँ ‘माओवादी अध्यक्षले बिरोधी सिध्याउन यस्तो हर्कत गराउँछन् भने , भोलि अध्यक्षलाई पनि यिनैले अवश्य खानेछन्!’ सही हो । सोच्नुस् त बाबुरामजी तपाईँ त आफ्नै हरूको स-सानो ज्यानको धम्किमा यति बिघ्न डराउनुभो , तपाईँको कथित जनयुद्धको निर्विवेकी तमाशामा आदिम कल्पना भन्दा परका तरिका अपनाएर गरिएको हत्या, हिंसा, अंगभंग, ध्वंश र सफायाका घटनाहरूमा सामन्य नेपालीहरूलेके भोग्नु परेको थियो होला ? तपाईँका आफ्नाहरूले कति नेपाली परिवारलाई कस्तो पीडा, तड्पाइ र आँसु दिएर मरणान्त पारे होलान् ? हत्याको धम्कि मात्र पनि यति डरलाग्दो हुन सक्छ , हैन र ?
विषवृक्ष रोपेर कहिलै अमृत फल्दैन । हामीलाई थाहा थियो र आज पनि छ , समस्या शालिकराम जमरकट्टेल र बर्तौलामा हैन , तपाईँहरूले हुर्काएको ज्यानमारा सिद्धान्त र व्यवहारमा छ । मरेर महान भइने भए , आँफू आफ्नै कार्यकर्ताबाट मरिँदा झनै महान हुनुपर्ने हैन र ?
आँफू मरिन्छ कि भन्दै डराएर तीन घेराको सुरक्षामा जीउन पर्ने कामरेडहरूले , अरूको जीवन बाँच्न पाउने अधिकारको सम्मान गर्न सिक्नु पर्छ र सिकाउनु पर्छ , बाबुरामजी । तपाईँको सुरक्षा हुनैपर्छ , तर साथसाथै प्रतेक नेपाली पनि सुरक्षित हुनुपर्छ , किनभने जीवन सबैको उस्तै हो ।
(फोटोमा: बाबुराम भट्टराईलाई ज्यानको धम्कि दिने पार्टि कै पहलमान जनक बर्तौला )


14 Comments:

निमेस said...

आफुलाइ हेर!!

मान्छेहरुले अर्कोको कुभलो चिताउंदा, नराम्रो बोल्दा, दुख दिदा, सड्यन्त्र गर्दा..... त्यो आंफुमा पर्दा कस्तो हुने, लाग्ने थियो होला भन्ने मनन गरेर कर्म गरेमा सबैको भलो हुने थियो / आफुमा पर्दा उचित लाग्दैन भने त्यो अरुलाई पर्दा पनि पक्कै उचित लाग्दैन भन्ने नबुझ्ने भएरै होला.... कवी लेखनाथ पौड्याल;

म खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ
म हाँसु मै नाचुँ अरु सब मरुन दुर्बलहरु
भनि दाह्रा घस्ने अबुझ शठ देखि छक्क परी
चिता खित्का छाडी अभय सित हास्यो मरीमरी...

Anonymous said...

Nepal is the only country where they respect commies. If you go to the developed world, they will laugh at you.

Anonymous said...

कम्निष्टहरू संसारका सभ्य र विकसित देशमा घृणाका पात्र मानिन्छन् तर हाम्रो नेपाल कस्तो ठाउँ हो जहाँ यिनीहरूबाट राम्रो हुन्छ भन्ने मान्छे पनि छन् ? जसले मान्छेको बेसिक बाँच्न पाउने अधिकार माथि समेत आक्रमण गर्छ , तेस्तो अपराधीहरू समेत यहाँ हिरो बनिराछ ? कस्तो उदेक लाग्दो ठाउँ हो ?

Biplab said...

yesto pani hola ra bhaneko ta sachhai po rayecha. nagarik le diyeko news. aba bartaula lai karbhai hune bhayo.
काठमाडौं, जेठ ७ (नागरिक)- माओवादी नेता बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने जनक बर्तौला पार्टी कारवाहीमा परेका छन्। शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादी स्थायी समिति बैठकले उनलाई तीन महिनाका लागि निलम्बन गर्दै जिम्मेवारीबाट मुक्त गरेको छ।
बैठकमा बर्तौलालाई बोलाइए बयान समेत लिइएको थियो। नेता समक्ष उनले आफूले ज्यान मार्ने धम्की नदिएको दाबी गरेका थिए। भट्टराईका सुरक्षा गार्डले बर्तौलाले ज्यान मार्ने धम्की दिएको बयान बैठकमा गरेका थिए। हायत होटलको क्यासिनो ताराका बाउन्सर बर्तौलाले एक साताअघि भट्टराईलाई ज्यानको धम्की दिएका थिए।

sanu jange said...

khai yasto karwahi pani ke karwahi ? je hos parti le baburam ko aayu kamse kam tin mahina ka lagi renew gare jasto bhayana ra ? tespachi feri tehi prabriti dohorine ta hola ni...

dhikkar cha yasta kaput janmaune nepal aama haru lai

Anonymous said...

aba kati barsa jail chalan? jyan marne dhamki dinelai ta jail pathaunu parne hoina ra?

झटारो काँइला said...

त्यै कोइसन मलाइ नि सोध्न मन लाथ्यो धेरै पैले देखि बाजेलाई, तगडा छ सोधाई ।

प्रशान्त ''अन्तरद्वन्द '' said...

साँच्चैनै, विषवृक्ष रोपेर कहिलै अमृत फल्दैन l माओबादीहरुले अरुको बाँच्न पाउने अधिकारको सम्मान नगरेकैले यो स्थिति आएको हो भन्ने मलाई लाग्छ l माओबादीहरुका कलह र असन्तुष्टि जगजाहेर पहिले पनि नभएका होइनन तर आशंका अब नयाँ 'दासढुंगामा' अड्किएको छ l

Anonymous said...

माओवादीले क्यासिनो बाउन्सर बर्तौलालाई ३ महिने निष्कासनको कार्वाहि गरेछ । यो पार्टीमा पार्टीका तेस्रो बरियतालाई मार्ने योजना गर्दा ३ महिने कार्वाही हुन्छ भने मारेका खण्डमा २ गुना वा ६ महिना निस्कासन हुने होला ! माओवादीमा जीवन धेरै सस्तो छ , अझै पनि । अरूलाई मार्दा हिरो भइने पार्टीमा आफ्नै मार्दा पनि सजाँय हलुका नै हुने रहेछ , ज्यानमाराहरूको पार्टी ।

Anonymous said...

Khasma kasaile marne dhamki diye teslai ta desh le karbahi garne ho. yeha ta party le desh chalaune jasto kura garchan.
M i missing the point?

Anonymous said...

माओवादीभित्र राजनैतिक र बौद्धिकभन्दा पनि आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको वाहुल्यता छ।भनिन्छ, बाबुराम भारतीय लवीबाट परिचालित छन् भने प्रचण्ड अमेरिका–युरोपियन युनियन र मोहन वैद्य चिनिया पक्षबाट परिचालित छन्। मोहन वैद्यलार्ई पार्टीभित्र 'हार्ड लाईनर' का रूपमा लिने गरिन्छ। झलनाथ खनाल नेतृत्वको माओवादी गठबन्धन सरकार युरोपियन युनियनमार्फत् अमेरिकन लवीबाट परिचालित रहेको दाबी गरिँदैछ। जुन कुरा भारत र चीन दुवै छिमेकी राष्ट्रहरूलार्ई असहज भएको देखिन्छ। स्रोतका अनुसार पछिल्लो समयमा प्रचण्ड र मोहन वैद्यलाई सबैभन्दा ठूलो खतरा आफ्नै पार्टीका छापामारहरूको रहेको छ भने बाबुरामलार्ई आफ्नै नेतृत्व तहबाटै परिचालित भाडाका व्यक्तिहरूबाट हत्या गराउने योजना बनिरहेको गुप्तचर स्रोत बताउँछ।
घटनाक्रमलार्ई जोडेर हेर्ने हो भने गत साता प्रचण्ड बैंकक गएलगत्तै पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामै बाबुरामलार्ई सफाया गर्ने भन्दै दुई दर्जन जति भाडाका माओवादी क्यासिनोमा बाउन्सर जनक बड्तौलाको नेतृत्वमा पुगेका थिए। जसलाई प्रचण्ड पक्षधर मजदुर नेता शालिकराम जम्कट्टेल, बाबुराम गौतम, गणेश रेग्मीले पठाएको चर्चा माओवादी वृत्तमा चलिरहेको छ। यो कुराको सुईंको नेपाल सरकार मातहतको राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरूले पाएपछि विभागीय प्रमुख हुँदै तुरुन्तै त्यो खबर बाबुरामलार्ई गराइएको थियो। बाबुराम हत्या योजनाको सूचना कूटनैतिक नियोगहरूमा पनि पुगेपछि ती निकायमा कार्यरत उच्च अधिकारीहरूले समेत चासो देखाएर उनको सुरक्षा व्यवस्था थप कडाइ गर्न आग्रह गरे। माओवादी प्रवक्ता दीनानाथ शर्माले पनि घटनाको पुष्टि गर्दै बाबुरामको हत्या गर्ने योजना पार्टी भित्रबाटै भएको दाबी गर्दै विज्ञप्ति नै निकाले। यद्यपि प्रचण्ड–किरण पक्ष र प्रहरी प्रशासनले भने यसबारे केही बोलेको छैन। हत्या योजना आरोपी शालिकराम जमरकट्टेलले 'घटना प्रचारवाजी र राजनीतिक उद्देश्यबाट निहित' भएको बताइरहेका छन्।

उनीहरूले एकले–अर्कोलार्ई सिध्याउन/धम्क्याउन नेतृत्वकै साथ पाइरहेका छन्। यही फाइदा उठाउदै विदेशी गुप्तचर संस्थाले प्रचण्ड हत्याको योजना बनाइरहेको बताइएको छ। माओवादी भित्रको विवाद उत्कर्षमा पुगेकोले नेताहरूको सुरक्षा चिन्ता बढेको गुप्तचर सम्बद्ध एक उच्च अधिकारी बताउँछन्।

Kamred Democracy

Anonymous said...

bhada ka gunda kun party ma chhainan ra kamred democracy?

संजीव said...

आरोप लागेकोले बर्तौला लाई आफ्नो कामबाट निलम्बन गरेको हो पार्टीले । यो आरोप सत्य हो वा होइन भन्ने विषयमा वहस हुनै बाँकी छ । यो घटना साँचो नै भएपनि के नै पो ठूलो कुरा भो र ? ज्यानको डर त कसलाई पो हुँदैन र ? ओसामादेखि ओबामा सबैलाई थियो र छ । खुटटा तान्न पायो भन्दैमा शान्ति प्रक्रियामा आइसकेको माओवादी लाई जनयुद्धको कुरा उचालेर विवादमा तान्नु मण्डले चरित्रमात्र होइन दलाली चरित्र पनि प्रष्फुटित गर्छ ।

Anonymous said...

All Maoists are nonsense.They don't have vision the leader of Maoists have criminal mind and supporters are criminal.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !