April 14, 2011

नया बर्षमा नया जोश

नया भने पछी हरेको कुरा नया लाग्छ। मान्छे त्यही,वाताबरण त्यही तर जब हामी क्यालेन्डरको पान्ना फेर्छौं हामी आफूलाई नया अनूभुती गर्छौं। र केही नया गर्ने प्रण गर्छौं।

घुमी फेरी फेरी नेपाली क्यालेन्डर फेर्न बेला आएको छ। यसै अबसरमा नया बर्ष को हार्दिक मंगलमय शुभकामना। नया बर्षसंगै तपाईलाई पनि केही नया गर्ने जोश जागोस र सफलता पनि सोचेकै जस्तो मिलोस।


3 Comments:

मनु ठाडा मगर (MANU) said...

shubhakamana yaha lai pani.

Luna said...

उसले चिमोट्ने
अर्कोले निमोठ्ने
झी भ को छ मेरो देशलाई
घाउ भ को छ मेरो देशलाई
यो घाउ
सबलाई दुखोस !
घाउ दुखे पछी
औसधि खोज्छ मान्छेले
क्यान्सर नहुदै
उपचार गर्न
उपाय खोज्नु पर्छ
उपाय खोजिदा
एकताको भाबना सबमा जागोस !
देशको माया सबैलाई लागोस !

नया बर्ष २०६८ को शुभ कामना सबैलाई .

निमेस said...

कलम समाउने हातहरुमा
बन्दुक थमाएपछी
उस्ले गोलि संग खेल्ने नै भयो
कोदालो बोक्ने युवाहरुले
बम बोक्न थाले पछी
आमाको छाती छेड्ने नै भयो
झी भन या घाउ
देशले पीडा त भोग्ने नै भयो!!

हे! परिवर्तनको नाउँमा
आमालाई बलात्कार गर्नेहरु हो
तिम्रो यौन पिपासा शान्त पार्न
अब घरमा हैन बजार तिर धाउ
देशलाई अरु नाङ्गो पार्ने कोशिश नगर
कोहि उत्तर तिर त
कोहि दक्षिण तिर जाउ!!

संजीवनी बुटी खोज्नु पर्छ
आफ्नै आमाको छाती भित्र
कन्टकारी पोल्नु पर्छ
यै धर्तिको आँगन माथि
क्यान्सरलाई चिर्नु पर्छ
बन्चरोको धारले
देशलाई सिगर्नुछ
एकताको नाराले!!

युवाहरुले गर्नु पर्छ
असत्यको शामना
२०६८ को तिम्रो लागि
मेरो छ यै शुभकामना!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !