March 3, 2011

थेसिस लेख्ने-किन्नेहरु होशियार ! „Citation needed“

मास्टर थेसिस यहां लेखिन्छ भनेर टांसेका कम्प्युटर प्रिन्ट गरेका कागजहरु अचेल काठमाडौका गल्ली गल्लीमा देखिन्छ भनेर पढेको थिएं त्यो पनि जम्मा जम्मी १०,००० भन्दा कम मुल्यको ग्यारेण्टी सहित । लालू यादवले „हमारे राज्य मे कोइ भी अनपढ नही होना चाहिए“ सबको सर्टिफिकेट दे दो“ भनेर बिहारमा सर्टिफिकेट छ्याप छ्याप्ती पाइन्छ भन्ने जोक सुनिन्थ्यो पहिले । अचेल बिहारमा लालु राज खतम भए पनि नेपालमा लालु राज मौलाउदो छ ।
अब युरोपतिरको कुरा गरौं, जर्मनीमा एक जना अमेरिकी प्राध्यापकले नामको अगाडि डा लेख्दा झण्डै जेल जानु परेको । पुरानो कानुन अनुसार जर्मनि वा युरोप बाहिर पि एच डी गरेको मान्छेले यहां डा. लेख्न नपाउंदोरहेछ । तर एउटा प्रतिष्ठित संस्थाका डाइरेक्टर र हार्वाड युनिभर्सिटिको प्रोफेसर अफर छोडेर जर्मनी हानिएका प्रोफेसरलाई जेल हाल्ने कुरो पनि त भएन त्यसैले तुरुन्त सबै स्टेटका शिक्षा मन्त्रीहरु बसेर कानुन परिमार्जन गरी डा. लेख्न पाउने पारित भएपछि उनी जेल जानु परेन तर उनले त्यस पछि आफ्नो नेम प्लेट बाट डा. हटाएका छन भनेर पढेको थिएं ।
नेपालमा नेताहरु त्यो पनि प्रविधी मन्त्रीले ल्याप्चे लाउंछन रे भन्ने सुनेका हामी जस्तालाई त अब नेताहरुले पढाइको बारेमा के नै पो मेसो पाउलान र भन्ने लाग्ला । त्यही मेसोमा मलाइ जर्मन पार्लियामेण्ट मेम्बरहरुको पढाइ के रैछ भन्ने लाग्यो । जर्मन चान्सलर एन्जेला मर्केलले फिजीक्समा पि. एच. डी. गरेर कुनै युनिभर्सिटिमा रिसर्च गर्थिन भन्ने सुनेको थिएं । त्यति मात्रै नभएर जर्मन राजनीति, उद्योग आदिमा „एलिट्स“ हरु हुन्छन भन्ने सुनेको थिएं । त्यहि भएर त हाम्रोमा जस्तो हान थाप नगरी कसैको बहुमत नआउंदा मर्केल प्रमुख भएर मुख्य ठुला दुइ दल मिलेर बिपक्षी विनाको ४ वर्षे शासन पुरा गरिन , खोइ कसैले कसैको खुट्टा तानेन !
प्रसंग तिर जाऔं । मैले ६२२ जना जर्मन पार्लियामेण्ट मेम्बरहरुमा १५६ जना जति (१-२ तल माथि पर्यो होला !) पि.एच. डी. होल्डरहरु पाएं । अर्थात पार्लियामेण्टमा २५% विद्यावारिदिहरुको जमात रहेछ । त्यसै मध्यमा जर्मनीका होनहार, विरासती, जर्मनीका भावि राष्ट्र प्रमुख र ओबामा जस्तै लोकप्रिय हुन सक्ने मान्छे मानिएका रक्षा मन्त्री (कार्ल गुटेनबर्ग) पनि थिए । २००६ तिर बायरुथ युनिभर्सिटिबाट पि. एच. डी. गरेका यिनको थेसिसको बारेमा केहि हप्ता अगाडि प्रश्न उठ्यो । यिनले ४७५ पेज लामो कानुन सम्वन्धी थेसिसमा १०० पेज जतिमा विभिन्न पत्रिका, वेब साइट जस्ता स्रोतहरुबाट अक्षरस हुबहु उतारेका रहेछन तर „रेफ्रेन्स“ वा स्रोत खुलाएका रहेनछन । स्रोत नखुलाई उतार्ने काम नियम विपरित हो र चोरी हो भन्ने आधारमा उनको पि. एच. डी. डिग्री खोसियो र नैतिकताका आधारमा उनले राजीनामा दिनु पर्यो । एउटा होनहार „क्यारियर“ त चौपट नै भयो तर नेपालीहरुलाई पनि यसबाट भविष्यमा बेफाइदा हुने देखिन्छ । उनकी श्रिमति (स्टेफानी) जर्मनीका राष्ट्र पिता कै दर्जा पाएका विस्मार्कको सन्तति हुन र जर्मनीमा लोकप्रिय समाजसेवी पनि हुन । उनी केहि महिना अगाडि माइति नेपालमा पुगेकि थिइन त्यस मार्फत नेपालमा सहयोग गर्न जर्मनीको सबै भन्दा ठुलो च्यारिटि सोमा सहभागी पनि भएकि थिइन । अनुराधा कोइरालाबाट उनी धेरै प्रभावित भएको बताउंदै नेपाल अब धेरै पटक जाने कुरा व्यक्त गरेकि थिइन । स्मरण रहोस हेलमुट कोल पछि नेपाल चिन्ने जर्मन राजनितिज्ञ वा परिवार गुटेनबर्गको हुने थियो र उनको राजनीतिमा पि. एच. डी. काण्डले ल्याएको उथल पुथलले अब गुटेनबर्ग भावी राष्ट्र प्रमुख होलान भन्ने कुरामा शंकै छ वा त्यति सजिलो छैन ।
यो त भयो विदेशी कुरा, अब भन्नुस के असन र बाग बजारमा बिकेका थेसिस किन्ने नव नेपाली नेतृत्वहरु (जमाना अनुसार नेपालमा तथाकथित युवा र पढेका नेताहरु छ्याप छ्याप्ती निस्कदैछन) ले भोलि यस्तो दिन भोग्नु पर्ला ?


8 Comments:

Anonymous said...

सबको सर्टिफिकेट दे दो.हमारे वास्याल हरेको भी सर्टिफिकेट दे दो,और जागिर भि दिलादो।

नेपालियन said...

मैले पनि सुनेको थिएं,नेपालमा थेसिस किन्न पाइन्छ भनेर। भारतमा त पिएचडी कै थेसिस किन्न पाइन्छ भन्ने हल्ला थियो। सायद त्यसैको सिको गर्दै नेपालमा पनि थेसिस बिक्रीमा राखिएको होला।
पहिलो कुरा त यो गैर-कानूनी हो,खै पुलिस के हेरेर बसेका छन,बुझीनसक्नु छ। दोस्रो कुरा पिजीले भने जस्तै अहिले बुझाएको थेसीस पछी अरुले खोजेर तथ्य कुरा बाहिर नल्याउला भन्न सकिन्न। हुन एस.एल.सी देकी एम.ए सम्म किनेका सर्टीफिकेटले कतीले हाकीम जागिर पकाएका छन। तर कुनै बेला शैक्षीक ठगलाई कारबाही नहोला भन्न भने सकिन्न।

अहिले पो झलस्स याद आयो, खै आफ्नो थेसिस कसरी सकियो? पढ्ने बेलामा कसरी सकौं भन्ने जस्तो हुन्छ। तर मैले त भेटेका सामाग्रीको साइटेसन चाहीं दिएको थिए।

Sandip's Weblog said...

यस्तो सर्टकट पढाई र योग्यताले खोक्रो जनशक्ति बाहेक के जम्माउला र !!

Anonymous said...

great terms Sandipji, short-curt padhai and qualification...he he

Anonymous said...

aajkal ta nepalmai slc ra +2 ko certificate panicha ni. tyo pani original chhap.

Anonymous said...

हो , त्रिभूवन युनिभर्सिटी प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट २० हजारमा किन्ने एउटा लाहुरेलाई त मैले भेटेँ । त्यो सर्टिफिकेट हेरेँ , अचम्म परेँ र आँफूले हाड घोटेर पढेको सम्झेँ ! कुरा के थियो भने लाहुरेकी स्वास्नीलाई डि भि परेको , तर उनको पढाइ एस एल सी मात्र थियो । बिचरा , किनेर ल्यायो तर सेकेण्ड लेटर आएन । मलाई भन्थ्यो बिएको किन्ने भए '२५ हजारमा मिलाउने भनेको छ दलालले' । मैले भनेँ 'यो त नक्कली हो पछि इम्ब्यासीले चेक गर्‍यो भने मिल्दैन नि ' । तर , उसले जवाफ दियो ' हैन भित्रै काम गर्नेले सबै कुरा मिलाएर दिन्छन् केही फरक पर्दैन' । हे भगवान भनेँ मन मनै । गर्ने के ? अब माओवादीहरूलाई बाँड्ने कुरा छ रे २ वर्षको एउटा तह । भनेपछि ६ कक्षा पढेकाले १३ वर्ष माओवादीमा लागेको रहेछ भने उसले १९ वर्षे उपाधी पिएचडी घरमै ल्याइपुर्‍याउने भो । भएन त काइदा ? बाबुरामलाई नै पछार्ने भए व्यारेकमा बसेर सरकारी भात हसुर्ने ज्यानमारा, जनमारा भातमारा हरूले पनि ।

सत्यवादी हरिश्चन्द्रे

देखेजाने कै मान्छे said...

सवका सव भाते मात्र भए । अब के माओवादीको कुरा गर्नु । पार्टीगत हिसाव न ब्यक्तिगत । गमाना धोटिने चाहिँ सधैँ थेचिनेको आएछ । अब पढ्न पैसा लाग्ने त छदै थियो प्रतिफल पाउन पनि पैसाले अब हैन् पैसा कमाउन पनि पैसा ।

deepak said...

टियुको भित्रैबाट सर्टीफिकेट किनबेच हुन्छ त? त्यसो भए नक्कली र सक्कलीको बिच के फरक भयो? क्यो बोर यार हामीले पढेको ल्याएको नक्कली हो की सक्कली भएन फसाद?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !