March 10, 2011

र पो हुंदोरैछ गृह मन्त्रालयमा हानथाप

छ महिना काम चलाउ सरकारले हल्लाएको देशमा काम गर्ने प्रधान मन्त्री भएको १ महिना भयो। काम गर्ने पनि पक्का काम गर्ने नै परेछन्। १ महिना सम्म मन्त्रीहरू जम्मा नपारी एक्लै काम गरेर सकाए। थप थाप मन्त्री जम्मा पारे पनि मुख्य मन्त्री पद अझै खाली छन। मुख्य को पनि मुख्य गृहमन्त्रालय चाही अझै खाली छ। यही खाली भएको मौका छोपी फाइदा लिए एक भारतीय अपराधीले। त्यो फाइदामा चिट्ठा पारे नेपाली प्रहरीले। भारतीय नक्कली नोट र लागु पदार्थको कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागार सुनधारामा रहेका युनुस अन्सारीलाई जेल भित्रै गोली हानिएको भनेर पत्रिकामा समाचार आएको छ। कैदी भेट्न भन्दै विहान करिव साढे ११ बजेतिर गएका भारतीय नागरिक जगजित सिंहले चेनगेटभित्र हात घुसाएर युनुसलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । एउटा थ्रिलर चलचित्रसंग मेल खाने यो घटना भारतबाट आएका व्यक्तिले कसरी गर्न सक्छन्?

भनिन्छ नेपालमा एउटा अपराधबाट आएको पैसा हाकिम देखी पिउनसम्म बांडचुड हुन्छ। यस अर्थमा १५ लाख रुपिया लिई नेपाल छिरेका जगजितले केही हिस्सा प्रहरीका हाकिम देखी पिउन सम्म पग्यो। गृह मन्त्री भएको भए तिनको खल्तीमा पनि पूग्थ्योहोला, अहिले त गृह मन्त्री प्रधान मन्त्री नै छन। भने पछि १५ लाखको एक हिस्सा खनालकै खातामा पनि पूग्योहोला।
जनताको आँखामा छारो हाल्न कमिटी गठन गरे पनि होला त कारबाही? प्रधान मन्त्री नै सामेल भएको अपराधमा को चोर को साधूँ? अनि किन नहानुन त देवी प्रसादले झापड।

मुद्दा,अपराध,लागूऔषध सबैको हिस्सा आउने मन्त्रालय किन आकर्षक नबनोस् त? हरेक पार्टीका भाषण भिन्न भए पनि सरकारका लागी मरिहत्ते गर्नु र आकर्षक मन्त्रालयमा र्‍याल काढ्नु केही रहस्य त पक्कै छ। यही रहस्य मध्य एउटा रहस्य पर्धाफास भयो सेन्ट्रल जेलमा। यसरी बिना लगानी नाफै नाफै हुने व्यवसाय रहेछ गृहमन्त्री पद र पो हुंदोरैछ गृह मन्त्रालयमा हानथाप।


6 Comments:

Anonymous said...

Its not a surprise. Nepal is one of the corrupted country. This happens in every corrupted country.

Luna said...

भारपाक अपराधिहरुले सहज रुपले हेप्न सकी राख्या छ एमांग्रेसी नेताहरु गृह मन्त्रि भा भ र--

Anonymous said...

jail jasto secure thauma goli hanne chane chune manche hoina. yesma haat kasko chha tyo khula kitab jastai chha. India bahek kasle yesto garna sakcha?
काठमाडौं, फागुन २९ (नागरिक)- केन्द्रीय कारागारभित्र हत्या प्रयास गरिएका युनुस अन्सारीले आफूलाई भारतीय गुप्तचर संस्था 'र' का अधिकारीले मार्ने प्रयास गरेको दाबी गरेका छन्।थापाथलीस्थित नर्भिक अस्पतालबाट शनिबार डिस्चार्ज भएपछि युनुसले संवाददातासँग भने, 'मलाई गोली हान्ने घटनामा भारतीय गुप्तचर संस्थाको हात छ।'
उनले आफूमाथि पुनः आक्रमण हुन सक्ने दाबी गर्दै जीवनरक्षाका लागि सरकारसँग आग्रहसमेत गरे।

जाली भारतीय रुपैयाँ र खैरो हेरोइन कारोबारमा बन्दी रहेका उनलाई अस्पतालबाट सिधै केन्द्रीय कारागार लगिएको थियो। बिहीबार उनीमाथि कारागारमै गोली प्रहार भएको थियो।

उनी गत वर्ष पुस १८ गते २५ लाख भारु र साढे तीन किलो ब्राउन सुगरसहित पक्राउ परेका थिए। दुवै अभियोगका काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा राख्ने आदेश जारी गरेपछि उनी केन्द्रीय कारागारमा बन्दी छन्।

पोस्तक श्रेष्ठ said...

हैन, नेपालमा बिसंगती र बिकृति छ भन्ने कुरा त बुझिएकै हो। गृहमंत्रीकै पदभार समेत बोकेका प्रधानमंत्रीले जेलको सुरक्षा ब्यबश्था कमजोर भएकोले नैतिक जिम्मेवारी लिनै पर्छ। तर हत्या जस्तो कुरामा प्रधानमंत्रीले समेत मिलेमतो गरेर पैसा लिएको भन्ने हचुवा कुरा कसरी गर्ने मिल्छ? बुझ्झकी मान्छेहरुले चाँहि अलिकति तथ्यगत कुरा गर्नु राम्रो होला। प्रधानमंत्री ने सामेल भएको अपराध भनेर ठोकुवा गर्नु भयो, यो समाचार को स्रोत के हो? यस्तो पुङ न पुच्छरको कुरा चाँहि अलिकति शिक्षित साथीहरुले नगरे हुन्थ्यो।

Nepalean said...

पोस्तक जी गृहमंत्रीकै पदभार बोकेका प्रधान मन्त्रीले खै के बोले यो घटना सम्बन्धी मैले त केही सुनेको हैन। खासमा यो सरकार ठेक्कापट्टाको सरकार हो। पहिले कांग्रेससंग मिलेर देश ठेक्का लियो अहिले माओबादीसंग। अघिल्लो पटक अर्कै झुण्डले हप्ता असुल्ने हुंदा त्यो चित्त नबुझेर अर्को झुण्ष सरकारमा जान तयार भयो। नत्र आफ्नै पार्टीको ले पल्टाएर आफ्नै पार्टी सरकारमा जाने कतै देख्नुभएको छ। यो प्रष्ट ब्यक्तीगत फाइदाको लागी हो। अब रह्यो यो घटनाबाट प्रधान मन्त्रीले कती कुम्लाए? मैले प्रधान मनत्रीले चेक या क्यास लिए भनेर भन्न खोजेको हैन। यि टेन्डेर प्रधानमनत्री र खेताला मन्त्रीहरुले यस्ता घटना घटाउने या यस्ता घटनाबाट पैसा असुल्ने ब्यक्तीसंग टेन्जिबल,इनटेन्जिबल कुराहरु प्राप्त गरिरहेका हुन्छन। यसमा तपाइको पनि दुइमत नहोला? सरकार फेरीन्छन,तन्त्रहरु नया नया ल्याइन्छन तर देश चलाउने तरिका तिनै रहुन्छन,जनता चुस्ने तरिका झन झन शसक्त बनाइन्छ।
नेपालको घुसखोरी र गरिबीको रेखा दिन प्रतीदिन तल गिर्नु यसैको उदाहरण हो।

पोस्तक श्रेष्ठ said...

तमाम बिसंगती छन्। तर जेल भित्र अन्सारी हो हत्या गराउन प्रधानमन्त्रीको समेत मिलेमतो वा सहभागिता भन्ने कुरासंग मात्र मेरो असहमति हो। कुनै तथ्य वा प्रमाण भएको भए मान्ने कुरा हुन्छ। होईन भने राजनीतिको फोहोरी खेल वा देवी प्रसाद को झाप्पड प्रसंगले खनालको अंसारी हत्या प्रयास प्रकरणमा सहभागिता पुष्टी गर्दैन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !