March 6, 2011

बिदेशमा धनकमाउने सपना

कृष्ण के श्रेष्ठ"काल्स"

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

संघर्षका तिखा तीर मैतिर ताक्दा खेरि
भाग्यलाई ढाल बनाई छेक्दै छु म विदेशमा

आमा ! अब फर्किन्छु हलो जोत्न स्वदेशमै
भनी गजल वेदनाका लेख्दै छु म विदेशमा

कृष्ण के श्रेष्ठ"काल्स" द्वारा सिर्जित अनाममण्डलीबाट प्रकासित गजलसंग्रह "धन कमाउने सपना"को विमोचन कार्यक्रममा फाल्गुन २८ दिनको २:३०मा मा पद्म कन्या क्याम्पस (डेनिस हल) हुंदैछ। अबश्य पाल्नुहोला।


4 Comments:

Krishna said...

thank u for publishing.................................

Luna said...

--आमा ! अब फर्किन्छु हलो जोत्न स्वदेशमै
भनी गजल वेदनाका लेख्दै छु म विदेशमा---

मन छुने मार्मिक गजल !
निरन्तरताको शुभ कामना .

Nepalean said...

मलाई कैले काहीं त्यस्तै लाग्छ,बिदेशमा सपना देख्नु भन्दा स्वदेशमा हलो जोत्नु बेश। त्यसलाई गजलकै रुपमा कृष्णजी ले प्रस्तुत गर्नुभएको रहेछ। गजल राम्रो लाग्यो। साच्चै तपाईको उपनाम काल्सको माने चाहीं के हो नि?

deepak said...

बिदेशमा धनकमाउने सपना is like lakshmi prasad devkota ko lahsa.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !