January 3, 2011

कोलोराडोमा यस बर्षको ल्होछार सुसम्पन्न


जहाँ पुग्छन नेपाली मनहरु ,झल्काउछन नेपाल र नेपाली पन
भिन्न भाषा ,भेष ,भुषा गुथेर माला,बढाउछन गौरब झन झन

तमु धि समाज कोलोराडोको आयोजनामा सन २०११ जनवरी ०२ का दिन यस बर्षको ल्होछार" हाम्रो संस्कार ,हाम्रो परम्परा "को
नारा सहित भब्य रुपमा मनाउन सफल भएको छ । अनेकतामा एकताको प्रतिकको रुपमा उदाउदै आएको ल्होछार पर्ब नेपालीहरुको
संस्कृतिलाई जोगाउने ,आपसी सदभाब अभिब्रिदी गराउने तथा शुभ कामना आदान प्रदान गर्ने पर्बको रुपमा बिकशित हुँदै 
गैरहेको छ ।


कोलोराडोका नेपालीहरु तथा बिदेशी पहुनाहरु समेतको बाक्लो उपस्थितिमा गत बर्ष झै यसपाली पनि बोल्डरको unity of boulder चर्चमा बिभिन्न सांस्कृतिककार्यक्रमका साथ मनाइएको थियो ।परम्परागत गुरुङ समुदायको भेष भुषामा सजिएका तमु तथा गैर तमुहरुको स्वागत पश्चात उदघोषक सुरेश गुरुङले कार्यक्रम अघि बढेको जानकारी दिनु भएको थियो । बिकास गुरुङ, सुसान थापा ,बिन्दु गुरुङ र सालीना रानाको 'माया पिरती 'बोलको गुरुङनाचबाट ताली र वाहावाही बटुले पछि साना नानीहरु महिमा गुरुङ र श्रेया थापाको मितिनि ज्यु भन्ने बोलको नाचले अझ रोचकता थपेको थियो ।

चिसो मौषममा लान्डनको चिसोको बयानलाई निर्त्यमा उतारेर प्रिती गुरुङ ,अस्मिता के सि ,क्रिती पछाई ,बिबेक पछाई र किरण पछाईले सम्पूर्ण हललाई तताउन सफल भएका थिए ।प्रेरणा पछाईको एकल निर्त्य र सालैजो भाखाको अक्कल तमाङ ,जगमाया तमाङ ,लक्ष्मी राना र लछु रानाको आकर्षक निर्त्य पछि सन्नी राना ,अजुल तमाङ र बजुल तमाङको समुहले 'यो मन त मेरो नेपाली हो ' बोलको गीतले दर्शक हरुको मन जित्न सफल भएका थिए ।
तेस्तै प्रिया र निरज गुरुङको आधुनिक निर्त्य तथा सोना श्रेष्ठ ,रिया श्रेष्ठ ,समी श्रेष्ठ ,प्रितीका महत र रितिका थापाको रिमिक्स आधुनिक निर्त्यले सुनमा सुगन्ध थपेको थियो ।
छोटो र मिठो रहेको सो कार्यक्रम नमुना लायक भएको थुप्रै दर्शकले महसुस गरेका थिए। कतै कुनै अबरोध बिना नै निरन्तर अघि बढेको यस कार्यक्रममा सालीना रानाले अर्को एकल र कबिता घले ,रजनी घले ,उमा गुरुङ र सुष्मा गुरुङले प्रस्तुत गरेको कौडा निर्त्यले नेपाली मनलाई परदेशबाट घरदेश पुराए झै प्रतित हुन्थ्यो । पञ्चे बाजाको ताल भित्र बिशुद्द नेपाली कला र भेष भुषालाई समेटन सफल खुला निर्त्यले नयाँ पिढिलाई नयाँ उर्जा दिदै सांस्कृतिक कार्यक्रमको बिट मारेको थियो ।
अन्तमा कार्यक्रमका उदघोषक सुरेश गुरुङले तमुधी समाज कोलोराडोका अध्यक्ष अरुण कुमार गुरुङको मन्तब्य पढेर सुनाउनु भएको थियो ।

2 Comments:

itsNepal said...

i love dautari.org its really nepal blogger home

so i want in this blog

my new blog about nepal tourism want Reviews by here fans pls Reviews my this blog all of DAUTARI.ORG FANS MY BLOG IS THIS BELOW
http://itsnepal.blogspot.com

Nepalean said...

लेख पढ्दा निकै रमाईलो भएछ जस्तो छ। एक दुइवा भिडीयो राखेको भए झन रमाईलो हुनेथ्यो वाका जी।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !