December 26, 2010

नेताहरूलाई ट्युसन पढाउने कि ?

शनिबार पारेर घरमा फोन गरें। बहिनीले फोन उठाई। फोनको ब्याकग्राउन्डमा निकै हल्ला खल्ला आएको थियो। मैले सोधे शनिबार पनि क्याम्पस गइस् कि क्या हो? क्यामपस हैन ट्युसन पढ्ने ठाउँमा छु भनेर उत्तर दिई। ए बहिनीले त पैसा कमाउन पो थाली छे,म दंग भएं। टन्न पैसा कमाउने भइस् अब,प्रश्न सक्न नपाउँदै बहिनीले उत्तर दिई, ह्या कांहा कमाउने, पैसा तिरेर ट्युसन पढ्न आएको नि। म अवाक् भएँ,उ भने मास्टर डिग्री पढ्दै छ,स्कुल पढ्ने भुरा भूरि जसरी ट्युसन पढ्न पो जाने रही छे।

मास्टर्स पढ्नेको हालत देखेर दिक्क लाग्यो। भाइ कता छ,मैले कुरा मोडे। उ त बिध्धालय निरीक्षकको ट्युसन पढ्न गएको छ। मैले कुरा नबुझेको हो कि भने दोहोर्याए,ट्युसन की परीक्षा? बहिनी झर्किँदै भन्दैथी, ह्या के को परीक्षा हुने नि,परीक्षाको रुटीन निस्केकै छैन। ट्युसन पढ्न गएको हो,शनिबार शनिबार हुन्छ त्यसको क्लास। भयो त अब? ट्युसन पढेर निखारिएको निरीक्षकले खै के पो निरीक्षण गर्ने हो। मलाई उहिले मामाघरमा क्रिषी निरीक्षणमा आएको जे.टी.एको याद आयो। चौतारीमा बसेर गफको भरमा गाउँका सुन्तलाका बोटको मूल्याङ्कन गरेको थियो।पोहोर साल गाउँका अधिकांश
सुन्तलाका बोट मरेछन्। सबै सुन्तला सखाप अब जे.टी.एलाई चौतारीमा बस्न झन् समय मिल्ने भयो। यी बिध्धालय निरीक्षक पनि त चिया पसलबाट बिध्धालय निरीक्षण गर्दा हुन। त्यसैले सरकारी बिध्धलयको यो हालत भएको। मेरो गाउँ पारी कालिका माबी छ। केही साल पहिले इतिहास भूगोल पढेको विद्यार्थीले फस्ट डिभिजन ल्याएछ। दिनै पिक्षे जुलुस र अबिरजात्रा। बोर्डिङ स्कुलमा फेल हुनेको संख्या जति दुर्लभ छ सरकारी स्कुलमा पास हुनेको संख्या त्यस्तै दुर्लभ छ।

अंकलकी छोरी एस.एल.सी दिँदै छ। त्यसले कस्तो पढ्दै छे,मैले उत्सुकता दर्साएं। ए त्यो त एस.एल.सी होस्टेलमा बसेर पढ्दै छ। एस.एल.सीले कहिले बाट स्कुल खोल्यो हँ? मैले प्रश्न तेर्स्याए। बहिनीले आफ्नो थेगोबाट कुरा सुरू गरी,"ह्या के को एस.एल.सीले खोल्ने नी माटेपानीका रामे अंकलहरूले खोलेका हुन"। ति रामे अंकल आफै एस.एल.सी फेल हुन तिनले खोलेको ट्युसन सेन्टरमा कति पो पास हुने हुन? "फस्ट डिभिजन नआए पैसा फिर्ता रे"। बहिनीले रामे अंकलको ट्युसन सेन्टरको बखान गरी। पहिले देखी नै गेस पेपर किन्ने पैसा मागेर फिल्म हेर्न जान्थे,बिजिनेस स्कील उच्च छ रामे अंकलको,मैले मन मनै गमे।

संविधान बन्यो त,बहिनीलाई सोधौँ की भनेको फेरी २,४ वटा ह्या खाइने डरले कुरो राखिन। समानूपातीक,महिला,आदिवासीजस्ता आकर्षक स्कीम ल्याएर ६०१ जनाको डफ्फा जम्मा भएको ३ बर्ष हुनलाग्यो। संबिधान सभाको नामो निसानो छैन। संविधान बनाउन गार्है रहेछ कि क्या हो।गार्हो पनि किन नहोस,संविधान सभाको गाइड,गेस पेपर कतै छैन। चिट चोराउने भारत हो क्यार,आजकाल माओवादीको भारतसँग पानी बराबर छ। बहिनीसँग को संबादले एउटा आइडिया निस्क्यो,अब एउटा संविधान सभा ट्युसन सेन्टर खोले कसो होला? ६०१ जनालै लौरो लगाएर ट्युसन पढाए छिटै संविधान बन्थ्यो की?

6 Comments:

Ramesh S said...

नेपालियन मित्र नेताहरुलाई ट्युशन त पढाउने तर कस्ले? पढाउने मान्छे पनि त भेट्नू पर्यो।

Luna said...

ह्या ! साच्चै दिक्क लागि सक्यो भन्या !
---६०१ जनालै लौरो लगाएर ट्युसन पढाए छिटै संविधान बन्थ्यो की?--

नेपालियान जी , तपाइको व्यंग्य बरु प्रयोगात्मक होला जस्तो छ .

waka said...

कटु यथार्थताको मिठो ब्यङ ,

"कुमार यात्री" said...

लात को भुत पनि बात ले मान्लान र मित्र ?

Nepalean said...

लूना जी,यिनीहरुलाई ट्युसन त पक्कै पनि आबश्यक छ।

बालबालीका देखी लौरी टेकेर जाने छन संसदमा,बात नगरी लात मारे त हड्डी खूस्केला नि कूमार जी।

SEOforum said...

its great DAUTARI.org

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !