December 31, 2010

नयाँ बर्ष

नयाँ बर्ष,तिमिले एउटा आयम थाल्नु पर्‍यो
चेतनाको दियालो निभाए तिमीले बाल्नु पर्‍यो

धुजा धुजा भै मक्की सक्या छ इज्जत आबरु नि
सके देखि आउनु देश यो मिलेर टाल्नु पर्‍यो

भोका छन यहाँका उपिया उडुस जती डसे नि
खोजि खोजी लेराउ अचुक ओखती हाल्नु पर्‍यो

खै कसरी कुहियो टाउका ति आलु कुहिए झै
गनाउन थालेछ गिदीको फोहोर फाल्नु पर्‍यो

माटो दुखे सुखी को चुहिए छाना ओतिन्छ को
हातेमालो गरेर एउटा कदम चाल्नु पर्‍यो

6 Comments:

Yumesh Pulami said...

यस नव बर्ष २०११ को उपलक्ष्यमा, यो भाव प्रस्तुत गर्नु हुने wakaजी अनि दौतरी परिवार लगायत यसका लेखक र पाठक वर्ग सबैमा मेरो तर्फ बाट पनि हार्दिक मंगलमय शुभ कामना छ !

Luna said...

--हातेमालो गरेर एउटा कदम चाल्नु पर्‍यो--
अत्यन्तै शुन्दर शन्देश दिनु भो waka जी नया बर्षको पूनित अबसरमा ,
waka जी सहित दौतरी ब्लग परिबार अनि सबै दौतारिका साथीहरुलाई सु - स्वास्थ्य - खुशीको शुभ कामना है .

"कुमार यात्री" said...

नया बर्ष को सुरुवात एउटा मिठो अनि देश भक्ति गजल बाट सुरु हुँदा साह्रै राम्रो लाग्यो |

Nepalean said...

हातेमालो गरेर एउटा कदम चाल्नु पर्‍यो.सोर्है आना सही लाग्यो। यो नया बर्षले सबैको छानो टालोस,चेतनाको दियो सबैको दिलमा बलोस। दौंतरीका लेखक र पाठकलाई मेरो पनि यही शुभकामना।

बेदनाथ,लुना र कुमारजी लाई स्पेशल शुभकामना। नया बर्ष तपाईहरुको सुखमय रहोस।

Nepalean said...

साथै वाका जीलाई नया बर्षको बारेमा राम्रो गजल लेखेको मा धेरै धेरै धन्यबाद।

Shiva Prakash said...

व्यंगात्मक गजलले राम्रो सन्देश दिएको छ । गजल लयात्मक विधा भएको हुदाँ लयमा अलि ध्यान दिनु पर्ला । कताकति लय भंग हो कि जस्तो लाग्यो । हुन त म पनि सिकारू नै हुँ, अन्यथा नठान्नु होला । धन्यवाद ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !