December 26, 2010

गीत

यात्री शेखर

फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।

बिदाइको हात तिम्रो, धेरैबेर हल्लीरह्यो,
लजालु मुहार तिम्रो, आखाँ भरि अल्झिरहृयो,
सबै रित्तो भएँछु म, मन तिम्ले लुटेपछि ।

आखाँभरि सपना हैन, तिमीमात्र आउँछौ सधैं,
के के केके भनिरहन्छौ, मायामात्र लाउँछौ सधैं,
छुट्ने वेला मन दुख्छ, सगै बसे उठेपछि ।

फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।

http://www.yatrishekhar.blogspot.com/

4 Comments:

Luna said...

गहिरो गित ---
सबै हरफ शुन्दर छन्
तपाइले लेख्नु भएको एक हरफ भने पनि यहा उतार्न मन लाग्यो
"सबै रित्तो भएँछु म, मन तिम्ले लुटेपछि ---"

keep it up ---

Nepalean said...

छुटिनूको निराशालाई फेरी भेटीनु आशाबाट मन शान्त पार्न खोज्नूभएको रहेछ शेखर जीले । भटे पछी बिछोड पक्कै हुन्छ तर छुटीए पछी भेटीनू झन रोमान्चक होला। हैन त?

Shiva Prakash said...

हुन त गीतमा अहिले नयाँ शैली र नयाँ प्रयोगहरू अाइरहेको छ तर गीतिय धर्म अनुरूप दुई दुई हरफको अन्तरा हुने गर्छ । यसरी बनाउँन पाएँ झनै जम्ने थियो कि । भाव राम्रो छ ।

itsNepal said...

i love or i m fan of dautari

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !