December 17, 2010

कि कसो?

एउटा भबिष्यको दृष्य देख्या जस्तै लाग्यो। हुन त पैला पैला शिबरात्री र फाउ पुर्नेमा नी त्यस्तो दृष्य देख्या जस्तो नलाग्या त हैन, तर यो दृश्य चै शिब-शम्भो प्रायोजित होईन। दृश्य यस्तो छ:

एउटा निक्कै जोशिलो ब्यक्ति ट्वाँट हातमा लिएर मन्द मुस्कानका साथ बोल्दैछ। उस्का वरीपरी थरी थरीका अरु छन। त्यो जोशिलो ब्यक्ति भरखरै साम्सदमा निर्बाचित भएर आएको हो। उ भन्दै हुन्छ : यता पो मस्ति रै छ। जे बोले नी हुने, जे गरे नी हुने, भत्ता पक्का रे छ, सुरक्षा त झन हुने नै भो। पैला पैला त केई बोल्नै नहुने, केई गर्नै नहुने। भत्ता पचाउनै गार्हो। पैला साथीका नाममा दुश्मन धेरै थिए, अहिले दुश्मनका नाममा साथी धेरै छन। कि कसो कामरेड? ट्वाँटको गिलास अर्को अलि पर तिर बसेर मासु तान्दै गरेको कामरेड सांसद तिर छचल्काउँदै जोशिलो ब्यक्ति बोल्छ। मासु तान्ने सांसद टाउको हो मा हल्लाउँदै मासु चपाउन थाल्छ।

जोशिलो ब्यक्ति भन्छ: अब १०/१५ जना जति अरु हाम्रो जत्थाका सांसद भेला हुन पाईयो भने त हाँकिने रे छ। धेरै सिट ल्याउने प्रधानमन्त्री थोरै ल्याउने मन्त्री, यस्तै रे छ गणित। हैन त? चारतारे साम्सद साथी बिजुलीजलमा निक्कै मातेको देखेर उ तिर हेर्दै जोशिलो दंग पर्छ।

त्यो जोशिलो ब्यक्ति सँगै उभिएको एउटा धुपौरेले सुटुक्क भन्छ :पारस सरकार, रुबेला राजालाई त भेटेरै धन्यबाद भन्नु पर्छ। सरकारलाई यो साम्सद बनाउन जग खनेको त उसैले हो। गुन त बिर्सिनु हुन्न सरकार।

कि कसो?

5 Comments:

PD said...

कि कसो?
Absolutely right.पारस सरकार, रुबेला राजालाई त भेटेरै धन्यबाद भन्नु पर्छ।

Nepalean said...

एकदम सही हो दिप जी। पार्टी,रुबेल र पारसको मनोबैज्ञान ठ्याक्कै प्रष्टाउनुभयो।

धेरै समय कता नि? बेला बेलामा यस्तै रमाइला पोष्ट लिएर आउनु होला।

पीजी said...

कुरो ठिक हो, मैले पनि त्यहि सोचेको थिएं । अब त पारसले पार्टी पनि खोलिसके कि! जेल चलानको दर्हो योग्यता जो नेपालमा नेता बन्नको लागि अनिवार्य जस्तै थियो प्राप्त भइहाल्यो जो। अनि दीप राजाको लेख बेला बेलामा पढ्न पाइए कति उत्तम हुन्थ्यो होला ।

Nepalean said...

जिरो आवर सर,तपाई पनि दौंतरीमा झूल्कीनू पर्यो। दिप राजा बर्षमा एक पटक आए कता गए कता? हा हा हा। कतै लुकेर यो कमेन्ट पढ्दै होलान नि?
हो त है पारसको राजनैतिक बायोडाटा बलियो बन्ने भयो। नेपालमा नेता बन्ने द्रहो पोइन्ट बायोडाटामा जोडियो अब।

Nepalean said...

वाका जी त्यो गजलको टेक्सट पनि राख्नुस न। पढ्न अनि सुन्न खुब रमाइलो हुन्छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !