December 13, 2010

पारस फेरी बिबादमा

यदा कदा पत्याउनै नसक्ने काम गरेर चर्चामा आउने पारस शाहा आफ्नो राजकुमार पद्दबी सकिएपछी पून एक पटक चर्चामा आएकाछन। त्यो पनि गोली चलाएर। समाचारमा आए अनुसार उनीले नेपालको बिदेश मन्त्री सुजाताको ज्वाई पर्ने बंगलादेशी नागरीक रिबेल चौधरीलाई गोली चलाएका हुन। तर कोही पनि घाइते नभएको सुनिएको छ। पछी बिज्ञप्ती आउंदा पारसले हवाई फाएर गरेको बुझिएको छ।

यो गोली काण्डसंगै पून राजतनत्र बारेमा कुराहरु उप्किएका छन। ज्ञानेन्द्रले गर्दा होइन कि पारसले गर्दा राजतनत्र गएको भन्ने एकथरी छन बने अर्काथरी नेताहरू भएको भए बिदेशीसंग हो हजूर भन्दै पूच्छर लुकाउंथे तर पारसले कमसेकम बिदेशीबाट आफूं हेपिन त जोगिए। साथै नेताहरुले मैले गरेकै होइन या मैले भनेकै होइन जस्ता जाल थापेर उमक्ने स्थीतीमा पारसले मैले गरेको हो भनेर सकारेका छन। केही भने राजतन्त्र समाप्त गर्नेमा गिरीजा कोइराला प्रमूख रेहेकोले पारस कोइराला परिबारबाट छुद्र भएको ले त्यो बदला लिन कोइराला परिबार प्रती लक्षीत गरेर आक्रमण गरेको हुनुपर्दछ। स्मरण रहोस रेबेल चौधरीले बर्तमान परराष्ट्र मन्त्री सुजता कोइरालाकी छोरी मिलेनी कोइरालासंग बिहे गरेका थिए।


भारत समर्थी पत्रिकाले भने पारसले रिबेललाई जंगल घुम्न जाउं भनेको र उक्त कूरा नमानेपछी गोली चलाएको दाबी गरिएको छ। पूर्खाले दु:ख गरेर एकिकरण गरेको देशलाई यिनै बिदेशीले समाप्त गर्न खोजेका छन भन्दै गोली चलाएको खबर सुनिएको छ। यदी ब्ल्यांक रेन्जबाट गोली चलाएको भए रेबेललाई गोली त पक्कै लाउने थियो। यस मानेमा पनि हवाई फाएर गरेको बुझिन्छ। साथै धनजनको क्षती हुन पाएन। तर यो घटना यतीमै सिमीत रहेनेवाला छैन।

अब बजारमा खबर कस्ता कस्ता आउने हुन? पारसले भने आफ्नो परिवार र देशमा बिदेशीले छुद्रता देखाएको हुंदा हवाई फाएर गर्नुपरेको जनाएका छन। उता सुजाता कोइराला भने आफ्नो ज्वाई प्रती घटेको घटना सहन नसकेर सके सम्मको शक्ती लगाएर पारसलाई थुन्न मन्त्रीहरुलाई उर्दी जारी गरेकी छन। जानकारहरू भन्छन यो अब सुजाता र पारस बिच देखिने शक्ती प्रदर्शन हो। घटना र नियम त एक ठाउंमा हुन्छ तर नेपालमा परिणाम भने अर्कै हुनेगर्दछ। यो घटनाले के कस्तो बाताबरण जन्माउने हो त्यो भने हेर्न बांकी नै छ। तल भने पारसले दिएको प्रेस बिज्ञप्ती जस्ताको तस्तै।

म मेरो परिवारका सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात विताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्री खाना खाइरहेको समयमा केही अन्य आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय नागरिक मसँग आई कुराकानी गर्न थाले । र, मैले निभाएको पुरानो भूमिका र मैले
प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी सुरु गरे । सो भलाकुसारीलाई आफ्नो क्षमताले भ्याएसम्म मैले शान्त गर्ने प्रयास गर्दागर्दै पनि उनीहरुको उत्तेजना रोकिएन । यही क्रममा उनीहरुसँग आएका अन्यहरुले समेत सो बंगलादेशी र भारतीय नागरिकलाई शान्त गर्ने प्रयास गरे पनि उनीहरु अझ उत्तेजित भई म र मेरो परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहे । सो कुराकानीबाट म बाहिर निस्किएको करिव आधा घन्टापछि मेरो परिवारलगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा
दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।
पारश शाह
निर्मल निवास, महाराजगञ्ज
काठमाडौं, नेपाल

24 Comments:

bikram said...

Good job paras. Bideshi lai kamtima tarsauna ta tarsayo.

Anonymous said...

Habama hoina sala dalalko chanchatma thoknu parneni Good job paras,kamse kam yasta bistar badilai tarsaune matri hoina thoknu parne ho..,

Luna said...

घाइते बाघले स्याल ( त्यो पनि पारिको ) को हूइया सहन सकेन ----

Luna said...

" भि आई पी " ?! ---
------------------------
पारस गोलि काण्ड अन्य समाचारपत्रहरुमा पनि पढे । सबले सक्दो डम्फू बजाएर लेखेका छन् । शक्ति पूजा गर्ने प्रबित्ति बाट पत्रकार जगत अछूतो किन देखिन्थ्यो र !निभाइएको राजतन्त्रबाट के नै ताप प्राप्त गर्न सक्थे र ! --- मुलुकमा जसको शक्तिको हालीमुहाली छ तिनबाट पो ताप प्राप्त हुन्छ त -- बलेको मूढो सबैले ताप्छन निभेको को ताप्छ ! यो उखान झन् राजनीतिमा त ठ्याक्कै लागू हुदो रैछ ।
मुलुकमा जसको शक्तिको हालीमुहाली छ तिनबाट पो ताप प्राप्त हुन्छ त --- उपप्रधान मन्त्रि / पररास्ट्रमन्त्रि जस्ता पदका व्यक्तिहरुको सके सम्म पूजा गरे नैबेध प्राप्त गर्न सकिन्छ -- यसो उसो यता उता भनसुन गर्दै दुनो पनि सोझ्याउना पाइन्छा -- मौकामा चौका ---तर हामी त नेपाली जनता हौ । हाम्रा ब्रम्हले जे देख्छ त्यै ठिक सोच्छा , त्यै भन्छ ।
भू पू युवराजको भनाईका एक हरफमा गएर ध्यान अडियो मेरो , ' --- रेस्टुरेन्टबाट बाहिर निस्की धेरै बेर एक्लै बसिरहे -- आधा घण्टा पछी --- अपमान सहन नसकी क्रोधमा आफूसंग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हु ----
'हावा नचली पात हल्लादैना ---
ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ भने झैँ मुलुकको राजनैतिक शक्तिबाट कुना पुर्याइएका राजखलकका यी घाइते बाघ लाइ चोट पुर्याउने काम ( शब्द बाण )हुन गयो त्यहाँ । पूजाआजामा जादा केहि सय - हजार जनताले तालि बजाएर माया देखाए बाट यी भू पू युबराज प्रभावित भएकै हुनुपर्छ । त्यसैको प्रभाब थियो मनमा चोट परे पछी रेस्टुरेन्ट बाट करिब आधा घण्टा बाहिर बहिर निस्की एक्लै बसेर सोचिरहनु ---
तर ! चोट त्यो पनि घाइते बाघ लाई -- सहन गार्हो भयो -- पड्काइदिए एकराउन्ड फायर !
उता बिदेश भ्रमणमा रहेकी उपप्रधानमन्त्री तथा पररास्त्र्मन्त्री सुजाता कोइरालालाई यो कुराको जानकारी भयो र उन्ले निर्देशन दिईन् पारसलाई थुन्न ।
उन्को निर्देशन सँगइ " भि आई पि चौधरी ( सुजाता कोइरालाका ज्बाई ) लाई सुरक्षा दिनु " केन्द्रबाट आदेश गयो ।
उसो त राज्य सरकारले सबैको सुरक्षा गर्नु पर्छ , यो राज्यको कर्तब्य हो । सोही अनुरुप चौधरी या जो कोही सबैको सुरक्षा गर्नु राज्यको दायित्ब हो ।
यो दायित्ब को बिरोधमा लेख्दै छैन मैले , मात्रै " भि आई पि " शब्द सँग कौतुहलता हो मेरो ।
भने पछी कोइरालाका छोरी ज्बाई " भि आई पि " -- यस्को अर्थ हुन्छ बर्तमान नेपाली राजनीतिमा उनिहरुको स्थान युबराज सरह को बनाइयो ।
भलै नियममा नलेखिए पनि --- व्यबहारमा देखाए पछी --

अब अड्कल लगाउन के गार्हो भो र भू पू युबराज र बर्तमान युबराज हरु बिचको घम्साघम्सी ---यस् इस्स्युलाई लिएर काङ्रेस पार्टी जुर्मुराउदै छ आफ्नो तागत देखाउन --
नेपाली जनता राष्ट्रबादी छन । नब युबराज भन्दा भू पू युबराज कै पक्ष लिने छन धेरैले ।
तर ! यस्तो घटनाले दु:ख मान्ने शुभ चिन्तक नेपालीहरु पनि छन । सुधारआत्मक राजतन्त्र अपरिहार्य ठम्याउने आँखाहरुमा आशु जमेको छ । पारस ! आफूलाई सम्हाल ! तिम्रो कारणबाट पुन : आच नआबोस ! यहाँ उचाल्ने र पक्षर्ने मान्छेहरुको कमी छैन -- तिमी नउचालिउ ! नपछारिउ पनि ! सतहमा हेरेर हिड धैर्य बनेर ! आईन्दा बन्दुक नसमाउ ! बरु बोलीलाइ बन्दुकको गोली ( सही बोली मार्फत ) बनाउने कठोर प्रयत्न गर ! भोलिको दिन उज्यालो होला , असम्भब केही छैन ।

Anonymous said...

वर्तमान युवराज त अझ विदेशी । कसलाई के भन्ने, भोलि आफै अलिकति खाएर यता उता डुल्दा पनि बंगालीहरुलाई धक्का लाग्ला कि भनेर सोच्नु पर्ने भो । मलाई पनि लाग्छ २ घण्टासम्म संयमित भएको मान्छे एकैपटक कसरि त्यति उत्तेजनामा आयो । हुन त ड्रग खायो होला, तर त्यो ड्रग त पहिले पनि खाएको थियो होला, त्यो खानलाई आधा रात त कुर्नु परेन होला । जे होस बंगालीले त्यहां दर्होसंग शान दिएकै हो, अनि नवयुवराज बनेर भुपुलाई पेल्न खोजेकै हो । त्यसमा कुनै शंका छैन । नवयुवराज तिमी यति महान रैछौ कि पुलिसले पनि बयानका लागि बोलाउने हिम्मत गर्न सकेन, आंफै गयो लुरु लुरु तिम्रो चरणमा। अरुले रिपोर्ट लेखाउंदा वास्ता नगर्ने पुलिसलाई तिम्ले रिपोर्टै नलेखाई पनि कायल कायल पार्न सक्यौ। युवराज होस त यस्तो ।

हे नवयुवराज, नेपाल तिम्रो दाइजो हो जसरी हुन्छ उपभोग गर । जय होस नवयुवराज रुबेलको, जाउ भुपुलाई चलाउंदा तिम्लाइ केहि भएन अब तिमी खुला छौ नेपालका चेलिबेटी देखि सडक, सदन तिम्रै हुन ।

चम्पक

पोस्तक श्रेष्ठ said...

ल मानौं, रुबेलले पारसलाई उत्तेजीत पारेकै थिए रे, तर त्यसको मतलब कञ्चटमा बन्दुक ताक्न मिल्छ र? राष्ट्रिय निकुञ्ज भित्र हतियार लिएर प्रवेश समेत निषेध छ। सुजाताको कुकर्मको बारे जति पनि आलोचना गर्न मिल्छ, तर त्यसको मतलब उनको छोरी-ज्वांईलाई आतंकित पार्न मिल्छ त ?

शुरु-शुरुमा ब्रदर, ब्रो भन्दै रक्सी, गाँजा खाने-खुवाउने, पछि संगै बसेको साथीलाई बन्दुक तेर्साउने त पारसलाई चिने जानेको सबैलाई थाहा छ। मेरै एक जना परिचित साथी पनि परेका छन्। स्थान चितवनको सौराहा, राप्ती नदीको किनारको बार (पव)। मेरा एक जना मित्र र उनका साथीहरु बारमा बसेका थिए। पारसको टोली पनि आइपुग्यो। एक जना विदेशी युवती पनि संगै थियो। (तिनी टाइगर टप्स लजको गेष्ट रिलेशन अफिसरको रुपमा कार्यरत रहिछन्। मेरा मित्रको टोली र पारसको टोली बिच परिचय भयो। संगै बसेर रक्सी खाए। त्यसै बिचमा विदेसी युवतीले चुरोट निकालेर मूखमा च्यापिछन् तर चुरोट सल्काउन लाईटर-सलाई पाइनछन्। मेरा मित्रले हत्तपत्त आफ्नो खल्तीबाट लाईटर निकालेर, ट्याक्क बालेर युवतीको मुखतिर लाईटर लम्काएछन्। त्यो कुरो रसै रसमा डुबेका पारसलाई मन परेनछ। ज्याकेटको खल्तीबाट पेस्तोल निकालेर मेरो मित्रको निधार तिर तेर्साई हाले। "धेरै स्मार्ट चाँहि हुने होईन है, ब्रो..." भनेछन्। मेरो मित्रको होशहवास। उनी जुरुक्क उठेर बेत्तोडले भागेछन्।

अब यस्ता पारसले ठिक गरे भनेर यहां कुनै साथीहरुले भन्दा अचम्म लाग्छ। अहिले पारसले बन्दुक सुजाताका ज्वाँईतिर तेर्साए। उनलाई उन्मुक्ती दिंदै जाने हो भने त्यो बन्दुक जो कोही तिर पनि तेर्सिन्छ। उनले आफ्नै एडिसीहरु तिर पनि तेर्साएका छन्। आईजीपीलाई गएर थप्पड हाने। यस्तो प्रबृतिलाई प्रश्रय दिनु राम्रो होईन। अहिले पारसलाई उन्मुक्ती दिनु भनेको यस्ता घटनाहरुलाई छुट दिनु हो।

नेपालमा राजतंत्र उन्मुलन हुंदा पनि जनताले सन्मानका साथ भूपू राज परिवारलाई राखेका छन्। सरकारले भारी सुरक्षा र सुविधा दिएर राखेको छ। उंहाहरुले पनि सन्मानका साथ बस्न पर्यो। जहाँसम्म कोईरालाले गर्दा गणतन्त्र आयो भनेर पारसले भनेछन,वास्तवमा गिरिजाका बाउ-छोरीले राजतन्त्रको बीउ जोगाउन अथक प्रयास गरेका हुन्। कहिले सेरेमोनियल राजतन्त्र त कहिले बेवी किंग को हल्ला पिटाएकै हुन्। तर राजतंत्र यति अलोकप्रिय थियो कि, राजतंत्र जोगाउन खोज्नेहरु आफ्नै पत्तासाफ हुने अवश्था थियो। अनि के गरुन् गिरिजा र सुजताले?

पोस्तक श्रेष्ठ said...

मानौं रुवेल चौधरीले पारसलाई उत्तेजीत पारेकै हुन रे, तर त्यसको मतलव कञ्चटमा बन्दुक तेर्साउन मिल्छ त? सुजाताको कर्तुतको आलोचना जरुर गर्न मिल्छ, तर उनका छोरी-ज्वाँईलाई आतंकित पार्न मिल्दैन नि। राष्ट्रिय निकुञ्ज भित्र हतियार बोकेर प्रबेश गर्न समेत निषेध छ।

शुरुमा ब्रदर, ब्रो भन्दै रक्सी, गाँजा खाने, खुवाउने अनि स-सानो कुरामा पनि बन्दुक निकाल्ने त पारसको पुरानो बानी हो। मेरा एक जना मित्र समेत परेका छन्। श्थान चितवन सौराहाको राप्ती नदी श्थित पव। मेरा मित्र र उनका केही साथीहरु पवमा बसेर पिंउदै रहेछन्। पारसको टोली एक जना विदेसी युवती समेत आइपुग्छन्। मेरा मित्र टोली र पारस टोली बिच परिचय हुन्छन्। ती युवती चाँहि टाइगर टप्स लजमा कार्यरत रहिछन्। संगै पिउने पिलाउने क्रम शुरु हुन्छ। यत्तिकैमा गोरी युवतीले चुरोट निकालेर ओंठले च्याप्छिन र लाईटर छामछुम गर्छिन् तर पाउंदिनन्। मेरा मित्रले आफ्नो खल्तीबाट लाइटर निकालेर ट्याक्क पारेर युवतीको मुखतिर लम्काउछन्। आफूले लिएर आएको मैयाको खातिरदारी अर्कैले गरेको पारस सरकारलाई के मन पर्थ्यो। खल्तीबाट पेस्तोल निकालेर मेरा मित्रको कञ्चट तिर तेर्साईहालेछन्। “धेरै स्मार्ट चांहि होइन है, ब्रो, शुट गरिदिंउला” भनेछन्। त्यति नजिकबाट बन्दुक कहिले नदेखेका मेरा मित्रको होशहवास गएछन् र जुरुक्क ऊठेर जोडतोडले भागेछन्। अहिले पनि सौराहामा यो कुरा किंबदन्ती भएको छ।

अहिले पारसले ठिक गरे भन्नू सर्बथा गलत हो। रुबेलको कञ्चटमा तेर्सिएको बन्दुक तंपाई हाम्रो कञ्चटमा पनि तेर्सिन सक्छ। राजतन्त्र गएपनि जनता र सरकारले राजपरिवारलाई संमानका साथ राखेका छन्। जनताले तिरेको करबाट सुविधा दिएर राखिएको छ। भूपु राजपरिवारले पनि सन्मानका साथ बस्न पर्यो।

यस्तो गुण्डागर्दीलाई प्रस्रय दिनु कदापी हुन्न। कुरो यति हो, अहिले सुजाता परिवारलाई पर्दा पारसलाई पक्राउ गरियो। भोली कुनै सर्बसाधारणलाई पर्दा समेत उत्तिकैरुपमा लिनु पर्छ।

पीजी said...

यो पारस नामको प्राणीको त के कुरा गराई भो र । पक्रिएको पनि ठिक छ । तर सुजाताको ज्वांइलाई अहिले राज्यकै ज्वाईंको दर्जा दिइए जस्तो देखिन्छ । पिडितले उजुरि नहाली विदेशबाट आको फोनको भरमा कारवाही गर्ने सक्षम सरकारले अरु मामलामा पनि यस्तै छिटो छरितो काम गरिदिए हुन्थ्यो नि । सिडिओ चड्काउने, बटुवाहरुलाई कुट्ने, राज्यको कर र आर्थिक नियम राखिएको गोप्य बाकस फुटाउनेलाई पनि यस्तै कानून लागे कति राम्रो हुन्थ्यो होला !

पोस्तकजीको मित्रलाई जस्तै मलाई पनि ठमेलमा झण्डै दशक अगाडि एउटा गुण्डाले यस्तै मामलामा च्याप्प समातेर चक्कु हानिसकेको ।

Nepalean said...

पारसको चर्तीकला सबैले जानेको बुझेकै हो। तर यांहा घटना कसरी भयो त्यो चाही बुझ्ने गार्है पर्ला जस्तो छ। द्रहो मिडीयाको ब्याक अप पाएका रुबेल चौधरी र मिडियाले उडाउने राजखानदान,पक्कै पनि मिडिया रूबेल कै पक्षमा हुनेछन। मिडीयाद्वारा ब्याख्या गरिएको हलिउड स्टाइलमा पारसले बन्दुक पड्काएको मान्न म भने तयार छैन। सरकारमा पनि रुबेलकै हालीमूलीहुंदा निबेदन नै नहाली पारसलाइ पक्रिएको छ। माथी जिरो आवरले भने जस्तो "पिडितले उजुरि नहाली विदेशबाट आको फोनको भरमा कारवाही गर्ने सक्षम सरकारले अरु मामलामा पनि यस्तै छिटो छरितो काम गरिदिए हुन्थ्यो नि । सिडिओ चड्काउने, बटुवाहरुलाई कुट्ने, राज्यको कर र आर्थिक नियम राखिएको गोप्य बाकस फुटाउनेलाई पनि यस्तै कानून लागे कति राम्रो हुन्थ्यो होला !" तर नेपाल पूलिस पहूचवालाको बिरुद्दमा जाहेरी निबेदन परे निबेदन नै दर्ता नगराउने संस्था मध्दे एकमा पर्छ। सायद त्यो आशा मात्रै राखौं।
फायर गरेको स्विकारउक्ती पारसले प्रेस बिज्ञप्ती मार्फत गरेका छन। यस मानेमा त्यांहा केही भएको भने पक्कै हुनपर्छ। अब यिनी दुइले पूलिसको अगाडी के के भन्ने हुन। नेपाली पत्रीकाहरु कून कून लाइन समात्ने हुन। पार्टी र टोलका मान्छेहरु कता कता लाग्ने हुन सायद कारबाहीको प्रकिया पनि त्यही अनुरुप होला। युवराजबाट जनतमा परिणत भएका पारसलाई कस्तो कारबाही हुने हो त्यो भने हेर्न बांकी नै छ।

Anonymous said...

एउटा 'भट्टी'मा दुई 'जँड्याहा' हरूबीचको झगडा 'राजनीतिकरण' भएर 'राष्ट्रिय इस्यु' बन्न पुग्नु दुःखलाग्दो कुरा हो ।

म नेपाली said...

१। बबन सिंह 'माननीय' छन् ।
२।करिमा बेगम अझै मन्त्री छिन् ।
३।कालीबहादुर खाम खुलेआम छन् ।

पारस माथी उजुरी नै नपरी किन पक्राउ गरियो? यो नियम खेल हो की शक्तीको खेल? खै लेन्डूपहरुको के कुरा गराई भो र?

Anonymous said...

पारसको कर्तूतमा पनि हाम्री लूना मैयाँ र माओवादी चेलाचपेटा जुर्मुराएर कथित राष्ट्रवादी आल्हाद गाएको देख्दा सबै अधिनायकवादीहरूको अन्तिम मिलन बिन्दु एकै ठाउँ र एकै प्रवृत्तिमा हुँदोरहेछ कि जस्तो लाग्यो ! राजतन्त्रलाई बोक्ने दाउमा भए पनि त्यो गुण्डो पारसेको तरफदारी त नगरे हुन्थ्यो नि ! तैपनि , जात जनाउन अवश्य पाइन्छ ।

तर कुजाता र उसको ठेउके घरज्वाईँलाई क्रमश: तिनीहरूको पोईको घर र स्वदेश फिर्ता गरिदिए कांग्रेस र मुलुकको हित हुन्छ ।

समर केसी

Luna said...

हेल्लो समर जी !
विचारको प्रतिबाद सभ्य शब्दमा गर्न सक्ने हुति छैन तपाइको ?
हुन त भन्छन नि यो सब सस्कारले सिकाएको हुन्छ --- म त्यति टाढा सम्म पनि
जान्न ।रह्यो पारस मुद्दा को कुरा , नेपलियान जी , जिरो आवर जी , म नेपाली जी ,
बहा हरु बाट लेखिएको कमेन्ट गहन रुपले पढ्नुस !

Anonymous said...

पढेरै हो , यो बन्दूकेहरु र भ्रष्टहरू देख्यो कि घिन लाग्ने भएर नि !

समर

pd said...

समर त पक्का कांग्रेसी। कुजाता को आदेश र त्यसको ज्वाइको जयजयकार त गर्नै पर्यो नी। त्यसले देशलाई गाली गरेनी कांग्रेस,सुजाता र रिषी धमलालाई त गरेन नी। लुना पनि कस्तो ? आफ्नो देश र संस्कारको माया गर्ने हो त?

Luna said...

समर जी !
तपाइको राजनीतिक आक्रोश लाइ त्यहिँ रुपले लेख्नु भए त भैहाल्यो नि , यसमा
मेरो के आपत्ति थियो र ! तर तपाइले मेरो नाम संगै लुना मैया लेख्नु भयो ? कसले
दियो तपाईलाई यो अधिकार ? आफ्नो आत्मा छामेर सोच्नुस , तपाइको बोल्ने नियत तल्लो स्तरको छ कि छैन ?
म पनि कसैको छोरी चेली हु . के तपाइको छोरि चेलीलाई यसरि सम्बोधन गरेको तपाइको आत्माले सहन्छा ? अब तपाइले बुझी सक्नु भयो , मैले यो भन्दा बढी भन्नु नपर्ला .
भगवानसंग प्राथना गर्छु कसैले तपाईका चेलीबेटीलाइ यसरि सम्बोधन गरेर तपाइको
मन दुख्ने दिन कहिल्यै नआओस !
:(

Luna said...

धन्यबाद पी डि जी , तपाइले मेरो मनको भाबना बुझिदिनु भएकोमा .
तपाइको प्रतिक्रिया मलाइ दुखेको मनको लागि मल्हम जत्तिकै भयो .

pd said...

हाम्रा समरजीलाई उनका चेलीभेटी र देशको बारेमा नेपाली त के बंगालीले गाली गरे पनि थ्यान्कू थ्यान्कू भनेर बस्नुहुन्छ। अनित तपाईलाई गाली गर्नूभएको। आ गर्दा अलंगकार बुझ्नु न लुना जी।

Anonymous said...

PD ji le hasaunu bhayo!

Anonymous said...

Malai panchayti haru bhrasta jasto lagthyo tyo bhanda bhrasta ta kangressi rayechan. Afna le kukarma gare pulis kai agadi pani chodidinchan aru le kukarma gare jail halna ta nibedan nai dinu naparne rayecha ta. Maobadi janmayeko pani kangressi le ho. Desh bigareko pani kangressi le nai ho.

Luna said...

अन्नोम्युस जी !
तपाइको प्रतिक्रियामा दम छ .
( यति ओजनदार प्रतिक्रिया लेख्ने मान्छेले नाम लेख्नु भए पनि हुन्थियो नि ! आफ्नै
नाम लेख्न मन नलागे तपाइलाई मन पर्ने कुनै अन्य नाम उपनाम कै रुपमा पनि
राख्नु भए हुनी , सम्बोधन गर्न सजिलो हुन्छ भन्ने लागेर भनेकी हु )

Anonymous said...

kehi na kamko kuraamaa bekaar ko bahas jasto lag6 malai yo.Desh nai aparaadhikaran bhako belaa,bharshachaarle deshlaai gaajeko belaa shaktikaa pujaari haami tasaiko pa6i dauDane ta ho yo THOKTANTRA ma jasle sakyo usle thokyo k birayo?

pujari

PD said...

kam napayeko buhari, khai k kanaune bhane jasto. yi nepali patrakar ko kam chhaina paras ko chiyo charcho garera baseka chhan. pahile ta prince thiyo la . aile k chha ta? bekar ko news.

dipak said...

Manisha Koirala ko divorce hudai chhare sachhai ho or halla ho ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !