December 11, 2010

विकीलिकका संस्थापको गिरफ्तारी र नेपाली पत्रकारको चासो

दौंतरीको इमेल खोल्दा नेपाली अनलाईन पत्रकार संघको इमेल प्राप्त भो। प्रेस विज्ञप्ती रहेछ जुलियन असान्जको बारेमा। सांच्चै अहिले जुलियन वाइट हाउस देखी काठमाण्डौसम्म केन्द्र बिन्दुमा परेका छन। नेपाली अनलाईन पत्रकारले चासो राखे ठिकै छ। सरर पढ्दा विज्ञप्तीले सुचना सम्प्रेशण गर्न पाउनू विश्वव्यापी लोकतान्त्रिक मान्यता हो,यसमा कोही पनि बन्चीत हुनुहुनुहुन्न भनेका रहेछन।

पहिले त मलाई यो लोकतन्त्र भन्ने कुरो सारै हांसो उठ्छ। प्रजातन्त्रबाट फ्लप भएका नेता लोकतन्त्रको खरानी धसेर निस्कदा अनलाईन पत्रकार तिनै खरानीको बिगुत बन्न पूगेछन। दोस्रो असान्ज बिकीलिक भन्दा पनि यौन दुराचारको कैदी भएर जेलमा सामेल भएका छन। हुन त वाक स्वतन्त्रता जस्तो सुकै प्रजातन्त्रमा पनि लगाम भएर निस्कन्छ तर अचम्म मान्नू पर्ने कुरा के
 भने यौन दुराचारको मामलामा गिरफ्तार भएका बिकीलिकका संस्तापक जुलियनलाइ किन नेपाली पत्रकार कबच बन्न खोज्दैछ। सद्दाम हुसेनको समर्थन या रितीक रोशनको बिरोध नेपालमा गल्लीहरुमा निक्लने गरेके थिए। त्यो एउटा भिड हो। तर किन नेपालको चौथो अंग दिमाग छोडेर भिडमा सामले हुंदै छ? समचारमा आउन हो या केही बुझेर प्रेस विज्ञप्ती आएका हो त्यो त केपी ढुंगाना या नेपाली अनलाईन पत्रकार संघलाई‌ नै थाहा होला। तर अन्तीममा अभिब्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको कदर गर्न आब्हान गर्दै असान्जमाथीको कारवाही राजनीतिक पूर्वाग्रहवाट पे्ररित नहोस भन्ने आग्रह गर्दछ भनेर भनिएको छ। यो चाहीं चित्त बुझ्यो। कारबाही हुने भए मूल मुद्दामा होस तर प्रतीसोधले कारबाही नहोस। जुलियनको खबर सायद अझै लम्बिन सक्छ किनकी अमेरीका कम्मर कस्सियर विकीलिक्स पछाडी लागेको छ। सब एउटा राष्ट्र मान्छे पछाडी लाग्छ त्यो एउटा कठिन युद्द नै हो। फेरी त्यो बारे कुरा पछी गरौंला, आजलाई यती नै।

4 Comments:

पोस्तक श्रेष्ठ said...

केही न केही त गर्नु पर्यो नि नेपालका संघहरुलाई। यो अनलाईन पत्रकार संघ भन्ने संस्था नै अचम्म छ। पत्रकार त पत्रकार भईहाल्यो नि।, के को अनलाईन, के को अफलाईन। अहिले इन्टरनेटको जमानामा सबैकुरा अनलाईनमा छ, होईन र? साहित्य अनलाईनमा छ। विश्वविद्यालयका पाठ्यक्रमहरु अनलाईनमा छन्। ब्यापार व्यबसायहरु अनलाईनमा छ। नेपालमा चाँहि के काम पाऊँ, कनिका बुकाऊं..अर्थात के नाम मा संघ-संस्था खोलूँ, अध्यक्ष-महासचिव होऊँ भन्ने मात्र छ।

Luna said...

नेपाली पत्रकार जो सत्यतालाइ सबको सामु छर्लान्ग्यौनु ( देखाउनु ) पर्छ भन्ने सोचाइमा अडिग छन् ति निश्चय नै बिकिलिकका सस्थापकको पक्ष्यमा उभिन्छन नै । बाकि रह्यो यौन दूराचारको मामलामा गिरफ्तारीका कुरा , के यौन दूराचार भन्नु ! बलात्कार जस्तो जघन्य अपराध त होइन रहेछा त ! अब त्यो के जाति फुट्नुलाइ लिएर मुद्दा रैछा , त्यो पनि सहबास भैरहेको अबस्थामा ,यसो सोच्नुस त ! इमोशनलको त्यस्तो बेला कसरि कन्ट्रोल गरोस ! के किसिमको मुद्दा हो यस्तो !!! यस्ता मुद्दालाई खुड्किला मात्रै बनाइएको हो , खास कुरा त अमेरिकाको कु राजनीति हो यसरि हात धोएर लाग्नुको पछाडी । हाम्रा पत्रकारहरु बिकिलिक को पक्ष्यमा उभिनुले उनीहरुमा लोकतान्त्रिक पत्रकारिता प्रति झुकाब भएको पुस्टि गर्छ ।

deepak said...

jun deshma basyo uhi desh ko kanun lagcha. nepal ma chora chori lai thappad dida kehi hudaina. europe ma ayera tyo garnus ta tapai jail ma pugnu huncha. nepal ma jabar jasti garda pani bachayera rakhincha sweden ma ok bhanera start gareko sahabas garda gardai no bhanyo bhane tyo balatkar huncha. yo kuro bujnu jaruri chha.

Nepalean said...

पोस्तक जी मैले पनि त्यही सोचेको। केही बोल्नकै लागी निकालीएको हो या गम्भिर भएर निकालिएको हो अन्यौलमा परें। हुन त हरेको कुरा हेर्ने फरक फरक एंगल हुन्छ। विकीलिकका समर्थक कस्सिएर उनको जेलचलानको बिरोधमा निस्किएका छन। उता अमेरीका यस्लाइ सुचना आतंक भनेर जुलियनलाई सुचना आतंकारीको सुचिमा राख्न तम्सिएका छन। तर दुर्भाग्य नै भन्नू पर्ला उनी विकीलिकको मुद्दामा भन्दा पनि यौनको मुद्दामा मुछिएका छन।

माथी लुना र दिपकजीको कुरामा अलि अलि सत्यता छ। लुनाजी ले भने जस्तो सहमतीमा सम्भोग गर्ने तर पछी यस्लाई जबरजस्ती करणीमा बदल्ने कुनै चाल हुन सक्छ। र दिपकजीले भनेको जस्तो देश हो उस्तै चलन र कानून कायम हुने हुंदा जुलियनलाई अप्ठ्यारो पर्न सक्छ। एउटै देशमा पनि नियम परिबर्तन भइराक्छन। कुनै बेला रक्सी खाएर गाडी चलाउंदा अमेरीकामा पूलिसले अलि बिस्तारै चलाउ भनेर सल्लाह दिन्थे अहिले रक्सी खाएर चलाएर समातिएको खण्डमा पूलिसले हत्कडी लगाएर सिधै जेल चलान गर्दछ। वलत्कारको परिभाषामा स्विडेनको परिभाषा अली बेग्लै रहेछ। अब हेरौं उनीलाई कस्तो सजाय हुनेहो। बेलायतमा जस्तो प्रजातन्त्र अन्य कतै छैन भनिन्छ र अहिले जुलियन बेलायतमै गिरफ्तार भएका छन। सायद उनीलाइ अन्याय नपर्रने गरी न्याय दिइयाला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !