November 8, 2010

तिहारको नेपाली ब्लगर भेला

तिहारको समय पारेर नेपालको काठमाण्डौमा गरिएको नेपाली ब्लगर भेला रमाइलो भएछ। स्थान बिशेष पारेर गरिएको यो भेला भूगोलको परिबन्दीले गरेर काठमान्डौ र यसको आसपासका २०-२२जना ब्लगरहरु मात्र भेला हुनुभएछ। बिदा र चाडको मेसो पारेर अन्य ब्लगर मित्रहरु पनि समेल भएर
नेपाली ब्लगिगं बारे चर्चा परिचर्चा गर्नुभएछ।

छलफलको बिषयमा नेपाली ब्लगलाइ कसरी सकारात्मक दिशा तिर डोराउने,पाठकहरु माझ कसरी पूग्ने जस्ता कुराहरु भएका रहेछन। नेपाली ब्लगलाई दिघो राख्न यि २ कुराहरु अत्यन्त जरुरी छन। यि कुराहरु जती महत्वपूर्ण छन यिनलाई कायम राख्न उतिक्कै कठिन पनि छ। प्रयास अनेक हुन सक्छन तर केही प्रयासले मात्र परिणाम दिन सक्छन। यस्ता कुरामा सोच दिएर हरेक ब्लगरले आफ्नो ब्लग संचालन गरे नेपाली ब्लगको सतह पक्कै पनि माथी उठ्नेछ। साथै असल ब्लग लेखनमा ध्यान दिए नेपाली ब्लगप्रती पाठकहरुको चाख पक्कै पनि बढ्नेछ।

ब्लग कपी पेष्टको बारेमा कुरा उठ्यो कि उठेन तर यो समस्या नेपाली ब्लग जगतमा घटे पनि हटेको भने अझै छैन। अरुका ब्लग सामाग्री चोरी गर्ने ब्लगरलाई सबै ब्लगर मिलेर दुरुत्साहित गरे ब्लग सामाग्री चोरी न्युन भएर जानेछ।

भेलामा अनौपचारीक संजाल बनाए समस्या परेको बेलामा सहयोग गर्ने सकिने कुरा उठेको रहेछ। यो कुरा निकै जायज हो। तर नेपाली ब्लगरको गुगल समूह भएकोले संबादको लागी अन्य अनौपचारीक समूह बनाउन आबस्यक नपर्ला। त्यसमा फेसबुकको ब्लग समूहले पनि पक्कै थप सहयोग गर्ला नै।

यस्तै खाले भेला २०६७ साल पुष ३ गते अर्थात् 18 December 2010 गर्ने भनिएको रहेछ। यो निकै उत्साह जनक कुरा हो। नेपाली ब्लगको उर्जा यसरी नै कायम राख्नु पर्छ। तर यसरी छोटो समयामा भेला गरी राख्दा निकै उत्साहित भएर बन्द भए जस्तो ब्लगानको स्थीती सिर्जनाहुन सक्दछ। यसलाई नकरात्मक रुपमा नलिईकन एउटा पूरानो आधारको रुपमा लिनूहोला। साथै नेपालमै रहेर लामो समय सम्म ब्लगमा काम गरेका ब्लगहरु त्यांहा नपूगेको देख्दा र कहीं कतै त्यो भेलालाई अन्य नकारात्मक आक्षेप लगाएको थाहा पाउंदा नेपाली ब्लग जगत अझ एक ढिक्का हुन आबस्यक छ। नेपाल ब्लगहरू एक ढिक्का भएर अगाडी बढै नै नेपाली ब्लग जगत थप मजबुत हुनेछ। यसले सबैलाई फाइदा नै पूग्नेछ। भेलामा आफू सहभागी हुन नसके पनि यसरी नेपाली ब्लग बारे सोच राखेर भेला आयोजना गर्ने,भेलामा सहभागी हुने र भेलालाई सहयोग गर्ने सबैलाई यसै ब्लग मार्फत धन्यबाद टक्राउन चाहान्छु।

दौंतरीले गरेको अन्तराष्ट्रीय भेलाको पनि कुरा उठेको रहेछ। यसरी दौंतरीको नेपाली ब्लगप्रती गरेको सानो प्रयास सम्झनु भएकोमा धन्यबाद। दौंतरीको अनलाईन भेला जारी नै रहनेछ। हरेको बर्षको अगष्ट र फेब्ररीमा हुने अन्तराष्ट्रीय भेला आउने फेब्ररी २०११ मा दौंतरीमा हुने जानकारी गराउन चाहान्छू।

हेप्पी ब्लगिगं

5 Comments:

deepak said...

tapai haru ko blogger meeting le ramra ramra kam garna sakun. mero ehi suvakamna chha.
thank u

Dilip Acharya said...

भेलास्थलाबाट धेरै टाडा रहेर पनि यस भेला बारे पोस्ट नै टाँस्नु भएकोमा धन्यवाद। नेपालि ब्लग जगतमा समस्याहरु नभएका होइनन् तर समाधानको 'एप्रोच' सहि तरिकाबाट भएन भने अर्को समस्या उत्पन्न हुन सक्छ । यो हिसाबामा हेर्दा यो ब्लगर भेलालाई सहभागिताको कोणबाट हेर्दा कमै भए पनि 'संभावना' र 'सहयोग' को बिन्दुमा भने निकै सफल ठान्छु म ।

अब आउने दौँतरीको भेला र यो प्रतक्ष भेटघाट अझै सफल हुने छ भन्ने ठानेको छु ।

Purushottam Gautam said...

म पनि सामान्य ब्लग्गिङमा रमाउन चाहने एक पेशाले शिक्षक हुँ । धेरै ब्लगरहरु सँग मेरो चिनाजानी छैन पनि । तर पनी दिलिप आचार्यजी को ब्लग भने हेर्ने गर्छु कमेन्ट नलेखे पनि । बसन्त गौतम जि भने पुरानो साथी हुनुहुन्छ र वहाँको ब्लग भने निरन्तर हेर्ने गरेको छु । काठमाडौंको खाल्डोमा जिउनका लागि पनि संघर्श गर्नु पर्नाले पनि ब्लगमा त्यती ध्यान पुर्याउन सकिन पनि । पहिले बिदेश बस्दाको अनुभबलाई सेअर गर्न पुरुकोजीवनकथा भन्नेमा लेखेको पनि छु । भर्खरै डायरी लेख्न थालेको छु । अबको ब्लगर भेलामा शहभागी हुन चाहन्छु ।

Sandip's Weblog said...

सम्मभव भए सम्म मोफसलका ब्लगरहरुलाई पनि समावेश गर्नु होला ।

Nepalean said...

दिलीप जी को धन्यबादको लागी धन्यबाद। यसरी एकै ठाउंमा बसेर पोजेटीभ एस्पेक्टको कुरा गरे नेपाली ब्लगलाई फलदायी नै हुन्छ।

पुरु जी अन्य ब्लरको हालत पनि तपाइंकै जस्तो छ। आफ्नो अन्य काम सकाएर समय मिले र लेख्न केही फुरे मात्र ब्लगको भित्तामा लेख्ने गर्दछन। दौंतरीलाई नै हेर्नुहोस न। लेख्नेको संख्या त टन्नै छ तर सबै ब्यस्त आदी इत्यादी हुनाले लेख्नेको संख्या पातलो हुंदैछ। लेख्ने क्रम जारी नै राख्नुहोला।

सन्दीप जि,एउटा शहरमा हुने भेलालाइ शहर बाहिरको लागी समेट्न सफल पक्कै नहोला। अब हामी बिदेशमा रहनेको त के कुरो भो र?आशा गरौं अर्को पटक अझ धेरै ब्लगर सामेल हुन सकुन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !