November 4, 2010

गाउखाने कथा ४३



सप्ताहान्त आउने समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।

पहाडमा पहिरो गयो, हुर्हुराउंदो छ बुर्बराउंदो छ, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


11 Comments:

Nepalean said...

अप्ठ्यारो पर्यो की कसो हो? लौ गेस गरौं।

Luna said...

भन्ने कि नभन्ने भन्ने कि नभन्ने भैराछा . भो भन्न त भन्दिन ऐले नै तर पनि
अलिकति चै भन्छु नै , पुरा चै यति भनि सक्दा पनि नबुझ्ने रैछन भने भन्नु पर्ला .
' उ बेला त्यो बेला जा तै त्यै मात्रै थ्यो रे ! आजको झैँ सजिलै हुने का ' पाउनु !
हुन त यसो भए पनि अझै पनि पहाड - बिकट तिर त यै मात्रै छ हो अझै पनि !
यो कुरा चै असत्य होइन .
समय समय को कुरा हो , अब झन् उ उ बेला तिर त कोपरेर त पेट भर्थे मान्छेले ,
त्यस पछी त्यस्तो कुरा को बेला आयो सभ्यता बिकास क्रम संगै , अब ऐले चै त्यो
भन्दा सजिलो आइसक्यो गाउ - सहर - सुगम तिर , अब दुर्गम - बिकट को कुरा
अहिले पनि बेग्लै नै छ नै , त्यै भ र यो चै दुर्गम - बिकट तिर अझै छ र यसकै
सहायतामा ---- अब यो भन्दा बढी नभनू

Nepalean said...

Luna ji le kura milaunu bhayo jasto chha.

स्यानु पाईजा said...

जाँतो मा पिठो पिसे को

Luna said...

सानु पाईजा जी !
तपाइको उत्तर कस्तो भयो भने हाम्रा राम्रा नेताजी हरु को " सहमति " प्रयास
जस्तो पो भो ! मिल्न मिल्न खोज्या तर ठ्याक्कै मिल्न नसक्या . अब ठ्याक्कै
नमिल्दिए पछी ' मिल्यो ' त भन्नु भएन तर पनि झन्डै मिल्न चै खोजेकै हो है !
हेर्नुस ! ठ्याक्कै नमिलाई गाउ लैजान पाउनु हुन्न है !

Nepalean said...

त्यही त लुना जी। स्यानु जी को उत्तर मिल्न मिल्न त खोज्यो तर अलकती मिलेन। दुर्गम तिर छ,बिजुली भऐको सुगम तिर छैन। क्लु अली बढी नै भयो की ?

Anonymous said...

k ho blog chori copy paste ko barema thul thula kura garne le asambandhit cartoon kasko choreko, lekhnu parchha ki pardaina ?

Nepalean said...

Anonymous ji, gau khane katha ko lagi theme milaune Rajesh KC ko modified cartoon prayog gariyeko ho, kati milcha/mildaina tapai afai compare garnu hola. Kehi gau khane katha haruma yehi cartoon prayog hudai ayeko chha. Yo gau khane kathako cartoon chitai paribartan garne pani jankari garauna chanachu. Tapai ko chaso ko lagi dherai dherai dhanyabad.

bijay kandel said...

पानी घट्टा हो गाउँ मेरै होला जस्तो छ

nepalean said...

bijay ji le milaune bhayo. aba gau tapaikai hune bhayo.

Pawan Lamichhane said...

jwalamukhi jasto lagyo hai malai

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !