October 6, 2010

शुभकामना गजल

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भयो निभेको खुशी आउ उषा लाली पोती

पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती

सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती

7 Comments:

रमेश मोहन अधिकारी said...

शुभ कामनाका सन्दर्भमा राम्रो प्रस्तुति ! आशावादी ! चौथो सेरमा 'अंऋत' नभएर 'अमृत' हुन्थ्यो कि ! टङ्कणको त्रुटिले अर्थ उल्टो लागेको छ ।

ठरकि दादा said...

यत्ति राम्ररी लेख्न त आउँदैन् । तर सबैमा मेरो तर्फबाट पनि शुभकामना !

Nepalean said...

ल है यांहा त गजलका गुरूहरु हुनुहुंदो रहेछ।
निकै मन पर्यो गजल। लौ सबैको दैलोमा उज्यालोको ज्योती झुल्कियोस।

'अंऋत' हो या 'अमृत' वाकाजीले नै भन्नहोला। 'अंऋत' शब्द त पहिलो पटक सुन्दैछु,खै यस्को पनि अर्थ छ की?

waka said...

अमृत नै लेखेको हो ,युनिकोडमा लेख्दा अरु नै हुन गएछ ।
समस्त दौतरिका दौतरीहरुलाई बिजया दशमीको शुभकामना

Nepalean said...

युनीकोड चलाउन पाइयो भनेर दंग पर्यो। कहिले काहीं आफुले खजेको अक्षर खोज्दा खोज्दा हैरान नै परिन्छ।
अझै अंऋत रहेछ,ल वाका जी मैले सच्चाइदिएं है।

MS MOBILE REPAIR ZONE said...

je bhaye pani ramrai chha je hos kosis garnu bhayekai ho badhai chha tapailai ani dashai ko subhakamana pani la

Nepal said...

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी Wa Wa
SHUVA DASHIN, For all nepali daju bhai the didi bhainee

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !