October 30, 2010

अनाथ परिवर्तन र बुर्जुवा बनेको जनवाद

नेपाली आधुनिक इतिहासको एउटा कालखण्डमा माओवादी हिंसा अवधि भित्रका चित्कारमय आवाजहरूको समिक्षा हुने नै छ । माओवादी पार्टिले केही आर्थिक र सामाजिक मुद्दा समातेर आफ्नो हिंसात्मक युद्ध शुरू गरे पनि यसको राजनीतिक लक्ष्य आमूल परिवर्तन र अग्रगमनको आवरणमा एकदलीय अधिनायकवादी साम्यवादी व्यवस्था मुलुकमा सञ्चालनमा ल्याउनु थियो भन्ने कुरा प्रष्ट नै थियो । तर आफ्नो लडाका शक्ति सबै खर्च गरेर सकिउञ्जेल लडे पनि युद्ध जितेर आँफू ‘भाले’ बन्न नसक्ने निष्कर्षमा माओवादीका सीमित ‘थिंक ट्यांक’ हरूको बुद्धि ‘ल्याण्ड’ हुँदा र यिनका भारतीय ‘प्रभू’ हरूको शुभेच्छाका कारण अन्तत: , नेपाली राजनैतिक दलहरू र माओवादी बीच १२ बुँदे सम्झौता भई अहिले जारि रहेको ‘शान्ति प्रकृया’ नामको अधमरो नाटक नेपालमा मञ्चन हुन सम्भव भएको थियो ।
माओवादी हिंसा र अपराधका घटनाहरूलाई गाउँ र वस्तिमा गएर देख्ने र सुन्ने वा भोग्ने मान्छेहरूका लागि , तिनीहरूले कायम राखेको ‘जनयुद्ध’को सक्कली रूप देखेको भए त्यो सम्झिँदा अझै आतंकले जीऊ सिरिङ्ग हुनुपर्छ । ती हत्याका स्वरूपहरू , सभ्य मानव समाजको परिकल्पनामा आउन नसक्ने खालका थिए । आँफूसंग असहमत हुने जो कोही बिरुद्ध तालिवानी शैलिको ‘फतवा’ जारी गर्नु र उसलाई घोचेर, थिचेर, पिसेर, लतारेर, कुटेर, हड्डि फुटालेर, छाला तारेर वा क्रमश: अंगभंग गर्दै तड्पाउँदै मार्ने वा अर्धमृत छाडेर आजीवन नारकिय जीवन बाँच्न विवश छाडिदिनु माओवादी ‘जन कारवाही’ का दूर्दान्त उदाहरणहरू थिए ।
 अहिलेसम्म पनि , त्यो कथित ‘जनयुद्ध’ को पीडा र अभिशाप लिएर अधकल्चो जीवन बाँच्न विवश सामान्य नेपालीहरूको आर्तनाद यदाकदा पत्रिकामा पढ्दा अनि त्यो कथित ‘जनयुद्ध’ मा जीवन गुमाएका १५ हजार नेपाली, हजारौँ घाइतेहरू, लाखौँ
 आन्तरिक शरणार्थीहरू खरबौँको सम्पत्ति र संरचानत्मक आधारको क्षयलाई सम्झँदा र आज आएर नेपालको दूर्भाग्य माथि एउटा सच्चा नेपालीलाई अवाक बनेर रून आउँछ । प्रश्न उठ्छ, आखिर यत्रो हिंसा र ध्वंशबाट मुलुकले के पायो ? कसैले भन्ला ‘परिवर्तन’ । तर खै कस्तो परिवर्तन ? के यो परिवर्तनले जीवन अझ असुरक्षित र कष्टकर बनाउने बाहेक केही गर्‍यो ? अहँ गरेन । गरेकै भए तिनै हिजो गरिखानेको रिसले हिंसाको बाटोमा लागेकाहरूलाई फाइदा गरेको होला । यिनैको संस्थागत र दलगत लूटको क्रान्तिकारिता परिवर्तनको मिठास हो यिनैका लागि ।
उत्साहितहरू भन्लान् राजतन्त्र हट्यो, यो नै परिवर्तन हो । तर, राजतन्त्र त वीरेन्द्रको वंश बिनाश र ज्ञानेन्द्रको कच्चा महत्वाकांक्षा अनि भारतीय 'मालिक' रिसाउनाले पो हटेको हो भन्छन् राजनीतिका जानिफकारहरू । दलहरू र माओवादीले अन्तिम मोहराको भूमिकामा खेलाइका हुन् यो काण्डमा । अनि परिवारवादी सामन्तको रूपमा रहेका राजा हटेर देश र जनताले के नै पायो र ? बरू , नया राजाहरू सपत्नि र सपुत्र राज्यको ढुकुटीमा दुवै हातले कब्जा जमाउन आएपछि? अनि राजनीतिक तिक्डमको खेलमा हटेका राजालाई फिर्ता ल्याउने खेल पनि खेलिएकै छ, राजतन्त्र अन्त्यको २ वर्ष नहुँदै !
के ‘जनयुद्ध’ नामको युद्ध र जनआन्दोलनको परिवर्तनले देश र जनताका समस्या समाधानमा कहीँ कतै कुनै सिन्को भाँच्यो ? के भ्रष्टाचार र हिंसा हट्यो ? हैन बरू यी सबै कुराहरू झनै संस्थागत बनेर बलिया भए । हिजोका क्रान्तिकारीहरू धन कमाउन र धनको आडमा आँफूलाई माथि उठाउन हत्या, अपहरण, हिंसा, तस्करी , जबर्जस्त चन्दा असूली गर्न , घर जग्गा र ठेक्कापट्टा कारोबारदेखि फिरौति असुलीमा यस प्रकारले चुर्लुम्म डुबेका छन् कि अब उनीहरूसंग क्रान्तिकारिताको बन्दूक , हिंसा र दादागिरी मात्र बाँकि बचेको छ । पढ्नुस् त नेपाली परिवर्तनको सानो रामकहानी : http://nagariknews.com/politics/party-politics/19853-2010-10-30-10-51-00.html


8 Comments:

Nepalean said...

मैले धेरै पटक भनेको छु नेपालका राजनैतीक पार्टीहरुले पोलिटिकल फ्रड गर्दैछन। भन्ने एउटा गर्ने एउटा। जनताको नाम जप्यो अनि आफ्नो भूंडी भर्यो। पोलिटिकल फ्रडमा माओबादी एउटा सानो हिस्सा मात्र हो। यस्मा कांग्रेस र एमाले पनि कस्सिएर लागेका छन। अन्य क्षत्रिय पार्टीको त के कुरा गर्ने?

पुष्प said...

सम्यकजी,

परिवर्तन काठमाडौंको म:म:जस्तो होइन, जुन भन्नेबित्तिकै ज्यूनारका लागि हाजिर होस् । वर्षौं‍देखि हालीमुहाली गर्दै आएका सामन्ती शक्ति र त्यसलाई जोगाइराख्न मद्दत गर्ने भारतीय शक्तिलाई पञ्छाउँदा केही न केही असरहरूको सामाना त गर्नैपर्ने हुन्छ । त्यसैले द्वन्द्वकालको घाउलाई कोट्याएर माओवादीलाई सराप्नु औचित्यहीन हुन्छ । तपाईंले प्रस्तुत गर्नुभएको 'रामकहानी' एउटा विकृतिमात्र हो; जसलाई माओवादीले निलम्बनमा राखिसकेको छ ।

Anonymous said...

पुष्पेलाइ सबै थाहारैछ। माउबादीले कुट्ने पिट्ने निल्मबनमा राखेको भे उस्ले गर्ने काम चाही हो त? वाइस्याल त अझै जिउंदै छन।

Luna said...

नेपालीयन जि को प्रतिकृयामा सहमत ।
नेपालीयन जि को प्रतिकृयामा सहमत ।
पोलिटिकल फ्रड भएको देखिएकै छ ।
आन्नोम्युस जि ! खुब सँग नाम लाई निमोथ्ने कोशीस गर्नु भो नि ? तपाईंको मन आनन्दित भो अब ??? सक्नु हुन्छ भने प्रतिकृया लाई निमोठ्नुस् न ! के को नाम लाई निमोठ्ने !

sanu jange said...

bharat ma basera, tinai bharatiya prabhuharu le hatma char paisa rakhidiyara bideshi ko isarama nepali dajubhai lai katna marna hidne maobadi jantuharu lai k manche bhannu, yi ta pichas haru hun, yiniharu lai ajhai dherai paisa dine ho bhane je kura ma pani sahamat huncha,jastai..ama, chori, sirimati, daju bhai etc. yasta dalal ko k kura gari raknu. jhan maobadi ka dash karyakarta ko ta k kura garnu...

पुष्प said...

सानुजी,

हुन त फोहोर चलायो भने आफ्नै मुखमा छिटा पर्छ भन्छन्, तैपनि फोहोर सुँघेर बस्नु भएन । सबैलाई ज्ञात भएको माओवादीको मुद्दा कट्टर माओवादीविरोधीहरूलाई देखा नपर्नु भनेको माओवादीको मुद्दाभित्रै पर्नेहरू हुनुपर्छ । होइन भने नानीदेखि सिकेको गालीको प्रयोग अरु कसैले गर्न सक्दैन ।

sanu jange said...

pushpaji ko kura thikai hola jasto lagyo, fohor chalauda mukhma chita ta parcha tara k garnu mitra jata tatai fohorai fohor ko dangur cha nachalai basda pani sukhai chaina, nepalma yo fohor kina matrai bhitryayaka hoolan bhanne pani lagcha kahile kahi ta..

Anonymous said...

पुष्प जी नेपालको प्रधानमन्त्री बन्न पनि बिदेशी प्रभूकै गिफ्ट चाइने हो त? त्यसो भे हामिले किन भोट देको त?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !