October 30, 2010

सरकारी अजिंगरले निलेको वाक स्वतन्त्रता (नेपालमा बिचारमूलक ब्लग पनि सेन्सरसिपमा)

प्रजातन्त्रको सराद्द गरेर लोकतन्त्रको दोसल्ला ओडेको बहुदलिय सरकारले इन्टरनेटमा छाडापन आयो भनेर बेभसाइटहरु
भटाभट रोक्न थालेको छ। जनताको नाम जपेर नथाक्ने पार्टीहरु वाक स्वतनत्रताको धज्जी नै उडाउने गरी भाषण ठोक्दै
हिड्दछन। तर व्यबहारमा भने जनताको ढाडनै भाच्ने गरी मैदानमा उत्रन्छन। संबिधानको धारामा बगेर संचारमा ताला ठोक्ने प्रयास गरेको नेपाली राजतन्त्रलाई कात्रो ओढाएर आएका बहुदलीय पार्टीहरु संबिधान बनाउने नाममा आफ्नो भागमा कती पर्ने हो दाउपेच खेल्दैछन। देशलाइ अन्यौलको भडखालोमा जाकेर उत्तेजित भएका नेपाली पार्टीहरुको सरकारले अहिले आएर नेपालीको वाक स्वतनत्रमा दाम्लो कसेको छ।

करिब ६० वटा साइट ब्लक गरेर ब्लकिगं यात्रा सुरु गरेको नेपाली सरकारको लिस्ट बुझिनसक्नु छ। जनताका बिचार दिने हफ्टिगंटन पोस्ट साइट देखी यौनसंग सरोकारै नराख्ने बिशुद्द ब्यवसाहिक साइटहरु नेपालबाट हेर्न रोक लगाइएको छ। यही रोकको मारमा आफ्ना बिचार ब्यक्त गर्न ब्लगस्पट प्रयोग गर्ने ब्लगरहरु पनि परेका छन। यदी नेपाली सरकारले यो कदम जारी नै राखे ब्लगसप्टबाट संचालन हुने सबै ब्लगहरु नेपालमा हेर्नमिल्दैन। सरकारको यही हरकत हो भने उनीहरु वर्लडप्रेसबाट संचालनहुने ब्लगलाई पनि चाडैं निशाना बनाउने छन।


ब्लगरकै सर्भरमा संचालित दौंतरी ब्लगपनि नेपालबाट हेर्न नमिल्न सक्छ। तर यसको आधिकारीक खबर भने पाइसकिएको छैन। तर यही स्थीती जारी रहे नेपालमा नेपाली ब्लगहरुको नियती के हुने हो गम्भिरता पूर्बक सोच्नू पर्ने स्थीती आएको छ। बिधुतीय संचारको बिकाससंगै ब्यक्ती बिचारको पहुंचलाई शक्तीसाली बनाउने ब्लगरहरु धनी मुलकमा मात्र प्रसिद्द नरही नेपाल जस्तो गरिब मुलुकमा पनि लोकप्रिय बन्न पूगेका थिए। आफ्नो बिचार अरु समक्ष राख्ने ब्यक्ती स्वतन्त्रा यदी सरकारले खोसे नेपाली ब्लगर तथा पाठकहरु एक भएर त्यस्तो पर्खाललाई भत्काउनु पर्दछ।

यस्तो जोकर सेन्सरसिपमा कति साइट परे कती पर्दैछन सायद अन्यौल नै होला। तर बिबेक गुमाएर शक्तीको मातमा मन लागे जती साइट बन्दै गर्दै हिड्नु मूर्खाइ बाहेक अरु केही साबित हुन सक्दैन। सबै मिलेर उमेर सकिएको सराकारको वाक स्वतनत्रता खोस्ने बहुलठ्ठी कदमको बिरोध गरौं र आफ्नो बिचार ब्यक्त गर्ने अधिकारको सुनिस्चित गरौं।

जय ब्लगिगं

8 Comments:

वेदनाथ पुलामी said...

कुनै बेला थियो यी नै नेता भनाउदाहरुलाई प्रजातान्त्रिक योद्राका खम्बा भनेर गर्व गरेको दिन ! तर अहिले यस्तो रवैया देख्दा भने ....त्यसको ध्वजी उडेको छ !
अनि थुइया भनेर मात्र पनि पुगेको छैन !

देशभक्त नेपाली said...

Banda garun jey jati banda garna sakchhan, hamara mastiska ra lekhlai yinko kalo kanoon ley kadachit panda garna sakney chaina. Lekhna chadiney chaina, bolna chadiney chaina yinka janabirodhi kukrityaharu jasari pani lekhney nai chaun. Yasta bibek heen ra Yojana Bihin nirnayako GHOR BIROD Gardachhu.

Luna said...

राम्रा समाचारमूलक ब्लग पनि बन्द गरेको सुन्नु पर्दा अचम्मै लाग्यो !
प्रोन भन्छ कि के जाति नराम्रो ब्लग हरु बन्द गर्नु त राम्रो कुरा हो , यस्ता ब्लग
हरुले युवा युवतीलाई नराम्रो बाटोमा हिडाउछा तर राम्रै रुपले शारीरिक स्वास्थ्य देखि लिएर यौन शिक्षा दिने ब्लग हरु लाइ पनि हटाउनु चै मूर्खता हो , कि शेन्सर
मा बस्ने ले राम्रो - नराम्रो छुत्त्युना नजानेको हो !?
होइन जानी बुझी नै यस्तो गरेको हो भने यो त भएन !
"आफ्नो बिचार अरु समक्ष राख्ने ब्यक्ती स्वतन्त्रा यदी सरकारले खोसे नेपाली ब्लगर तथा पाठकहरु एक भएर त्यस्तो पर्खाललाई भत्काउनु पर्दछ।"

Bishnu Marasini said...

बन्द गर्ने ISP Service provider हरुले एकपल्ट साइट हेरेर मात्र बन्द गर्ने भनेका छन त्यसैले यस्तो अवस्था नआउँला ????

Dilip Acharya said...

मोटर साइकलमा सवार कसैले कतै बम पड्कायो भने बम पड्काउने लाइ समात्ने हैन बरु मोटरसाइकल नै चलाउन नदिने नीति आपनाउने हाम्रो देशका गिदी नभएकाहरुको पुरानै बानी हो । अहिले पनि भएको त्यही हो । हजारौँ ब्लग मध्य कुनै एउटा मा केही "अश्लील" भयो रे भनेर ब्लगरको सब डोमेन नै ब्लक गरीएको छ अहिले नेपालमा ।

मानिसको शरीर तर गोरुको टाउको भएका बुद्धिहीनले यस्तै निर्णय गरेका छन र ज्ञानेन्द्रको शासनकालमा समेत स्वतन्त्र रहेको ब्लगको घाँटी अँठ्याईएको छ ।

दौँतरी भने dautari.blogspot.com बाट खुल्दैन र dautari.org मा मात्रै खुल्छ ।

Nepalean said...

मलाई बिष्णु जीले भने जस्तो ISP Service provider हरुले साइट हेरेर मात्र बन्द गर्लान जस्तो लागेको छ। तर शक्तीको मादमा मुर्ख काम गर्नेको कमी छैन। दिलीपजीले भने जस्तो एका दुइ ब्लगर साइटहरुले अश्लिल सामाग्री राखेकै निहुमा ब्लगस्पट नै सधै बन्द नरहला भन्न सकिन्न। हेर्दा साधारण लाग्ने यस्ता कुरा हरेक देशका सरकारबाट मिचाई भएको इतिहांसमा प्रश्सत देख्न सकिन्छ। यसैले ब्लगहरु रोकिन कदमको बिरोध गर्दै यस्लाई खुलाउने उपाय निकाल्नुपर्छ। यो समस्यामा सबै ब्लगहरुको एक भएर सरकार प्रती ध्यानकर्षण गराउन जरुरी छ।

पुष्प said...

रोकिएका साइटहरू खोल्ने अनेक उपायहरू छन्, बेकारमा यो नाटकमञ्चनको कुनै तुक छैन । यो अरु केही होइन, परितर्तनउन्मुख नेपालमा बाधा उत्पन्न गर्ने काइते काममात्र हो ।

Anonymous said...

सरकार चलाउने वाला औठा छाप छन यिनीहरुलाई प्रोनो साइट के ब्लग के? कालो अक्षर भैंस बराबर।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !