October 26, 2010

सरकारको मलामी जाऊँ

हस्त गौतम मृदुल

न उदाउदै अस्ताएको बिहानीमा
सुर्यको उज्यालो हत्केलाले छेक्दै
नारा जुलुस लगाउदै बुलन्द पार्दै
आए सरकारमा नयाँ नेपाल जप्दै
ति नै सपना झाडापखाला भए,
अनी गाउ र बस्ती बस्तीमा छायो
त्यही युद्धको रुप लिएर माहामारी
अकाल मृत्युले तान्डव मच्चायो
कति मरे बिना अर्थ जाजरकोटमा
अनी मेरो प्यारो रुकुम जिल्लामा
त्यसै गरी अरु बिकट जिल्लामा

दिन प्रतिदिन सयौ मान्छेहरु मरे
उपचार कुन चराको नाम होला

कसैले जान्ने मौका पनी पाएनन
नेता देशको बिला लगाइ रहेछन
कस्ले कुन किल्लामा राज गर्ने
आपसी खिचातानीमा मस्त छन
पानी भित्रबाट सुकेको माटो
निकाल्ने झुटा सपना बाँढे।
सहिस्नुता, मानवता र सान्ती
यिनै दहिचिउरे नेताले भाँडे।
कैलै जनताको बिचल्ली देखेनन्।
सरकार हतियार मात्र दिन सक्छ
प्राण दिने जीवन जल दिन सक्दैन
अभाव कष्ट भोकमारी दिन सक्छ
सुख, सान्ती र समृद्धि दिन सक्दैन
कति जान्छौ अझै जनताको मलामी
बरु अब सरकारलाइ घाटमा लैजाउ
यि धुर्त पार्टीलाइ चिहानमा सुताउ
आफनो महान राष्टको संरक्षण आफै गरौं
आफनो स्वाभीमान र स्वाधिन्ताको रक्षा आफै गरौँ।

3 Comments:

bhim ghimire said...

आए सरकारमा नयाँ नेपाल जप्दै
ति नै सपना झाडापखाला भए,

यो देशव्यथा बोलेको हो । बोल्नुपर्छ । नेताले बिगारे । हामी तमासे भएका छौ । तपाइको कविताले जगाओस ।

Luna said...

नेताहरु कै कारण उत्पन्न अराजक स्थितिको चित्रण हो यो कबिता ,
मन छोयो .

नेपालियन said...

नेताहरु केही न केही नया कुरा जप्दै आंछन अनी हामी मूर्ख जनताहरु दंग पर्छौं। जब ति नेताहरु कुर्सीको काम सकाएर सम्पती कुम्लाएर घर फर्किन्छन,जनताले केही न केही पाउंदा हामी वाल्ल परेर हेर्छं।
फेरी अर्को नेताको पछी जिन्दाबाद र मुर्दाबादको नारा लगाएर नया नेपाल बनाउन लाग्छौं।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !