October 23, 2010

जेल भित्रका केटाकेटीलाई सहयोग

नियम कानुनको संजालमा अली ठुलै अपराध गर्नेलाई जेल अर्थात सुधार ग्रिहमा राखिन्छ। अपराधी एक्लै भए त ठिकै छ तर जब अपराधीका बच्चा बच्ची हुन्छन,तिनको भने सार्है बिजोग हुन्छ। आफन्त हुने खाने भए केही हद सम्म भए पनि सहयोग पाउलान तर गरिब गरुवाका छोरा छोरी तिनकै बाउ आमासंग जेलको अंध्यारोमा दिन बिताउन बाध्य हुन्छन। अपराध गर्ने बाउ आमाले त जेलमा बसेर सुध्रन मौका पाउलान,तर स्कुल जाने बेलाका कुनै कसुर नगरेका केटा केटी जेलमा बसेर हरेक सिक्ने अबसरबाट बन्चित हुन पुग्दछन।

यस्तो कुरा सबैको मनमा आएको होला। तर यस्ता समस्यालाई समाधान गर्न पू्ष्प बस्नेत लागी पर्नुभएको रहेछ। काठमाण्डौमा Early Childhood Development Centre भन्ने संस्था खोलेर यसरी समस्यामा पर्ने केटा केटीलाई जेलबाट बहिर ल्याएर पढ्ने ब्यबस्था मिलाईदो रहेछ। केही दिन पहिले उहांहरुले आर्थिक सहयोगका लागी गरेको स्पेसल ओलमपिक्समा भाग लिने मौका मिलेको थियो। पछि थाहा लाग्यो उक्त दौडमा भाग लिने नमिल्नेले अनलाईनबाट पनि सहयोग गर्ने सकिंदो रहेछ।

सहयोग र खर्चको बिबरण उहांहरुले समय समयमा निकाल्नुहुन्छ। नेपाललाई सहयोग गर्ने भनेर थुप्रै संस्था त छन तर यसरी नेपालीबाट नेपालीलाइ नै सहयोग गर्ने संस्था कमै होलान। पूष्प बस्नेतको होस्तेमा तपाईहरु पनि हैंसे गरेर जेलमा रहेका बालबालीकालाई पढ्ने मौका दिलाउन तपाईहरुले पनि पक्कै सहयोग गर्नुहोला।

सहयोगका लागी तयार पारीएको बेबसाइट: http://www.growingbeyondbars.org/

3 Comments:

Bishow Paudel said...

Very heart touching video posted at http://www.growingbeyondbars.org/p/about-ecdc.html

Bhim Prasad Ghimire said...

राम्रो प्रयास । त्यस्ता नानीहरु काठमाडौंमा मात्र होइन । प्रायः सबै कारागारमा होलान । त्यसतर्फ पनि ध्यान पुगेको राम्रो ।

Anonymous said...

राम्र काम। यसरी असल काम जारी राख्दै जानुहोला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !