October 6, 2010

पहिला नेपाल, नेपाली अनीमात्र जनसम्पर्क समिति- गगन थापा

यूएई

गत शुक्रवार दुबईको एक होटलमा आयोजना गरिएको नेपाली जनसम्पर्क समिति यूएईको प्रथम महाधिवेशनमा प्रवासमा पहिला नेपाल, नेपाली अनि मात्र जनसम्पर्क समिति भई चिनिन नेपाली कांग्रेसका युवा नेता गगन थापाले कार्यकर्ताहरुलाई अनुरोध गरे ।

उक्त अवसरमा यूएईमा रहेका सम्पूर्ण संघसंस्थाहरुका प्रतिनिधीहरुको उपस्थितमा अन्तकृया कार्यक्रम समेत सम्पन्न भएको थियो । एनआरएन आई सी सीका कोषाध्यक्ष रामेश्वर शाह, नेपाली समाजका अध्यक्ष, यम तमु, एनआरएन एन सी सीका अध्यक्ष चुडामणी ढकाल, नेपाल पत्रकार महासाघका
 अध्यक्ष शंकर ज्ञवाली, जनजाती महासाघका अध्यक्ष भुवन राई, लगायत अन्य संघ संस्थाका प्रमुखहरुले नयाा कार्यसमितिको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । प्राय वक्ताले गगन थापालाई भर्खरै भएको नेपाली काग्रेसको महाधिवेशनबाट थपिएको जिम्मेवारी सफलतापूर्णरुपमा गहन गर्न आग्रह समेत गरे ।

विषेश अतिथि यूएईका लागि नेपाली राजदूत महामहिम अर्जुन बहाुदर थापाले कार्यसमितिलाई शुभकमना दिर्दै भविश्यमा अझै ससक्तरुपले अगाडी बढोस् भन्ने कामना व्यक्त गरेका थिए ।

प्रमुख अतिथि गगन थापाले आफु अहिले न सरकार न संविधान वनेको अवस्थामा संविधान सभाको सदस्यकोरुपमा तपाईहरुसामु उपस्थित हुादा हिनताबोध भएको बताए । यहि अवस्थामा संविधान र नयाा सरकारको बनेको संविधान सभाको सदस्यको रुपमा उपस्थित हुन पाएको भए मेरो शिर गर्भले ठाडो हुने थियो उनले भने । कांग्रेसले समस्या उत्तपन्न गरेको होईन समाधान गर्न लागेको बताए । माओवादीले आजै हामीले राखेका सर्तहरु पुरा गर्ने वाचा गरोस् भोलीनै हामी प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन तयार छौ उनले भने ।

हामीले अहिले लामो समयपछि नेपालको संविधान बनाउने अवसर पाएका छौ यदि यो अवसर गुमायौ भने हाम्रो पात्रोमा अर्को कुनै दिवस थपिने छ । हामीले यो अवसर गुमाउछौ अनि १० बर्ष फेरी लड्छौ र हाम्रो जेनेरेसन सकिन्छ । म साग भएको सोच जोस, जाागर अर्को राजनितीक क्रान्तिको लागि लड्न गुमाउन चाहन्न । यो पटक यो चुनौतिलाई गुमाउनु हुदैन । हामीले हाम्रो अवस्थालाई बुझ्नु पर्दछ । यसलाई असफल गुमाउन दिनुहुन्न भन्ने पक्षमा लाग्नु पर्दछ । यो संविधान असफल हुने भयो, विफल हुने भने भनेर पछाडी नहटौ उनको तर्क थियो ।

चाईनिजले बनाईदिएको भवनमा भारतले किनेकेा बसमा चढेर जान्छौ । अमेरिकाले किनिदिएको टेलिभिजन हामीले हेर्छौ, हामीले बोल्ने माईक डेनमार्कले किनिदिएको छ । बस्ने कुर्सी नर्वेले दिएको छ । यदि चाईनाले भवन नवनाएको भए हामी संविधान सभाको बैठक बस्न हल पाउने थिएनौ । हामीले ठुलो कुरा गरेर फाईदा छैन गगने भने ।

थापाले भने छिमेकी राष्ट्रको बारेमा हामी बडो सम्वेदनशिल छौ । सत्रु मित्र फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिदैन । यदि फेर्न सकिने भए भारत र चिन छिमेकी पहिलानै फेरी सक्ने थियौ । छिमेकीले आˆनो पहिलो हितकोबारेमा सोचेको हुन्छ अनि मात्र अर्काको बारेमा । छिमेकीले नेपालको बारेमा सोच्ने होईन हामीले हाम्रो बारेमा आफै सोच्ने हो ।

देशको अर्थतन्त्र अहिलेसम्म धानीएको तपाईहरुले गर्दा हो । हामीले सय रुपैयाको अन्तराष्टि्य ब्यापार गर्दै गर्दा १६ रुपैया कमाउाछौ ८४ रुपैयाको किन्छौ । हामी ८४ रुपैयाको किनेर पनी किन बााचेका छौ भने तपाईहरुको रेमिट्यान्सले गर्दा नै हो । किन्ने कुरा कमाउनको लागि तपाइृहरु यहाा आउनु भएको छ । जवसम्म भारत तथा चिनसाग लेनदेनको परिवर्तन गर्न सक्दैनौ तवसम्म भारत चिनले हामीलाई लातहानी रहेको हुन्छ ।

अहिले नेपालमा घर जग्गामा बढी लगानी भएको छ । अहिले नेपालीहरुले सुन, बेचेर भए पनि जग्गामा लगानी गरेका छन् । राष्ट्रबैंकले घर जग्गामा केही कडाई गरीदिएको थियो । हृवात्त लगानी घट्यो । नेपालमा हाईड्ो पावरमा लगानी गर्दा २० बर्ष पछि लाखौ फाईदा हुन्छ भनाौ त ल तपाईहरु मध्यै धेरै नेपालीहरुले त्यहाा पैसा लगानी गर्दछन् । यो नियम मात्र गरौ त ल धेरै नेपालीले पैसा लगानी गर्दछन् ।

लाखौ पैसा तिरेर दिनको ८ घण्टा काम गरेर महिनाको १० हजार कमाई रहेका छन् खाडीमा नेपालीहरु । एक शिक्षित व्यक्तिलाई विदेशमा आउने सय जना नेपालीको एक लाखका दरे पैसा दियौ भने त्यसले केही गर्न सक्दैन साग संगै हामीले दिनको ८ घण्टा दियौं । एक सय जनाको ८ हजार घण्टाले केही पाउदैन । नेपालले नचिनेको ८ हजार घण्टा सित्तैमा यूएईले पाएको छ । हामीले चिन्न नसकेको यो ८ हजार घण्टा हो । देशमा अझै १०- ११ सदरमुकाममा मोटर बाटो पुगेको छैन । हामीसाग १३ सय डाक्टर छ ९ सय डाक्टर सर्भिस गर्ने छन् । नेपालमा लगानी गर्ने ठाउं धेरै छन् । बाहिर पठाउने म्यानपावर कम्पनीले दिनको १४ सय जनाको श्रमिस्विकृति लिएको हुन्छ दिनमा र लगभग १ हजार नेपाली छोडेर आउदा रहेछन् तर जानेको तथ्याङक छैन उनले अगाडी भने ।

गगने भने अहिले नेपालको सर्वाधिक शक्तिशाली पार्टीले बाहिरबाट आएको लगानी रोकिदिन्छ । हाईडोपावर बन्द गराउन खोच्छ, लाखौ नेपालीलाई बेरोजगारी बनाउछ अनि क्रान्तिको कुरा गर्दछ यो कहाा सम्मको सही हो । नेपालमा बर्षेनी ४ लाख नेपाली बेरोजगारी हुन्छ । नेपालमा नेपालीलाई अवसर चाहियो १६ घण्टा लोड सेडिङ्ग हुन्छ । अहिले नेपाल प्रहरी विधुत प्राधिकरणमा अवसर खोल्दा हजारौ नेपालीहरुको आवेदन पर्दछ । त्यसैबाट थाहा हुन्छ कति बेरोजगारी रहेछन् । यो बेलामा शान्ति प्रकृया सिद्धाउने, संविधान बनाउने र अर्को नयाा चुनावमा जस्ले जिते पनि हुन्छ । अनि देशमा लगानी गर्न

सकिन्छ ।

उनले चाईना र भारको उदाहरण दिदै भने चाईनामा केहीसमय पहिला अमेरीकामा गि्रन कार्ड पाएका ८४ जना चाईनिजले किन चाईना फर्केको भन्दा देशको मायाले भनेनन् । स्वदेशमा बढी अवसर पाईएको ले फर्केको । त्यस्तै भारतमा ७२ जना पि.एच डी भारतीले भारत किन फर्केको भन्दा भारतको मायााले भनेनन् मलाई भारमा बढी अवसर देखे अनि फर्के । नेपालमा पनि यस्तो अवसर आउने कार्य नितीनियम बनाउन तर्फ लाग्नु पर्‍यो । यो अवसर नेपालमा नआउला भन्न सकिदैन ।

उक्त दिन त्यही हलमा चित्र बहादुर केसीको सभापतित्तवमा २३ सदसिय कार्यसमितिको चयन गर्दै प्रथम महाधिवेशन पनि सम्पन्न भएको छ । उक्त महाधिवेशनले अन्य पदाधिकारीहरुमा उप सभापति खेमराज बस्नेत, भवानी तिमील्सिना र महेश मुक्तानलाई चुनेको छ भने महामन्त्री मिन बहादुर रानाभाट, सह- महामन्त्री तुलसी बिमली, कोषाध्यक्ष गुन्जमान गुरुङ्ग सर्वसहमतिले चुनिएका छन् । भने सदस्यहरुमा राजकुमार रानाभाट, श्रीमती बिष्णु थापा, टि.एन. सापकोटा, बिष्णु लम्साल, तुलसी तामाङ्ग, रबिन्द्र लामा, लीला कंडेल, दिपक सुनार, शालिकराम पन्थि, गोबिन्द भट्टराई, सुरथ प्रधान, शेषराज पौडेल, राम बहादुर क्षेत्रि, नबराज बिडारी, मनोज खतिवडा र बिमल तामाङ्ग रहेका छन् ।

उक्त महाधिवेशनले दिपक थपलिया, सुरेश उपाध्याय, मोहन शर्मा, विज्ञान राणा, रमेश केसीलाई सल्लाहकारहरुमा लाई चयन गरेको छ ।

बन्दसत्रको कार्यक्रममा भर्खरै स्थापना भएको जनसम्पर्क समितिका पदाधिकारीहरुलाई नेपाली कांग्रेसको आधिकारीक मान्यता दिदै युवा नेता गगन थापाले कार्यकालको सफलताको शुभकामना ब्यक्त गरे । पार्टीको केन्दि्रय सदस्यमा विजयी भएपश्चातको सार्वजनिक कार्यक्रममा यूएईमा पहिलो पटक उपस्थित भएको बताए । प्रवासमा पहिला आफु नेपाल, नेपाली अनी मात्र जनसम्पर्क समिति भनेर चिनिनु पर्दछ उनले जनसमितिका पदाधिकारीहरुलाई आन्तरिक परिक्षणको अवसरमा बताए । कागे्रसले राष्ट्रिय राजनीतिमा यस्तो गरिदिए हुन्थ्यो भन्ने कुराहरु तपाईहरुलाई लाग्यो भने मिटिङ्ग बस्नुहोस अनि केन्द्रमा पठाउनुहोस् यहााको जनसम्पर्क समितिले उठाएका समस्याहरुलाई पार्टिले समाधान गर्न प्रयास गर्ने छ । भविश्यमा यहााका समस्या, समाधान र सम्भावनालाई अध्ययन गरी बेला बेलामा पार्टीमा जानकारी दिने गरोस् जस्ले गर्दा म गर्भका साथ अन्य नेताहरुलाई मैले उद्घाटन गरेर आएको जनसम्पर्क समिति हो भनेर भन्न सकु उनले भने । यो सम्पर्क समिति दुई बर्ष पछि बन्द, काम गर्न सकेन, निश्कृय आदी भएमा मेरो लागि ब्यक्तिगत कटो अनुभव बन्ने छ उनले भने ।

अव कांग्रेसको बैधानीक जनसम्पर्क समिति यूएई भएको छ यो पार्टीको लागि गौरवमय कार्य हो । उनले यहाा कार्यरत मजदुरहरुलाई समेटेर लैजान अनुरोध गरे । यहाा काम गर्ने लाखौ नेपालीहरुको हक हितको काम गर्नुहोस् जस्ले गर्दा कुनै पनि म्यानपाव कम्पनीबाट यूएईमा काम गर्न आउने नेपाली कामदारहरुले यूएईमा काम गर्न आउादा यूएईको नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न नभुलौ है भन्न सकुन् भन्ने खालको वातावरण बनाउन अनुरोध गरे । यस्तो वातवरण बनाउन यस समितिले राम्रो काम गर्नु पर्ने र उदाहरणिय बन्नु पर्ने धारणा राखे । अन्तमा उनले यो जनसम्पर्क समिति नेपाली कांग्रेसको महत्वपूण संगठनको रुपमा रहोस् भन्ने शुभकामना ब्यक्त गरे ।

खुल्ला सत्रको कार्यक्रम महामन्त्रि मिनबहादुर रानाभाटले सञ्चालन गरेका थिए । महेश मुक्तानले स्वागत भाषण गर्दै गगनलाई तिमी आाट हामी पुराउछौ भन्दै गर्दा हलमा गगन जिन्दाबाद भन्ने नारा घन्केको थियो

1 Comments:

Nepalean said...

यसमा त मेरो पनि सहमत छ है। पहिला नेपाली अनी मात्र संघ संगठनको सदस्य।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !