October 1, 2010

राम्रो कुरो बाहेक बाँकि सबै हुने देशमा

आफ्नो मुलुकबाट प्रवाहित हुने समाचारको शृंखला हेर्दा माथिको शीर्षक दिमागमा फुर्‍यो ।
माओवादी हिंसाले लखतरान र जीर्ण पारेको देशमा, केही वर्ष चुनाबका मुखमा एउटा पार्टीको नाममा झड्केलो जन्म्यो , तराई जनतान्त्रिक फोरम । फोरम विचित्रको थियो किनभने यसमा कुनै स्पेशल र ओरिजिनल मान्छे र प्रवृत्ति थिएनन् । अत: यो भगवानको श्रृष्टिमा बन्न नभ्याएको तर पछि सबै जीवजन्तुका चुनिन्दा अंगको गठजोडले बनेको ऊँट जस्तो देखिन पुग्यो । हिजोका भग्नावशेष पञ्चदेखि सबै पार्टीका 'लेफ्टओवर' बटुलेर आकार दिइएको यो तराईको राजनीति गर्ने फोरमलाई कतिले त दक्षिणी छिमेकीको नेपालस्थित प्रतिनिधि भनेर समेत आरोप लगाए । कुरो जे भए पनि , फोरमका काम , कर्तूत र ध्येय भने नेपाललाई कसरी “फोरौँ’ र 'सिध्याऔँ' भन्ने नै हो कि जस्तो लाग्ने कृयाकलाप यसले देखाइरह्यो, आफ्नो स्थापना कालदेखि
गत संविधानसभा चुनाब ताकाको मतदाता नामावलीमा २५ देखि ३०% फर्जी मतदाता रहेको कुरा निर्वाचन आयोगले एउटा सर्वेक्षण मार्फत पत्ता लगाएछ । यसैलाई आधार मानेर , अहिले निर्वाचन आयोगले निर्वाचन प्रणालीमा सुधार ल्याउन नया परिचयपत्र जारी गर्ने कार्यक्रम ल्याएको कुरा समाचारमा पढ्दा खुशी लागेको थियो , कमसेकम केही कुराका लागि असल पर्यास हुन थाल्यो भनेर । अझै भन्दा , यो प्रकृयामा जानु पूर्व निर्वाचन आयोगले सर्वदलीय भेला समेत गराई सो कुराको बारेमा दलहरूबाट सहमति पनि लिई सकेको रहेछ ।

निर्वाचन प्रणालीलाई राम्रो पार्नु पर्ने कुरा सबै राजनैतिक पार्टी र जनतालाई खुशी लाग्नु पर्ने स्वाभाविक कुरा हुनुपर्थ्यो । तर कहीँ नभएको जात्रा हाँडिगाउँमा भने झैँ , हाम्रै मुलुकमा तराईको राजनीति गर्ने पार्टीहरूले चोर औँले ठड्याएर ‘ खबरदार, यो काम गरिस् भने , तराईमा आगो बाल्छौँ र अर्को बिद्रोह गर्छौँ’ भन्ने धम्कि दिएको कुरा समाचार माध्यममा पढ्दा , हाम्रो मुलुकको दूर्भाग्यमा रून मन लाग्यो । बिगत केही दिन यता चर्चाको विषय बनेको , निर्वाचन आयोगबाट खटिएका कर्मचारीलाई तराईका गाउँ टोलबाट लखेट्ने आन्दोलन , तराईया पार्टीका ग्रासरुट कार्यकर्ताको नेतृत्वमा चलिरहेकै बेला, आज फोरमका नेता उपेन्द्र यादवले मतदाता परिचयपत्र अभियानलाई अगाडि बढाइए अर्को तराई बिद्रोह गर्ने भनेर दिएको धम्किले आजका समाचारहरू सजिएका छन् ।
लोकतन्त्र लोकतन्त्र भन्दै अहोरात्र कोकोहोलो हालेर नथाक्ने राजनैतिक पार्टीहरू , त्यही लोकतन्त्रको आधारशिला मानिने निर्वाचन प्रणालीमा सुधार गर्नु पर्ने कुराबाट यति बिघ्न बिच्किएर ‘बिद्रोह’ गर्नु पर्ने स्थितिमा पुग्नुको उचित कारण के नै हुन सक्छ र ? कुन कारणले यसको औचित्यता पुष्टि गर्ला ? के सीमा पारिका मतदातालाई मनोमानीपूर्वक यता ल्याएर नेपाली मतदाता बनाउन पाइन्न र तराईको राजनीति केवल नेपालीले मात्र गर्न थाले भने आफ्नो राजनीतिको ‘खटिया खडा’ हुन्छ कि भन्ने निर्लज्ज कारण बाहेक , यो कुराको अर्को दोस्रो चिन्ता हुन सक्छ र ?
देशभित्र राजनीतिलाई आफ्नो पेवा ठान्नेहरू एकापसमा विश्वासको वातावरण बनाउन सक्दैनन् र बिदेशीलाई खेल्ने अवसर टक्याउँछन् । आफ्नो थाप्लोमा आशीर्वाद बर्सिँदा सदाशय पाएको ठान्छन् र अरूले पाए हस्तक्षेप ठान्ने बिकार , मगजमा राखेर राजनीतिक स्वार्थको भिक्षाटनमा जोगी बनाइएको हाम्रो अभागी मुलुकको नसीबमा , सबै खाले असल र हुनैपर्ने काम र कर्महरुको सिलसिलाबाट बञ्चित हुनै पर्ने दूर्भाग्य लेखिएको रहेछ कि जस्तो लाग्न थालेको छ । हैनभने , राम्रो कुरा हुन थाल्यो कि कुनै न कुनै व्यवधान र अड्को सिर्जना भएरै छाड्ने , तर नराम्रो हुँदा भने कुनै बिघ्न आउनै नपर्ने , यो भा' को हो त नेपालको भाग्यमा ? साँच्चै, के हाम्रो मुलुक राम्रो कुरो बाहेक बाँकि सबै मात्र हुने देश हो त ?


7 Comments:

ठरकि दादा said...

सोह्रै आना साँचो कुरा-- तर देश र हामी जनताको दुर्भाग्य भन्ने हो कि के भन्ने हो राम्रो कुराको सुरुवात नै हुन सक्दैन भइहाले पनि बीचमै तुहिन्छ ।

Bishnu Marasini said...

तर यस(राम्रो कुरो बाहेक बाँकि सबै मात्र हुने देश)को सुरुवात हामी आँफैले आपसमा लडाईं र झगडा गरेर नै भएको हो ।

Ramesh said...

thukka hamro desh. matra yeti bhanna maan lagcha. desh lai bhanda pani manche ali gali garnu parla. desh ko ta k dosh chha ra bichara.

sanu jange said...

dhanyabad tapai lai, satya yahi ho...., hami ra hamro desh ko yathartha yahi ho! hernush na sansar ma katai nabhayako kura kina hamro desh ma matrai hunchan natra...? kharibot ma jhundinu parne haru simhadarbar ma pugchan, jail ma sadnu parne haru bidhan nirman garne thau ma pugchan,char pata mudera kalo abir dalera desh bhari ghumaunu parne haru desh nai kabja garne kosis ma hunchan yo bhanda b chitra sansar ma katai dekhiya ko chaina. tapai ko sirshak ek dam sahi cha, yo desh yastai ho.......

Nepalean said...

नराम्रो भन्दा पनि मलाई त बिचित्रको देश पो लाग्दैछ। प्रधानमन्त्रीको दौड नियमित छ। दौंडमा २ जना ले हापे,दौडने मान्छे एउटै भए पछि त फस्ट लास्ट त्यही एउटै हुनु पर्ने होइन र? कुरै बुझ्न गार्हो।

shankar said...

yo nepal ma k hune ho khoi aba nepali janta lea dhari dhuka khai sak aba ta kahi gar neta haru

Unknown said...

Thanks for sharing, nice post! Post really provice useful information!

An Thái Sơn với website anthaison.vn chuyên sản phẩm máy đưa võng hay máy đưa võng tự động tốt cho bé

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !