September 18, 2010

गीत-फुल फुल्ने

खोंच अनि कन्दरामा सुनगाभाको फुल फुल्ने
संकेत हो कि बाधा बिच जीवनको फुल फुल्ने!

झुके हार उठे जित
जिन्दगीको चक्र
भेटिन्छ है पौरखले
सफलता को बक्र,

अध्याँरो लाई भत्काएर जुनेलीको जून खुल्ने
संकेत हो कि बाधा बीच जीवनको फुल फुल्ने!


सस्तो हैन हत्केला यो
जहाँ मोति फल्न सक्छ
ढुंगा फोडी पहराको
आगो बल्न सक्छ,


चट्टान संग ठक्करौदै छहराको मूल चल्ने
संकेत हो कि बाधा बीच जीवनको फुल फुल्ने!

3 Comments:

Anonymous said...

Its very good Sista!

nepalean said...

राम्रो गित छ आश्मा जी। समय मिलाएर यस्तै यस्तै राम्रा सामाग्री राख्दै गर्नुहोला।
सायद चट्टानसंगै ठोकिंदै मुल फूट्नाले जिन्दगी रमाइलो भएको होला। यस्लाई बाधा
भन्दा पनि अबसर भनेर लिनु ठिक होला।

आश्मा said...

धन्यवाद है आफ्नो अमूल्य बिचार र मनपराएर समर्थन गर्नु हुने हजुरहरु सबैमा !
:)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !