September 14, 2010

क्रान्तिकारी निर्लज्जता !

लाग्छ माओवादीलाई मात्र जे केही भन्ने र लागेको गर्न पाउने छूट छ हाम्रो मुलुकमा । क्रान्तिकारी र आमूल परिवर्तनकामी हुँ भन्ने डाँको डरलाग्दो श्वरमा बोलेपछि , काम जत्रो तुच्छ र निकृष्ट गरेपनि , चल्दो रहेछ ! के गर्ने आफ्ना बलिष्ठ भुस्तिघ्रेले जे भन्दिए पनि पत्याउँछन् र बाँकि नपत्याउने बिरोधीलाई प्रतिगामी भनेर हिंसा र हतियारका मतियारहरूले दनादन दिए भैहाल्यो, कसको के खैरियत ? चमत्कारी गुणडाराजको यो गनतन्त्रमा । कसले रक्षा गर्छ ती असहमत विचारवाला सोझा हतियारबिहीन जनताको यो मुलुकमा ? पुलिस र प्रशासन काम नै गर्दैन , सेनालाई व्यारेक बाहिर निसक्नै अधिकारै छैन । त्यसैले त निर्धक्क छन् ती मत्त साँढे जस्ता जत्थाहरू !


कामरेड प्रचण्डले शक्तिखोर प्रशिक्षणमा राज्यसत्ता कब्जा गर्ने माओवादी राजनीतिको तिकडम कस्तो तरिकाको छ भन्ने पेटारो फोरे , तर त्यत्रो योजना त्यत्रो भीमकाय शरीरधारी जूंगे नेताले भाले हुँदै छताछुल्ल पार्दा पनि हामीलाई माओवादीको कुत्सित नियतमाथि औँला ठड्याउन मन लागेन ! राजाको कथित निरंकूशता बिरुद्ध क्रान्ति गरेर , लोकतन्त्रको उदार राज्यनीतिका मातहतमा स्वतन्त्रता र निर्भिकताको जीवन बाँच्ने हाम्रो सन्तति दरसन्ततिको इच्छामाथि , कामरेड प्रचण्ड मार्काको अधिनायकवादी राजनीतिले डंका मार्न खोज्दा र यिनैका नेताले त्यो योजनाको साखुल्य प्रमाण पेश गर्दा पनि हामीले माओवादीको षडयन्त्रकारी राजनीतिक उद्देश्यमाथि पर्याप्त बिरोध गर्नु पर्ने दरकार नै ठानेनौँ । ज बोले पनि जे गरे पनि माओवादी क्रान्तिकारी नै रहिरह्यो , उसले उही ढर्राको सर्वऔषधीमय राजनीतिक नाच नाची रह्यो र आज पनि उसैको ठूलो डाँको बजेकै छ । उसले जे सोचेर जुन योजना हाकाहाकी सार्वजनिक गरे पनि , जुन नौटंकी नाचे पनि , जुन तानाशाही विचार बोके पनि ; मान्छेहरू यो नै चमत्कारिक राजनीतिको मसिहा नै हो भनेर ह्यामलिनको बाँसुरीवादकका पचाडि लागेका मुसाका झून्ड सरह , गल्छिमा खसेर अन्त्य हुन हतारिएर पछ्याइरहेका देखिन्छन् ।

हिजोका सारा दरबारिया सोहोरेर माओवादी क्रान्तिकारी पार्टीले राजबहादुर र लोकमानसिंहका घरगृहस्थबाट हेडक्वार्टर चलाउँदा पनि , बडो निर्लज्जतापूर्वक अरूलाई नै प्रतिगामी हुन भन्ने आरोप लगाउन पाएकै छ

भर्खरै माओवादी नेता महराले एउटा चिनिया भनिएको व्यक्तिसंग सरकार बनाउन चाहिने ५० सांसदकालागि जनाको १ करोडका दरले ५० करोड रुपैयाँ चाहियो भनेर माग गरेको अडियो टेप सुन्न पाइयो । अवाक लाग्ने कुरा त के भने , त्यहाँ बोलिएको चीनिया भनिने मान्छे जो भए पनि , अर्को व्यक्ति भने महरा स्वयं भएको कुरा प्रकारान्तमा महरादेखि अरू माओवादीले पनि स्वीकार गरेको पाइयो । यस प्रकारको निर्लज्जताको सांसद खरिदविक्री काण्ड , संसारका कुनै पनि लोकतन्त्रमा घटेको पाइँदैन र पनि यो लाज र घृणाले भरिएको प्रकरण यस प्रकारले सार्वजनिक हुँदा पनि माओवादी क्रान्तिकारी रहिरहन अप्ठ्यारो परेको देखिएन । आँफू चीनिया मीत्र भएको भनेर कुरा गर्ने मानिस जो रहेको भए पनि एउटा कुरा यो प्रकरणबाट के प्रमाणित भयो भने , आफ्नो नेतृत्वमा सरकार गठन गर्न माओवादीको संस्थापन पक्षका नेताहरू जुन नीचतमा गिर्न पनि तयार छन् । यस्तो काममा लाग्दा जुनसुकै पात्रसंग जुनसुकै परिस्थतिको आँकलन नै नगरी जसरी पनि गर्न पर्ने विवशतामा झरेको माओवादी पार्टीका नेतालाई , जो कोहीले कसरी सजिलै फँसाइदिन पनि सक्दो रहेछ भन्ने कुराको उदाहरण प्रकारान्तमा स्वीकारइएको यो महरा टेप प्रकरणले प्रष्ट पारेको छ । महराको अंग्रेजी सुनेका जो कोहीले यी महारा नै हुन भनेर चिन्न गाह्रो छैन र स्वयं महरा यसबाट भागेका पनि छैनन् । भारतीय हस्तक्षेपलाई पराजित पार्न कसिएको माओवादी, चिनिया नामबाट 'भुसको' सहयोग पनि लिन तयार छ, कुरो यत्ति हो , यो सहयोग चीनिया सुनिने नामबाट आउन पर्‍यो । सायद माओवादी नेतृत्व , यसरी चिनीया सहयोगले 'सूद' र 'भारत' लाई प्रहार गर्न पाएकोमा यति मख्ख छ कि, यिनीहरूलाई आफ्नो नग्नताको याद पनि हुन छाडेको छ । नत्र भने माओवादीको केन्द्रीय समितिको बैठकले यो काण्डलाई , महराको गोपनियताको हक खोसिएकोमा भन्दा अरू नै कुरामा देश र देशवासीसंग क्षमायाचना गर्नुपर्थ्यो ।
तैपनि माओवादीमा लाज र शर्मको भावना भने देख्न पाइएको छैन । भनिन्छ , लाज शर्म हराएको नकच्चरोपनमा थच्चिएपछि , मान्छेलाई जुनसुकै स्तरमा गिरेर अस्तित्वरत हुनपनि अप्ठ्यारो हुँदैन।लाज र घीन पचाएका लाई कुनै कुराको बात लाग्दैन
लाज र जवाफदेहिता पचेको कुराको यो भन्दा ठूलो उदाहरण के हुन सक्छ ?
सम्यक


6 Comments:

Munna Gautam said...

एकदम सही कुरो तर अझ स्यल्ले झर्ला र खाउँला भने जस्तो माओवादिक पुछर बनेर हिंड्ने हरुको सोचाइ देख्दा बिरक्त लागेर आउछँ ।

Munna Gautam said...

एकदम सही कुरो तर अझ स्याल्ले साँढेको......... झर्ला र खाउँला भनेर पछी लागे जस्तो माओवादिको पुछर बनेर हिंड्ने हरुको सोचाइ देख्दा बिरक्त लागेर आउछँ ।

ठरकि दादा said...

विकसित घटनाक्रम हेर्दा लाजपच्नु नै क्रान्तिकारी हुने पहिलो योग्यता भएको प्रष्ट हुन्छ ।

महराको गोपनियताको हक राष्ट्रको सार्वभौमभन्दा पनि ठूलो कुरा भए भिन्दै हो हैन भने आजकल नेपालमै पनि विभिन्न सार्वजनिक स्थना र कार्यालयमा भिडियो क्यामरा राखेर कर्मचारी र अरु व्यक्तिको निगरानी गरिन्छ। यस्तै ताल हो भने, कुनै कर्मचारीले घुस खाँदा- खाँदेको तस्विर भिडीयो रेकर्डीङमा आयो भने त्यो विषयलाई कर्मचारीले आफ्नो 'गोपनियताको हक' को हबाला देला, आधा रातमा 'गोप्य' तरिकाले भित्ता फोर्नेले पनि त्यसलाई आफ्नो व्यक्तिगत गोप्यताको सज्ञा देला :) । यस्तै छ ।

salik said...

“Last year in July, when a large number of MPs, during no confidence motion against Manmohan Singh government, crossed sides after taking bribes. I thought that was one of the darkest days for Indian democracy. If such large number of MPs could be sold and purchased, that means we are not an independent country. Tomorrow any country can purchase any number of MPs and get any law passed in our parliament. It really shook me inside. I called some of my friends… Unfortunate part was the media was talking about it but the next day there was not a single murmur of protest from any civil society, any section of the society, anywhere in the country. No one protested. No one came in the street and said, ‘This behavior is not acceptable to us.’
I called up a couple of people, a couple of friends, and I said, ‘Let’s go to India Gate. Let’s go to protest. Let’s say that this is not acceptable to us.’ Most of the people said—‘Usse farak padega kya?’ Will it change? Will it affect in any manner? Even if it doesn’t affect in any manner, still we have to express our voice. Expressing your voice, expressing it loudly, is what democracy all about. So I counter-questioned them-Don’t you actually spend so much time with your family? Don’t you go the movies? Usse kuchh farak padta hai kya aapki family ke upar? If we spend so much time with our family, we if do so much for our family, don’t we also need to spend that much time with/for the society rather than question ‘Isse farak padega kya?’ We should question but kuchh to karo society ke liye, chalo… [do something].You’re asking me that going to India Gate is not going to work. Do something else. But spend a particular percentage of your time for the society, for the country and for the democracy otherwise the democracy will not function. And people who don’t do that, do not have a right to criticize.”

http://www.jaagore.com/blog/usse-kuchh-farak-padega-kya

Anonymous said...

isse se bhi kuch farak naipadega. We borrow so many things from India. As Salik posted, we borrowed the member buying culture from india.
What is the big deal, every body does that. Now Maoists are doing that. Take it easy man!

Nepalean said...

laaj manu pani k chha ra saddhai nangai hidne bhaye pachi. hoina ta? Testai lagdai chha malai nepali rajniti hijoaja.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !